डडेल्धुराः यहि माघ १० देखि १३ गतेसम्म डडेल्धुरामा सञ्चालन भएको जिल्लास्तरिय खुल्ला टि–२० रोशन मेमोरियल कप क्रिकेट प्रतियोगिताको खर्च विवरण सार्वजनिक गरिएको छ । आयोजक किङ्गस् युथ क्लबल सबै खर्च विवरण जिल्ला क्रिकेट संघलाई बुझाउँदै सार्वजनिक गरेको हो । सार्वजनिक भएको विवरण अनुसार विभिन्न सहयोगी दाताहरुबाट १ लाख २६ हजार ४०५ संकलन भएको छ । यस्तै टीम दर्ता शुल्कबाट ६३ हजार गरी कूल १ लाख ८९ हजार ४०५ संकलन भएको विवरणले देखाएको छ । प्रतियोगिता अवधिभर विभिन्न शिर्षकमा गरी कूल १ लाख ९१ हजार खर्च भएको छ । यसरी प्रतियोगिता सम्पन्न गरेर सम्भवत जिल्लामै पहिलोपटक क्लबले खर्च विवरण सार्वजनिक गरेर…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ३००० रुपैयाँले बढेको हो। महासंघका अनुसार शुक्रबार छापावाल सुन एक लाख १९ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन एक लाख १९ हजार २०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि बढेकाे छ। बिहीबार चाँदी तोलामा ५ रुपैयाँले बढेर तोलाको १४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार चाँदी तोलाको १४१० रुपैयाँ कारोबार भएको थियो।
काठमाडौं : बिहीबार दिउँसो आफ्नो कार्यकक्षमै रहेका बेला भरतपुर महानगरका प्रमुख रेनु दाहाललाई काठमाडौंबाट फोन गयो। फोनको सन्देशमा नेपाल सरकारले चितवनको भरतपुर विमानस्थल विस्तारको निर्णय गरेको कुरा रहेछ। रेनु आफ्नो कुर्सीबाटै जुरुक्क उठिन् र हर्षित हुँदै धन्यवाद व्यक्त गरिन्। काठमाडौंबाट फोनमा थिए प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। सम्वाद बाबुछोरीको थियो। रेनुले फोनबाट धन्यवाद पनि आफ्ना पिता प्रचण्डलाई नै दिएकी थिइन्। तर यो संवादले भरतपुर विमानस्थललाई ठूलो जहाज बस्नेगरी विस्तार गर्ने सरकारको निर्णयको खुसीको खबर बोकेको थियो। जुन काम रेनुको अघिल्लो कार्यकालदेखिकै सपना थियो। कार्यकक्षमा पुगेका सञ्चारकर्मीसँग रेनुले भनिन्, ‘मैले पहिलो कार्यकालको सुरुआतमै राखेको ‘एजेन्डा’ थियो यो। आज सरकारले निर्णय गरेपछि आफ्नो…
काठमाडौं: बाँसबारी छालाजुत्ता कारखानाको जग्गा घोटाला आरोपमा पक्राउ परेका अरुण चौधरीलाई धापासी स्थित ग्राण्डी अस्पतालमा सारिएको छ। गएराति महाराजगञ्ज स्थित चिरायु अस्पतालमा भर्ना गरिएका चौधरीलाई अस्पतालले रिफर गरेपछि ग्रान्डीमा सारिएको केन्द्रीय अनुसन्धान ब्युरोका एकजना अधिकृतले बताए। उनीसँगै पक्राउ परेका अजितनारायण सिंहलाई पनि ग्राण्डीमा रिफर गरिएको छ। अरुण चौधरीको मुटुमा समस्या देखिएको चिकित्सकहरुले बताएका छन्। बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण सिंहको निर्णय र प्रतिवेदनको आधारमा १० रोपनी जग्गा निजीकरण भएको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान निष्कर्ष छ।
डडेल्धुरा : अमरगढी नगरपालिकाकि उपप्रमुख पार्वती झुकालले काठमाडौं बस्ने बुहारीलाई भान्से नियुक्ति गरेको पाइएको छ। उपप्रमुख झुकालले काठमाडौं बस्दै आएकी बुहारी कल्पना बुढाऐर झुकाललाई भान्से नियुक्ति गरेको खुलेको हो। तर, यता उपप्रमुख झुकालले भने उक्त कुरा अस्विकार गरिन्। उनले आफूलाई भान्से आवश्यकता नभएको बताइन्। ‘मलाई भान्से के चाहियो ? पत्रकारहरू गलत गलत लेख्छन्। को पत्रकार सहि लेख्छ र ? कोही एक दुई होलान्,’ उनले भनिन्। उपमेयर झुकालले भान्से राखेको कार्यालय स्रोतले जनाएको छ। स्रोत भन्यो, ‘उहाँले परिवारकै मान्छे राख्नुभएको छ। तर, उहाँ कहाँ हुनुहुन्छ भन्ने जानकारी हामीलाई थाहा छैन।’ स्रोतका अनुसार उनको नाममा मासिक २६ हजार रुपैँयाका दरले नगरपालिकाले तलब…
कञ्चनपुर : डेढ दशकअघि नदीनाला नियन्त्रण तथा तटबन्ध निर्माणलगायत क्षति न्यूनीकरण गर्ने उद्देश्यले स्थापना गरिएको जनताको तटबन्ध कार्यालयले यहाँका विभिन्न नदीमा तटबन्ध मर्मत तथा नयाँ निर्माणलाई तीव्र गतिमा अघि बढाएको छ । महेन्द्रनगरस्थित जनताको तटबन्ध फिल्ड कार्यालयले कञ्चनपुरको महाकाली नदीको तटबन्ध मर्मत एवं केही स्थानमा बस्ती जोगाउन तटबन्ध निर्माण गरिरहेको जनाएको छ । जनताको तटबन्ध कार्यालयका प्रमुख श्रीप्रसाद शाहले महाकाली नदीको झोलु्गे पुलदेखि दक्षिण कुतियाकवरसम्मको महाकालीको तटबन्ध मर्मत र कुतियाकवरमा दुई सय मिटर तटबन्ध निर्माण भइरहेको जानकारी दिए । “दोधारा–चादँनी झोलुङ्गे पुलतलमा मर्मतको काम चलिरहेको छ,” प्रमुख शाहले भने,“कुतियाकवरमा पनि दुई सय मिटर नयाँ तटबन्ध निर्माण भइरहेको छ । कुतियाकवर…
कैलाली : नेपाल चिकित्सक संघ, सुदूरपश्चिम सेती शाखाको सभापतिमा डाक्टर खगेन्द्र भट्ट निर्विरोध निर्वाचित भएका छन्। सेती प्रादेशिक अस्पतालमा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर भट्टको नेतृत्वमा ११ सदस्यीय समिति गठन गरिएको हो। यस्तै उपसभापतिमा डाक्टर नरबहादुर मौनी, सचीवमा डाक्टर मेराज आलम अन्सारी, कोषाध्यक्षमा डाक्टर रविन्द्रदेव भट्ट, सहसचीवमा जगदीशचन्द्र भट्ट, सहकोषाध्यक्षमा जोनस तिवारी र सदस्यमा डाक्टर विजयविक्रम बम, डाक्टर चेतराज भट्ट, गणेश फुलारा, डाक्टर मोहन नाथ तथा डाक्टर सम्यक शाक्य निर्विरोध निर्वाचित भएका हुन्।
काठमाडाैं : कञ्चनपुरमा सशस्त्र प्रहरी बल नेपाल(एपीएफ) स्कुल खोल्न सहमति प्रदान गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरी, कञ्चनपुरको भोगाधिकारमा रहेर एपीएफ स्कुल झलारी सञ्चालन गर्न गृह मन्त्रालयले सहमति प्रदान गरेको हो। यहि माघ १२ गते गृहमन्त्रीस्तरको बैठकबाट उक्त गणले प्रयोग गरिरहेको भन्दा बाहेकको जग्गामा विद्यमान शिक्षा ऐन र शिक्षा नियमावली लगायत प्रचलित कानुनहरुको अधिनमा रहेर स्कुल सञ्चालन गर्न सहमति प्रदान गर्ने निर्णय भएको हो। स्कुल सञ्चालनका लागि सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले पुस २५ गते अनुमति माग्दै गृह मन्त्रालयलाई पत्र लेखेको थियो।
सिमकोट : छिमेकी जिल्ला बाजुरामा उत्पादन गरिएका डोको, नाम्लोलगायतका सामग्री हुम्ला आयात हुँदै आएका छन्। माथिल्लो हुम्ला सदरमुकाम सिमकोट आसपासका नागरिक हिउँदयाममा छिमेकी जिल्ला बाजुराका विभिन्न स्थानमा पुगी डोको खरिद गरेर यहाँ ल्याएर बिक्री गर्दछन्। हिउँदको समयमा काम नहुने सबै फुर्सदिला हुने हुँदा घरखर्च चलाउन बाजुरामा उत्पादन भएका डोको ल्याएर सदरमुकाम आसपासका गाउँमा बिक्री गर्ने चलन रहेको छ। टाढाको दुरी तीन दिन लगाएर बाजुरामा पुगी त्यहाँबाट सडक नभएको ठाउँमा पिठ्युँमा बोकी र यातायात आवतजावत गर्ने ठाउँमा गाडीको भाडा तिरेर सदरमुकाम ल्याउने गरेको सिमकोट गाउँपालिका-७ चौगनफया गाउँका रमेश शाहीले बताए। स्थानीय शाहीले भने, ‘बाजुराको बडिमालिका नगरपालिका-७ ढम्कनेमा उत्पादन गरिएका डोको हुम्लामा बिक्री…
कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन्। कृष्णपुर नगरपालिका ७ कलुवापुरबाट ०.८१ ग्राम खैरो हेरोइनसहित सोही ठाँउ बस्ने १९ वर्षीय नसिब राना र २२ वर्षीय बिजय राना बिहीबार दिउँसो पक्राउ परेका हुन्। विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको प्रहरी टोलीले खान तलासी गर्दा नसिब रानाको घरबाट खैरो हेरोइन फेला पारी दुवै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।