धनगढी : नेपाल प्रहरी श्रीमती संघ, सुदूरपश्चिम प्रदेशद्वारा आयोजित निशुल्क स्वास्थ्य शिविरबाट २ सयबढीले सेवा लिएका छन् । ११४ औं अन्तराष्ट्रिय महिला (नारी) दिवस तथा महाशिवरात्रीको अवसरमा शिवपुरीधाम मन्दिर परिसरमा शिविर आयोजना गरिएको थियो । शिविरबाट ७३ जना महिला र १ सय ३५ जना पुरुष गरि जम्मा २ सय आठ जनाले स्वास्थ्य सेवा लिएका छन् । संघकी सुदूरपश्चिम प्रशासन सचिव टेक कुमारी गाहा मगरको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) रबिन्द्र केसी प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिल्लीराज बिष्ट , ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं : इसराइल-प्यालेस्टाइन युद्धले बिथोलिनेहरू धेरै छन् र त्यसको बाछिटा नेपालसम्मै छ। त्यही बाछिटाले नेपालका विपिन जोशीका परिवारलाई आशा र निराशाकाबीचमा बेचैन तुल्याएको छ। छोरा फर्किएर आउने आशमा आँखा बिछ्याएर बसेका विपिनको परिवारले उनीहरूको अवस्थासमेत थाहा पाउन सकेका छैनन। तर धेरैतिरबाट उनीहरूको चासो र खोजी हुनै छोडेको छ, खबर ओझेलमा परिरहेको छ। विपिन इसराइलमा बेपत्ता छन् सरकारले उनीहरूको अवस्था पत्ता लगाउन कूटनीतिक प्रयास गरे पनि सफलता भने मिल्न नसकेको जवाफ दिएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका वडा-३ का २३ वर्षीय जोशी पढ्न इसराइल गएका थिए। इसराइलमाथि आक्रमण हुँदा जोशीलाई हमासले नियन्त्रणमा लिएको थियो। उनी सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत् इसराइल…
काठमाडौं : नेपाली सेनाको प्रवक्तामा गौरबकुमार केसी तोकिएका छन् । नम्बर ३ बाहिनी अड्डा पोखराका केसीलाई निमित्त निर्देशकको जिम्मेवारीसहित जनसम्पर्क तथा सूचना निर्देशनालयमा खटाइएको छ । सेनाले अस्ति गरेको काज नियुक्तिमा १४ जना उच्च अधिकृतहरुको जिम्मेवारी परिवर्तन गरिएको जनाइएको छ । यसअघिका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीलाई निमित्त अभिलेखायपतिको जिम्मेवारीसहित सैनिक अभिलेखमा पुर्याइएको छ । सहायक रथीहरुमध्ये अति विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयका भुवनपूर्ण सत्याललाई नम्बर १९ वाहिनी अड्डामा निमित्त वाहिनीपति, सोही वाहिनीका अनिल सिंहलाई पश्चिम पृतना हेडक्वार्टर र नम्बर २६ वाहिनी अड्डाका सुनिल घलेललाई उपत्यका पृतना हेडक्वार्टर लगिएको छ । त्यसैगरी २१ नम्बर वाहिनी अड्डाका धनबहादुर थापालाई पूर्वी पृतना हेडक्वार्टर,नम्बर…
धनगढी: सुदूरपश्चिमको बैतडी पुर्ख्यौली घर भएका नेपाली सेनाका एक पाइलट एवं पूर्व कर्नेल (रिटार्यड) को निधन भएको छ। आज (शुक्रबार) हाल काठमाडौंमा बस्दै आएका पूर्व कर्नेल सुवर्ण बिष्टको निधन भएको हो। स्रोतका अनुसार हृदयाघात भएर उनको निधन भएको हो। उनी बिहान आफैं गाडी चलाएर अस्पताल गएका थिए। उनी केही दिनअघि भाईरल ज्वरोबाट ग्रसित थिए। उनी नेपाली सेनाको सुदूरपश्चिमबाट पाईलट हुने पुराना पाँच जनामध्ये पर्छन्। उनी नेपाली सेनाका सिनियर क्याप्टेन अवकाश प्राप्त महासेनानी (फुल कर्णेल) हुन्। स्वर्गीय बिष्टका एक छोरा र एक छोरी र पत्नी छन्। उनको आज राति पशुपती आर्यघाटमा दाहसंस्कार गरिने बताईएको छ।
धनगढी : नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी निर्वाचन आयोगको निर्णयविरुद्ध अदालत जाने भएका छन्। निर्वाचन आयोगको निर्णय प्रतिशोधपूर्ण र आफूलाई अन्याय नै गर्ने गरी आएकोले अदालत जानुको विकल्प नरहेको रेशमको दाबी छ। निर्वाचन आयोगले बिहीबार मात्रै नाउपाको अध्यक्षमा रेशम चौधरीलाई मान्यता दिन अस्वीकार गर्दै रञ्जिता श्रेष्ठकै नेतृत्वलाई निरन्तरता दिने निर्णय गरेको थियो। हालै सम्पन्न भएको महाधिवेशनले चौधरीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो। चौधरीले आफूलाई अध्यक्षमा अद्यावधि गर्न आयोगमा निवेदन दिएका थिए। तर उनले दिएको निवेदन दलसम्बन्धी ऐन बमोजिम नभएकाले अस्वीकार गरेको आयोगले जनाएको छ। रेशम र रञ्जिता पति-पत्नी हुन्।
धनगढी: सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ। पार्टीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आफूहरु छलफलमै रहेको बताउँदै समर्थन फिर्ता हुने जानकारी दिइन्। उनले सुदूरपश्चिममा अहिले पनि समर्थन फिर्ता लिएजस्तै अवस्था रहेको भन्दै प्रदेशको हकमा निर्णय गरेर संसदीय दलले आफूलाई जानकारी गराउने बताइन्। यस्तै उनले आफूहरु केन्द्रमा पनि सरकारमै रहेको दाबी गरेकी छन्। हाल केन्द्रमा एमालेसहितको नयाँ समीकरण बनेपनि सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वकाे सरकार छ। तत्कालीन समयमा सुदूरपश्चिम सरकारमा रहेको नेकपा माओवादी केन्द्र र नेकपा(एकीकृत समाजवादी) पार्टी भने सरकारबाट बाहिरिइसकेको छ। संघमा एमालेसहितकाे नयाँ गठबन्धनमा सामेल हुँदै प्रचण्ड सरकारमा गएपछि समाजवादी प्रदेश सरकारबाट…
धनगढी : दार्चुलाको मार्मा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रोशन अधिकारीमाथि आक्रमण भएको छ। बिहीबारबार राति निवासमा सुतिरहेको समयमा अज्ञात समूहले ढुङ्गामुढा र निवासमा आगजनी गरेको हो। आक्रमणपछि प्रमुख प्रशासकिय अधिकृत अधिकारीले झ्यालबाट भागेर ज्यान जोगाएको महेन्द्रनगरपोष्टलाई बताएका छन्। उनले आफूमाथि आक्रमण र निवासमा अगाजनी भएपछि झ्यालबाट भागेर प्रहरीलाई खबर गरेको बताए। यता जिल्ला प्रहरी कार्यालय दार्चुलाका इन्सपेक्टर गोबिन्द भण्डारीले घटनाको जानकारी पाउनसाथ प्रहरी टोली परिचालन गरिएको र अनुसन्धान भईरहेको बताए।
धनगढी : सुदूरपश्चिममा राप्रपाकी सासंद खेमादेवी बिष्टले मन्त्री पद खान अस्विकार गरेकी छन्। अल्पमतमा परेका मुख्यमन्त्री कमलबहादुर शाहले सरकार विस्तार गर्न मन्त्री अफर गरेकोमा राप्रपाकी बिष्टले नमानेकी हुन्। शाहले राप्रपाकी बिष्ट र स्वतन्त्र सांसद ताराप्रसाद जोशीलाई मन्त्रीमा नियुक्त गर्दै बिहीबार राति नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका थिए। तर, राप्रपाले पार्टी केन्द्रले आन्दोलन घोषणा गरेका कारण तत्काल सरकारमा नजाने बताएपछि मुख्यमन्त्री शाहको सरकार विस्तार गर्ने योजना तुहिएको हो। यता प्रदेशसभा सदस्य विष्टले भने पार्टीले सरकारमा सहभागी हुने वा नहुने विषयमा कुनै निर्णय नगरेका कारण अहिले हतार नगर्ने बताएकी छन्।
काठमाडौं : सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आफ्नो स्थापनाको २६१औं वार्षिकोत्सवकाे अवसरमा शुक्रबार मुलुकभर विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुतिका साथ मनाउँदैछ । राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । नागरिकको आस्था र भरोसाको केन्द्रविन्दुका रूपमा रहेको नेपाली सेनाको उनी परमाधिपति हुन् । सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । त्यस अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् । सेना दिवस समारोहमा यसपटक मौलिक नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्ने…
काठमाडौं : आज महाशिवरात्रि पर्व देशभरका शिवालयहरुमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवको पूजा गर्नेहरुको आज बिहानैदेखि मन्दिरहरुमा दर्शनार्थीहरुको घुइँचो छ । आज भक्तजनहरु व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाएर पूजा गर्ने गर्छन् । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने चलन पनि छ ।