धनगढी: सशस्त्र प्रहरी बल नेपालले सीमा सुरक्षाका साथै तस्करी नियन्त्रणमा पनि विशेष चासो दिएको जनाएको छ। चाडपर्व लक्षित तस्करी हुने भएकाले नियन्त्रणमा सशस्त्र जुटेको हो। आज (मंगलबार) मात्रै कञ्चनपुर जिल्लाको बेलाैरी नगरपालिका ६ नकैयाबाट झण्डै २ लाख बराबरको सामान बरामद गरिएको छ। सशस्त्रका अनुसार १ लाख ८० हजार बराबरकाे पटाका, किराना सामान लगायतका सामग्री बरामद गरिएको हो। जसका साथै सामान बाेक्न प्रयाेग गरिएकाे म३प १०२० नम्बरको मोटरसाइकल पनि समातिएको जनाइएको छ। त्यसपछि सो सामान भन्सार कार्यालय बेलाैरी कञ्चनपुरमा बुझाइएको थियो।
Author: महेन्द्रनगर पोष्ट
धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संविधानप्रदत्त अधिकार हस्तान्तरण नहुँदा प्रदेश सरकारले शिक्षा क्षेत्रमा धेरै काम गर्न नसकेको बताएका छन्। नेपाल शिक्षक सङ्घ सङ्घीय कार्यसमितिले मंगलवार धनगढीमा आयोजना गरेको महासचिव÷सचिवस्तरीय राष्ट्रिय भेलाको उद्घाटन सत्रमा उनले सोही कारण शिक्षकका समस्या सम्बोधन गर्ने सम्बन्धमा पनि प्रदेश सरकारलाई समस्या भइरहेको बताए। ‘उच्च शिक्षा प्रदेश सरकारअन्तर्गत भनिएको छ तर त्यो अधिकार प्रयोग गर्ने कुनै आधार छैन्, संरचना छैन्, विश्वविद्यालय छैन्’उनले भने, ‘शिक्षकका हकहितका सन्दर्भमा धेरै कुरा उठेका छन्। सङ्घीयतामा कार्यान्वयनको चरणमा मुलुक अगाडि बढिसके पनि संविधानतः धेरै संरचनागत अधिकारहरू हस्तान्तरण हुन नसक्दा समस्या भइरहेको छ।’ सङ्घीयतालाई बलियो बनाउन, जनविश्वास र भरोसा बढाउन प्रदेशलाई प्रदत्त अधिकार…
डडेल्धुराः डडेल्धुरामा एक व्यवसायी बेपत्ता भएका छन्। सोमबार बिहानदेखि परशुराम नगरपालिका–५ परीगाउँका ५३ वर्षीय खेमसिंंह प्वाली बेपत्ता भएका हुन्। बेपत्ता प्वालीको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ। खोजी गर्ने क्रममा बेपत्ता प्वालीले लगाएको कपडा र मोबाइल परीगाउँस्थित महाकाली नदी किनारमा फेला परेको इलाका प्रहरी कार्यालय जेगबुढाका इन्चार्ज सुरज रोकायाले बताए। उनले महाकाली नदीमा हामफालेको आशंकामा सशस्त्र प्रहरी र नेपाल प्रहरी गरेर १५ जनाको टोली खटिएको उनले बताए।
काठमाडौं: विवादित सहसचिव राजेश्वर ज्ञवाली उद्योग मन्त्रालयमा सरुवा भएका छन्। निजामती क्षेत्रमा राजस्वमाराको आरोप खेप्दै आएका ज्ञवालीको हिजोमात्र सरुवा भएको हो। उनले अब उद्योगतर्फ सेटिङमा विभागहरुतर्फ डीजी बन्न पावर लगाएर सरुवा गराएको आरोप लागेको छ। यस्तै उनले त्यसका लागि मन्त्री दामोदर भण्डारीलाई रिझाइरहेको पनि बताइन्छ। कालो काङ्ग्रेस भनेर चिनिने उनले अहिले सरुवामा पनि मोटो रकम कबोलेर उद्योगमा पुगेको बुझिएको छ। विवादित ज्ञवाली उनै सहसचिव हुन्, जो तत्कालीन समयमा काठमाडौंका पुर्व मेयर विध्यासुन्दर शाक्यलाइ अख्तियार पुर्याउने भूमिकामा थिए। उनी काठमाडौं महानगरको प्रमुख कार्यकारी अधिकृत भएका बेला मेयर शाक्यसहित आफू अख्तियारको फन्दामा परेका थिए। उनै ज्ञवालीसहित हिजो सरकारले ४० सहसचिवको सरुवा गरेको…
धनगढीः सुदूरपश्चिम प्रदेशका उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरीले भान्सेमा आफ्नै श्रीमतीलाई नियुक्त गरेको खुलेको छ। साउन २२ गते मन्त्री नियुक्त भएका लक्ष्मणकिशोरले श्रीमती सरस्वती चौधरीलाई भान्सेमा नियुक्त गरेको पाइएको हो। नागरिक उन्मुक्ति पार्टीबाट कैलाली निर्वाचन क्षेत्र नम्बर १ को १ बाट निर्वाचित लक्ष्मणकिशोर यसअघि केही समयका लागि सामाजिक विकास मन्त्री समेत बनेका थिए। यस्तै सुदूरपश्चिमका अन्य मन्त्रीहरुले पनि आफन्त, भाइ भतिजा छोरी बुहारीहरुलाई नै सरकारी नियुक्ति दिएका छन्।
धनगढी: गृहमन्त्री रमेश लेखकले निजी सचिव परिवर्तन गरेका छन्। लेखकको निजी सचिवबाट कञ्चनपुरका तत्कालीन सहायक सिडिओसमेत रहेका धर्मराज जोशी हटाइएका हुन्। गृहजिल्लामा सहायक सिडिओ रहेका उनलाई मन्त्री भएपछि गृहमन्त्री लेखकले निजी सचिवमा नियुक्त गरेका थिए। तर ककेही समय अगाडी उनको स्थानमा बद्री तिवारीलाई ल्याइएको बताइएको छ। निजी सचिवको जिम्मेवारीबाट अलग भएका जोशी हाल अध्यागमन विभागमा गएका छन्। र, यो पनि: कञ्चनपुरका सहायक सिडिओ जोशी गृहमन्त्रीको निजी सचिव नियुक्त
धनगढी: कैलालीको धनगढीबाट दुई लाख बढीको चिनी बरामद गरिएको छ। भन्सार छलेर चिनी ल्याइरहेका दुई जनालाई पक्राउ गरिएको छ। मध्यराति परिचालित सशस्त्र प्रहरी बल नेपालको टोलीले दुई लाख बढीको भन्सार छलीका सामानसहित दुई जनालाई पक्राउ गरेको हो। धनगढी उपमहानगरपालिका- १८ फुलवारीस्थित थापाघाट सीमा इलाकाको बाटो हुँदै भारतबाट अबैध रुपमा भन्सार छली नेपालतर्फ भित्र्याइरहेको दुई सय ५० किलो चिनी र सो चिनी बोक्न प्रयोग गरिका मोटरसाइकल तथा तीन वटा साइकल बरामद गरिएको छ। सशस्त्र प्रहरी निरीक्षक धनबहादुर नाथको कमाण्डमा खटिएको टोलीले तस्करीमा संलग्न धनगढी उहानगरपालिका-१८ बस्ने सुरज बिष्ट र २९ वर्षीय हरिष बिकलाई पनि पक्राउ गरेको छ। तस्करीमा संलग्न दुबै जनालाई…
काठमाडौं: नेपाल प्रहरीमा रिक्त एआइजी पदमा बढुवामा सिफारिससँगै तल्लो तहमा पनि बढुवाको सरगर्मी बढेको छ। बढुवाका आकांक्षीहंरु शक्तिकेन्द्र धाउन थालिसकेका छन्। खासगरी डिआईजी र एसएसपी बढुवामा ठूलो रस्साकस्सी छ। हाल प्रशासनतर्फ डिआइजीका चार र एसएसपीका १२ पद रिक्त छन्। एआइजीमा बढुवा सिफारिस भएकी किरण राणाले १६ कात्तिकमा अवकाश पाएपछि डिआइजीका ५ पद रिक्त हुनेछन्। ११ कात्तिकमा डिआइजी राजेश बास्तोलाले अवकाश पाउने भएकाले त्यसबेला डिआइजीको थप एक पद रिक्त हुनेछ भने एआइजी रामदत्त जोशीले १८ कात्तिकमा अवकाश पाउनेछन् । जसअनुसार तिहारपछि डिआइजीका सात पद रिक्त हुने छन् । जसकारण डिआइजीको बढुवा भने तिहारपछि मात्र हुने गृह मन्त्रालयका एक उच्च अधिकारीले बताए…
दार्चुलाः भन्सार छलेर ल्याएको सामान पसलबाट बरामद गरेको विरोधमा दार्चुलाको सदरमुकाम खलंगाका व्यापारीले नेपाल–भारत जोड्ने झोलुंगे पुलमा ताला लगाएका छन्। उद्योग वाणिज्य संघ दार्चुलाको नेतृत्वमा व्यापारीहरूले जिल्ला सदरमुकाम खलंगास्थित नेपाल–भारत जोड्ने झोलुंगे पुलमा ताला लगाएका हुन्। प्रहरीको सुरक्षा रहने पुलमा व्यापारीले सोमबार ताला लगाएका छन्। भन्सार तिरेर भित्र्याइएको सामानलाई प्रहरीले अवैध भन्दै छापा मारेर बरामद गरेको भन्दै पुलमा ताला लगाएको व्यापारिकको भनाई छ। उद्योग वाणिज्य संघ दार्चुलाका कार्यवाहक अध्यक्ष विशनसिंह बोहराले पटक–पटक प्रहरीले व्यापारीहलाई दुःख दिएकाले तालाबन्दीमा उत्रिनु परेको बताए। सुरक्षाकर्मीले सामानको भन्सार तिर्न लगाउने र फेरि आफैं व्यापारीको पसल बन्द गराएपछि छापा मार्न आउने बोहराको आरोप छ। आइतबार साँझ…
बैतडी: पञ्चेश्वरकी एक १७ वर्षीय किशोरी बेपत्ता भएको १२ दिन पुगेको छ। किशोरी बेपत्ता पारेको आरोपमा स्थानीय प्रहरी चौकीका निमित्त इन्चार्ज प्रहरी हवलदार थुनामा छन्। पञ्चेश्वर गाउँपालिका–२ स्थित महाकाली प्रहरी चौकीका निमित्त इन्चार्ज प्रहरी हवलदार कृष्णराज जोशी किशोरी बेपत्ता पारेको आरोपमा मुछिएका हुन्। हवलदार जोशीलाई निलम्बन गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले बताए। उनले भने, “किशोरीका आफन्तले दिएका जाहोरी अनुसार प्रहरी हवलदारमाथि मानिस बेपत्ता पार्न नहुने कसुरमा अनुसन्धान भइरहेको छ । किशोरीको खोजी गर्न प्रहरी परिचालन गरिएको छ।” गएको असोज २५ गते बिहान प्रहरी हवलदारलाई भेटेपछि ती किशोरी बेपत्ता भएको किशोरीका आफन्तले बताएका…