काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले विगतमा डेडिकेटेड फिडर एवं ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका तर त्यसबापतको प्रिमियम महसुल नतिरेका ग्राहकको विद्युत् आपूर्ति पुनः जोड्ने भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा आज बसेको प्राधिकरण सञ्चालक समितिको नौ सय ६० औँ बैठकले मन्त्रिपरिषद्को निर्णयबमोजिम काटिएको विद्युत् लाइन जोड्ने निर्णय गरेको प्राधिकरणले जनाएको छ। प्राधिकरणले रु पाँच करोडभन्दा बक्यौता भएका २४ वटा उद्योगको लाइन काटेको थियो। त्यसमध्ये हिमाल स्टिलले बक्यौता किस्ताबन्दीमा तिर्न सुरु गरेपछि लाइन जोडिएको थियो। सञ्चालक समितिले नेपाल सरकारबाट गठित जाँचबुझ आयोगबाट प्रतिवेदन पेश भई सरकारबाट निर्णय नभएसम्मका लागि लाइन काटिएका उद्योगको विद्युत् लाइन सञ्चालन गराउन प्राधिकरण व्यवस्थापनलाई…
Author: महेन्द्रनगर पोष्ट
डडेल्धुरा : नेपाल सरकारका परराष्ट्रमन्त्री एनपी साउदले नेपाल–भारतबीच रहेको सीमा विवादबारे बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको बताएका छन्। शुक्रबार बिहान नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले जिल्ला सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा मन्त्री साउदले कालापानी, लिम्पियाधुरा लिपुलेक र सुस्ताबाहेकका सीमामा धेरै सहमति भइसकेको बताए। उनले सीमा विवाद समाधानका लागि दुवै देशको जोइन्ट बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको जानकारी गराए। ‘कालापानी, लिम्पियाधुरा लिपुलेक र सुस्ताबाहेकमा धेरै सहमति भइसकेको छ। यसअघि भएको सीमा नक्साङ्कन र रेखाङ्कनका बेला केही ठाउँ नेपाल पक्षको भारत र भारततिरको नेपालमा आएको छ’, मन्त्री साउदले भने, ‘यसमा दुवै देशको जोइन्ट बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको छ। सहमतिका साथ यो काम…
कञ्चनपुर : थारू समुदायको लोकसंस्कृति जगेर्ना गर्ने उद्देश्यले बेलौरी नगरपालिकामा ‘माघ म्याला’ आयोजना गरिएको छ। थारू कल्याणकारिणी सभाको आयोजनामा म्याला आयोजना गरिएको हो। मेला तीन दिनसम्म सञ्चालन हुने भएको छ। म्यालामा थारू समुदायको लोकसंस्कृति झल्कने गहना, पहिरन, खाद्य सामग्री, सहनसहन, लोककथा, गीत, भाषा, साहित्यसम्बन्धीका वस्तुहरू प्रदर्शनीमा राखिएका छन्। “म्यालमा पुग्ने दर्शक तथा अवलोकनकर्ताका लागि परम्परागत थारू परिकार पस्कने व्यवस्था मिलाएका छौँ,” सभाका बेलौरीका अध्यक्ष खडक चौधरीले भने, “थारू संस्कृतिसँग सम्बन्धित परम्परागत गीतसँगै सखिया, झुम्रा, मुग्रह्वा, मघौटालगायत नृत्य स्थानीय कलाकारले देखाउने व्यवस्था मिलाइएका छौँ।”थारूसँग सम्बन्धित राष्ट्रियस्तरका कलाकारले म्यालामा पुग्ने अवलोकनकर्ता र दर्शकलाई मनोरञ्जन दिने व्यवस्था मिलाइएको उनको भनाइ छ। बुढापाकाबाट युवाले…
धनगढी : उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकारले जनताको शिर झुकाउनेगरी कुनै पनि काम नगरेको बताएका छन्। नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका खड्काले आज नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर १ ले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै सरकारले मध्यमस्तरको काम भने गरिरहेको बताएका हुन्। ‘हामीले जनताका लागि कति राम्रो काम गर्न सकेका छौं त्यो छलफल हुने नै छ,’ उनले भने, ‘वर्तमान सरकारले निकै राम्रो काम गरेको छ पनि भन्दिनँ। सरकारले मध्यमस्तरमा रही काम गरेको छ। जनताको शिर झुकाउनेगरी कुनै पनि काम गरेको छैन।’ उपसभापति खड्काले आर्थिक स्रोतको अपर्याप्तताका कारणले विकास निर्माणका काम सुस्त भएको बताए। पर्याप्त बजेट नहुँदा चाहेर पनि…
काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ३०० रुपैयाँले बढेकाे हो। महासङ्घका अनुसार शुक्रबार छापावाल सुन एक लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन एक लाख १८ हजार ३०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ। आज चाँदी तोलामा १० रुपैयाँले घटेर १४०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको दिव्य धारणालाई अनुसरण गर्दै त्यसको पदचाप पछ्याउनु पर्ने बताएका छन्। ३०२औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै पूर्वराजाले पृथ्वीनारायण शाहबाट अभिव्यक्त दिव्य धारणालाई मनन गरेर राष्ट्रलाई सदाचारयुक्त र सम्पन्नशाली बनाउनु पर्ने अहिलेको टड्कारो आवश्यकता रहेको बताएका हुन्। पृथ्वीनारायण शाहलाई गौरवशाली व्यक्तित्वको रूपमा स्मरण गर्नुपर्ने उनको सन्देश छ। उनले आफ्नो इतिहास आफ्नो स्वतत्व र आफ्नो अस्तित्वलाई भुलेर हामी जे जसरी जताततै भड्किए पनि आखिर नेपालको माटो र नेपाली मुटुले आफ्नोपन र पहिचान भुल्न नसक्ने बताएका छन्। उनले शुभकामना सन्देशमा भनेका छन्, ‘सिंगो नेपाल राष्ट्रको अस्तित्व खडा गरेर हामी सबैलाई…
डडेल्धुरा : इजरायलमा विद्रोही हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक विपिन जोशीको रिहाइको पहल गरिरहेको बताउने परराष्ट्र मन्त्री एनपी साउदले पुनः एकपटक त्यहि आश्वासन दिएका छन् । शुक्रबार डडेलधुरामा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा उनले जोशीको उद्धारका लागि सरकारले पहल गरिरहेको बताएका हुन्। ‘विपिन जोशीसमेत १३२ जना अहिले पनि हमासको नियन्त्रणमा छन् । उनीहरू विभिन्न देशका छन् । हामीले उनको रिहाईका लागि इमान्दार प्रयास गरिरहेका छौँ । युद्धबन्दीकोरुपमा विपिन जोशीको जीवन सुरक्षित छ । हामीले निरन्तर प्रयास गरिरहेका छौँ,’ उनले भने । उनले रुसी सेनामा भर्ती भएकाहरू नेपाल सरकारको अनुमतिमा त्यहाँ भर्ती नभएको स्पष्ट पारेका छन् । उनले विद्यार्थी…
काठमाडाैं : सशस्त्र प्रहरी बल नेपालले नायव निरीक्षक (सई) पदमा विशेष बढुवाका लागि निवदेन माग गरेकाे छ । बलले जिम्मेवारी वहन गर्ने क्रममा घाईते, अंगभंग भएका सशस्त्र प्रहरी कर्मचारीको एक तह बढुवाका लागि आवेदन माग गरेकाे हाे । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, बढुवा समितिको सचिवालयले सूचना प्रकाशित गर्दै सई पदमा बढुवा पदपुर्ति गर्न आवेदन माग गरेको हो । सूचना अनुसार संगठनले सुम्पेको जिम्मेवारी सम्पन्न गर्ने क्रममा घाइते, अंगभंग भएका सशस्त्र प्रहरी राष्ट्रसेवकहरुलाई मात्र एक पटकको लागि एक तह पदोन्नती दिइने प्रावधान मिलाउने निर्णय भए अनुसार साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी नायब निरीक्षक १ (विशेष पद) पदमा बढुवाद्धारा…
काठमाडौं : यहि पुस २४ गते गृह मन्त्रालयले १६ जना प्रहरी नायब महानिरीक्षक (डिआईजी)हरुको सरुवा गरेको थियो । सरुवामा सातवटै प्रदेश प्रहरी प्रमुख हेरफेर भएका छन् । जसअन्तर्गत सुदूरपश्चिममा रविन्द्र केसीको सरुवा भएको छ । तर, विवादित डीआइजी अर्जुन चन्द ठकुरीले सुदूरपश्चिम आउन इच्छा देखाएका थिए। सरुवा भएर सुदूरपश्चिम आउन उनले धेरै जोडबल लगाएका थिए। तर उनको सरुवा नहुँदा अहिले पनि एयरपोर्टमै थन्किएका छन्। बैतडी पुर्ख्यौली घर भएका उनी नेपाली काँग्रेसकी नेत्री तथा प्रतिनिधि सभा सदस्य आरजु राणा निकट मानिन्छ्न्। चन्द उनै डीआइजी हुन्, जो अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा प्रमुख छन्। उनले केही समय अगाडि नेपाल वायुसेवा निगमलाई आफूसहित…
डडेल्धुरा : माघेसंक्रान्तिका अवसरमा डडेल्धुराको परशुरामधाममा आयोजना हुने पर्वमा सहभागी हुन सुदूरपश्चिम प्रदेशक सांसद र देशभरका पालिका प्रमुखलाई निम्तो दिइएको छ । डडेल्धुराको परशुराम नगरपालिकाका मेयर भरत बडायर जोशीले माघ १ गते परशुरामधाममा हुने पर्वमा सहभागिताका लागि सुदूरपश्चिम प्रदेशका सांसद र देशभरका पालिका प्रमुखलाई निमन्त्रणा गरेका हुन्। परशुराम नगरपालिका–५ परीगाउँस्थित परशुराम धाममा प्रत्येक वर्ष महास्नान, भजनकीर्तनलगायत विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी मनाइने गरिन्छ। परशुराम धाममा भगवानका दश अवतारमध्ये एक परशुरामको अवतार भएको किम्बदन्ती रहदै आएको छ। उक्त धाममा हरेक बर्ष माघ १ गतेदेखि दुई दिनसम्म मकर मेला लाग्ने गरेको छ। मेला भर्न सूुदूरपश्चिमका बिभिन्न जिल्ला तथा छिमेकी राष्ट्र…