काठमाडौं : नेपालले पाँचौं तथा अन्तिम टी–२० खेलमा वेष्टइण्डिज ए माथि ६ विकेटको जित हात पारेको छ । पाँच खेलको सिरिज भने वेष्टइण्डिजले ३-२ ले जित्न सफल भयो । १७३ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । नेपालको जितमा कुशल मल्ल १८ बलमा ३ चौका र ३ छक्कासहित ३७ रनमा नट आउट रहे । खेल जित्न अन्तिम १२ बलमा २२ रन चाहिँदा ओबेद म्याककोयलाई कुशल मल्लले तीन चौका, एक छक्का र एक लेग वाइको रुपमा चौका प्रहार गर्दै जित दिलाए । नेपालका ओपनर आसिफ शेखले ३५ बलमा २ चौका र ४ छक्कासहित ५१ रन बनाउँदै आउट भए…
Author: महेन्द्रनगर पोष्ट
धनगढी : कञ्चनपुरका एक युवकमाथि भारतीय एसएसबीले निर्घात कुटपिट गरेको छ । कञ्चनपुरको दोधारा चाँदनीस्थीत नेपाल–भारत सिमा क्षेत्रमा भारतीय एसएसबीले दोधारा चाँदनी नगरपालिका–८ सैनिकटोलका ३५ बर्षिय नर बहादुर नेपालीमाथि कुटपिट गरेको हो । भारतीय बजार मेलाघाट स्थित रहेको भारतिय सिमा सुरक्षा बल पोष्ट नजिक रातीको समयमा घर फर्किदै गर्दा एसएसवीद्धारा आफु कुटिएको उनले बताएका छन्। भारतिय सिमावर्ती बजारमा फर्कदा आफुहरुलाई ढिलो हुने विषयमा आफुले एसएसवीलाई जानकारी गराउदा समेत कुटिएको बताएका छन् । उनले भने, मदिराले लठ्ठ भएका नाम नखुलेको एसएसवीले आफुलाई मुड्की, लात्ती र लठ्ठीले कुटपिट गर्दा मेरो टाउको, हात र खुट्टामा निलडाम छ । ‘साथीहरु संग घर फर्किदा गर्दा एसएसवीले…
कैलाली : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको तत्काल विश्वासको मत लिने तयारीमा ब्रेक लागेको छ । हिजो विश्वासको मत लिने गरि मुख्यमन्त्री सोडारीले तयारी गरेका थिए। तर, एमाले सहमत नहुँदा कार्य व्यवस्था परामर्श समितिको बैठक नै बस्न सकेन । अन्तिममा हिजोको प्रदेश सभा बैठक आज ५ः३० बजे सम्मको लागि स्थगित गरिएको थियो । शुक्रवारको बैठक पनि आफूहरूसँग सल्लाह नगरी राखिएको र शनिवार पनि परामर्श बिना नै मुख्यमन्त्रीले सारेको एमालेले संसदीय दलका नेता राजेन्द्र रावलले बताए । ‘हामीले विश्वासको मत नदिने भनेकै छैनौँ अहिले किन हतार गर्नु पर्यो ’ उनले भने, ‘हिजो पनि हामीसँग सल्लाह नगर्ने आजको लागि पनि सल्लाह नगर्ने…
धनगढी : सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दीर्घबहादुर साेडारीले विश्वासको मत लिने प्रयाेजनका लागि दाेस्रोपटक शनिबार बाेलाइएकाे बैठक पनि स्थगित भएकाे छ । प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै शनिबार साँझ साढे ५ बजे बाेलाइएकाे बैठक अर्काे सूचना जारी नभएसम्मका लागि भन्दै अनिश्चितकाललाई स्थगित गरेकाे हाे । सत्तारूढ नेकपा एमालेले मुख्यमन्त्री साेडारीले सल्लाह बिना विश्वासकाे मत लिन हतार गरेकाले तत्काल सम्भव नहुने अडान लिएपछि शुक्रबार पनि प्रदेश सभाकाे बैठक स्थगित गर्दै शनिबार लिने तयारी थियाे । तर एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल र प्रमुख सचेतक नेतृत्वसँग सल्लाह गर्ने भन्दै काठमाडौं हिडेपछि प्रदेशसभा बैठक अनिश्चितकाललाई सारिएको हाे ।
काठमाडौँ : काठमाडौँ महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । त्यसका लागि महानगरपालिकाले आवेदन आह्वान गरेको छ । शनिबार महानगरपालिकाले प्रकाशित गरेको सूचनाअनुसार महानगरपालिकाभित्र स्थायी बसोबास भएकाहरूका लागि लोकसेवाको तयारी कक्षा सञ्चालन गरिनेछ । इच्छुक उम्मेदवारले नागरिकताको फोटोकपी, स्थायी बसोबास गरेको प्रमाणपत्र र आवश्यक शैक्षिक योग्यताको प्रमाणपत्रसहित ७ दिनभित्र सामाजिक विकास विभागमा आवेदन पेस गर्न सकिने सूचनामा उल्लेख छ ।
काठमाण्डौ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) खेल्दैछन् । बेंगलुरुमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । गुजरात १० खेलमा ८ अङ्कसहित तालिकाको आठौँ स्थानमा छ । त्यस्तै बेंगलुरु १० खेलमा ६ अङ्कसहित तालिकाको पुछारमा छ । सन् २०२२ मा गुजरात आफ्नो पहिलो सिजनमै विजेता र गएको सिजन उपविजेता बनेको थियो । त्यस्तै बेंगलुरु सन् २०१६, २०११ र २००९ मा उपविजेता बनेको थियो । बेंगलुरुले अहिलेसम्म उपाधि जित्न सकेको छैन । उसलाई प्लेअफको सम्भावना कायमै राख्न आजको खेल जित्नैपर्ने दबाब छ । आईपीएल क्रिकेटमा गएराति भएको खेलमा कोलकता…
काठमाडौ : जापानका विदेशमन्त्री कामिकावा योको भोलि नेपाल भ्रमणमा आउने भएकी छन् । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा जापानी विदेशमन्त्री योको आइतबार नेपालको औपचारिक भ्रमणमा आउन लागेकी हुन् । भ्रमणका क्रममा विदेशमन्त्री कामिकावाले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेशमन्त्री कामिकावाले सोही दिन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठसँग भेटघाट र द्विपक्षीय वार्ता गर्नेछिन् ।
धनगढी: कैलालीको चिसापानीस्थित कर्णाली नदीमा सशस्त्र प्रहरीको प्रदेशस्तरिय जलउत्पन्न प्रकोप तथा आगलागी सम्बन्धी कृतिम घटना अभ्यास सम्पन्न भएको छ। हिजो (शुक्रवार) सशस्त्र प्रहरी बल, नेपाल नं.७ बैद्यनाथ वाहिनी मुख्यालय कैलाली तथा सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयोजनमा उक्त अभ्यास सम्पन्न भएको हो। वाहिनीका प्रवक्ता एवं एसएसपी रमेश कुमार पाण्डेले कैलाली लम्कीचुहा नगरपालिका-३ चिसापानीस्थित कर्णाली नदीको किनारामा उक्त कार्यक्रम आयोजनामा गरिएकोमा सम्पन्न भएको जानकारी दिए। उनका अनुसार कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव सुशिल कुमार बैद्यको पनि उपस्थिति थियो। उक्त कार्यक्रममा करीब ३०० जनाको उपस्थितिमा आगलागी, मनसुनको सुरुवातसंगै हुनसक्ने जल उत्पन्न प्रकोप (बाढी, पहिरो, डुबान) तथा…
धनगढीः कैलालीमा खैरो हेरोईनसहित दुई जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–८ का २७ वर्षीय कबिन्द्र बखरिया र गोदावरी नगरपालिका–२ का २३ वर्षीय रोशन गुरुङ रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी कबिन्द्र बोहराले बखरियालाई धनगढी उपमहानगरपालिका–७ को देबहरियाबाट एक ग्राम ८३० मिलीग्राम खैरो हेरोईनसहित अनुसन्धान समूहले पक्राउ गरेको जानकारी दिए। उनकाअनुसार बखरियालाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको हो। उनको साथबाट नगद तीन हजार ६ समेत रुपैयाँ पनि बरामद गरिएको छ। यस्तै, गुरुङलाई भने उनकै घरबाट पक्राउ गरिएको हो। उनले फ्रिजमा लुकाएको अवस्थामा एक ग्राम ५४० मिलीग्राम खैरो हेरोईन र १० हजार रुपैयाँ बरामद गरिएको छ।…
धनगढी : नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर साेडारीलाई शनिबार पनि विश्वासको मत नदिने भएकाे छ। मुख्यमन्त्री साेडारीले शुक्रबार नै विश्वासको मत लिने तयारी गरेकाे थिए तर एमालेले साेडारीले हतार गरेकाे भन्दै विश्वासको शुक्रबार नै मत नदिने अडान लिएपछि सभामुख भीमबहादुर भण्डारीले शनिबार साँझ साढे ५ बजेका लागि प्रदेश सभाकाे बैठक बाेलाएका थिए । शुक्रबार विश्वासको मत नदिने अडान लिएकाे एमाले सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्र रावल र प्रमुख सचेतक शिर्ष तहमा सल्लाह गर्न भन्दै शनिबार काठमाडौं गइरहेका छन् । श्रीएयरलाइन्सकाे विमानमार्फत काठमाडौं प्रस्थान गर्न धनगढी विमानस्थल पुगेका संसदीय दलका नेता रावलले विश्वासको मतबारे पार्टी नेतृत्वसँग सल्लाह गर्न गइरहेको बताए ।…