Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: विराटनगरको रत्ना होटलको सम्राट क्यासिनोमा ‘ग्याङ फाइट’ भएको छ। आइतबार राति करिब १२ बजे क्यासिनो परिसरमा एमाले नेता किरण लामा र रोनाल कँडेलको समूहसँग कांग्रेस निकट अभिषेक गिरीसहितको समूहको ग्याङ फाइट भएको हो। क्यासिनोमा प्रवेश गर्न खोजेका लामा र कँडेलसँगको विवादपछि दुई समूहबीच कुटाकुट भएको प्रहरी स्रोत बताउँछ। आइतबार राति अभिषेक गिरी रत्ना होटलको क्यासिनोमा रहेका थिए। सोही बेला कँडेल र लामा क्यासिनोमा पुगेका थिए। उनीहरुलाई क्यासिनोमा प्रवेश गर्न बाउन्सरले रोके। त्यसपछि विवाद उत्पन्न हुँदा कुटाकुट भएको बताइएको छ। क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश निषेध छ। तर, क्यासिनो प्रवेश गरेको समूहबीच विवाद हुँदा कुटाकुट भएको घटना बाहिरिएको हो। यता जिल्ला…

Read More

काठमाडौं: सरकारले नेपाल प्रहरीको ३१ औं महानिरीक्षक (आईजी)मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापालाई नियुक्त गरेको छ। सरकारले प्रहरी नियमावली, २०७१ लाई टेकेर थापालाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि थापा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख थिए। प्रतिस्पर्धामा रहेका एआईजीद्वय सुदीप गिरी र टेकबहादुर तामाङलाई पछि पार्दै थापाले बाजी मारेका हुन्। अब थापाले २०८२ भदौ १८ गतेसम्म प्रहरी संगठनको नेतृत्व गर्ने छन्। आउट गोइङ आइजी बसन्त बहादुर कुँवरकै ब्याचका थापा वैकल्पिक टोलीका रूपमा २०५२ भदौ १९ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए। २०७९ फागुन २६ मा एआईजीमा सिफारिस भएका थापालाई चैत ६ को मन्त्रिपरिषद् बैठकले एआईजीमा बढुवा गरेको…

Read More

काठमाडौं: नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरलाई गृहमन्त्री रमेश लेखकले बिदाइ गरेका छन्। गृह मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा गृहमन्त्री लेखकले कुँवरलाई सम्मानपूर्वक बिदाइ गर्दै उनको सेवा अवधिभर पुर्‍याएको योगदानको प्रशंसा गरे। उनले कुँवरलाई मायाको चिनो प्रदान गर्दै अवकाशपछिको जीवनका लागि शुभकामना व्यक्त गरे। गृहसचिव गोकर्णमणि दुवाडीले प्रहरी संगठनको प्रमुख पदमा रही देशको शान्ति-सुरक्षाका लागि पुर्‍याएको योगदान अतुलनीय रहेको बताए। उनले कुँवरको दीर्घकालीन सफलताको कामना गर्दै सेवा निवृत्तपछि पनि मुलुकका लागि योगदान दिने विश्वास व्यक्त गरे। आईजीपी कुँवरले आफ्नो कार्यकाललाई गौरवको रूपमा लिएको बताउँदै प्रहरी संगठनलाई सुदृढ बनाउन नेपाल सरकार र गृहमन्त्रालयबाट प्राप्त मार्गनिर्देशनप्रति कृतज्ञता व्यक्त गरे। उनले प्रहरी…

Read More

काठमाडौं: मन्त्रिपरिषद् बैठक सुरू भएको छ। सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको हो। आजको बैठक नियमित हो। बैठकले नेपाल प्रहरीको महानिरीक्षक टुंगो लगाउने भएको छ। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर आजदेखि अवकासमा जाँदै छन्। बैठक ४ बजेको लागि बोलाइए पनि केही ढिला सुरु भएको हो। स्रोतका अनुसार एआईजी दिपक थापालाई ३१ औं आइजीपी नियुक्त गरिदैछ।

Read More

काठमाडौं: सर्वोच्च अदालतले नेपाल प्रहरीमा डीआईजी बढुवाका निम्ति एमपीएस कोर्ष अनिवार्यको व्यवस्था तत्काल लागू नगर्न अन्तरिम आदेश दिएको छ। सेना र सशस्त्रमा स्टाफ कलेज भने जस्तो प्रहरीमा मास्टर्स इन पुलिस साइन्स (एमपीएस) उत्तीर्ण भएकाले मात्र एसएसपीभन्दा माथिल्लो दर्जामा बढुवा पाउने व्यवस्था माग गर्दै सर्वोच्चमा रिट दायर भएको थियो। न्यायाधीश कुमार चुडाल र महेश शर्मा पौडेलको संयुक्त इजलासले सोमबार रिटमा माग दाबी गरिएकोमध्ये केही विषयमा अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेका अनुसार, आदेशको पाठ भोलिमात्रै सार्वजनिक हुनेछ। गएको फागुन २७ मा रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको इजलासले अन्तरिम आदेश छलफलका लागि दुवै पक्षलाई सोमबार…

Read More

धनगढी: सुदूरपश्चिममा कर्मचारी आन्दोलनमा उत्रिएका छन्। केही दिनदेखि कर्मचारीहरु आन्दोलित बनेका हुन्। जसअनुसार प्रदेश सरकारले ल्याउन लागेकाे प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन तत्काल जारी गर्नुपर्ने माग गर्दै स्थानीय तहका कर्मचारीले मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिएका छन्। उनीहरूले साेमबारदेखि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्काे कार्यालयकाे मूल गेटमा धर्ना सुरू गरेका छन्। कर्मचारीहरूले स्थानीय तह कर्मचारी संघर्ष समिति नै बनाएर आन्दोलन गरिरहेका छन्। फागु पूर्णिमा पर्व (होली) को सार्वजनिक बिदाका बेला आन्दोलन रोकेका उनीहरूले सोमबारदेखि फेरि आन्दोलन थालेका हुन्। ‘सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धीमा व्यवस्था गर्न बनेको विधेयक– २०८१’ तत्काल जारी हुनुपर्ने उनीहरूकाे प्रमुख माग रहेकाे छ। प्रदेशसभाकाे …

Read More

काठमाडौं: नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पद रिक्त हुने भएसँगै नयाँ नेतृत्व छनोटका लागि आज मन्त्रिपरिषद् बैठक बस्दैछ। बैठकले तीन जना अतिरिक्त महानिरीक्षक (एआईजी) मध्ये एक जनालाई प्रहरी प्रमुख नियुक्त गर्नेछ। हालका आईजीपी बसन्तबहादुर कुँवरसहित ९ जना उच्च प्रहरी अधिकारीहरू आजदेखि अनिवार्य अवकाशमा जाँदैछन्। कुँवरसँगै एआईजी टेकप्रसाद राई, कुवेर कडायत, बुद्धि गुरुङ, दुर्गा सिंह, जनक भट्टराई तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) गणेश चन्द, भोला रावल, र ध्रुवराज राउत पनि सेवा निवृत्त हुँदैछन्। दीपक थापा नयाँ आइजी नयाँ आईजीपीका लागि अतिरिक्त महानिरीक्षकहरू दीपक थापा, सुदीप गिरी, र टेकबहादुर तामाङ प्रतिस्पर्धामा छन्। तर दीपक थापा वरिष्ठता र कार्यकुशलताको आधारमा प्रहरी प्रमुख नियुक्त हुन…

Read More

काठमाडौं: तनहुँको ऋषिङ प्रहरी चौकीमा कार्यरत वरिष्ठ हवल्दार ओमबहादुर विक मृतावस्थामा फेला परेका छन्। रुपन्देही घर भई ऋषिङमा कार्यरत ४३ वर्षीय विक सोमबार बिहान चौकी नजिकै बेलौतीको रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) अशोक थापाका अनुसार विक लामो समयदेखि मानसिक रूपमा बिरामी थिए। विकले किन झुण्डिएर आत्महत्या गरे यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी: कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ कलुवापुरमा चट्याङ लागेर युवकको मृत्यु भएको भनिएको घटना शंकास्पद देखिएको छ। ३२ वर्षीय पदम रानाको मृत्युबारे प्रारम्भिक अनुसन्धानपछि नयाँ तथ्यहरू बाहिर आउन थालेका छन्। प्रहरीले प्रारम्भमा चट्याङ लागेर मृत्यु भएको जनाएको थियो, तर अब उनलाई जंगली जनावर मार्न थापिएको विद्युतीय धरापमा परेर ज्यान गएको आशंका गरिएको छ। घटना लुकाउने प्रयास?श्रोतहरूका अनुसार, रानाको परिवारले घटनाबारे झुठो सूचना दिएको हुनसक्ने भन्दै अनुसन्धान भइरहेको छ। परिवारले चट्याङ लागेको भनी प्रहरीलाई खबर गरेका थिए। तर रानाको शरीरमा देखिएको चोटपटक र जलनको आधारमा उनी विद्युतीय धरापमा परेको हुनसक्ने अनुमान गरिएको छ। प्रहरी के भन्छ?जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी)…

Read More

धनगढी: धनगढी विमानस्थलबाट काठमाडौँ जान लागेका एक युवकलाई लागुऔषधसहित पक्राउ गरिएको छ। प्राप्त जानकारीअनुसार, धनगढी उपमहानगरपालिका–१३ स्थित विमानस्थलमा सुरक्षा जाँचका क्रममा कञ्चनपुरको वेदकोट नगरपालिका–८ बस्ने २१ वर्षीय भवन नाथको साथबाट ६ ग्राम ७०० मिलिग्राम चरेश बरामद गरिएको हो। नाथ बुद्ध एयरमार्फत काठमाडौँ जान लागेका थिए। धनगढी विमानस्थलको सुरक्षा टोलीले उनलाई नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको छ। यस घटनाले विमानस्थलको सुरक्षा व्यवस्थासँगै लागुऔषध ओसारपसारबारे पनि गम्भीर प्रश्न उठाएको छ।

Read More