धनगढी : बैतडीमा अल्टो कार दुर्घटना हुँदा २ जना घाइते भएका छन् । धनगढीबाट दार्चुला जाँदै गरेको सुपप्र ०१००१ च ३८२१ नम्बरको अल्टो कार दोगडाकेदार गाउँपालिका ३ श्रीकोटमा आइतबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा चालक दशरथचन्द नगरपालिका १ गुरुखोलाका नरेन्द्र भट्ट र कारमा सवार दार्चुलाको शैल्यशिखर नगरपालिकाका अन्दाजी २८ वर्षीय शेरबहादुर बोहरा घाइते भएका प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार घाइते दुबैको अवस्था गम्भीर रहेकोले राति नै जिल्ला अस्पताल बैतडीबाट डडेल्धुरा अस्पताल रिफर गरिएको छ । कार अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ ।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं : चीन सरकारले आगामी बुधबारदेखि नेपालबाट उता जाने नेपाली नागरिकलाई भिसा निःशुल्क गर्ने भएको छ । नेपालसँगको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउन र नागरिकहरूको भ्रमण आदानप्रदानलाई थप सहज बनाउन उक्त निर्णय गरिएको बताइएको छ । काठमाडौंस्थित चिनियाँ राजदूतावासका अनुसार आगामी मे १ तारिख (बुधबार) देखि उक्त निर्णय लागु हुने छ । नियमित तालिकाबमोजिम भिसा आवेदन गर्नेलाई निःशुल्क गरिएको छ । जरुरी र अति जरुरी अर्थात् एक्सप्रेस २ र एक्सप्रेस १ मा भीसा आवेदन गर्नेलाई पहिलेको शुल्कको तुलनामा ५० प्रतिशत कम गरिएको छ । प्राप्त विवरणअनुसार एक्सप्रेस २ र एक्सप्रेस १ लाई क्रमशः एक हजार ३५० र दुई हजार तोकिएको…
धनगढी : कैलालीको अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न ३ जना युवा युवती पक्राउ परेका छन । प्रहरीले गोदावरी नगरपालिका-२ रिङरोड स्थित निसा होटलबाट अनैतिक क्रियाकलापमा संलग्न भएको भन्दै ३ जना युवा युवतीलाई पक्राउ गरेको हो । बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले शनिबार साँझ उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरुको नाम भने खुलाइएको छैन । पक्राउ पर्नेमा एक पुरुष र २ महिला रहेका छन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
इलाम : प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनको मतगणाना सुरु भएको छ । सरोकारवाला निकायसहित बसेको सर्वदलीय बैठकको निर्णय अनुसार गौतम बुद्ध सभागृह (सिटी हल) मा मतगणना सुरु गरिएको हो । फाकफोकथुङ गाउँपालिकामा रहेका केन्द्रका ब्यालेटबक्स खोलेर मतगणना सुरु गरिएको छ । बिहान ११ बजेदेखि सुरु गर्ने भनिए पनि केही ढिला गरी मत गणना सुरु भएको हो । मतगणनाका क्रममा आउनसक्ने समस्या समाधानका लागि सबै दल र स्वतन्त्र उम्मेदवारबीच सहमति भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । इलाम-२ का एक लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ मतदाताले शनिबारको उपनिर्वाचनमा मतदान गरेका थिए । मतदान अधिकृत…
बझाङ : बझाङ प्रदेसभा निर्वाच क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ। केहीबेरअघि बसेको सर्वदलिय बैठकले १ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको थियो। अहिले मतपेटिका खोलेर पट्याउने कार्य भईरहेको छ। योसँगै मतगणना पनि सुरु भएको बताइएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणना छविसपाथिभेरा गाँउपालिकाबाट सुरु गरिदै छ। मतगणना अहिले २ समूहमा भैरहेको बताईएको छ। शनिवार भएको उपनिर्वाचनमा यहाँ ४९.१२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मतदान भएको छ। यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन्। बझाङमा प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनमा निधन भएपछि उपनिर्वाचन गरिएको हो।
धनगढी : कञ्चनपुरमा आइसक्रिम बेच्ने ठेलागाडा पल्टिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका—१५ बस्ने ३० वर्षका नारद राना रहेका छन्। शनिबार कञ्चनपुरको पुनर्वास नगरपालिका–१० दोदास्थित धनगढी–बेलौरी हुलाकी सडकखण्डमा दोदाबाट विकाशबस्ती लैजादै गरेको आइसक्रिम बेच्ने साइकल (ठेला गाडी) अनियन्त्रित भएर गम्भिर घाइते भएका रानाको मृत्यु भएको हो । आइसक्रिम बेच्ने साइकल ठेलागाडी सडकबाट करिब ५/६ फिट तल खसेर गम्भिर घाइते भएका उनको शनिबार मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले आवश्यक अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
काठमाडौं : प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले यातायात व्यवस्था विभागका एक जना पूर्वकर्मचारीलाई पक्राउ गरेको छ । यातायात व्यवस्था विभागको अभिलेख नै सच्याएर नक्कली लाइसेन्स जारी गर्ने काममा संलग्न भएको आरोपमा सिआइबीले पूर्वकर्मचारी सुरज प्रकाश अर्याललाई पक्राउ गरेको हो । लिखित र ट्रायल बिनै प्रणाालीभित्र छिरेर सर्वसाधारणको डाटामा खेली फर्जी लाईसेन्स जारी गरेको प्रकरणमा सिआईबीले विभागका पूर्व करारका कर्मचारी हरिश भट्टलाई पक्राउ गरेको थियो । शनिबार पक्राउ परेका भट्ट यातायात व्यवस्था विभागका करारका इञ्जिनियर हुन् । विभागमा ३ वर्ष कार्यरत रहेका अर्याल गतवर्ष सरुवा भएर सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेका थिए । त्यहाँबाट केही समयअघि मात्र उनी अख्तियार दुरुपयोग…
धनगढी: सुदूरपश्चिमको डडेल्धुरादेखि काठमाडौं गइरहेको बस दुर्घटनामा परेका छ। आइतबार बिहान घटाल डिलक्सको बा५ख ६००० नम्बरको बस पूर्व नवलपरासीको दाउन्नेमा दुर्घटनामा परेको हो। प्रेसर पाइप फुटेर उकालोमा रोकेको बस एक्कासी ब्याक भएर पल्टिएको बताइएको छ। बसमा ४० जनाजति यात्रु रहेकोमा सबै सकुशल रहेको उग्रतारा यातायात व्यवसायी समितिका अध्यक्ष मानबहादुर साउदले बताए। उनका अनुसार अधिकाशं यात्रुलाई सामान्य उपचारपछि गन्तव्यमा पठाइसकिएको छ। भने, बाँकी यात्रुलाई पनि अन्य सवारीसाधनमा पठाइनन लागिएको छ।
कैलाली: बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको मतगणनाको लागी सर्वदलीय बैठक सुरु भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बैठक सुरु भएको हो। बैठकले आचारसंहितामा तयार गर्ने र त्यसलगत्तै मतगणना सुरु गर्ने बताइएको छ। शनिवार भएको उपनिर्वाचनमा यहाँ ४९.१२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मतदान भएको छ। यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन्। बझाङमा प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनमा निधन भएपछि उपनिर्वाचन गरिएको हो।
काठमाडौ महानगरपालिकाले स्वास्थ्य सेवामा सामाजिक सुरक्षा कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । महानगरका मेयर बालेन शाहले आफ्नो समाजिक सन्जाल फेसबुक मार्फत जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकको उपचार गर्ने जनाएका छन । उनले लेखेका छ्न :- नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आउनुहोला । हामीसँग ५२ अस्पतालका ३७४ बेड आवद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार निशुल्क उपचार हुनेछ । यस अघि महानगरपालिकाले नि:शुल्क एम्बुलेन्स सेवा पनि सुरु गरिसकेको छ । मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत नै काठमाडौंभित्र कुनै पनि ठाउँमा जान निःशुल्क एम्बुलेन्स सेवा सुरु गरिएको…