काठमाडौं – निर्वाचन आयोग र राजनीतिक दलहरूबीच छलफल सुरू भएको छ। स्थानीय तह निर्वाचन तयारीबारे आयोगले बोलाएको बैठकमा राष्ट्रिय र अन्य साना दल सहभागी छन् । पछिल्लो समय आयोगले मतपत्रमा हरियो रंग प्रयोग गर्ने निर्णय गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आयोगसँग असन्तुष्ट जनाएको छ । जनप्रतिनिधि पदमा बहाल रहँदा उम्मेदवार बन्न पाउने कि नपाउने भन्ने विषयमा पनि निर्णय भइसकेको छैन । यी विषयमा समेत सर्वदलीय बैठकमा छलफल हुँदैछ ।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं – सहरी विकासमन्त्री रामकुमार झाँक्रीले अहिले महंगी आफूहरुको नियन्त्रण बाहिर रहेको बताएकी छन् । नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारणसभालाई सम्बोधन गर्दै उनले विश्व बजारमा आएको अर्थतन्त्र मन्दीका कारण महंगी नियन्त्रण नेपालको हातमा मात्र नरहेको बताएकी हुन् । ‘आजको महंगी हाम्रो नियन्त्रणमा छैन । आज विश्व बजारमा आएको अर्थतन्त्रको मन्दीचैँ सायद रसिया–युक्रेनको युद्ध मात्र छैन । खाडी मुलुकमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुनु र भारतीय मुद्राको अवमुल्यन हुनु र त्यसको प्रभावमा नेपालले डलरको मूल्य अत्यधिक तिर्नु पर्ने चापको कारणले महंगी बढेको हो,’ उनले भने । निर्माण व्यवसायीको माग सम्बोधन गर्दै ऐन संशोध नगरिएको जानकारी दिएकी उनले बेलैमा आयोजना निर्माण…
काठमाडौं – पूर्वी रुकुमको एक ओडारभित्र लुकाई राखेको अवस्थामा बम फेला परेको छ । बिहीबार दिउँसो सिस्ने गाउँपालिका–२ को बुर्केसल्लास्थित ओडारमा गाई चराउन जानेहरूले बम जस्तो देखिने शंकास्पद वस्तु देखेपछि उनीहरुको वडाध्यक्ष जीवन केसीलाई खबर गरेका थिए। केसीले प्वाङ ईलाका प्रहरी कार्यालयलाई खबर गरेपछि प्रहरीले करिब एक दर्जन थान सकेट बम भएको पुष्टि गरेको थियो । रोल्पा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दिपेन्द्र बानियाँले १० लिटरको कालो ड्रमभित्र सकेट बम फेला परेको जानकारी दिए । ड्रमभित्र एकिन भन्न त सकिन्न तर ६/७ वटा सकेट बम रहेको अनुमान छ, बानियाँले भने बाहिर भुईँमा दुई वटा भेटिएको छ ।’ शुक्रबार विहान…
काठमाडाैं – तेस्रो मुलुकबाट अत्यधिक आयात गरी भारततर्फ तस्करी हुने केराउ, सुपारी र मरीचको आयात खुला गरिएको छ । उद्योग विभागको सिफारिसमा औद्योगिक प्रयोगका लागि ल्याउन पाउने गरी सरकारले यी वस्तुको आयात खुला गरेको हो । बिहीबार राजपत्रमा सूचना प्रकाशित गरी सरकारले यी वस्तुको आयात खुला गरेको जनाएको हो । औद्योगिक प्रयोजनका लागि सम्बन्धित उद्योग आफैले केराउ, सुपारी र मरीचको आयात गर्न सक्ने व्यवस्था गरी उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुमति दिन स्वीकृति प्रदान गरिएको राजपत्रमा उल्लेख छ । सरकारले यी वस्तुको आयातमा २०७६ चैत १२ गतेदेखि रोक लगाएको थियो । पुनः २०७७ चैत ९ गते अर्को सूचना…
काठमाडौं – आज (शुक्रबार) सुनचाँदीको भाउ बढेको छ । बिहीबार १ लाख २ हजार रुपैयाँमा कारोबार भएको सुन आज शुक्रबार ६ सय रुपैयले बढेर एक लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि आज १० रुपैयाँले बढेर १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौं-उत्तर कोरियाले हालै मात्र नयाँ अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आईसीबीएम) परीक्षण गरेको अमेरिकाले बताएको छ। हालै मात्र उत्तर कोरियाले उक्त मिसाइल प्रक्षेपण गरेको र यसले गम्भीररुपमा तनाव बढाउन सक्ने अमेरिकाको दाबी छ।बिहीबार अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता जोन किर्बीले उत्तर कोरियाको दुई परीक्षणमा एउटा आईसीबीएम हुन सक्ने बताएका हुन्। उत्तर कोरियाले फेब्रुअरी २६ र मार्च ४ मा जासुसी स्याटेलाइटका लागि रकेट प्रक्षेपण गरिएको बताएको थियो।यद्यपि अमेरिकाले यो प्रक्षेपण पूर्ण क्षमताको अन्तरमहादेशीय मिसाइल प्रक्षेपण गर्नुपूर्वको तयारी मात्र रहेको बताएको हो। रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएअनुसार उत्तर कोरियाले ५५ सय किलोमिटरको क्षमता भएको आईसीबीएम परीक्षण गरेको हो। यो मिसाइलबाट उत्तर कोरियाले अमेरिकासम्म…
काठमाडौ-ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा आगलागी भएको छ । फुङलिङ नगरपालिका–४ मा आज बिहान आठ बजेतिर आगो लागेको हो । आगोले दुई वटा घरमा क्षति पुगेको र नियन्त्रणको प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले जानकारी दिए । नगरपालिकाको दमकलको सहयोगमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली आगो निभाउन खटिएको उनले बताए । ‘बिच बजारमा आगो लागेकाले थप क्षति नहोस् भनेर अन्य दमकल झिकाउने गरी तयारी भइरहेको छ,’ प्रजिअ पोखरेलले भने ।
कैलाली – अत्तरियाका युवा व्यवसायी बासु खडायतले गोदावरी धाममा रहेको शिव मन्दिरलाई रङ्गरोगन गरेका छन् । होटल चमेलिया प्लाजा तथा चमेलिया ट्रेड एण्ड सप्लायर्सका प्रवन्ध निर्देशक रहेका खडायतको आर्थिक सहयोगमा मन्दिरमा रङ्गरोगन गरिएको हो । समाज सेवामा युवा व्यवसायीले पनि अग्रसरता देखाउनु पर्छ भन्ने ठानेर निर्माणपछि रङ लगाउन बाँकी रहेको मन्दिरमा सुन्दरता थप्ने काम गरेको खडायतले बताए ।
कैलाली- कैलालीको चौकिडाडामा वादी बस्तीका घर जनाइएको प्रकरणमा मुछिएका सव डिभिजन वन कार्यालय अत्तरियाका प्रमुख निरन्जन कडालले माफि मागेका छन। स्थानीयको चर्को बिरोध पछि प्रमुख कडालले इलाका प्रहरी कार्यालयमा सार्वजनिक रुपमा माफी मागेका हुन।उनले घरमा आगो लगाएको बिषयमा बुझ्न खोज्दा एक जना दलित अगुवालाई गालिगलौज समेत गरेका थिए। प्रमुख कडालले बुधबार साँझ दलित अगुवा बिक्रम विकले घटनाका बारेमा फोन मार्फत बुझ्न खोज्दा गालिगलौज गरेपछि घटना झन चर्किएको थियो। उनले आफूले आवेगमा आएर गल्ती गरेको स्विकार गरेका छन। फागुन २३ गते गोदावरी नगरपालिका – ३ चौकीडाँडाँमा रहेको बडिमालिका सामुदायिक वनमा अतिक्रमण गरेर बसेका बादी बस्तीलाई वन कार्यालयले हटाएको थियो।
दार्चुला-भारतको पिथौरागढ जिल्लाका चारवटा विधानसभा सिटहरु मध्ये दुईरदई वटा विधानसभा सिटमा भारतीय काङ्ग्रेस र भारतीय जनता पार्टी (भाजपा) ले जित हासिल गरेको छ। पिथौरागढ तथा धार्चुला विधानसभा सिटमा काङग्रेसले जित हासिल गरेको छ भने डिडिहाट तथा गंगोलिहाट विधानसभा क्षेत्रमा भाजपाले जित हासिल गरेको भारतीय पत्रिका हिन्दुस्तान दैनिकले समाचार लेखेको छ। काङ्ग्रेसका उम्मेदवार धार्चुलारमुनस्यारी विधानसभाबाट हरीश सिह धामी र पिथौरागढ विधानसभा क्षेत्रबाट मयुख महरले जित हासिल गरेका हुन भने भाजपाबाट डिडिहाट विधानसभामा विसनसिह चुफाल र गंगोलीहाट विधानसभामा फकिर राम टमटाले जित हासिल गरेका हुन्। धार्चुलाका विधायक हरिश सिह धामीले लगातार तेस्रो पटक र डिडिहाटका विधायक विसन सिह चुफालले छैटौँ पटक जित…