Author: महेन्द्रनगर पोष्ट

धनगढीः कञ्चनपुरमा बाख्रा चोर्नेहरुबाटै प्रहरीले घुस खाने गरेको आरोप लागेको छ। जिल्लाको पुनर्वास, बेलौरी र शुक्लाफाँटा नगरपालिका क्षेत्रमा एकपछि अर्को बाख्रा चोरी हुन थालेको किसानको गुनासो छ। किसान आफैले बाख्रा चोरीमा संलग्न व्यक्तिलाई समातेर प्रहरीको जिम्मा लगाउने गरेको भएपनि त्रिभुवनवस्ती प्रहरी चौकीले घुस खाएर दोषीलाई उन्मुक्ति दिने गरेको आरोप छ। बेलौरीको शिवनगरकी लक्ष्मी चौधरी (डगौरा) र पुनर्वासको त्रिभुवनबस्तीका मिलन दाहाललाई प्रहरीले रकम लिएर उन्मुक्ति दिएको पीडित किसानको आरोप छ। ८ जना किसानले बाख्रा चोरी भएको भन्दै प्रहरीमा निवेदन नै दर्ता गरेका थिए। तर, त्रिभुवनबस्ती प्रहरीले २ जनाको बाख्राको मूल्य मात्र फिर्ता गरेर चोरीमा संलग्न व्यक्तिलाई उन्मुक्ति दिएको छ। बेलौरीबाट बाख्रा चोरेर भाग्दै…

Read More

धनगढी: कैलालीको धनगढीमा पाँच जना युवक लागुऔषधसहित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले लागुऔषधसहित पाँच जना युवकलाई नियन्त्रणमा लिएको हो। धनगढी उपमहानगरपालिका–१३ का १९ वर्षीय निरज राना, २१ वर्षीय सुनिल राना, धनगढी–२ का २३ वर्षीय रोशन खड्का, धनगढी–३ का २१ वर्षीय अमित शर्मा र १६ वर्षीय एक किशोरसहित तीन जना लागुऔषधसहित पक्राउ परेका हुन्। पक्राउ परेका युवकहरुलाई प्रहरी कार्यालय पुगाइएको छ।धनगढी–१३ का निरज रानाले चलाएको से ७ प ६३५९ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा मोटरसाइकल पछाडी सवार २१ वर्षीय सुनिल रानासँग ५ ग्राम ८४० मिलिग्राम लागूूऔषध फेला परेपछि दुबै जनालाई प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले धनगढी–३ भन्सार कार्यालय नजिकबाट नियन्त्रणमा…

Read More

धनगढी: अछाममा कार्यरत रहेका एकजना प्रहरी सहायक निरीक्षक(असइ)लाई स्थानीयले कुटपिट गरेको खुलेको छ। तुर्माखाद गाउँपालिका वडा नम्बर १ मा रहेकाे रहफस्थित प्रहरी चौकीका इन्चार्ज समेत रहेका असई महेश सिंह धामीलाई स्थानीयले कुटपिट गरेका हुन्। कार्तिक १४ गते राति असई धामी ड्युटीको समयमा मातहतको कुनै पनि प्रहरीलाई खबर नगरी २ किलोमिटर टाढाको गाउँमा एक्लै पुगेका थिए। मदिराले मातिएका धामीले होहल्ला गर्दै गाली बेइज्जती गरेपछि स्थानीयले उनलाई नियन्त्रणमा लिएर कुटपिट गरेकाे स्रोतले बतायो। घटनामा प्रहरी सहायक निरीक्षक धामी घाइते भए पनि यो घटना बाहिर कतै सार्वजनिक नगरिएको पाइएकाे छ। चाडपर्वका बेला जनतालाई शान्ति र सुरक्षा प्रदान गर्नुपर्ने प्रहरी कर्मचारीबाट अमर्यादित हर्कत भएपछि…

Read More

धनगढी: कैलालीमा पाँच लाखको अवैध सामान बरामद गरिएको छ। जिल्लाका विभिन्न स्थानबाट पाँच लाख ८५० हजार बराबरको अवैध मालसामान बरामद गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहोराले टिकापुर नगरपालिका–९ को ठोके बजार नजिकैबाट चार लाख ४२ हजार ८५० रुपैयाँ बराबरको सामान बरामद गरिएको बताए। उनकाअनुसार बरामद गरिएको सामानमा हरियो खुर्सानी, बदाम, छिद्रा माछा र तीन वटा मोटरसाइकल रहेका छन्। यस्तै, धनगढी उपमहानगरपालिका–२ र १३ बाट ४७ हजार ६०० रुपैयाँ बराबरको कपडा, सुर्तिजन्य पदार्थहरु र प्लाष्टिक झिल्ली पनि बरामद गरिएको छ। भजनी नगरपालिका–७ को शिविर टोलबाट १० हजार चार सय बराबरको चिनी र हरियो खुर्सानी…

Read More

काठमाडाैं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्ष्य गर्दै हो-हल्ला नगर्न आग्रह गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले कैलालीको धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै यस्तो बताएका हुन्। सहकारीको रकम घोटाला प्रकरणमा एउटा पार्टीको सभापतिलाई राजनीतिक पूर्वाग्रह भएर पक्राउ गरियो भन्ने आरोप लागेको छ, यसमा कांग्रेसको प्रतिक्रिया के छ भन्ने प्रश्नमा देउवाले भने, ‘हाम्रा सांसदलाई मुद्दा चलाइयो। तर, हामीले कहिल्यै होहल्ला गरेनौँ। अदालती प्रक्रियामा गएको कुरा त अदालतले फैसला गर्ला।’ साथै देउवाले अहिलेको गठबन्धन पूरै कार्यकाल टिक्ने पनि दाबी गरे। देउवा एक साताका लागि गृहजिल्ला डडेल्धुरा जाँदैछन्। देउवा भोलि गृहजिल्ला डडेल्धुरा पुग्ने कार्यक्रम छ। डडेल्धुरामा कार्यकर्ता भेटघाटका कार्यक्रमदेखि…

Read More

धनगढी: पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आइतबार सुदूरपश्चिम आउन लागेका छन्। देउवा २५ गते बिहान १० बजे काठमाडौबाट हवाईमार्ग हुँदै धनगढी आउन लागेका हुन्। धनगढीमा भेटघाटपछि उनी एक हप्ताका लागि गृहजिल्ला डडेल्धुरा पुग्ने जिल्ला सभापति भीमबहादुर साउदले जानकारी दिए। उनका अनुसार डडेल्धुरामा देउवा कार्यकर्ता भेटघाटका कार्यक्रमदेखि देवीदेउताका विभिन्न जात्रामा सभापति देउवा सहभागी हुने कार्यक्रम तय भएको छ। देउवा चौलोले प्रख्यात बडाल जाँत र उग्रतारा मेलामा सहभागी हुने सभापति साउदले बताए। कार्तिक २६ गते आलिताल गाउँपालिका र परशुराम नगरपालिकामा भेटघाट गर्ने कार्यक्रम तय भएको छ। यस्तै कार्तिक २७ गते सभापति देउवा गन्यापधुरा गाउँपालिकाको बडाल जाँतमा सहभागी हुनेछन् भने कार्तिक २८…

Read More

धनगढी: दार्चुलामा  हाइस दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। आज बिहान जिल्लाको शैल्यशिखर नगरपालिका-९ पडालमा १७ जना यात्रु सवार हाइस दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार दार्चुलाबाट कञ्चनपुरको महेन्द्रनगरतर्फ आइरहेको बा ५ ख ५२६५ नम्बरको हाइस  पल्टिएको हो। दुर्घटनामा दार्चुलाको शैल्यशिखर नगरपालिका-६ का १४ वर्षीय जस्मिन धामी, शैल्यशिखर नगरपालिका-७ का ८० वर्षीय विष्णुदत्त जोशी, उनका नाति १० वर्षीय हिमांशु जोशी, कञ्चनपुरको वेदकोट नगरपालिका-७ की ४० वर्षीया बसन्ती विष्ट र सहचालक कैलालीको बर्दगोरिया गाउँपालिका-१ का २१ वर्षीय रोहित स्वाँर घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य छ। गोकुलेश्वरस्थित मालिकार्जुन अस्पतालमा उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको…

Read More

धनगढी: धनगढीमा फेला परेको बम डिस्पोजल गरिएको छ। हिजो (शुक्रवार) धनगढी उपमहानगरपालिका ३ बिशालनगरस्थित क्षेत्रमा फेला परेको बम शनिबार बिहानै डिस्पोजल गरिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बिशालनगर क्षेत्रमा निर्माणाधीन सिद्धार्थ होटलको जग खन्ने क्रमका सकेट बम फेला परेको थियो। त्यसपछि सो क्षेत्रमा जान निषेध गरिएको थियो। भने सो बम जनयुद्ध कालको हुनसक्ने अनुमान गरिएको थियो। उक्त क्षेत्र धनगढी चौराहबाट ५० मिटर भित्र पर्दछ। सो बमलाई आज बिहानै पड्काएर डिस्पोजल गरिएको बताइन्छ।

Read More

धनगढी: धनगढीबाट त्रिनगर-गौरिफन्टा नाका हुँदै भारत जाने क्रममा एक बालकसहित भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आज (शुक्रबार) बेलुका त्रिनगर प्रहरीले भारतीयलाई बालकसहित नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कबिन्द्र सिंह बोहराका अनुसार पक्राउ पर्नेमा भारतीय नागरिक सलिम खान रहेका छन्। उनी धनगढी उपमहानगरपालिका ३ का एक बालकलाई ट्याक्सीमा राखेर नाका क्रस हुन खोज्दा समातिएका हुन्। धनगढी मनहेराका ३ कक्षामा पढ्ने ती बालकलाई खानले भारत लैजान लागेका थिए। बेचविखनको आशङ्कामा उनलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ थालिएको जनाइएको छ। ती बालक धनगढीमा आफ्नो काकासँग बस्दै आएकाकोमा उनले दुख दिएकाले भारत लैजान लागिएको खानले बताएको स्रोतको दाबी छ। उनले भारतमा…

Read More

काठमाडौं: सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डे अनुमोदित भएका छन्। संसदीय सुनुवाइ समितिको बैठकले न्यायाधीशमा सिफारिस भएका निरौला र पाण्डेलाई अनुमोदन गरेको हो। प्रस्तावित न्यायाधीशहरूबारे शुक्रबार सुनुवाइ भएको थियो। सांसदहरूले आएका उजुरी र विभिन्न विषयमा प्रश्न सोधेका थिए भने निरौला र पाण्डेले जबाफ दिए।

Read More