काठमाडौँ : लुम्बिनी र बागमती प्रदेशका मुख्यमन्त्रीहरुले राजीनामा दिएका छन्। लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा र बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार प्रदेशसभा बैठकबाट राजीनामा घोषणा गरेका हुन । उनिहरुले विश्वासको मत नपुग्ने निश्चित देखिएपछि उनले पदबाट राजीनामा दिएका हुन्।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जोसुकै भए पनि सहकारी ठगलाई कारबाही गर्ने बताएका छन्। प्रतिनिधिसभामा विश्वासको मत लिने प्रस्ताव पेश गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले जोसुकै भए पनि सहकारी ठगलाई कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाए । प्रधानमन्त्री ओलीले भने, ‘सहकारी पीडितका सम्बन्धमा उचित निर्णय लिने छौं । जोसुकै भए पनि सहकारी ठगलाई कानुनी कारबाही गर्नेछौं ।’ भ्रष्टाचार र अख्तियारको दुरुपयोगसँग जोडिएका विषयको छानबिन तथा अनुसन्धान गर्ने उनले बताए । भ्रष्टाचारी एक दिन कानुनको कठघरामा पुग्नेछ भन्ने विश्वास समाजमा स्थापित गराउनु सरकारको प्राथमिकता भएको बताए । सुशासनका लागि स्टन्ट होइन, सही इन्टेन्ट चाहिने प्रधानमन्त्री ओलीको भनाई…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थिरता हटाउन संविधानमा संशोधन आवश्यक रहेको बताएका छन् । प्रतिनिधि भामा विश्वासको मत माग्ने क्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले संविधान संशोधनमा राष्ट्रिय सहमति जुट्ने विश्वास व्यक्त गरे। विकासको मुख्य तगारो अस्थिरता भएकाले त्यसलाई हटाउन संविधान संशोधन आवश्यक परेको पनि प्रधानमन्त्री ओलीले बताए । प्रधानमन्त्री ओलीले भने,‘विकासको लागि संविधान जहाँनेर बाधक बनेको छ, त्यहाँ संशोधन हुन्छ ।म सधैं अघि बढ्ने मानिस हुँ, मैले आफ्नो यात्रामा व्याक गियर लगाउन र पछि सर्न जानेको छैन ।’ संविधान संशोधन प्रतिगमन नभएको प्रष्टोक्ति दिदै ओलीले यो अडानबाट पछि नहट्ने प्रतिबद्धता नै गरे । प्रधानमन्त्री…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदबाट विश्वासको मत लिँदैछन्। प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन्। एमाले संसदीय दलका नेता ओली गएको असार ३० गते कांग्रेससहितका दलको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए। अहिले बैठक चलिरहेको छ।
काठमाडौं : नारागणगढ-मुग्लिन सडकको सिमलताल पहिरोसँगै त्रिशूलीमा खसेर बेपत्ता दुईवटा बस र तिनमा सवार यात्रुको खोजीमा भारतीय टोली जुटेको छ। भारतको नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) को १२ सदस्यीय टोली आज बिहानदेखि खोजतलासमा जुटेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। गत असार २८ गते शुक्रबार वीरगन्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस र काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–२४९५ख ००१ नम्बरको बस सिमलताल पहिरोसँग त्रिशूलीमा बगेका थिए। दुई बसमा गरी ६५ यात्रुमध्ये तीनजना मात्र बाँच्न सफल भए भने ६२ जना बेपत्ता भएका थिए। आजसम्म २५ जनाको शव विभिन्न क्षेत्रमा फेला पारिएको छ भने १७ जनाको सनाखत भएको छ। अझै…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदै छन् । त्यसका लागि प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे बस्दै छ । दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । प्रधानमन्त्री ओली नेपाली कांग्रेससमेतको समर्थनमा ३० असारमा प्रधानमन्त्री नियुक्त भएका थिए । २७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न कम्तिमा १३८ मत चाहिन्छ । ओलीसँग दुई तिहाई बहुमत देखिएको छ । कांग्रेस ८८, एमाले ७९, जसपा ७ र लोसपा ४ सरकारमा सहभागी छन् भने जनमत, नागरिक उन्मुक्ति लगायतका दलले पनि समर्थन गर्ने बताएका छन् । उनको विपक्षमा…
धनगढी: तत्कालीन गृहमन्त्री रवि लामिछानेका पालामा देशैभए एकलट प्रहरीका (सादा पोसाकमा खटिएका) घुमुवा हटाइए। पुराना तथा लामोसमय सोही जिम्मेवारीमा बिराजमानहरुलाई हटाएर त्यो बेला नयाँ नयाँ राख्ने भन्दै देशैभर गृहमन्त्रीले नै उर्दी जारी गरे। सोही उर्दीमा प्रहरी हेडक्वार्टरले पनि सबैतिर परिपत्र गर्दै केही समय घुमुवा राखेन। तर पछि लामिछाने गृहमन्त्री हुँदै जिल्ला प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय लगायत अन्य कार्यालय र युनिटहरुले पनि अपराध अनुसन्धान तथा मुद्धा शाखाका नाममा घुमुवा परिचालन गरे। त्यहीँ बेला सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर, जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुर लगायत केही वडा प्रहरी र इलाका प्रहरी कार्यालयले समेत घुमुवा पुनः…
धनगढी : अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी शनिबार दिउँसोसम्म १२८ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा २२ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ९ जना गरी जम्मा १ सय २८ जनाको मृत्यु भएको हो । साथै काठमाडौं उपत्यकामा ८ जना, कोशी प्रदेशमा ३४ जना, मधेश प्रदेशमा ९ जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २९ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली…
धनगढी: डडेल्धुरामा नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले ३२ गते जिल्ला सम्मेलन गर्ने भएको छ। आज (शनिबार) बसेको जिल्ला कमिटीको दोस्रो पूर्ण बैठकले यसै महिनाको ३२ गते सम्मेलन गर्ने निर्णय गरेको हो। क्रान्तिकारीका सुदूरपश्चिम प्रदेश इन्चार्ज एवं बैठकका प्रमुख अतिथि भीमदत्त भट्टले सम्मेलनको मिति तय भएको जानकारी दिए। उनका अनुसार बैठकले संगठनलाई थप मजबुत बनाएर गतिविधि अगाडि बढाउने समेत निर्णय भएको बताए। बैठकमा प्रदेश कमिटीका अन्य पदाधिकारीसमेत सहभागी थिए। यस अगाडि क्रान्तिकारीले केन्द्र र प्रदेशको सम्मेलनबारे पनि निर्णय गरिसकेको छ। र, यो पनि: धनगढीमा माओवादीका क्रान्तिकारीहरु भसक्कै, के भए निर्णय ?
काठमाडौं : हालै मुलुकको नयाँ गृहमन्त्री बनेका सुदूरपश्चिमस्थित कञ्चनपुरका काँग्रेस नेता समेत रहेका रमेश लेखकले २ सल्लाहकार राखेको विषय सार्वजनिक भएको छ। लेखकको सचिवालयले पत्रकारद्वय लोकेन्द्र भट्ट र शेरबहादुर सिंहलाई प्रेस सल्लाहकारमा नियुक्त गरेको विषय सार्वजनिक भएको हो। अहिले उनीहरू दुबैलाई बधाईको ओइरो लागेको छ। उसो त गृहमन्त्रीको सल्लाहकार बन्न हानाथाप चलेको बताइन्छ। हाल बधाई खाइरहेका एकजना पत्रकार कञ्चनपुर घर भएका सिंह राससको सरकारी कर्मचारी हुन् भने अर्का भट्ट अछामका स्थायी बासिन्दा भएकोमा काठमाडौंकै एक मिडियामा कार्यरत छन्। सिंह रासस कञ्चनपुरको प्रमुख पनि हुन्। त्यस्तै आउँदा आउँदै गृहमन्त्री लेखकले आफू अनुकुल केही एसपी, डीएसपी र इन्सपेक्टरको काज गरेको आरोप लागेको…