Author: महेन्द्रनगर पोष्ट

धनगढी: कञ्चनपुरमा सशस्त्र प्रहरीले लाखौंका अवैध कभर बरामद गरेको छ। आइतबार जिल्लाको भिमदत्त नगरपालिका–४ भासी ईलाकाबाट लाखौंका कभर बरामद गरिएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ। प्रहरीका अनुसार सुरक्षा वेश मझगाउँ कञ्चनपुरले १५ लाख रुपैयाँ बराबरको वेवारिसे अवस्थामा राखेको करिव ५ हजार थान मोवाईलका कभर बरामद गरेको हो। बरामद गरिएका कभर थप कारबाहीका लागि भन्सार पठाइएको जनाइएको छ।

Read More

काठमाडौँ: नेपाल प्रहरीका एसपी नवराज कार्कीलाई सुदूरपश्चिम पठाइएको छ। उनलाई हेडक्वाटर नक्सालले प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिम धनगढी पठाइएको हो। उनी आज धनगढी आइपुगेको स्रोतको भनाई छ। कार्की उनै एसपी हुन्, जो केही दिन अगाडि जिल्ला प्रहरी कार्यालय मोरङबाट कारबाहीस्वरुप तानिएका थिए। प्रहरी प्रधान कार्यालयले उनलाई तानेर त्यहाँ एसपी नारायण प्रसाद चिमोरियालाई पठाएको थियो। अहिले उनै कार्कीलाई सुदूरपश्चिम पठाइएको हो। जबकी उनी छानबिनको दायरामा तानिएका थिए। उनीमाथि आर्थिक अनियमितताको आरोपमा छानबिन जारी छ। आर्थिक अनियमितताको विवाद आएपछि उनलाई प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाएको थियो। २०८० फागुन २ मा मोरङ गएका कार्की कार्तिक २ मा तानिएका थिए। उनले क्रिप्टोकरेन्सीको कारोबार गर्नेसँग रकम…

Read More

काठमाडौं: नेपाल प्रहरीका डीआईजी राजेशनाथ बास्तोला अनिवार्य अवकाशमा गएका छन्। आज (आइतबार) बाट बास्तोलाले अनिवार्य अवकाशप्राप्त गरेका हुन्। उनी प्रहरी शिक्षालय भरतपुरमा प्रमुख थिए। उनी उमेर हदका कारण अवकाशमा गएका हुन्।बास्तोला आइतबारबाट सेवा निवृत्त भएसँगै अब रिक्त ८ पदमा बढुवाका लागि बरिष्ठ उपरिक्षक (एसएसपी)हरूको तिव्र प्रतिस्पर्धा सुरु भएको छ।

Read More

काठमाडौं: नेपालमा उडान अनुमति ‘एक्स्पायर’ (म्याद सकिएको) थाई एयर एसियाको जहाजलाई अन्ततः मानवीयताका आधारमा काठमाडौंमै अवतरण गर्न अनुमति दिइएको छ। झन्डै एक दर्जन फन्का मारेको थाई एयर एसियाको उक्त जहाज भर्खरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको छ। त्रिभुवन विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जहाजमा रहेका यात्रुको सुरक्षा र मानवीयताका आधारमा जहाजलाई काठमाडौंमा अवतरण अनुमति दिइएको बताए। र, यो पनि: अनुमति एक्स्पायर भएको थाई एयर एसियाको जहाज आकाशमै ‘होल्ड’

Read More

काठमाडौं: अवतरण अनुमति सकिएको (एक्स्पायर) भएको जहाज लिएर आएपछि थाई एयर एसियाको जहाज आकाशमै ‘होल्ड’ हुन पुगेको छ। जहाज २ बजे अवतरण गर्नुपर्ने तालिका थियो। तर, अनुमति नपाएपछि जहाज ‘गुराँस प्वाइन्ट’मा होल्ड गराइएको छ। थाई एयर एसियाको जहाज थाइल्यान्डको बैंककबाट काठमाडौं आएको हो। यात्रुसहित जहाज होल्डमा बसिरहेको छ। विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार थाई एयर एसियाले ल्याएको जहाजको अवतरण अनुमति शनिबारसम्मको मात्र थियो। आजदेखि ‘विन्टर सेड्युल’ लागु भएको छ। सोहीकारण यो जहाज काठमाडौंमा अवतरण गर्न पाउँदैन। अहिले जहाजलाई अवतरण गराउने वा डाइभर्ट गराउनेबारे अहिले प्राधिकरणका उच्च अधिकारीहरू छलफलमा छन्।

Read More

धनगढी: कञ्चनपुरमा दम्पती हत्या प्रकरणबारे सो क्षेत्रका माननीय तारा लामा तामाङले पनि चासो व्यक्त गरेका छन्। प्रतिनिधि सभा सदस्य एवं सुदूरपश्चिमका पूर्व मन्त्री ताराले हत्याको निष्पक्ष अनुसन्धानका लागि आग्रह गरेका छन्। यस्तै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी रविन्द्र केसी स्वयं गएर त्यहाँका जनप्रतिनिधिसहित माननीयको टोलीले घटनास्थलको निरीक्षण पनि गरिएको छ। डीआईजी केसीले घटनाको विस्तृत छानबिन भैरहेको र चाडैं टुंगो लाग्ने पनि बताएका छन्। हालसम्म दम्पती हत्याको आशङ्कामा अनुसन्धान गरिरहेको प्रहरीले दर्जनौं बढीलाई सोधपुछ गरेको जनाएको छ। कञ्चनपुरको दक्षिणी क्षेत्र लालझाडी गाउँपालिका- १ बिनबारीका स्थानीय रमेश बडायक र उनकी श्रीमती कमला बडायकको धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो। घटनाबारे…

Read More

धनगढी: धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल (गोपी) ले कैलाली प्रहरीमाथि प्रश्न उठाएका छन्। शनिबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत उनले जिल्ला प्रहरी कार्यालय कैलालीमाथि प्रश्न उठाएका हुन्। उनले फेसबुकमा लेखेका छन्, ‘कैलाली जिल्ला प्रहरी ?’ तर उनले किन प्रहरीमाथि प्रश्न तेर्साएका हुन त्यो भने खुलाएका छैनन्। तर प्रहरी स्रोतका अनुसार शनिबार राति उनकी बहिनी सवार सरकारी गाडी चेकिङमा परेको विषयलाई लिएर उनले सो कुरा लेखेका हुन्। के हो कारण ? हिजो बिदाको दिन (शनिबार) त्यो पनि रातिको समयमा धनगढी उपमहानगरपालिकाको सरकारी गाडी भारततर्फबाट धनगढीको ट्राफिक चौराहातर्फ आउँदै थियो। त्यहीँ क्रममा चौराहामा नेपाल प्रहरीको बिशालनगरको टोली र चौराहास्थित ट्राफिक प्रहरी हवल्दार तेज…

Read More

धनगढी: सुक्खा पहिरोले बझाङको जयपृथ्वी राजमार्ग पुनः अवरूद्ध भएको छ। छबिसपाथिभेरा गाउँपालिका–१ जालेबगर नजिकै बालुवाटारमा शनिबार दिउँसो ढुंगासहितको पहिरो खसेको थियो। साँझ पहिरो पन्छाएर सडक खुलाए पनि राति ठूला ढुंगासहितको पहिरो खसेर राजमार्ग पुनः अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र सिंहले जानकारी दिए। सडक विभागको समन्वयमा पहिरो पन्छाउने प्रयास भए पनि ढुंगासहितको पहिरो झर्ने क्रम नरोकिएकाले समस्या भएको छ। राजमार्ग अवरुद्ध भएसँगै लामो तथा छोटो दूरीका सवारीसाधन सडकमै रोकिएका छन्। राजमार्गका ठाउँठाउँमा सुक्खा पहिरो खस्दा दुई सातादेखि पटकपटक अवरुद्ध भइरहेको सिंहले बताए।

Read More

काठमाडौं: नेपाल प्रहरीले विभिन्न पदका १२ जना कर्मचारीलाई ७ दिनभित्र हाजिर निर्देशन दिएको छ।प्रहरी प्रधान कार्यालयले आइतबार सूचना जारी गर्दै सम्पर्कमा नरहेका १२ जना कर्मचारीलाई सात दिनभित्र लिखित जवाफसहित हाजिर हुन निर्देशन दिएको हो। आफूखुसी कार्यालयमा गैर हाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत सम्पर्कमा नआएका कारण कार्यालयले उनीहरुलाई स्पष्टीकरण सोधेको बताइएको छ। कार्यालयले सन्तोषजनक स्पष्टिकरण जवाफसहित ७ दिनभित्र हाजिर हुन नआएमा आवश्यक कारबाहीको चेतावनी समेत दिएको छ।

Read More

धनगढीः कैलालीमा एक पुरुषको जुवा खालबाट भाग्ने क्रममा भीरबाट लडेर मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका–१२ का ४५ वर्षीय करन बिकको भीरबाट लडेर मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय मालाखेतीका निमित्त इन्चार्ज प्रहरी निरीक्षक दानसिंह भण्डारीका अनुसार जुवाखालबाट भाग्ने क्रममा बिकको भीरबाट लडेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ‘घटना शुक्रबार राति १० देखि ११ बजेको हो,’ उनले भने, ‘स्थानीय १० जना प्रकाश साउँदको किराना पसलमा जुवा खेलिरहेका रहेछन्। सोही क्रममा प्रहरीको टोली देखेपछि सबै जना भागेका थिए।’ प्रहरी निरीक्षक भण्डारीका अनुसार प्रहरी देखेर भाग्ने क्रममा बिक लडेको कुरा अनुसन्धानबाट खुल्न आएको छ। ‘शनिबार उनी वडा नम्बर १२ कै कोल्मोडास्थित…

Read More