Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: नेपाल प्रिमियर लिग एनपीएलको पुरस्कार राशि घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ क्यानले विज्ञप्ति जारी गर्दै मंगलबार पुरस्कारको घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले एक करोड १० लाख पुरस्कार पाउने भएको छ। उपविजेताले ५१ लाख र तेस्रो स्थानमा रहनेले २५ लाख पाउँदा चौथो हुनेले १५ लाख पुरस्कार पाउने छन्। प्रतियोगिताकै उत्कृष्ट नेपाली खेलाडीलाई कार पुरस्कार दिने यसअघि नै क्यानले घोषणा गरिसकेको छ। प्रतियोगिताको पुरस्कार घोषणा आज गरिएको हो। एनपीएलमा बुधबारदेखि प्लेअफका खेलहरू सुरू हुँदे छन्। सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स शीर्ष चारमा रहँदै प्लेअफमा पुगिसकेका छन्।

Read More

धनगढी: नेकपा एमाले डोटीको अध्यक्षमा मञ्जु मलासी निर्वाचित भएकी छन्। एमाले डोटीको नवौँ जिल्ला अधिवेशनमा मलासीले शेर मल्ललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएकी हुन्। मलासी २१५ मतसहित विजयी हँदा प्रतिद्वन्द्वी मल्लले १७१ मत मात्र प्राप्त गरे। उनी एमालेका पूर्व उपाध्यक्ष भीमबहादुर रावल पक्षधर मानिन्छन्। मलासीलाई निवर्तमान जिल्ला अध्यक्ष एवं प्रदेश सभा सदस्य चक्र मल्लको पनि साथ रहेको बताइन्छ। निवर्तमान अध्यक्ष मल्ल पनि रावल पक्षधर मानिन्छन्। नेकपा विभाजन कालमा मल्ल र मलासी दुवै जना रावलसँगै तत्कालीन प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा गएका थिए। पछि रावल एमालैमै रहँदा उनीहरू पनि एमालेमा रहेका थिए। यस्तै अधिवेशनबाट उपाध्यक्षमा खगेन्द्र बडैला, सचिवमा पदमराज…

Read More

धनगढी: धनगढी उपमहानगरपालिकामा बत्ति बालेर चर्चा कमाएका मेयर गोपाल हमालको कर नीतिले स्थानीय मर्कामा परेका छन्। मेयर हमालले निर्वाचित भएपछि सडकमा बत्ति बालेर झिलिमिली गर्दै केही राम्रा काम गरेपनी व्यवसायी तथा किसानलाई पिरोल्ने नीतिका कारण उनी आलोचनाको भूमरीमा परेका छन्। यसबीच उनीमाथि नगरप्रहरी, ठेकेदार लगाएर पराल बोक्ने क्रममा पनि कर उठाउन लगाएको आरोप लागेको छ। धनगढीका एक च्याउँ व्यवसायीले सो आरोप लगाएका हुन्। व्यवसायी मनोज पडालले धनगढी उपमहानगरपालिकाले खटाएको भन्दै अस्ति आइतबार साँझ ठेकेदारले च्याउँ खेतिको लागि धनगढी उपमहानगरपालिकाकै उर्माबाट बोराडाडीतर्फ पराल ल्याउने क्रममा कर उठाएको बताए। उनका अनुसार धनगढी उपमहानगरले कर उठाउने मामलामा हद नै पार गरेको छ। सोही…

Read More

धनगढी: त्रिनगर-गौरीफन्टा नाका आज दिनभर बन्द रहने भएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार उक्त नाका बिहान ६ बजेदेखि नै बन्द भएको हो। कार्यालयका सूचना अधिकारी शिवराज जोशीले भारतको लखीमपुर पलियामा नगरपरिषदको रिक्त रहेको अध्यक्ष पदका लागि उपचुनाव भइरहेकाले कैलालीसँग सिमा जोडिएका नाका आज बन्द गरिएको जानकारी दिए। उनका अनुसार नाका साँझ ६ बजेसम्म बन्द रहनेछन्।

Read More

धनगढी: नेकपा माओवादी केन्द्र पार्टीको धनगढी उप-महानगरपालिकाको अध्यक्षमा बलबहादुर ऐर निर्वाचित भएका छन्। माओवादीबाट धनगढी उपमहानगरपालिका ३ का पूर्व वडाध्यक्ष समेत रहेका ऐर अधिवेशनमार्फत निर्वाचित भएका हुन्। ऐर उनै व्यक्ति हुन्, जो तत्कालीन समयमा स्थानीय निर्वाचनको बेला पनि चर्चामा आएका थिए। यद्यपि उनले चुनाव भने लडेनन्। तर उनीपछि गत निर्वाचनमा धनगढी उपमहानगरपालिका ३ को वडाध्यक्षमा उनकै दाई राजबहादुर ऐर नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए। उनै राजबहादुरका भाई ऐर अहिले निकटतम प्रतिद्वन्द्वी (कैलाली खेलकुद विकास समितिको अध्यक्षसमेत रहेका) ललित खत्रीलाई पराजित गर्दै माओवादीको धनगढी उपमहानगर अध्यक्षमा निर्वाचित भएका हुन्। यस्तै उपाध्यक्षमा रमेश भट्टराई, राम बहादुर चौधरी, तथा धनबहादुर चौधरी निर्वाचित भएका…

Read More

काठमाडौं: भाटभटेनी सुपरस्टोरका मालिक मीनबहादुर गुरुङले सत्तारुढ नेकपा एमालेको केन्द्रीय कार्यालय बनाउन जग्गा दान दिएको विवादित विषयमा परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ।  न्यायाधीशद्वय अब्दुलअजिज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले पूर्ण सुनुवाइपछि आज रिट खारेजीको आदेश सुनाएको हो। अधिवक्ता ज्ञानकुमार बस्नेतले कात्तिक ७ गते दर्ता गरेको मुद्दामा १२ गते अल्पकालीन अन्तरिम आदेश जारी भएको थियो। न्यायाधीश सुनिलकुमार पोखरेलले जग्गा लेनदेन प्रथम दृष्टिमै कानुनविपरित देखिएको भन्दै प्रक्रिया रोक्न भनेका थिए।  त्यसयता पटक-पटक पेशी तोकिए पनि हेर्न नभ्याइनेमा पर्दै आएको मुद्दा आजलाई हेर्दाहेर्दैमा राखिएको थियो। तर, रिट खारेज भएसँगै अब एमालेलाई उक्त जग्गामा पार्टी कार्यालय भवन बनाउन बाटो खुला भएको…

Read More

काठमाडौं: नेपाल प्रहरीमा केन्द्रीय अपराध अभिलेखालय स्थापना गरिने भएको छ। संसदमा पेश गर्न लागिएको प्रहरी विद्येयकमा केन्द्रीय अपराध अभिलेखालय स्थापनाबारे उल्लेख गरिएको छ। नेपाल सरकार वादी हुने मुद्दासँग सम्बन्धित फौजदारी अपराध र सो सम्बन्धमा भएका फैसलाको अभिलेख राख्‍न केन्द्रीय अपराध अभिलेखालय स्थापना गर्न लागिएको बताइएको छ। अपराध अनुसन्धान र अभियोजन गर्ने संघ र प्रदेश तहका सबै निकायले कुनै पनि अपराध सम्बन्धी मुद्दामा अन्तिम फैसला भएपछि एकप्रति अभिलेखालयमा पठाउनु पर्ने हुन्छ। अभिलेखालयले अपराधको प्रकृति र प्रवृत्ति सम्बन्धमा आवश्यकता अनुसार विज्ञ समेत संलग्न गराई अध्ययन अनुसन्धान गर्न सक्नेसम्म विद्येयकमा उल्लेख गरिएको छ। यसको आधारमा गृह मन्त्रालयलाई वार्षिक रुपमा नीतिगत पृष्ठपोषण दिनु पर्नेछ।…

Read More

धनगढी: धनगढीमा सञ्चालन भइरहेको सुदूरपश्चिम महोत्सवको अवधि चार दिन थप गरिएको छ। आयोजक कैलाली उद्योग वाणिज्य संघले महोत्सवको अवधि चार दिन थप गरिएको जानकारी दिए।  मंसिर २२ गतेदेखि सुरु भएको सुदूरपश्चिम महोत्सव पुस २ गते सकिने भनिएको थियो। दर्शकको मागलाई मध्यनजर गर्दै  पुस ६ गतेसम्म थप गरिएको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवँरले जानकारी दिए।  यस्तै जारी सुदूरपश्चिम महोत्सवबाटै २ जना किशोर सम्पर्कविहिन भएका छन्। धनगढी उपमहानगरपालिका–३ बोराडाँडीका १६ वर्षीय प्रविन धामी र १६ वर्षकै सुरज धामी महोत्सवबाटै सम्पर्कविहिन भएका छन्। हिजो (आइतबार) घरबाट साइकलमा महोत्सव हेर्न पुगेका दुबै जना अहिलेसम्म सम्पर्कमा नआएको आफन्त किशोर धामीले बताए। प्रविन ९…

Read More

श्याम बहादुर खड्का, अस्तितिर सबैको ध्यान बारा जिल्लाको गढिमाईको थानमा लागि रहेको मेलातिर थियो। स्वाभाविक रुपमा यसले राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा चर्चा पायो। लामो अवधिमा लाग्ने मेला र सुगम ठाउँमा लाग्ने मेलाका कारण मानिसको आवतजावत पनि उल्लेख्य मात्रामा भइरहेको हुनसक्छ। तर, मैले यहाँ चर्चा गर्न लागेको बझाङको वित्थडचिर गाउँ पालिकाको मडगाउँमा पर्ने देवीको मेलाको हो। यो स्थान साविकको देउलेख गा.वि.स अन्तर्गत पर्दछ र बझाङ जिल्लाको सदरमुकाम चैनपुर देखि करिब ६४ किलोमिटर पश्चिमतिर रहेको छ। जयपृथ्वी राजमार्गको देउलेख—सुनकुडा खण्डको उत्तरतिर देउलेख बजार नजिक होचो उपत्यकामा रहेको मड भन्ने ठाउँमा चिरासैनी भगवती पनि भनिने मडकी देवीको मन्दिर अवस्थित छ। यी देवीको नामबाट…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा सरुवा भई आएका नयाँ डीआईजी गणेश चन्दले पदभार ग्रहण गर्दै मातहतलाई निर्देशन दिएका छन्। चन्दले आज (सोमबार) हाजिर भएपछि कमाण्ड सम्हाल्ने क्रममा निर्देशन दिएका हुन्। गत महिनाको २७ गते सरुवा भएका चन्दले मातहत कर्मचारी, जिल्ला प्रहरी कार्यालय एवं अन्य युनिटहरुलाई आवश्यक निर्देशन दिएका छन्। स्रोतका अनुसार पदभार ग्रहण पश्चात आयोजित परिचयात्मक कार्यक्रममा चन्दले सुदूरपश्चिम प्रदेशको शान्ति सु-व्यवस्था लगायत समग्र बस्तुस्थिति र प्रहरी जनशक्ति व्यवस्थापन सम्बन्धमा जानकारी लिएका थिए। यस्तै उक्त कार्यक्रममा उनले मातहत समेतका प्रहरी कर्मचारीहरुलाई अपराध अनुसन्धान तथा नियन्त्रण, नागरिक एवं पिडितमैत्री सहज र द्रुत प्रहरी सेवा, शुसाशन, मानव अधिकारको संरक्षण, प्रहरीको आचरण र…

Read More