काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अब सम्पत्ति शुद्धीकरणको विषय पनि छानबिन तथा अनुसन्धान गर्न पाउने भएको छ।सरकारले कानून संशोधन गरी आयोगलाई थप अधिकार दिएकोमा अब सम्पत्ति शुद्धीकरणदेखि गोप्य रुपमा अनुसन्धान गर्न पाउने लगायतका अधिकार प्रदान गरिएको छ। गत असार १७ गते अख्तियारको नियमावली संशोधनको सूचना राजपत्रमा प्रकाशित भएको छ। जसअनुसार अख्तियारले अब सम्पत्ति शुद्धीकरणको कसुरमा पनि आफैं अनुसन्धान गरी अभियोजन गर्न पाउनेछ। त्यस्तै अनुसन्धानका क्रममा उसले शंकास्पद व्यक्तिको फोन गोप्य रुपमा रेकर्ड(इन्टरसेप्सन) समेत गर्न पाउने अधिकार नियमावलीले दिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान नियमावली २०५९ लाई संशोधन गरी कार्यान्वायनमा लगिएको हो। नियमावलीमा सम्पत्ति शुद्धीकरण कसुरको अनुसन्धानको क्रममा नियन्त्रित अनुसन्धान प्रविधि, सुराकी…
Author: महेन्द्रनगर पोष्ट
धनगढी : लगातारको वर्षापछि कञ्चनपुरमा आएको बाढीका कारण ३ बालिकाको मृत्यु भएको छ। जिल्लाको पुनर्वासमा बाढीमा डुबेर तिनै जनाको मृत्यु भएको हो । सोमबार दिउँसो साढे १२ बजेको समयमा बाढीमा नुहाउने क्रममा पुनर्वास नगरपालिका–५ नयाँ कटानककी १५ वर्षीया सृजना बोगटी, १६ वर्षीया आरती बोगटी र १६ वर्षीया लक्ष्मी बोगटी बेपत्ता भएका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली र स्थानीयले खोजीकार्यबाट तीनै जनाको शव फेला परेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक हेमराज भट्टले बताए।
धनगढी : सुदूरपश्चिमको बझाङ स्थायी घर भएका शेखर रोकायाले उपसचिवमा ६ ठाउँमा नाम निकालेका छन् । २०६९ सालदेखि सरकारी सेवामा प्रवेश गरेका रोकायाले लोक सेवा आयोगले उपसचिव पदका लागि लिएको परीक्षामा एकै पटक ६ ठाउँमा नाम निकालेका हुन् । उनले नेपाल प्रशासन सेवाको उपसचिव पदको खुला प्रतियोगितातर्फ सामान्य प्रशासन, लेखा र राजस्व समूह तथा आन्तरिक प्रतियोगितातर्फ पनि सामान्य प्रशासन, लेखा, राजस्व समूह गरी ६ ठाउँमा एकै पटक नाम निकालेका हुन् । विभिन्न ६ ठाउँमा नाम निकाले पनि राकायाले सामान्य प्रशासन समूहबाट नियुक्ति लिइसकेका छन् । उनी बझाङको खप्तडछान्ना गाउँपालिका–७ गडरायका हुन् । सरकारी सेवाको १२ वर्षे अवधिमा देशका विभिन्न स्थानबाट सेवा…
काठमाडौं: पूर्वराष्ट्रपति डा. रामवरण यादव चाक्सिवारी पुगेका छन्। आज (सोमबार) यादव नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहलाई भेट्न उनको निवासमै पुगेका हुन्। यादवले अस्वस्थ बनेर हालै भारतमा उपचार गराई नेपाल फर्किएका सिंहको स्वास्थ्य अवस्थामा बुझेको बताइएको छ। यस्तै उनीहरूबीच सामान्य जीवन यापन र समसामयिक राजनीतिबारे पनि छलफल भएको बताइन्छ। मूत्रप्रणालीमा समस्या देखिएपछि नेपाली चिकित्सकको सिफारिसमा सिंहको नयाँदिल्लीमा जेठ २१ मा अप्रेसन गरिएको थियो। अहिले उनको अवस्था सुधारोन्मुख छ।
धनगढी : शनिबारदेखि परेको अविरल वर्षाले सुदूरपश्चिम प्रदेशका करिब सबै जिल्ला प्रभावित भएको छ । कैलाली र कञ्चनपुरमा बाढीले वितण्डा मच्चाएको छ भने पहाडी सात जिल्लामा बाढी र पहिरो दुबैका कारण जनजीवन प्रभावित भएका छन् । सोमबार मात्रै प्रदेशका ९ वटै जिल्लामा करिब ३ हजार जनालाई सुरक्षित स्थानमा सारिएको थियो । वर्षा रोकिएपछि उनीहरु मध्ये केही घर फर्किएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार सबै भन्दा धेरै प्रभावित कञ्चनपुरमा रहेका छन् । कञ्चनपुरमा मात्रै ४०९ परिवारका १ हजार ७६० जनालाई सुरक्षित स्थानमा राखिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख डिआइजी रवीन्द्र केसीले जानकारी दिए । उनले अहिले स्थिति…
काठमाडौं: सुदूरपश्चिमस्थित तराइको जिल्ला कञ्चनपुरमा पछिल्लो २४ घण्टामा ‘अति भारी’ वर्षा भएको छ। लगातारको पानीले कञ्चनपुर जलमग्न बनेको हो। वर्षाका कारण बस्ती डुबानमा परेका छन् भने ४ जनाले त ज्यानै गुमाएका छन्। यसरी ज्यानै गुमाउने गरि वर्षा हुँदा हालसम्मकै वर्षाको रेकर्ड पनि ब्रेक भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार (हिजो) बिहान ८ः४५ देखि सोमबार (आज) बिहान ८ः४५ बजेसम्म गरिएको मापनमा कञ्चनपुरमा ‘रेकर्ड ब्रेक’ वर्षा भएको हो। उक्त अवधिमा कञ्चनपुरको दोधारा केन्द्रमा ६२३.९ (६२४) मिलिमिटर वर्षा मापन गरिएको केन्द्रकी वरिष्ठ मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्। उनका अनुसार, यो ‘अति भारी’ वर्षा हो। नेपालमा वर्षाको तथ्यांक राख्न थालेयताकै त्यहाँ (२४…
धनगढी: अविरल वर्षासँगैको बाढी तथा डुबानका कारण कञ्चनपुरमा मात्र ४ हजार बढी मानिस प्रभावित भएका छन्। अहिलेसम्मको अपडेटमा ४ जनाको मृत्यु भएको छ भने अन्य केही बेपत्ता छन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी चक्रराज जोशीले अहिलेसम्म ४ जनाको मृत्यु भएको जानकारी दिए। उनले भीमदत्त नगरपालिका, दोधाराचाँदनी, बेलौरी, कृष्णपुर, बेदकोट, बेलडाँडीसहितका ठाउँमा मानिसहरु प्रभावित बनेका छन् जोशीले बाढी तथा डुबानबाट आशिंक तथा पूर्ण रुपमा प्रभावित भएकाहरुलाई सुरक्षित स्थानमा सारिएको बताए। उनका अनुसार बस्ती डुबानमा परेपछि घरभित्र जमेको पानीमा खसेर कृष्णपुर नगरपालिका–१ को पहरियामा ७ महिनाका शिशु सोनु धानुकको मृत्यु भएको थियो। यस्तै, पुनर्वास नगरपालिका–५ को घ गाउँमा जमेको पानीमा नुहाउने क्रममा…
काठमाडौं: काठमाडौं जिल्ला अदालतभित्र एक वकिल र पुलिसबीच हानाहान भएको छ। अधिवक्ता लक्ष्मीनानी थापा र एक प्रहरी जवानको आपसमा हानाहान भएको हो। त्यसमा पर्दा वकिलको गालामा गहिरो चोट लागेको छ। उपचारपछि उनी हिजै घर फर्केकी छन्। उक्त घटनाबारे सत्यतथ्य अनुसन्धान गरेर पीडितलाई न्याय दिलाउन कानुन व्यवसायीहरुको माग छ। उता उनै थापाविरुद्ध हिजै प्रहरी वृत्त सिंहदरबारमा जाहेरी परेको छ। जिल्ला अदालतको सुरक्षार्थ खटिएका प्रहरी जवान जीवन छिनालले महिलाले अभद्र व्यहार गरेकाले आवश्यक कारबाहीको निम्ति उजुरी दर्ता गराएका हुन्। प्रहरी वृत्त सिंहदरबारमा हालिएको जाहेरीमा उनले आफू नेपाल प्रहरीको कर्मचारी रहेको र हिजो दिउँसो साढे १ बजे जिल्ला अदालतको सुरक्षार्थ ३ नम्बर गेटमा…
धनगढी: कञ्चनपुरको पुनर्वास नगरपालिकामा तालमा डुबेर दुई किशोरीको मृत्यु भएको छ भने एक किशोरी बेपत्ता भएकी छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जोशीले पुनर्वास–५ को रातोखोले तालमा डुबेर १५ वर्षीया लक्ष्मी बोगटी र १६ वर्षीया सृजना बोगटीको मृत्यु भएको जानकारी दिए। डुबेर बेपत्ता भएको आरती बोगटी अझै फेला परेकी छैनन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। उनीहरु तिनैजना सोमबार दिउँसो तालमा पौडी खेल्न गएका थिए। १२ वर्षकी अञ्जली बोगटी पनि सँगै पौडी खेल्न गएको थिइन्। तर उनी पौडी नखेलेर फिर्ता आएको र उनले तीन जनालाई खोलाले बगाएको बताएपछि प्रहरीले उनीहरुको खोजी सुरु गरेको थियो।
काठमाडौं । नेकपा एमाले बागमती प्रदेश सरकारबाट आज बाहिरिएको छ । बागमती सरकारमा रहेका एमालेका मन्त्रीहरूले आज पदबाट राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएका हुन्। बागमतिमा एमालेबाट आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया, वन तथा वातावरणमन्त्री केशवप्रसाद पोखरेल, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ, खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री एकालाल श्रेष्ठ र उद्योग वाणिज्य भूमि तथा प्रशासनमन्त्री प्रकाश श्रेष्ठ रहेका छन् । केन्द्रमा कांग्रेस-एमालेको नयाँ गठबन्धन बनाउने सहमतिपछि त्यसको असर प्रदेशमा देखिन शुरु भएको छ । जस अनुसार एमालेले लुम्बिनी र सुदूरपश्चिम सरकार छोडिसकेको छ ।