धनगढीः कैलालीमा लडेर एक वृद्धाको मृत्यु भएको छ। जिल्लाको भजनी नगरपालिका-४ का ६० वर्षीया प्रमा डगौराको बुधवार साँझ मृत्यु भएको हो। घर नजिकै लडेर गम्भिर घाइते भएकी उनको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
Author: महेन्द्रनगर पोष्ट
कैलाली : कैलालीको गोदावरी नगरपालिका ८ मजगाँउमा तीन दिने माघी महोत्सव आयोजना हुने भएको छ। थारु कल्याण कारिणी सभाले माघ १२, १३ र १४ गते महोत्सव आयोजना गर्ने भएको हो । संस्कृति संरक्षण, स्थानीय पर्यटन र आधुनिक कृषि पर्यटनका लागि एकजुट हौ भन्ने मूल नाराका साथ तीन दिने महोत्सव सञ्चालन गरिन लागेको सभाका नगर अध्यक्ष जनकलाल चौधरीले बताए । महोत्सवको प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले समुद्घाटन गर्ने कार्यक्रम रहेको छ। महोत्सवमा स्थानीय भााँकीहरू प्रदर्शनका साथै थारु राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने छ ।महोत्सवमा थारु खानपानको व्यवस्था, थारु कला संस्कृतिको जगेर्ना सम्बन्धी विविध कार्यक्रम, थारु समाज सेवा तथा…
काठमाडौं : पश्चिमी वायुको सामान्य प्रभाव रहँदा आज देशका केही भू–भागमा हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागमा वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदलीदेखि मूख्यतया सफा रहेको छ । मधेस प्रदेशका धेरै भू–भागमा हुस्सु र कुहिरो लागेको छ । विभागले दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसहित पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ ।
काठमाडौं : राष्ट्रिय सभा सदस्य निर्वाचन बिहीबार हुँदैछ। मतदान बिहान ९ देखि दिउँसो ३ बजेसम्म हुनेछ । फागुन २० गतेदेखि रिक्त हुन लागेका २० मध्ये १९ पदमा निर्वाचन हुन लागेको हो । त्यसका लागि आठ दलका ५१ उम्मेदवार चुनावी मैदानमा छन्। राष्ट्रिय सभा सदस्य चुन्न प्रदेश सभाका सदस्य र नगरपालिकाका प्रमुख–उपप्रमुख, र गाउँपालिका अध्यक्ष–उपाध्यक्ष मतदाता हुनेछन्। निर्वाचन आयोगका अनुसार देशभर दुई हजार ४७ मतदाता छन् । कोशीमा ३६७, मधेशमा ३७४, बागमतीमा ३४७, गण्डकीमा २३०, लुम्बिनीमा ३०५, कर्णालीमा १९६, सुदूरपश्चिममा २२८ मतदाता रहेको आयोगले जनाएको छ। निर्वाचनका लागि सातै प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र स्थापना गरिएको छ ।
धनगढी : गत सोमबार (फेब्रुअरी २२) मा भारतको उत्तर प्रदेशको धार्मिक धाम अयोध्यामा नेपालका नेताहरु बोलाइए । धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमालदेखि काठमाडौं उपमहानगरपालिकाकी पूर्वउपमेयर हरिप्रभा खड्गीसम्मले निम्तो पाए । पूर्वआईजीपी अच्युतकृष्ण खरेलदेखि पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीसम्मका गैरधार्मिक वृत्तमा निम्तो आएको थियो । विश्व हिन्दू महासंघकी उपाध्यक्ष ज्योत्सना साउददेखि नेपालका पशुपतिनाथदेखि बराह क्षेत्रका धार्मिक अगुवासम्मले निम्तो पाउँदा थोरैमात्र गैरधार्मिक क्षेत्रकाले निम्तो पाए । निम्तो पाउनेहरुको सूचीमा पूर्वउपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र कांग्रेस सभापति शेरबहादुर देउवा पत्नि आरजु राण देउवा अटेनन् । भारतीय संस्थापनसँग नजिक हुने प्रयासमा देखिने कदम चालेका निधि र आरजुलाई निम्तो नआउनु संयोगमात्र नभएको जानकारहरु बताउँछन् । अयोध्या…
धनगढी : आइसिसी यू-१९ विश्वकप २०२४ मा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ। बुधबार दक्षिण अफ्रिकाको इस्ट लन्डनमा नेपाललाई पाकिस्तानले ५ विकेटले पराजित गरेको हो। नेपालले दिएको १९८ रनको लक्ष्य पाकिस्तानले ४७.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। पाकिस्तानका ओपनरद्वय शमयल हुसेन र शाहजइब खानले समान ३७-३७ रन जोड्ने क्रममा ८० रनको ओपनिङ साझेदारी गरे। तर दुवैलाई नेपालका आकास चन्दले २२ ओभरमा तीन बलको अन्तरमा आउट गरेका थिए। सपछि अराफत मिनहासलाई फेरि आकासले नै ८ रनमा आउट गरे। कप्तान शाद बाइग शून्यमा आउट भए। उनलाई नेपालका आकास त्रिपाठीले आउट गरे। अमहद हसन २९ रनमा दिपेश कँडेको बलमा विकेटकिपर विपिन रावलबाट समातिए।…
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्रीको पारिश्रमिकमा मात्र मासिक ५ लाख ६९ हजार रुपैयाँ खर्च गर्दै आएको छ । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री कमल बहादुर शाहको नेतृत्वमा ९ सदस्यीय मन्त्रिपरिषद छ, जसमा ६ मन्त्री र दुई राज्यमन्त्री छन् । सुदूरपश्चिममा मुख्यमन्त्रीको ७१ हजार रुपैयाँ, ६ मन्त्रीलाई जनही ६३ हजार रुपैयाँका दरले ३ लाख ७८ हजार र दुई राज्यमन्त्रीलाई जनही ६० हजार रुपैयाँका दरले एक लाख २० हजार रुपैयाँ मासिक पारिश्रमिक उपलब्ध गराइँदै आएको छ । मुलुक संघीय संरचनामा गएलगत्तै संघीयता विरोधीहरुले प्रदेश संरचनाको विरोध गर्न थालेका थिए र प्रदेश संरचना खर्चिलो भएको उनीहरुको तर्क छ । स्थानीय तहलाई…
काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले आगामी शैक्षिक सत्रदेखि एक सयदेखि तीन सय शय्याका अस्पतालमा नर्सिङ र ‘प्यारामेडिक्स’को पढाइ सुरू हुने बताएका छन्। आज शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको ९० औं वार्षिकोत्सव समारोहमा मन्त्री बस्नेतले आगामी शैक्षिक सत्रमा सातै प्रदेशका साविकका अञ्चल अस्पतालमा चिकित्सा शिक्षाको अध्यापन सुरू गर्न मन्त्रालयले तीव्र तयारी गरिरहेको जानकारी दिए। उनले टेकु अस्पताललाई मन्त्रालयको नीतिअनुसार नर्सिङ तथा पारामेडिकको शैक्षिक कार्यक्रम सञ्चालनका लागि तयार रहन निर्देशन दिए। ुआउँदो शैक्षिक सत्रदेखि देशका सबै ठूला अस्पतालमा नर्सिङ र प्यारामेडिक्सको पढाइ सुरू हुन्छ। सरकारको निर्णय छिटो कार्यान्वयनमा ल्याउन मन्त्रालयले तयारी गरिरहेको छ, उनले भने, यस अस्पतालले…
धनगढी : नेपालका तीव्र गतिका बलर आकाश चन्दले आईसीसी यू १९ विश्वकप २०२४ मा पाकिस्तानका दुबै ओपनरसहित तीन विकेट लिएका छन् । आकाश चन्दको २२ औं ओभरको दोस्रो बलमा ओपनर शम्याल हुसेन उत्तमथापा मगरबाट ३७ रनमा क्याच आउट भए । बाउन्सर बलमा उनी टप एज लागेर क्याच आउट भएका थिए । उनले ५९ बलमा ४ चौका र १ छक्का प्रहार गरे । चौथो बलमा शाहजैब खान ३७ रनमा आउट भए । सट बलमा आकाश त्रिपाठीबाट क्याच आउट भएका हुन् । उनले ७० बलमा ३ चौका र १ छक्का प्रहार गरे । यस्तै २६ औं ओभरको अन्तिम बलमा अर्को अराफ्न मनिसफको…
धनगढी : तपस्वी रामबहादुर बम्जनविरुद्ध बाल यौन शोषणको जाहेरी दिने किशोरीका बुवा सवारी दुर्घटनामा मृत्यु भएको छ। सिन्धुली जिल्ला प्रहरी कार्यालयका अनुसार, मंगलबार रौतहटबाट सिन्धुलीको डगाहतर्फ जाँदै गर्दा ती किशोरीका बुवा सवार बा ५८ प ९१४१ नम्बरको मोटरसाइकललाई भिमानतर्फ जाँदै गरेको प्र २–०४–००१ ट ००१० नम्बरको ट्याक्टरले भिमानमा ठक्कर दिँदा उनको मृत्यु भएको हो। दुर्घटनामा परी गम्भीर घाइते किशोरीका बुवाको उपचारका क्रममा सिन्धुली जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरी उपरीक्षक राजकुमार सिलवालले नेपालखबरलाई जानकारी दिए। उक्त ट्याक्टरले ती किशोरीका बुवा सवार मोटरसाइकलसँगै ना ११ प ५७५० नम्बरको मोटरसाइकललाई पनि ठक्कर दिएको थियो। यसका चालक भने उपचारपछि अस्पतालबाट घर फर्किइसकेको प्रहरीले जानकारी…