काठमाडौँ : सरकारले इजरायलको राजदूतमा प्रस्तावित गरेका बझाङका धनप्रसाद पण्डितले इजरायल र हमास युद्ध अन्त्य गर्न आफूले भूमिका खेल्ने बताएका छन् । उनले इजरायलाई युद्ध अन्त्य गर्न भनेर सुझाव दिने बताएका छन् । संघीय संसद्को संसदीय सुनुवाइ समितिको सोमबारको बैठकमा प्राध्यापक पण्डितले सबै मुलुक सँगै बस्नुपर्ने भावना इजरायल सरकारका प्रतिनिधिसमक्ष राख्ने बताए । ‘त्यो लडाइँ भएको मुलुकमा हामी सँगै बस्नुपर्छ, तिमी स्वतन्त्र राष्ट्र छौं भने प्यालेस्टिनीलाई पनि बाँच्न देउ र लडाइँ कम गर, बन्द गर भन्ने सुझाव दिन तपाईंको प्रतिनिधि तयार हुनेछ,’ संसदीय सुनुवाइ समितिमा पण्डितले भने, ‘यो संसार ईश्वरले व्याप्त छ, यसलाई मेरो मात्रै हो भन्ने नठानौं, यो सबैको हो…
Author: महेन्द्रनगर पोष्ट
धनगढी: कैलालीमा एक युवकसँग २१ वटा मोबाइल फोन फेला परेका छन्। प्रहरीले सो मोबाईलको मूल्य ८ लाख ४० हजार बताएको छ। तिनै आइफोन (मोबाइल) सहित प्रहरीले धनगढी विमानस्थलबाट एक जनालाई पक्राउ पनि गरेको छ। सोमबार बिहान ११ बजे धनगढी उपमहानगरपालिका–१३ स्थित विमानस्थलबाट अन्दाजी ८ लाख ४० हजार मुल्य पर्ने २१ वटा आइफोनसहित घोडाघोडी नगरपालिका–०१ सुख्खड बस्ने २७ वर्षीय राजु चौधरी पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कार्टुनमा प्याक गरी ल्याएका आइफोनसहित चौधरीलाई आवश्यक कारबाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलाली पठाउने तयारी भएको प्रहरीले जनाएको छ।
काठमाडौँ: नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी समायोजनबारे दिएको अभिव्यक्तिलाई लिएर उनको जिब्रो थुत्नुपर्ने भनी अभिव्यक्ति दिएका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सचेत गराएका छन्। सोमबार आयोजित एक कार्यक्रममा मन्त्री गुरुङले आफूलाई त्यस्तो शब्द नबोल्न प्रधानमन्त्री ओलीले सचेत गराएको र आफू पनि सचेत भएको जानकारी दिए। कार्यक्रममा बोल्दै गुरुङले ओलीसँग विविध विषयमा कुरा हुने क्रममा अन्त्यमा जिब्रो थुत्नुपर्ने भनी दिएको अभिव्यक्तिबारे कुरा भएको बताए। ‘उहाँले त्यस शब्द कुन सन्दर्भमा भन्नुभयो भनेर सोध्नुभयो, मैले त्यसबारे बताए। अनि तपाईंले भनेको त ठिकै हो। तर तपाईं जिम्मेवार र सरकारको प्रवक्ता समेत रहेकाले बोल्दा अबदेखि त्यस्ता शब्द नबोल्नु…
धनगढी: अछामको एक समामुदायिक वनमा पुरुष मृत अवस्थामा भेटिएका छन्। जिल्लाको चौरपाटी गाउँपालिका-१ स्थित सेलि सामुदायिक वनमा खोटो संकलनको काम गर्दै आएका रोल्पाका भबिलाल घर्तिमगर मृत अवस्थामा भेटिएका हुन्। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार आइतबार साँझ रोल्पा नगरपालिका-३ सातदोबाटो स्थायी घर भएका ४० वर्षीय घर्तिमगरको शव विन्द्रावन सामुदायिक वनमा भेटिएको थियो। घर्तिमगर सम्पर्कविहीन भएपछि उदयपुर निवासी तथा उनीसँगै काम गर्ने कोडिनेटर पौरख बस्नेतले प्रहरीलाई जानकारी गराएका थिए। प्रहरीलाई सूचना प्राप्त भएलगत्तै, प्रहरी सहायक निरीक्षक रमेश कुमार नाथको कमाण्डमा तीन जनाको टोली घटनास्थलतर्फ खटिएको थियो। उनको शव पाँच दिनपछि आइतबार साँझ भेटिएको बताइएको छ। अनुसन्धानका लागि साँफेबगर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक…
काठमाडौं: क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गर्ने तयारी भएको छ। आइतबार उच्च सरकारी वकिलको कार्यालयले सन्दीपविरुद्धको मुद्धामा सर्वोच्च जाने रायसहितको फाइल महान्यायाधिवक्ताको कार्यालयमा पठाइसकेको स्रोतले जनाएको छ। जबरजस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएका लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको थियो। उच्च अदालत पाटनले सफाइ दिएपछि सो घटनामा पीडित भनिएकी गौशाला–२६ (परिवर्तित नाम) ले मुद्दा अगाडि नबढाइदिन भन्दै महान्यायाधिवक्ताको कार्यालयमा निवेदन दिएकी थिईन्। महान्यायाधिवक्ताको कार्यालयले पीडित भनिएकी गौशाला–२६ ले दिएको निवेदनलाई पनि साथमै राखेर मुद्दा अगाडि बढाउने तयारी गरेको बुझिएको छ।
धनगढी: कैलालीमा कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–५ गेटा बिस्कुट फ्याक्ट्री नजिकबाट धनगढी उपमहानगरपालिका–१३ राजपुर बस्ने २१ वर्षीय बिरेन्द्र राना पक्राउ परेका हुन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी गेटाबाट खटिएको प्रहरी टोलीले रानालाई हिडिरहेको अवस्थामा संका लागि चेकजाँच गर्दा उनको साथबाट कटुवा पेस्तोल थान–१ फेला पारि आइतबार पक्राउ गरेको कैलाली प्रहरीले जनाएको छ। सो सम्बन्धमा थप अनुसन्धान भइरहेको बताइएको छ।
काठमाडौं: सिन्धुली पठाइएका तर अटेर गरि नगएका एसपी अर्जुनप्रसाद तिमिल्सिनाको अहिले हेडक्वार्टरमा कब्जा जमाएका छन्। ख वर्गको सिन्धुली नजाने भन्दै ख वर्गकै धादिङ जान इच्छा राखेका तिमिल्सिना हाल हेडक्वार्टरमा छन्। प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन (कप्र) शाखामा रहेका उनै तिमिल्सिना सरुवा रोक्नेदेखि बढुवामा समेत अनेक चलखेल गरिरहेका छन्। सोही कारण उनी हेडक्वार्टरमा सबैको तारो बनेका हुन्। उनी २०८० जेठमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान आधारभूत तालिम महाशाखा, महाराजगञ्जमा कार्यरत थिए। त्यसबेला उनलाई तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले हेडक्वार्टरमा ल्याए। त्यसपछि सत्ता गठबन्धन परिवर्तन भएर गृहमन्त्रालयमा रवि लामिछाने आएकोमा उनको पालामा कप्र शाखा प्रमुख रहेका एसपी तिमिल्सिनालाई सिन्धुलीमा सरुवा गरिएको थियो। तर, गत…
धनगढी: धनगढीमा सर्पले टाेकेर एक बालकको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका-९ बनदेवी टोल बस्ने माया बिकको ५ वर्षीय छाेरा अरुण बिककाे सर्पले टाेकेर मृत्यु भएको प्रहरीले जनाएकाे छ। उनलाई घरमा सुतिरहेको अवस्थामा विशालु सर्पले टोकेकाे थियो। उपचारको लागी सेती प्रादेशिक अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हाे। यस्तै धनगढीमा करेन्ट लागेर एक जनाकाे मृत्यु भएकाे छ।आइतबार साँझ साढे ६ बजे धनगढी उपमहानगरपालिका-५ तारानगरमा कैलारी गाउँपालिका-६ बस्ने ३२ वर्षीय चन्द्रे चौधरीकाे मृत्यु भएको प्रहरीले जनाएको छ। चाैधरीलाई गोपि कृष्ण जोशीको नवनिर्मित घरको पिल्लरमा मसला हाली भाईब्रेसन मेसिन चलाउने क्रममा करेन्ट लागेको थियो। उनलाई तत्काल उपचारको लागी सेति प्रादेशिक अस्पताल लगिएकोमा चेकजाँच…
धनगढी: नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बैतडीमा सम्मेलन हुँदैछ। यहीँ महिनाको १८ गते पाटनमा बैतडीको १०औँ सम्मेलन हुँदैछ। सम्मेलनमा विद्यार्थी नेता अर्जुन बोहराले अध्यक्षमा उम्मेदवारी दिने भएका छन्। सिगास गाउँपालिकाका बोहराले संगठनलाई थप मजबुत बनाउन आफूले नेतृत्व लिन चाहेको बताएका छन्। यस्तै शैक्षिक सुधारमा संगठनले प्रभावकारी भूमिका खेल्न थप सशक्त भएर जानुपर्ने र त्यसमा आफू कटिबद्ध रहेको उनको भनाई छ।
धनगढी: कञ्चनपुरस्थित भीमदत्त नगरपालिकाको सरकारी सम्पत्ति दुरुपयोग गरिएको पाइएको छ। भीमदत्त नगरपालिका वडा नम्बर ६ मा नयाँ खुलेको क्यासिनोको पार्किङ बनाउन सार्वजनिक सम्पत्ति दुरुपयोग गरिएको हो। त्यहाँका एक स्थानीयका अनुसार सार्वजनिक हितमा प्रयोग गर्न मागिएको अवस्था नदिइएको नगरपालिकाको टिप्पर क्यासिनोको पार्किङ निर्माणका लागि दिइएको हो। जुवा खेल्ने खेलाउने स्थानको पार्किङ बनाउन वडाध्यक्ष प्रकाश थापाले नै लगेर सार्वजनिक सम्पत्ति दुरुपयोग गरेपछि आलोचना भैरहेको छ। वडाध्यक्ष थापाले नगरपालिकाको टिप्पर दुरुपयोग गराएको आरोप लागेको छ। थापा अध्यक्ष रहेकै वडामा महेन्द्रनगरको तेस्रो क्यासिनो होटल रुपमको क्वीन्स लज रिगेमिङ क्लब क्यासिनोको पार्किङ बनाइदैछ। यस अगाडि महेन्द्रनगरमै डायमण्ड र ओपेराको क्यासिनो सञ्चालनमा थिए। तेस्रो नयाँ क्यासिनोकै…