महेन्द्रनगर: उत्तराखण्डको प्रसिद्ध नानकमत्ता गुरुद्वाराका प्रमुख बाबा तरसेम सिंहलाई मार्न सुटर उपलब्ध गराउने थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ। उद्यमसिंह नगर प्रहरीले डेरा कार सेवाका प्रमुख जथेदार बाबा तरसेम सिंहको हत्याकाण्डमा संलग्न सुल्तान सिंहलाई हरियाणा र षड्यन्त्रकारी मध्येका सतनाम सिंहलाई पनि पक्राउ गरेको जनाएको छ। यस अगाडि गोली हानी मार्ने एक सुटर अमरजीत सिंहको इन्कान्टर गरिएको थियो। उनका अर्का सहयोगी फरार छन्। अहिले एसटीएफ र प्रहरी उनको खोजीमा जुटेका छन्। हालै नानकमत्तामा तरसेम सिंहको मोटरसाइकलमा आएका दुई बन्दुकधारीले गोली हानी हत्या गरेका थिए। यस्तै प्रहरीले सो घटनामा अन्य आधा दर्जन बढी योजनाकार र सहयोगीलाई पनि पक्राउ गरेको छ। प्रहरीले…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं : बलिउड कलाकार सलमान खानकाे घर बाहिर गाेली चलेकाे छ। मुम्बई प्रहरीका अनुसार आइतबार बिहान करिब ५ बजे बान्द्रास्थित खानको घर बाहिर दुई अज्ञात व्यक्तिले गोली चलाएको जनाएकाे छ। घटनापछि मुम्बई प्रहरीको अपराध शाखा घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ। समाचार एजेन्सी एएनआईका अनुसार मुम्बई पुलिसले तीन राउण्ड फायरिङ भएको जानकारी पाएको थियो। सलमान खानको घरबाहिर प्रहरी र फोरेन्सिक विभागको टोली उपस्थित छ। गोली प्रहार भएको ठाउँमा चिन्ह लगाइएको छ। सलमान खानलाई ज्यान मार्ने धम्की बारम्बार आइरहेकाे छ।
धनगढी: सुदूरपश्चिम प्रदेशमा रन्जिता श्रेष्ठको पार्टी नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री पाउने भएको छ। आज बालुवाटारमा भएको शीर्ष नेताबीचको छलफलमा आफ्नो पार्टीलाई मुख्यमन्त्री दिने औपचारिक सहमति भएको नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले जानकारी दिइन्। बैठकमा माओवादी माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रहेका थिए। सुदूरपश्चिम प्रदेशमा आज सरकार गठनका लागि दाबी पेश गर्ने अन्तिम दिन हो। आजै नाउपासहितको गठबन्धनले मुख्यमन्त्रीमा दाबी गर्ने जनाइएको छ। नाउपामा कैलाश चौधरीलाई मुख्यमन्त्रीमा अघि सारिने अध्यक्ष श्रेष्ठले जानकारी दिइन्। आजै उनी धनगढी आउने र साँझसम्म मुख्यमन्त्रीमा दाबी पेश गरिने छ। कांग्रेस संसदीय दलका नेतासमेत रहेका तत्कालीन मुख्यमन्त्री…
धनगढी: सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि आज दाबी पेश गरिसक्नुपर्ने छ। दाबी पेशका लागि दिइएको समय सीमा आज आइतबार सकिदैछ। कांग्रेस संसदीय दलका नेतासमेत रहेका तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले अल्पमतमा परेर पदबाट राजीनामा दिएपछि दिएपछि प्रदेश प्रमुख नजिर मियाँले संविधानकाे धारा १६८(२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। प्रदेश प्रमुखले सरकारमा दाबी पेश गर्न दिएकाे समय आइतबार साँझ ५ बजे सकिने भएपनि अहिलेसम्म कसैले पनि दाबी गरेका छैनन्। सत्ता समीकरण फेरिएपछि सुदूरपश्चिममा निर्णायक भूमिकामा पुगेकाे नाउपालाई मुख्यमन्त्री दिने नयाँ गठबन्धनमा सहमति भइसकेको छ। तर नाउपाभित्र मुख्यमन्त्रीका रूपमा कसलाई अघि बढाउने भन्ने विषयमा विवाद हुँदा ढिलाइ भएकाे छ।…
बैतडीः भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका मङ्गलवारदेखि बन्द हुने भएको छ। भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सीमानाका बन्द गर्न लागिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए। अप्रिल १९ तारिख अर्थात वैशाख ७ गते उत्तराखण्ड राज्यमा निर्वाचन हुँदैछ। उक्त निर्वाचनलाई मध्यनजर गर्दै वैशाख ४ गते साँझ ७ देखि वैशाख ७ गते साँझ ७ बजेसम्म झुलाघाट नाका बन्द रहने जिल्ला अधिकारी शर्माले बताए। सुरक्षा संवेदनशीलताको कारण नाका बन्द हुन लागेको हो। सीमा बन्द रहेको अवधिमा आकस्मिक रूपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ।
धनगढी: सशस्त्र प्रहरी बल नेपालको डोटीस्थित गणका प्रमुख (एसपी) नीलकमल आचार्य हाजिर भएको दुई महिनामै फिर्ता भएका छन्। आचार्य केही दिन अगाडि नै डोटी छोडेर गएको बताइएको छ। एउटा डाक्टरी कागज बनाएर स्वास्थ्य समस्या देखाउँदै उनी सरुवा मागेर गएका हुन्। उनले हेडक्वार्टरसँग सरुवा मागेर गएपछि डोटीमा उनको सट्टा सुधीर सुवेदी पठाइएका छन्। सुवेदी केही दिनमा डोटी आइपुग्ने सशस्त्रको सुदूरपश्चिमस्थित मुख्यालयका प्रवक्ता एसएसपी रमेश कुमार पाण्डेयले महेन्द्रनगरपोष्टलाई बताए। उनका अनुसार तत्कालीन एसपी आचार्यले ढाडमा समस्या देखिएको भन्दै डोटीबाट सरुवा मागेका थिए। तर स्रोतका अनुसार उनलाई खासमा कुनै स्वास्थ्यसम्बन्धी समस्या थिएन। उनले त्यहाँ निर्धारित दरको राशनले तैनाथ सबै फौजलाई खुवाउन नपुग्ने र…
धनगढी: बाजुरामा जिप दुर्घटना भएको छ। आज (शनिबार) दिउँसो खप्तड छेडेदह गाउँपालिका क्षेत्रमा जिप दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी दिलिप कुमार गिरीका अनुसार कमल धामीले चलाएको खप्तड छेडेदहको साफेबगरबाट काडातर्फ गैरहेको सुपप्र ००१ ज ००११ नम्बरको जिप दुर्घटनामा परेको हो। जिप सडकबाट अनियंत्रित भएर १० मिटर तल खसेको बताइएको छ। जिपमा ३ जना सवार थिए। उनीहरूमध्ये एक जना सामान्य घाइते भएका छन्।
धनगढी: टिकापुर नरसंहारमा दोषी ठहर भएका तर राष्ट्रपतिबाट माफी पाएका नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका रेशमलाल चौधरीकी पत्नी एवं पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ (चौधरी) ले एकपछि अर्को गर्दै सुदूरपश्चिममा प्रदेश सांसदलाई कारबाही गर्न थालेपछि विवाद थप चुलिएको छ। रेशमलालले बनाएको नागरिक उन्मुक्ति पार्टीभित्र कारबाहीको सिलसिलाले पार्टीका नेता तथा प्रदेश सांसदहरु आक्रोशित बनेका छन्। पार्टीमा रेशमलाल (पति) र पत्नी (रन्जिता) कै विवादका कारण कारबाहीको सिलसिला अगाडी बढेपछि नेता, कार्यकर्तासमेत चेपुवा र गुटबन्दीमा परेका हुन्। एक महिनायताको विवादमा पार्टीका संरक्षक रेशम चौधरीका पक्षमा देखिएका प्रदेश सांसद र अन्य नेतालाई अध्यक्ष रन्जिताले भटाभट कारबाही गर्न थालेकी छन्। त्यसपछि विवाद पनि झन बल्झिदै गएको…
धनगढी: धनगढीमा दोस्रोपटक फेरिएका सडक बत्तीसमेत गुणस्तरहीन भएको बताइएको छ। धनगढी उपमहानगरपालिका र सडक बत्ती प्रवर्द्धन आयोजना अन्तर्गत जडान गरिएका ‘स्मार्ट स्ट्रिट लाइट’ दोस्रोपटक पनि गुणस्तरहीन भेटिएका हुन्। धनगढीको ट्राफिक चौराहदेखि कैलाली भन्सारसम्म र क्याम्पस चोक क्षेत्रको हुलाकी सडकमा दोस्रोपटक जडान गरिएका बत्ती गुणस्तरहीन पाइएका हुन्। यस अगाडि जडान गरिएका बत्ती पनि नक्कली प्रमाणीत भएका थिए। अहिले फेरि नक्कली निस्केपछि गुणस्तरीय बल्ब जडानका लागि उपमहानगरपालिकाले निर्माण कम्पनीलाई निर्देशन दिएको छ। धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालका अनुसार दोस्रोपटक जडान गरिएका बत्तीहरूसमेत सम्झौता अनुसार जडान भएका छैनन्। धनगढी उपमहानगरपालिकाले ठेक्का मार्फत ७६ लाखमा बत्ती जडान गर्न लगाएको थियो। ड्राइभ इलेक्टोनिक्स प्रालिले…
काठमाडौं: रुपन्देहीको भैरहवामा दुर्घटनामा परि एक प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ। मोटरसाइकल दुर्घटनामा घाइते भएका प्रहरी सहायक हवल्दारको उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरीका प्रमुख डीआइजी कुबेर कडायतले महेन्द्रनगरपोष्टलाई जानकारी दिए। मृत्यु हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका-६ घर भएका ३६ वर्षीय सुरेश बहादुर चन्द रहेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहतको इलाका प्रहरी कार्यालयमा कार्यरत चन्द गस्तीमा गएकै बेला दुर्घटना परेका थिए। रुपन्देही प्रहरीकी डीएसपी लक्ष्मी खनालका अनुसार चन्द हिजो (शुक्रबार) राति ८ बजे मोटरसाइकलमा गस्ती ड्युटी गएका बेला दुर्घटनामा परेका थिए। गस्तीका बेला चन्दले चलाएको मोटरसाइकल गोरुसँग ठोक्किएर दुर्घटना भएको बताइएको छ। दुर्घटनापछि उनलाई उपचारका लागि सिटी अस्पताल…