काठमाडौं: एक अमेरिकी उपसहायक मन्त्री नेपाल भ्रमणमा आएकी छन्। मध्य तथा दक्षिण एसिया मामिला उपसहायक मन्त्री एलिजावेथ क्याथरिन होर्स्ट काठमाडौं आएकी हुन्। कतार एअरवेजको उडानमा दोहा हुँदै हिजो अपरान्ह पौने ५ बजे आइपुगेकी उनी प्रिन्सिपल डेपुटी असिस्टेन्ट सेक्रेटरी पनि हुन्। कतार एअरवेजकै उडानमा दोहा हुँदै सशस्त्र प्रहरी बलका वरिष्ठ अधिकृतहरुको नौ सदस्यीय टोली अमेरिकाको बोस्टन गएको छ। शनिबारदेखि मंगलबारसम्म बोस्टनमा हुन लागेको प्रहरी प्रमुखहरुको अन्तर्राष्ट्रिय संगठनको सम्मेलनमा भाग लिन सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतम, सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपाने, प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक सम्वृद्धि बस्नेत, सशस्त्र प्रहरी नायव उपरीक्षक सत्यदेवी बस्नेत रहेको नौ सदस्यीय टोली गएराति साढे २…
Author: महेन्द्रनगर पोष्ट
बाजुरा : राष्ट्रपति रामचन्द्र पौडेलले बाजुराको बढिमालिका भगवतीको दर्शन गरेका छन्। त्रिबेणीमा नवनिर्मित नाट्टेश्वरी मन्दिरको उद्घाटन गर्नु अघि राष्ट्रपति दम्पत्तीले बडिमालिकाको दर्शन गरेका थिए। राष्ट्रपतिसँगै उनकी धर्मपत्नी सविता पौडेलले पनि बडिमालिका भगवतीको दर्शन गरेकी छन्। नाट्टेश्वरी मन्दिर उद्घाटनका लागि राष्ट्रपति पौडेल बुधबार बेलुकी सुर्खेत बास बसेका थिए। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले त्रीबेणीको नाट्टेश्वरी मन्दिरको उद्घाटनका लागि राष्ट्रपति पौडेल बाजुरा गएको जानकारी दिए।
धनगढी: डोटीमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको केआई सिंह गाउँपालिका–२ तिखात्तरस्थित क्याम्पभित्र अर्घाखाँची सितगंगा नगरपालिका–८ घर भएका ४५ वर्षीय गोपाल रेश्मी बुधबार मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। यस्तै कैलालीमा पासोमा परेको चितुवा मरेको छ। जिल्लाको जानकी गाउँपालिका–६ स्थित कैलाशेश्वर सामुदायिक वनभित्र पासोमा परेको अवस्थामा उद्धार गरिएको चितुवा मरेको हो। पासोमा परेको वयस्क भालेलाई बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाको टोलीले उद्धार गरेको थियो। उद्धार गरी थप उपचार र पुनःस्थापना गर्न डिभिजन वन कार्यालय पहलमानपुरमा राखिएको चितुवा केही समयपछि मरेको सव–डिभिजन वन कार्यालय टीकापुरका वन अधिकृत विश्वराज पण्डितले बताए। चितुवा अन्य…
काठमाडौं: हनि ट्रयापिङमा संलग्न गिरोहसँग मिलेर पैसा असुल्ने फरार इन्सपेक्टर बिनुकुमारी शाहीमाथि संगठित अपराधसम्बन्धि कसुर पनि आकर्षित हुने भएको छ। संगठित शैलीमा अपराध गरेर व्यापारीलाई थुनामा राखी पैसा असुल गरिएको अनुसन्धानमा देखिएपछि आपराधिक लाभसँगै संगठित अपराध मुद्दा पनि चलाउन लागिएको हो। जिल्ला प्रहरी परिसर, ललितपुरले हाल सहायक हवलदार महेन्द्र हमालसँग चार जनालाई थुनामा राखी अनुसन्धान गरिरहेको छ। इटहरीका ताज इस्लाम नेतृत्वको समुहले इन्सपेक्टर शाहीसँग मिलेर एक व्यापारीलाई बलात्कार मुद्दामा फसाइदिने भन्दै एक दिन थुनामा राखेर ३० लाख रुपैयाँ असुल गरी छाडेको थियो। सो गिरोह पेशेवर देखिएको, घटना योजनाबद्ध भएको र तीन जना भन्दा धेरै व्यक्तिको संलग्नता देखिएपछि ललितपुर प्रहरीले संगठित…
धनगढी: कैलालीमा साढे २० क्विन्टल अवैध चिनी बरामद गरिएको छ। बिहीबार कैलारी गाउँपालिका-८ काे लाैँसाबाट भारतबाट अवैध रूपमा ल्याइएको १६ लाख ८७ हजार बराबरकाे चिनी बरामद गरिएकाे हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको अपराध अनुसन्धान समूह (पिआईटी) को टोलीले उक्त चिनीसहित गाडी नियन्त्रणमा लिएको जनाइएको छ। यस्तै गाडी चालकसहित एक जना अर्का भने भागेको बताइएको छ। प्रहरीकाअनुसार ५० किलो ताैल भएका ४१ बाेरा अवैध चिनी बरामद गरिएको हो। बरामद चिनी र गाडी आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ।
कैलालीः कैलालीमा ज्यान मार्ने उद्योगका दोषीसहित तीन जना पक्राउ परेका छन्। ज्यान मार्ने उद्योग मुद्दामा २ वर्ष पाँच महिना तीन दिन कैद सजाय र २५ हजार जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका–१६ का २७ वर्षीय धर्मसिंह बोहरालाइ बुधबार प्रहरीले पक्राउ गरेको हो। त्यस्तै, चोरी मुद्दामा १ महिना कैद सजाय र ४५ हजार ८ सय जरिवाना तोकिएका गोदावरी नगरपालिका–८ का ३५ वर्षीय गंगाराम चौधरी र चोरी मुद्दामै २३ दिन कैद सजाय र ४ हजार जरिवाना तोकिएका गोदावरी नगरपालिका–१का २५ वर्षीय बिनित बडुलाइ बुधबार प्रहरीले नियन्त्रणमा लिएको हो।
काठमाडौँः लोक सेवा आयोगले एकै पटक राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) र राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) स्तरका प्राविधिक र अप्राविधिक पदमा गरी ६६० जनाको दरखास्त खुला गरेको छ। बुधबार आयोगले सूचना सार्वजनिक गर्दै उपसचिव ५१० र सहसचिव १५० पदको विज्ञापनका लागि दरखास्त खुला गरेको हो । आयोगले निजामती सेवाका सहसचिव तथा उपसचिवसहित राष्ट्रिय मानव अधिकार सेवा र स्वास्थ्य सेवातर्फ पनि सहसचिव तथा उपसचिवस्तरका पदमा दरखास्त खुला गरेको आयोगले जनाएको छ। आयोगका प्रवक्ता गीताकुमारी होमेगाईले आयोगको नियमित कार्यतालिका अनुसार नै दरखास्त खुला गरिएको जानकारी दिइन्। निजामतीतर्फ प्रशासन, परराष्ट्र, लेखापरीक्षण, इन्जिनियरिङ, वन, कृषि, शिक्षा र विविध सेवा र स्वास्थ्य सेवाका नवौँ र एघारौँ…
धनगढी: नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले डडेल्धुरा दुर्घटनाका घाइतेहरूको उपचारमा ध्यान दिन सम्बन्धित सबै पक्षसँग माग गरेको छ। एमाले प्रदेश कमिटी सचिव रणबहादुर चन्दले एक विज्ञप्ति जारी गर्दै घाइतेहरूको उपचारको विषयमा ध्यान दिन आग्रह गरेको जनाएका छन्। ‘मृतकजनहरुको परिवारमा गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासहित यथाशीघ्र उपचारमा ध्यान दिन सम्बन्धित सम्पूर्ण सरोकारवाला र सरकारसँग जोडदार माग गर्दछौँ’ सचिव चन्दले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। मंगलबार राती महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी गइरहेको रात्रिबस डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १२ जना घाइते छन् । एमाले प्रदेश कमिटीले बस दुर्घटना प्रति दुख व्यक्त…
डडेल्धुरा: डडेल्धुरामा पनि ६९औं प्रहरी दिवस मनाइएको छ। सुदूरपश्चिम प्रदेश सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काको प्रमुख अतिथ्यतामा ‘साइबर सुरक्षा आजको आवश्यकता’ भन्ने मूल नाराका साथ डडेल्धुरामा प्रहरी दिवस मनाइएको हो। प्रमुख अतिथि खड्का, विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने लगायत अतिथिहरूले प्रहरी स्मारकमा पुष्पहार र पुष्पगुच्छा चढाई श्रद्धाञ्जलि अर्पण गरेका थिए। यस्तै सो अवसरमा डडेल्धुरामा कार्यरत २२ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन्। उत्कृष्ट अनुसन्धानतर्फ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमसहित ६ जना प्रहरी पुरस्कृत भएका छन् । असोज २५ गते अमरगढी नगरपालिका–७ पोखराकी १४ वर्षीया आरती भट्टराईको हत्या घटनाको अनुसन्धानमा उत्कृष्ट काम गरेबापत उनीहरूलाई नगदसहित पुरस्कृत गरिएको…
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेल सुर्खेत हुँदै बाजुरा आउने भएका छन्। बाजुरा जिल्लाको प्रसिद्ध धार्मिकस्थल बडिमालिका माताको दर्शनका लागि उनी त्यता प्रस्थान गरेका हुन्। राष्ट्रपति पौडेलसहित १० जनाको टोली गौचरस्थित सैनिक हवाई सेवाअन्तर्गत मध्यएयर बेसबाट सेनाको एनए-०६७ असस्ता हेलीमा अपराह्न सवा ३ बजे सुर्खेत उडेको बताइएको छ। टोलीमा प्रथम महिला सविता पौडेल, राष्ट्रपतिपुत्री सर्मिला खनाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डे सहभागी छन्। त्यस्तै, राष्ट्रपतिका स्वकीय सचिव अवज्ञा पौडेल, सेनाको सुरक्षा तथा व्यवस्था प्रमुख सहायक रथी मनोज वैदवार, मुख्य सुरक्षा अधिकृत महासेनानी अच्युतम भण्डारी, राष्ट्रपतिका निजि चिकित्सक डा. निरज थापा, पार्श्ववती प्रमुख सेनानी बालमुकुन्द विष्ट र सुरक्षा अधिकृत सेनानी दिनेश…