धनगढीः बझाङको लाइफलाइन सडकका रुपमा रहेको जयपृथ्वी राजमार्ग फेरि अवरुद्व भएको छ। बैतडीको खोड्पेदेखि बझाङ जोड्ने उक्त राजमार्गअन्तर्गत जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–१ सुङगाला नजिक बालुवाटारमा पहिरो खसेपछि अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक युवराज भण्डारीका अनुसार सुख्खा पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो। ‘मंगलाबार बेलुका वर्षा भएको थियो,’ उनले भने, ‘वर्षा रोकिएपछि आएको पहिरोले राजमार्ग अवरुद्ध भएको छ। पहिरो पन्छाउनका लागि सडक डिभिजन कार्यालय बैतडीलाई आग्रह गरेका छौं।’ पहिरोले राजमार्ग अवरुद्ध भएपछि बझाङ जाने र बझाङबाट अन्यत्र आउने यात्रुहरु अलपत्र परेका छन्। बझाङ जोड्ने एकमात्र राजमार्ग अवरुद्ध भएपछि चाडपर्वका लगि घर फर्किनेहरु सबैभन्दा बढी समस्यामा परेका…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौंः पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले रवीन्द्र मिश्रको दाबीमा खण्डन गरेको छ। प्रचण्ड र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रबीच मंगलबार खुमलटारमा भेटवार्ता भएको थियो । भेटवार्तापछि मिश्रले सामाजिक सञ्जालमा एक पोस्ट राख्दै प्रचण्डले ‘पञ्चायकालमा राम्रो काम भएको र महेन्द्र भिजनरी राजा भएको’ भनेको दाबी गरेका थिए। प्रचण्ड सचिवालयले भने मिश्र आफैंले राखेको निजी विचारलाई प्रचण्डको विचार भन्दै टिप्पणी गरेको भन्दै खण्डन गरेको छ। ‘उहाँका विचार भनेर मिश्रजीले समय सन्दर्भबाट कटाएर आफ्नो राजनीतिक स्वार्थ अनुकूल प्रस्तुत गर्नु राजनीतिक संस्कार होइन’, सचिवालयले विज्ञप्तिमार्फत भनेको छ। सचिवालयले पञ्चायतको निरंकुशता र राजतन्त्रात्मक व्यवस्थाभित्र भएको देशको अधोगति र…
काठमाडौं: काठमाडौंमा एक महिलाले पत्रकारको आवरणमा अनेकन काम गर्दै आएको खुलेको छ। बैतडीको सिगास गाउँपालिका ८ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका ३ बस्ने २३ वर्षीया स्मारिका बोहोराले काठमाडौंमा उपद्रो मच्चाएकी हुन्। स्रोतका अनुसार उनले पहिलोपटक भारतको पश्चिम बंगाल घर भई २८ वर्षदेखि नेपालमा बस्दै आएका ४८ वर्षीय बुद्धदेव मैतीको पसलमा काम गर्ने गरेकी थिइन्। नेकपा विप्लव काठमाडौंका सक्रिय कार्यकर्ता राम बोहोराकी छोरी उनले ज्वेलर्समा ‘सेल्स गर्ल’ का रूपमा दुई वर्ष काम गरिन्। गत वैशाखमा बुद्धदेव पसल बन्द गरेर कलकत्ता गएका थिए। सोही क्रममा स्मारिकाले सटरको ‘डुप्लिकेट’ चाबी बनाइन्। यता, हम्मरमार्फत सेफको चाबी फुटाएर नगद र गहना गरी ६७ लाख हात…
धनगढी: बाँकको नेपालगञ्जमा हुण्डी कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले हुण्डी कारोबारमा संलग्न दुई जनालाई मंगलबार दिउँसो १६ लाख १० हजार २ सय ५५ नेपाली तथा ५९ हजार ५ सय भारतीय रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।विशेष सुराकीका आधारमा खटिएको बाँके प्रहरी टोलीले नेपालगञ्ज(४ गणेशपुर बस्ने मोहम्मद कादिर सिद्दिकी र मोहम्मद हबिब सिद्दिकीलाई नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले हुण्डीको कारोबार भइरहेको सूचनाको आधारमा प्रहरीले खानतलासी गर्दा मोहम्मद कादिर सिद्दिकीको साथबाट उनले बोकेको कालो झोलामा राखिएको नेपाली रुपैयाँ ९ लाख र मोहम्मद हबिब सिद्दिकीको घरमा खानतलासी गर्दा…
धनगढी । कैलालीमा मोटरसाइलक दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मंगलबार राति १० बजे मोटरसाइलक दुर्घटना हुँदा जिल्लाको कैलारी गाउँपालिका–५ मनिकापुरका १७ वर्षीय सागर विकको मृत्यु भएको हो । सोही ठाउँका जोनसोन चौधरीले चलाएको बा ८९ प ६१३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडक छेउमा पल्टिएपछि पछाडि सवार बिक गम्भीर घाइते भएका थिए । बिकलाई उपचारको लागि माया मेट्रो अस्पताल धनगढी पुगाइएकोमा उपचारको क्रममा बुधवार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकल र मोटरसाइकल चालक चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनगढी: धनगढीको एक फर्मेसीबाट प्रतिबन्धित औषधीसहित सञ्चालक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–२ बैयावेहडी चोकमा कञ्चनपुरको वेदकोट नगरपालिका–५ बस्ने २३ वर्षीय दिपकराज जोशीले सञ्चालन गरेको केयर फस्ट फर्मेसीबाट प्रतिबन्धित औषधी ट्रामाडोल २१ ट्याब्लेट बिक्रि वितरण गरीरहेको अवस्थामा फेला पारी सञ्चालन जोशीलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय धनगढीले जनाएको छ। यस्तै सोमबार कैलालीमै लागुऔषधसहित एक जना पसल सञ्चालक पनि पक्राउ परेका थिए। जिल्लाको गौरीगंगा नगरपालिका–८ बडैपुरस्थित मष्टा एग्रो प्रोडक्सन एण्ड सप्लायर्सका पसल सञ्चालक बझाङको केदारेश्वर गाउँपालिका–६ थापागाउँ घर भएका ३१ वर्षीय डम्बरबहादुर गुरधामी लागूऔषधसहित पक्राउ परेका हुन्। उनलाई ५३ ग्राम ८ सय १० मिलिग्राम लागुऔषधिसहित सोमबार दिउँसो इलाका प्रहरी कार्यायल मसुरियाबाट खटिएको…
धनगढी: नेकपा एमालेका महासचिव शङ्कर पोखरेल सुदूरपश्चिमको अस्थायी मुकाम धनगढी पुग्नै लागेका छन्। उनी पार्टीको निर्धारित कार्यक्रमका लागि धनगढी आउन लागेको बताइएको छ। यस्तै हिजोमात्रै एमालेका नेता एवं उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री दामोदर भण्डारी पनि धनगढी आइपुगेका थिए। उनीपछि हिजै अर्का नेता कर्णबहादुर थापा, गणेश ठगुन्ना लगायत पनि धनगढी ओर्लिएका थिए। उनीहरू लगायत सुदूरपश्चिम एमालेका शीर्ष नेताहरु धनगढीमा भेला भएको बुझिएको छ। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेपालबाहिर रहेका बेला पार्टी कार्यक्रमका लागि महासचिव आउन लागेका हुन्। हिजो आएका मन्त्री भण्डारीले भने हिजै कैलालीमा जिल्लाका विषयगत कार्यालयका प्रमुख र सुरक्षा निकायका प्रमुखसँग मन्त्री भण्डारीले बैठक समेत गरेका थिए।…
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको बुद्धशान्ति गाउँपालिका २ का वडाध्यक्ष डिल्लीप्रसाद ओलीलाई घुस रकमसहित पक्राउ गरेको छ। आयोगको इटहरीबाट खटिएको टोली सेवाग्राहीसँग जग्गा पास तथा लेनदेन सिफारिस सम्बन्धी कार्यका लागि ८० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा वडाध्यक्ष ओलीलाई पक्राउ गरेको हो। ओलीलाई घुस दिने भारतीय नागरिक अमरनाथ चौहान समेत पनि पक्राउ परेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए। दुवै जनालाई नियन्त्रणमा लिए थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
धनगढी: सुदूरपश्चिम प्रदेशमा आगामी शनिबारसम्म भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले बंगालको खाडीबाट प्रभाव हुने जलवाष्फयुक्त हावाको प्रभावका कारण बुधबारदेखि शनिबारसम्म सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा सामान्यदेखि धेरै वर्षा हुने पूर्वानुमान गरेको हो। महाशाखाको सो पूर्वानुमानसँगै सुदूरपश्चिम प्रदेश सरकारले सतर्क रहन सबैमा अपिल गरेको छ। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले हिजो एक विज्ञप्ति नै जारी गरेर सचेत रहन प्रदेशवासीलाई आग्रह गरेको हो। कृषि क्षेत्रमा बढी प्रभाव पर्ने भएकाले धानबाली नकाट्ने आग्रह गरिएको छ। पहाडी भु–भागमा भु–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहने तथा नदीनाला खहरे खोलाहरुमा पानीको जलप्रवाहले पानीको…
धनगढी : नागरिक उन्मुक्ति पार्टीले आफ्नो दुई प्रदेश सभा सदस्यको कारबाही फुकुवा गरेको छ। बुढाबूढीसमेत रहेका रेशमलाल चौधरी र रन्जिता चौधरीले संयुक्त रुपमा चलाइरहेको सो पार्टीले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेतासमेत रहेका प्रदेश सभा सदस्य घनश्याम चौधरी र इन्दिरा गिरीको कारबाही फुकुवा गरेको हो। पार्टी अध्यक्ष श्रेष्ठले सोमबारदेखि कारबाही फुकुवा गर्दै दुवै जनालाई पार्टीको यथास्थानमा बहाली गरेको जनाएकी छन्। नागरिक उन्मुक्ति पार्टीभित्र विवाद चर्किएको बेला अध्यक्ष श्रेष्ठले कारबाही गरेककी थिइन्। झन्डै छ महिनापछि सो कारबाही फुकुवा गरिएको हो।अहिले पार्टी विवाद समाधानतर्फ गएको देखिन्छ।