Author: महेन्द्रनगर पोष्ट

धनगढी: बाजुरास्थित कारागारमा कैदीबन्दीबीच विवाद हुँदा हात हालाहाल भएको छ। आज (आइतबार) २ जना कैदीको लफडा भएको हो। जिल्लाको त्रिवेणी नगरपालिका–९ का तुलाराम थापा र शेरबहादुर ऐरीको आपसमा फाइट भएको प्रहरीले जनाएको छ। स्रोतका अनुसार जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका तुलाराममाथि कर्तव्य ज्यान मुद्दाका कैदी शेरबहादुरले आक्रमण गरेका हुन्। अहिले उनीहरूलाई प्रहरीले जेलभित्रै कडा निगरानीमा राखेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख डीएसपी दिलीपकुमार गिरीले बताए।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री इन्डो नेपाल कराँते प्रतियोगिता हुने भएको छ ।  आगामी १७ र १८ गते कैलालीको धनगढीमा प्रतियोगिता आयोजना गरिएको राष्ट्रिय गोजुरीयो कराँते दो सङ्घ नेपालका महासचिव प्रकाश कुमार चन्दले जानकारी दिए । राष्ट्रिय गोजुरीयो कराँते दो सङ्घ नेपालको आयोजनामा हुने प्रतियोगिता धनगढी स्थित रङ्गशालामा हुने जनाइएको छ ।  प्रतियोगितामा नेपालका कर्णाली, लुम्बिनी र सुदूरपश्चिममा ३५० जना र भारतका विभिन्न ठाउँहरूबाट ६० जना खेलाडीहरूको सहभागिता हुने जनाइएको छ । प्रतियोगिताको तीव्र तयारी भइरहेको छ ।  विगत ९ बर्ष देखी धनगढीमा इन्डो–नेपाल कराँते प्रतियोगिता हुँदै आएको थियो । कोरोना सङ्क्रमणले रोकिएको प्रतियोगिताको शृङ्खला पुन सुरु हुन लागेको हो ।…

Read More

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित एक महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–१३ घर भएकी ४० वर्षीया मैया बुढाथोकी छन्। बुढाथोकीलाई शनिबार दिउँसो विमानस्थलस्थित प्रहरीले पक्राउ गरेको हो। बुढाथोकीको साथबाट भन्सार छली अवैध रूपमा संकलन गरी लैजान लागेको करिब ७० ग्राम तौलको सुनको औठी बरामद भएको प्रहरीले जनाएको छ। बुढाथोकीलाई थप कारबाहीका लागि विमानस्थलस्थित भन्सार कार्याय पठाइएको छ।

Read More

काठमाडौं : एक किलो १०१ ग्राम लागु औषध कोकिनसहित एक विदेशी महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा कंगोकी ४९ वर्षीया अपुला एकुत्सु मबोंगो छिन् । लागु औषध नियन्त्रण ब्यूरोको टोलीले उनलाई ठमेलस्थित एक होटलबाट गत शुक्रबार पक्राउ गरेको हो । उनी ४ जेठमा दुबईबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लिएको पाइएको छ । विमानस्थलबाट उनी सिधै ठमेलको एक होटलमा गएकी थिइन् । शंकास्पद र पुर्वसूचनाका आधारमा ब्यूरोको टोलीले उनको निगरानी गरिरहेको थियो । सोही क्रममा कोकिन ल्याएको भन्ने पुष्टि भएपछि उनी बसेको कोठा खानतलासी गरेर प्रहरीले कोकिन बरामद गरेको हो । ह्याण्ड ब्यागभित्र प्लाष्टिकले र्‍याप गरेको अवस्थामा ८५ थान कोकिनका क्याप्सुल…

Read More

धनगढी: अछाममा एक जना मृत अवस्थामा फेला परेका छन्। जिल्लाको ढकारी गाउँपालिका—७ ढुङ्गाचाल्ना देखि तल्थारा जाने कच्ची सड्क खण्डको कुच्चिकोट भिरबाट अन्दाजी ३०० मिटर तल लडेको अवस्थामा दैलेखको ठाटिखाँद गाउँपालिका—२ हुईता बस्ने अन्दाजी ६५/६६ वर्षीय पुरा शाही मृत अवस्थामा फेला परेका हुन्। घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। यस्तै कैलालीको गोदावरीमा पनि एक जना मृत अवस्थामा फेला परेका छन्। गोदावरी नगरपालिका–८ का ५५ वर्षीय नरबहादुर धामी मृत अवस्थामा फेला परेका हुन्। धामीलाई गोदावरी–८ को जमुनाभाडीस्थित मुख्य राजमार्गबाट अन्दाजी आठ सय मिटर भित्री नालामा मृत फेला पारेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। घटनाका बारेमा प्रहरीले थप…

Read More

धनगढीः धनगढीका डाक्टर निराजनदत्त शर्मा पौडेलले धम्काएको भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा निवेदन परेको छ। नेपाल औषधी व्यवसायी संघ कैलालीले डाक्टर शर्माले धम्काएको भन्दै बुधबार प्रशासनमा निवेदन दिएको जनाएको छ। डाक्टर शर्माले औषधी व्यवसायी मेगेन्द्र बोहरालाई धम्की दिएको भन्दै निवेदन दिइएको हो। डाक्टर शर्मा सेती अस्पतालमा कार्यरत हुनुका साथै उनको आफ्नै गरिमा पोलिक्लिनिक छ। शर्माले आवश्यक औषधीको आपूर्ति उत्पादक कम्पनीबाट सोझै नगरेको भन्दै धम्काएको आरोप छ। तर आफूले धम्की नदिएको शर्माको दाबी छ।

Read More

धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वमा सरकार बनेको एक महिना बितिसक्दा समेत मन्त्रिपरिषद्लाई पूर्णता दिन सकिएको छैन। संविधानको धारा १६८ (२) अनुसार वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका सोडारीले यही जेठ ३ गते विश्वासको मत पाइसकेका छन्। विश्वासको मत पाएलगत्तै एक–दुई दिन भित्र मन्त्रिपरिषद्लाई पूर्णता दिने भने पनि अहिलेसम्म पूर्णता दिन सकेका छैनन्। मुख्यमन्त्री दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका उपनेता प्रकाश रावलले मन्त्रिपरिषद्लाई पूर्णता दिन भइरहेको सत्ता साझेदार दलले सहयोग नगरेको बताए। ‘हाम्रो कारणले मन्त्रिपरिषद् पूर्णता दिन ढिलाइ भएको होइन। यो सकसका बारेमा सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्र…

Read More

काठमाडौं : नेपाल प्रहरीको प्रहरी निरीक्षक आधारभूत तालिममा उत्कृष्ट हुने प्रशिक्षार्थी प्रहरी निरीक्षकलाई प्रदान गरिने कुलानन्द स्मृति पुरस्कार प्रदान गरिएको छ । शुक्रबार नेपाल प्रहरीको प्रहरी निरीक्षक तालिम ११८२ औं (पीजीडीपीजेड १३ औं) समूहको दीक्षान्त समारोहमा उक्त आधारभुत तालिम ११८२ औं समूहमा सर्वप्रथम हुने प्रशिक्षार्थी प्रहरी निरीक्षक पवन कुमार परियारलाई कुलानन्द स्मृति पुरस्कारबाट सम्मानित गरिएको हो । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरस्कार प्रदान गरेका हुन् ।

Read More

धनगढी : प्रतिपक्ष दलहरूले सुदूरपश्चिम प्रदेश सभाको बैठक बहिष्कार गरेका छन् । आइतबारदेखि सुरु भएको सुदूरपश्चिम प्रदेश सभाको बर्खे अधिवेशनको पहिलो बैठक प्रतिपक्ष दल नेपाली कांग्रेस, नागरिक उन्मुक्ति पार्टी (रेशम पक्ष)ले बहिष्कार गर्दै सभाबाट बाहिरिएका हुन् । बैठकमा सभामुख भीमबहादुर भण्डारीले प्रदेश प्रमुख नजिर मियाँबाट बर्खे अधिवेशन आह्वान सम्बन्धी आएको पत्र सुनाउन खोज्दा प्रतिपक्ष दलहरूले विरोध जनाउँदै बाहिरिएका हुन् । विपक्षको उपस्थिति विना नै मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले प्रदेश सरकारको आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता पेस गरिरहेका छन् ।

Read More

काठमाडौं : नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यालयमा तालाबन्दी गरिएको छ । सदस्यता शुद्धीकरणको बिषयमा विमति राख्दै केन्द्रिय समितिकै पदाधिकारीहरुले तालाबन्दी गरेको हुन । विधान मिचेर केन्द्रीय समिति र संगठन समिति संगै शुद्धीकरण समेत छलेर चाेर बाटाे बाट ल्याउन लागिएकाे सदस्यता लिस्ट विरुद्ध सुरु भएको बताइएको छ । निर्वाचन नजिकिदै जादा पत्रकार महासंघको केन्द्रीय कार्यालयमा केन्द्रिय समिति भित्रै आन्तरिक संघर्षमा उत्रिन बाध्य भएको छ । तालाबन्दी गर्ने समूहले सक्रिय पत्रकारलाई नविकरण सुचीबाट हटाउने चाेरबाटाेकाे लिस्ट नस्विकार्ने बताएको छ । आजलाई अध्यक्ष, महासचिव, पदाधिकारीहरु र निर्वाचन समितिकाे कार्यकक्षमा तालाबन्दी गरेका छाैं । केन्द्रीय समिति भित्रका हामीहरुले शुरु गरेकाे याे संघर्षलाई कमजोर नठानियाेस…

Read More