Author: महेन्द्रनगर पोष्ट

धनगढी: डोटीमा कार्यरत एक प्रहरी कर्मचारीको मृत्यु भएको छ। डोटीमा ड्युटीमै रहेका बेला बेहोस भएर अस्पताल ल्याइएका प्रहरी वरिष्ठ हवल्दार केशरसिंह धामीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय डोटीका इन्सपेक्टर सुर्यप्रकाश भट्टका अनुसार हिजो राति ८:३० बजेको समयमा धामी बेहोस भएका थिए।दार्चुलाका घर भएर डोटीस्थित प्रहरी चौकी घाङलमा कार्यरत धामी अचानक बेहोस भएपछि उनलाई धनगढी ल्याइएको थियो। तर धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको जनाइएको छ। बिहान करिव २ बजेको समयमा उनलाई अस्पतालले मृत घोषित गरेको थियो। अहिलेसम्म उनको मृत्युको यथेष्ट कारण नखुलेको र पोस्टमार्टम गरेपछि थप थाहा हुने प्रहरीको भनाई छ।

Read More

धनगढी: सशस्त्र प्रहरी बनाईदिन्छु भन्दै ठगी गर्ने एक युवक पक्राउ परेका छन्। दार्चुलाका एक युवकलाई सशस्त्र प्रहरीमा जागिर लगाइदिन्छु भन्दै पटक पटक पैसा ठगी गरेर फरार रहेका युवकलाई प्रहरीले पक्राउ गरेको हो। सशस्त्र प्रहरी बनाई दिन्छु भन्दै ठगी गरेको आरोपमा कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–६ बस्ने ३२ वर्षीय तुलाराम विकलाई बुधवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। विकले दार्चुलाका ईन्द्रसिंह धामीका छोरालाई सशस्त्र प्रहरी बनाईदिन्छु भनी विश्वास दिलाएर पटक पटक गरी ५ लाख ३५ हजार ७ सय रुपैयाँ ठगी गरी फरार रहेका थिए। बुधवार जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीको सहयोगमा अत्तरियाबाट…

Read More

बैतडीः बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका–६ सित्तड सलेना भुलगाउँकी ३२ वर्षीया देवकी भुलको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ। उनको काटेको खर थुपार्ने क्रममा लेक भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो। उनी करीब एक सय मिटर तल खसेकी थिइन्। 

Read More

अछाम: अछामको साँफेबगर नगरपालिका-७, रिडीकोटस्थित मध्य-पहाडी लोकमार्गमा जीप दुर्घटना भएको छ। बयालपाटाबाट बाजुरा तर्फ जाँदै गरेको लु १ ज ४७११ नम्बरको बोलेरो जीप ब्रेक फेल भएर सडकको नालामा बिहीबार दिउँसो पल्टिएको हो। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार जीपमा चालकसहित ६ जना सवार थिए, जस मध्ये तीन जना घाइते भएका छन्। घाइतेमध्ये बाजुराको त्रिबेणी नगरपालिका-६ निवासी १९ वर्षीया नन्दा बुढाको टाउको र मुखमा चोट लागेको र अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए। यस्तै अन्य दुई जना घाइतेहरूमा बुढीगंगा नगरपालिका-४ निवासी २७ वर्षीय राजेन्द्र लुहार र निजका ६ वर्षीय छोरा…

Read More

बैतडी: बैतडीमा नेपाल प्रहरीका हवल्दार कृष्णराज जोशी पूर्पक्षका लागि कारागार चलान भएका छन्। बैतडीको पञ्चेश्वर गाउँपालिका-२ क किशोरी बेपत्ता बनाएको तथा जबर्जस्ती करणीको मुद्दामा हवल्दार जोशीलाई मंगलबार जिल्ला अदालत बैतडीले पूर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो। गत असोज १५ गते पञ्चेश्वर गाउँपालिका-२ डिम्मरकी १७ वर्षीया किशोरीलाई बेपत्ता बनाएको आरोपमा पक्राउ परेका जोशीलाई अदालतको आदेश अनुसार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। पञ्चेश्वर-२ कै महाकाली प्रहरी चौकीमा कार्यरत हवल्दार जोशीले प्रहरी चौकीसँगै जोडिएको डिम्मर गाउँकी १७ वर्षीया किशोरीलाई बेपत्ता बनाएको आरोप लागेको थियो। किशोरीको अवस्था अझै पत्ता लाग्न सकेको छैन। उनीमाथि हवल्दारले करणी गरेको पनि अनुसन्धानमा खुलेको…

Read More

धनगढी: वर्षौंदेखि कोठामा थुनेर राखिएकी शुक्लाफाँटा नगरपालिका–३ की मानसिक सन्तुलन गुमाएकी २५ वर्षीया जानकी बाँनियाको आज उद्धार गरिएको छ । नगर उपप्रमुख कल्पना पन्तको अगुवाइमा जानकीको उद्धार गरिएको हो ।वर्षौंदेखि अलग्गै बनाइएको कच्ची घरको कोठामा थुनेर राखिएकी बाँनियाको उद्धार गरी मानव सेवा आश्रम धनगढी पठाइएको छ । चौध–पन्ध्र वर्षको उमेरदेखि नै मानसिक सन्तुलन गुमाएकी जानकीलाई कोठामा थुनेर राखिँदै आएको थियो । थुन्दै आएको कोठाबाट बाहिर आउँदा जानकीको खुसीको ठेगानै थिएन । नगरपालिकाका नगर प्रहरीले थुनेको कोठाबाट बाहिर निकालेपछि जानकीले बोल्न चाहे पनि थोरै मात्रै शब्द भन्न सकिनन् । पर्याप्त आहारको कमीले गर्दा पूरै शरीर गलेकाले बोल्न नसकेको जनाइएको छ ।…

Read More

काठमाडौं: ‘हनी ट्रयाप’ प्रकरणमा फरार रहेकी ललितपुरको भैंसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रमुख एवं ‘विवाद क्विन’ इन्स्पेक्टर बिनुकुमारी शाही अझै पक्राउ परेकी छैनन्। जिल्ला अदालत ललितपुरले दसैं अगाडि नै उनलाई पक्राउ गर्न पुर्जी जारी गरेपनि अझै उनी नसमातिएकी हुन्। ललितपुरको भैँसेपाटी प्रहरी प्रभाग प्रमुख रहँदा एक व्यवसायीलाई ‘हनी ट्रयाप’मा पारेर ३० लाख रुपैयाँ असुल गर्न खोजेको खुलेपछि प्रहरीले उनीमाथि अनुसन्धान अघि बढाएको थियो। ललितपुर प्रहरीको अनुसन्धानका क्रममा उनको संलग्नता देखिएपछि पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत ललितपुरसँग पक्राउ अनुमति मागेको थियो। तर अदालतले पक्राउ अनुमति दिए पनि उनलाई पक्राउ भने गरिएको छैन। दसैं अगाडि पूर्जी आएकोमा तिहारसम्म आइपुग्दा पनि उनलाई फरार…

Read More

काठमाडौं: फरार प्रतिवादी पक्राउ गर्न सफल प्रहरी इन्स्पेक्टर नेत्र कुँवर एसएसपीद्वारा सम्मानित भएका छन्। प्रहरी प्रभाग कपनमा कार्यरत प्रहरी निरीक्षक नेत्रबहादुर कुँवरलाई काठमाडौँ प्रहरी परिसरका एसएसपी बसन्त रजौरेले उत्कृष्ट काम गरेको भन्दै सम्मान गरेका हुन्। जिल्ला प्रहरी परिसर, काठमाडौंमा मिति २०८१ असोज ६ गते देखि १३ गते सम्म ७ दिने फैसला कार्यान्वयन अन्तर्गत फरार प्रतिवादी पक्राउको निमित्त कार्यालयबाट विशेष अभियान संचालन गरिएकोमा प्रहरी प्रभाग कपनका प्रहरी निरीक्षक नेत्र बहादुर कुँवरले ७२ जना फरार प्रतिवादी पक्राउ गरि सम्मानित अदालत समक्ष पेश गर्न सफल भएको हुँदा निजले गरेको कार्यको उच्च मुल्याङकन गरी एसएसपी वसन्त रजौरेले खादा ओडाई कदर स्वरुप प्रशंसा-पत्र प्रदान गरिएको…

Read More

धनगढीः कैलालीमा बसबाट लडेर सहचालकको  मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका–३ कुचैनीस्थित सडकमा अछामबाट टिकापुरतर्फ जाँदै गरेको ना ६ ख ४५९१ नम्बरको बसबाट लडेर बसका सह–चालक अछामको चौरपाटी गाउँपालिका–१ का २५ वर्षीय ज्ञानु साउँदको बिहीवार मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। यस्तै उता डोटीमा बदेलको आक्रमणबाट एक युवकको मृत्यु भएको छ। बडिकेदार गाउँपालिका-१ धामीगाउँ बस्ने २७ वर्षीय नविन बडेलाको बदेलको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। बुधवार बडेला घर नजिकै मष्टदेवता सामुदायिक…

Read More

काठमाडौं: नेपाल प्रहरीको के–नाइन कार्यालय महाराजगञ्जले कुकुर तिहारको अवसरमा विभिन्न कला प्रस्तुत गर्दै कुकुर तिहार मनाएको छ। विगत ५५ वर्षदेखि औपचारिक रुपमा कुकुरलाई तालिम दिएर अनुसन्धान कार्यमा खटाउँदै आएको प्रहरीले कुकुर तिहारको दिन विभिन्न कला प्रस्तुत गर्दै आएको छ। सोही अवसरमा के–नाइन कार्यालय महाजगञ्जमा बिहीबार प्रहरीका तालिम प्राप्त कुकुरहरुले विभिन्न कला प्रस्तुत गरे। के–नाइन कार्यालय प्रमुख तथा डीआईजी देउती गुरुङको उपस्थितीमा प्रहरीले कुकुर तिहार मनाएको हो। यो वर्षको सर्वोत्तकृष्ट कुकुरको अवार्ड भने ‘टाइगर’ नामको के–नाइनले पाएको छ। के–नाइनले सिन्धुपाल्चोककी रत्नकुमारी थापा र नुवाकोटकी नेत्रकुमारी क्षेत्रीको हत्यामा सफल अनुसन्धान गरेको थियो।

Read More