कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदै छन्। मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि अपराह्न ३ बजे प्रदेश सभा बैठक राखिएको कर्णाली प्रदेश सभा सचिवालयले जनाएको छ। विश्वासको मत लिनुअघि उनले सत्ता गठबन्धन दलहरूबीच मन्त्रालयको भागबन्डा मिलाएका थिए। सहमतिअनुसार नेकपा माओवादी केन्द्रले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय लिने भएको माओवादी केन्द्र संसदीय दलले जनाएको छ। एमालेले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा योजना मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लिने भएको छ। मन्त्रालय भागबन्डा टुंगिए पनि मन्त्री भने…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौँ : हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा छिटपुट देखि हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको केही स्थानहरू साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ। आज राति कोशी,…
काठमाण्डौ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई ४ रनले हराएको छ । गएराति भएको खेलमा दिल्लीले दिएको २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । गुजरातका साइ सुदर्शनले ६५ रन बनाए । यस्तै डेभिड मिलरले ५५ रन जोडे । त्यसअघि टस हारेर ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेटको क्षतिमा २ सय २४ रन बनाएको थियो । उसका कप्तान ऋषभ पन्तले ८८ रन बनाए भने अक्षर पटेलले ६६ रन जोडे । जारी आइपीएलमा समान ९ खेलमा ८ अङ्कसहित दिल्ली छैटौँ र गुजरात सातौँ स्थानमा छन् ।…
काठमाडौँ : वैशाख १५ गते हुने उपनिर्वाचनको मौन अवधि सुरु भएको छ । इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिताअनुसार मध्यरातिदेखि प्रचारप्रसार गर्न निषेध गरिएको छ । निर्वाचन आयोगले मतदान हुने दिन वैशाख १५ गतेभन्दा ४८ घण्टा अघि वैशाख १२ गते राति १२ बजेदेखि मतगणनाको कार्य सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध गरिएको जनाएको छ । आयोगले यस अवधिमा उपनिर्वाचन हुने सम्बन्धित जिल्लामा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानी तथा नियन्त्रणका लागि सूक्ष्म अनुगमन गरी आचारसंहिता पालना गराउने व्यवस्थासमेत मिलाइसकेको छ । निर्वाचन आचारसंहिताबमोजिम प्रचारप्रसार निषेधको अवधिमा निर्वाचन प्रचारप्रसारलगायत…
तेज बोहरा/धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानीसमेत रहेको धनगढीमा लागुऔषधका दुर्व्यसनी र कारोबारी बर्सेनि बढ्दो पाइएको छ। जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार लागुऔषधका कारोबारी र प्रयोगकर्ता बढ्दै गएको पुष्टि गरेको हो। भारतसँगको खुला सीमा रहेको कैलालीको धनगढीमा लागुऔषध कारोबारी र प्रयोगकर्ता समात्न प्रहरीलाई हम्मेहम्मे हुने गरेको छ। दिनहुुँ पक्राउ गर्दा जिल्ला प्रहरी र वडा प्रहरीको हिरासत कक्ष लागुऔषध कारोबारी र प्रयोगकर्ताले भरिभराउँ हुने गरेका छन्। धनगढीबाट छोटो दुरीमा रहेको भारतीय बजारहरु वनगाउँ र पलियाबाट लागुऔषध कारोबारीले दैनिक ठुलो परिमाणमा प्रहरीको आँखा छलेर लागुऔषध भित्र्याउने गरेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वर्सेनि दोब्बर तेब्बर संख्यामा कारोबारी…
काठमाडौं : भारतीय भन्सारले पाँच दिनदेखि रोकेको नेपाली तयारी चियाको निर्यात आजदेखि खुला गरेको छ। गत शुक्रबार काँकडभिट्टा नाकाबाट चिया बोकेर गएका १७ ट्रक भारतीय सीमाभित्र सडकमै रोकिएका थिए। चिया बोकेका ती सबै ट्रक पश्चिम बङ्गालको पानीट्याङ्कीस्थित भारतीयस्थल भन्सार कार्यालयबाट जाँचपास भएर मंगलबार बेलुका सकुशल छुटेको मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले जानकारी दिए। रोकिएका सबै ट्रक आज छाडिए, उनले भने, अब भारतीय भन्सारबाट चिया निर्यातमा कुनै अवरोध रहेन। पानीट्याङ्कीस्थित भारतीयस्थल भन्सार कार्यालयका अधिकारीहरूले केन्द्रबाटै आएको निर्देशनअनुसार रोकिएको जनाउँदै अहिले केन्द्रबाटै खुलाउन अर्को निर्देशन आएको बताए। पूर्वीनाका काँकडभिट्टाबाट जाँचपासपछि चिया बोकेर भारतीय सीमावर्ती पानीट्याङ्की नाका पुगेका १७ वटा नेपाली ट्रक…
धनगढी : धनगढीमा पछिल्लो समय मोटरसाइकल चोरीका घटना बढेका छन्। दिनहुँ मोटरसाइकल चोरीका घटना बढिरहेको प्रहरीको भनाई छ। यसैक्रममा प्रहरीले एक समूहलाई चोरीको आरोपमा समातेको छ। आज (बुधबार) कैलाली प्रहरीले धनगढीबाट मोटरसाइकल चोर्ने दुई जनालाई सार्वजनिक गरेको छ। यसरी पक्राउ पर्नेमा कञ्चनपुरको वेददकोट नगरपालिका वडा नम्बर–२ बसन्थलाका १८ वर्षीय सन्देश खत्री र सोही ठाउँका १८ वर्षीय लोकेश बोहरा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कबिन्द्रसिंह बोहराले जानकारी दिए। उनका अनुसार उनीहरुले चोरेका ३ मोटरसाइकल पनि उनीहरूबाट बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ फाप्ला नजिकबाट मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरिएको बोहराले बताए। उनीहरूले धनगढीको बसपार्क, धनगढी उपमहानगरपालिका ३…
धनगढी : कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। जिल्लाको बेदकोट नगरपालिका–३ दैजिस्थित पुर्बबाट पश्चिम तर्फ जाँदै गरेको म १ प ५२८२ नम्बरको मोटरसाईकल र विपरीत दिशाबाट आउँदै गरेको म २ प ३५५६ नम्बरको मोटरसाईकल एक–आपसमा ठोक्किएका थिए। मोटरसाइकलको ठक्करबाट म १ प ५२८२ नम्बरको मोटरसाईकलमा सवार मोटरसाईकल चालक बेदकोट नगरपालिका–२ का २६ वर्षीय श्रीधर नाथको बुधवार दिउँसो मृत्यु भएको हो। ठक्करबाट गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाईते भएका मोटरसाईकल पछाडी सवार सोही ठाउँका ५५ वर्षीय रामबहादुर मिजार, विपरीत दिशाबाट आईरहेको म २ प…
काठमाडौं : महोत्तरीको मठिहानी नगरपालिका ६ मा भीषण आगलागी भएको छ । मदरसा टोलमा बुधबार दिउँसो १ बजे सल्केको आगोबाट अहिलेसम्म १०० भन्दा बढी घर जलेर नष्ट भएको छ । त्यहाँ १० वटा बारुणयन्त्र, ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन भएको छ । आगो नियन्त्रणको प्रयास भइरहेको महोत्तरीका डीएसपी सन्तुलाल जयसवारले बताए ।
धनगढी: नेपाल प्रहरीका सुदूरपश्चिमस्थित प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख डीआइजी रविन्द्र केसी सुदूर पहाडतिर उक्लिएका छन्। केही दिन अगाडि सुदूरपश्चिमको पहाडी जिल्लाको अनुगमन तथा भ्रमणमा निस्किएका केसी बझाङ पुगेर फर्किने बताइएको छ। बझाङमा यहीँ बैशाख १५ गते प्रदेश सभा सदस्यको उपनिर्वाचन हुँदै छ। सोही क्रममा सुरक्षा व्यवस्था बुझ्न डीआइजी केसी त्यहाँ पुग्ने बताइएको हो। उनीसँगै टोलीमा डीएसपी भरतबहादुर चौधरी पनि छन्। धनगढीबाट पहाड उक्लिएर दार्चुला हानिएका उनले त्यहाँको जिल्ला प्रहरी कार्यालयको अनुगमन गरेर मातहत कर्मचारीलाई निर्देशनसमेत दिएको बुझिएको छ। हिजो (मंगलबार) केसीले जिल्ला प्रहरी कार्यालय दार्चुलाको आन्तरिक तथा बाह्य निरीक्षण गर्दै आवश्यक निर्देशन दिएका हुन्। स्रोतका अनुसार उनले जिल्लाको समग्र…