Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: नेपाली सेनाका एक जना पूर्व जर्नेलमाथि बलात्कारको आरोप लागेको छ।केही समयअघि मात्र अवकाश पाएका जर्नेल ईश्वरकुमार श्रेष्ठमाथि सो आरोप लागेको हो। श्रेष्ठले आफूमाथि पटकपटक जबरजस्ती करणी गरेको भन्दै पीडित उमादेवी खत्रीले प्रहरीमा जाहेरी पनि दिएको बताइएको छ। उनले जिल्ला प्रहरी परिसर, टेकुमा जाहेरी दिएको लामो समय बितिसक्दासमेत प्रहरीले उनलाई कारबाही नगरेको बताइन्। यस्तै उनले प्रहरी र जर्नेलविरुद्ध आज रिपोर्टर्स क्लबमा दिउँसो २ बजेदेखि पत्रकार सम्मेलन गर्ने पनि जनाएकी छन्। जर्नेल श्रेष्ठले कलाकार एवं निर्माण व्यवसायी खत्रीलाई अभिभावकत्व निर्वाह गर्ने भनेर शारीरिक सम्बन्ध राख्दै छोडेको बुझिएको छ। जर्नेलले गत कात्तिकमा उनले अन्तिम पटक जबरजस्ती करणी गरेको उनले बताएकी छन्।

Read More

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य ह्रवातै घटेको छ । साताको पहिलो दिन आज सुन तोलामा ४ हजार रुपैयाँले घटेको हो ।  शुक्रबार प्रतितोला एक लाख ४५ हजारमा कारोबार भएको छापावाला सुनको मूल्य घटेर आज १ लाख ४१ हजार निर्धारण भएको छ । यस्तै तेजाबी सुन आज १ लाख ४० हजार ३ सय रुपैयाँ तोकिएको छ। चाँदीको मूल्य भने तोलामा ७५ रुपैयाँले बढेको छ। शुक्रबार एक हजार ९ सयमा कारोबार भएको चाँदी आज एक हजार ८सय २५मा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Read More

धनगढी: अछामको पञ्चदेवल नगरपालिका वडा नं ९ कालेकाँडा र दैलेखको आठवीस नगरपालिका वडा नं ४ खिड्कीजिउला जोड्ने पुल चुँडिएपछि आवतजावत अवरुद्ध भएको छ। आज (आइतबार) पुल चुँडिएकोमा आवतजावत अवरुद्ध भएको हो। प्रहरीका अनुसार पुलको लठ्ठा चुँडिएपछि ढुवानीको सामान बोकेका १४ वटा खच्चर पुलमा च्यापिएका छन् भने आवत जावत पनि पूर्ण रुपमा ठप्प छ। अहिले जिल्ला प्रशासन कार्यालय दैलेखले फसेका खच्चरहरूको उद्धारको तयारी थालेको जनाएको छ।

Read More

विराटनगर : मोरङको विराटनगरमा विद्यार्थीले सरकारी गाडी जलाइदिएका छन् । रङ्गेली नगरपालिकाका कार्यवाहक मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका विद्यार्थीको रिहाइको माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीहरूले प्रदेश योजना आयोगको गाडीमा आगजनी गरेका हुन । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पस अगाडिका विरोध प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले सडकमा गुडिरहेको प्रदेश योजना आयोगको को१झ ६४४ नम्बरको गाडीमा ढुंगामुडा गर्दै विद्यार्थीले आगजनी गरेका प्रहरीले जनाएको छ । प्रदेश योजना आयोगका उपाध्यक्ष डा राजेन्द्र अधिकारी चढेको को १ झ ६४४ नम्बरको स्कारपीयो गाडीमा विद्यार्थीहरूले आगजनी गरेका हुन् । केही दिन अगाडि निजी विद्यालयले कानुनविपरीत शुल्क लिइरहेको र शिक्षक छनोटमा मनपरी गरको भन्दै नगरपालिका पुगेका विद्यार्थीले…

Read More

काठमाडौं: युगान्डालाई ३९ रनमै अलआउट गर्दै वेस्ट इन्डिजले आइसिसी टी-२० विश्वकपमा लगातार दोस्रो जित हासिल गरेको छ। आइतबार बिहान सम्पन्न खेलमा वेस्ट इन्डिज १३४ रनले विजयी भएको हो । जितसँगै वेस्ट इन्डिजले समूह सी मा दुई खेलबाट चार अंक जोडेको छ। पहिलो खेलमा वेस्ट इन्डिजले पपुवा न्यूगिनीलाई पाँच विकेटले पराजित गरेको थियो। युगान्डाको यो दोस्रो हार हो। पहिलो खेलमा अफगानिस्तानसँग युगान्डा १२५ रनले पराजित भएको थियो। तर, दोस्रो खेलमा  पुनरागमन गर्दै पपुवा न्यूगिनीलाई तीन विकेटले पराजित गरेको थियो। युगान्डा दुई अंकसहित तेस्रो स्थानमा छ। वेस्ट इन्डिजले दिएको १७४ रनको लक्ष्य पछ्याएको युगान्डाले १२ ओभरमा सबै विकेट गुमाउँदै ३९ रनमात्रै बनाउन…

Read More

काठमाडौं : प्रतिनिधि सभाको आज र भोलिको बैठक सूचना टाँसेर स्थगित गर्ने निर्णय भएको छ । विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि बजेट पुस्तिका अध्ययनका लागि दलहरूले समय मागेका कारण बैठक रोक्नुपरेको हो । विनियोजन विधेयकमाथि अब २९ गतेदेखि नियमित छलफल हुनेछ । सभामुख निवास बालुवाटारमा आज बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुई दिन बैठक स्थगित गर्ने निर्णय गरेको हो । सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेसका सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही उपस्थित…

Read More

काठमाडौं : अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी टी–२० विश्वकपमा आज दुई चिर–प्रतिद्वन्दी भारत र पाकिस्तान भिड्ने भएका छन । समूह ‘ए’ मा रहेका दुवै टिमको यो दोस्रो खेल हो । पहिलो खेलमा सह–आयोजक अमेरिकाविरुद्ध सुपर ओभरमा अप्रत्याशित हार बेहोरेको पाकिस्तान आज पहिलो जितको खोजीमा छ । पहिलो खेलमा आयरल्यान्डविरुद्ध आठ विकेटको सहज जित निकालेको भारत भने लगातार दोस्रो जितको लक्ष्यमा छ । समूह ‘ए’मा रहेको भारत दुई अंकसहित तालिकाको दोस्रो र अंकविहीन पाकिस्तान तालिकाको चौथो स्थानमा छ । पहिलो खेलमा हार बेहोरेका कारण प्रतियोगिताको सुपर–८ पुग्ने सम्भावना बलियो बनाउन पाकिस्तान आज जितको दबाबमा छ । भारत रोहित शर्मा र…

Read More

काठमाडौँ : सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठकमा विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरूमाथि मन्त्रालयगत छलफल हुने संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूची रहेको छ ।  बैठकमा वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल हुने छ ।   प्रेम सुवालले “विनियोजन विधेयक, २०८१ अन्तर्गत वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने छन । भने सांसद अमरेशकुमार सिंहले…

Read More

काठमाडौं : उपाधि दाबेदार अष्ट्रेलियाले उत्कृष्ट ब्याटिङमा आईसीसी टी–२० विश्वकप २०२४ मा साविक विजेता इंग्ल्यान्डलाई ३६ रनले हराएको छ । अष्ट्रेलिया लगातार दोस्रो जितका साथ समूह बी मा शीर्ष स्थानमा रहँदै सुपर–८ सम्भावना लगभग पक्कापक्की गरेको छ । २०२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले २० ओभरमा ६ विकेट गुमाउँदै १६५ रन बनाउन सक्यो । कप्तान जस बटलरले २८ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ४२ रन बनाए । फिल साल्टले २३ बलमा ४ चौका र २ छक्कासहित ३७ रन जोडे । इंग्ल्यान्डलाई ओपनर साल्ट र बटलरले ७।१ ओभरमा ७३ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । त्यसपछि ब्याटिङ नचल्दा…

Read More

काठमाडौँ : हाल नेपालमा स्थानीय र पश्चिमी वायुको  आंशिक  प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ।  दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

Read More