Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : मंगलबार राती सशस्त्र प्रहरीले सुनसरीबाट १ क्विन्टल गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं.४ गण सुनसरी मातहत प्रस्ताबित सीमा सुरक्षा गुल्म कप्तानगंज, बोर्डर आउट पोस्ट साहेबगंज र हर्बेनिको संयुक्त टोलीले मंगलबार राती सुनसरी जिल्लाको बर्जु गाउंपालिका–४ स्थित हसनपुर भन्ने स्थानमा उखुको सुकेको पातले छोपी लुकाई छिपाई बेवारिसे अवस्थामा राखेको ३ बोरा गाँजा बरामद गरेको हो । सो ठाउँमा गाँजा लुकाई छिपाई तस्करी गर्न राखिएको भन्ने सुचनाको आधारमा खोजतलास गर्दा ३ वटा बोराभित्र स–साना प्याकेट बनाई राखिएको गाँजा फेला परेको थियो । बरामद गाँजा थप प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाइएको छ ।

Read More

काठमाडौं : प्रमुख सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउनेहरूको हालत खराब हुँदै गएको बताएका छन् । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालतिर लक्षित गर्दै उनले बुधबार एक कार्यक्रममा कडा टिप्पणी गरेका हुन् । एमाले नेतृत्वको सरकार ढालेर दक्षिणपन्थीहरूको हातमा सरकार बुझाउनेहरूको हालत अहिले खराब भएको भन्दै नेपाललाई कटाक्ष गरेका हुन् । एमाले कपिलवस्तु जिल्ला अधिवेशन बुधबार उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री ओलीले अब पार्टीभित्र कुनै गुट उपगुट स्वीकार्न नसकिने पनि बताए । गुट बनाउनेहरुविरुद्ध नेतृत्व अब कडा रुपमा प्रस्तुत हुने चेतावनी दिए त्यही सम्मेलनमार्फत दिएका छन् ।

Read More

धनगढी : कञ्चनपुरमा अटो रिक्सा र मोटरसाइकल ठोकिएर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। जिल्लाको पुनर्वास नगरपालिका–३ की माया तामाङको धनगढीस्थित माया मेट्रो अस्पतालमा बुधवार मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार पुनर्वास नगरपालिका–२ मोती बस्तीमा मङ्गलवार सुदूरपश्चिम प्रदेश ०१–००१ ह ४९१३ नम्बरको अटो रिक्सा र से ४ प २९६७ नम्बरको मोटरसाइकल ठोकिएका थिए। मोटरसाइकलमा सवारी पुनर्वास नगरपालिका–३ कि मायाकुमारी तामाङको बुधवार उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ। मोटरसाइकका चालक आइतेबहादुर तामाङ घाइते छन्। उनको उपचार जारी रहेको प्रहरीले बताएको छ। अटो रिक्साका चालक जयराम चौधरी प्रहरीको नियन्त्रणमा छन्।

Read More

काठमाडौं : नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले महान्यायाधिवक्ता कार्यालयको दुरुपयोग गरेको निष्कर्ष निकालेको छ । बुधबार बसेको कांग्रेसका वर्तमान तथा पूर्व पदाधिकारीको बैठकमा महान्यायाधिवक्ताको कार्यालयले गृहमन्त्री रवि लामिछानेलाई उनीविरुद्ध कुनै उजुरी/जाहेरी, अनुसन्धान र अभियोजन नभएको भनी दिएको पत्रबारे पनि छलफल भएको थियो । बैठकमा प्रमुख सचेतक रमेश लेखकले मंगलबार सभामुख देवराज घिमिरेले बोलाएको शीर्ष नेतासहितको बैठकमा भएको कुराकानीबारे जानकारी गराएका थिए । उक्त बैठकमा गृहमन्त्री लामिछानेले महान्यायधिवक्ता कार्यालयले दिएको पत्र पेश गरेका थिए । जसमा महान्यायाधिवक्ता कार्यालयले बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, चितवनको साहारा सहकारी संस्था र कास्कीको सूर्यदर्शन सहकारी संस्थाको रकम हिनामिनाको विषयमा गृहमन्त्रीविरुद्ध कुनै…

Read More

काठमाडौं : नापी विभागमा महानिर्देशक (डीजी) बनिराख्न प्रकाश जोशीले राणा खानधानसम्मै पावर लगाएको खुलेको छ। नापीका महानिर्देशक प्रकाशलाई केही समय अगाडि मन्त्रालय तानिएकोमा पुनः उनले विभागमै अड्डा जमाउन सफल भएका छन्। नेपाली काँग्रेसनिकट प्रकाश नेतृ आरजु राणा देउवाका भाइ अर्थात पूर्व प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाका साला भुषण राणासँग झनै निकट थिए। उनको त्यहीँ निकटताले पुनः विभागको डीजी बनिराख्न बल पुगाएको बताइन्छ। राणा उनै मन्छे हुन्, जसले नेपालमा हुने विभिन्न ठूला ठेक्काहरुमा अग्रिम सेटिङ मिलाउनेसहितको दलाली काम गर्ने गर्दछ्न्। अनेकन दलालीका मास्टरमाइण्ड तिनै राणाले नापीमा पनि सेटिङ चलाएका छन्। उनले जोशीलाई हातमा लिएर आफूले चाहे बमोजिम विभिन्न सरकारी र…

Read More

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालत र निर्वाचन आयोगको कदमलाई नजिकबाट हेरिरहेको बताएका छन् । बुधबार बिहान आफ्नो निवास बुढानीलकण्ठमा गण्डकी प्रदेशसभाका कांग्रेस सांसदहरूसँगको भेटवार्तामा देउवाले अदालत र आयोगका गतिविधिलाई नजिकबाट हेरिरहेको बताएका हुन् । गण्डकी प्रदेशसभामा एमालेका खगराज अधिकारीलाई सभामुखले समेत विश्वासको मत दिएर बहुमत पुर्‍याएको घटनाक्रमबारे जानकारी गराउन प्रदेश सांसदको टोलीले बिहान बुढानीलकण्ठ पुगेर देउवालाई भेटेको थियो । गण्डकीमा प्रदेश सरकारले विश्वासको मत लिनका लागि अदालतको फैसला अस्वाभाविक देखिएको सांसदहरूले सभापतिसँग कुरा राखेका थिए । त्यसविरुद्ध मंगलबार कांग्रेसले सर्वोच्चमा रिट दायर गरेको छ । न्यायिक लडाइका लागि सर्वोच्चमा गएको र राजनीतिक मोर्चाबाट पनि खबरदारी गर्नुपर्ने…

Read More

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको परीक्षणका लागि बुधबार दिउँसो वीर अस्पतालमा पुगेका छन् । आज बिहानदेखि दाँतमा दुखाइको महशुस भएपछि प्रधानमन्त्री दन्त परीक्षणका लागि वीर अस्पताल पुगेका हुन । अहिले डा.रितु श्रेष्ठ नेतृत्वको टिमले प्रधानमन्त्रीको दाँतको परीक्षण र उपचारको काम गरिरहेको छ।

Read More

काठमाडौं : ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्रयाक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएको छ। दुर्घटनामा एउटै विद्यालयमा अध्ययनरत आठ विद्यार्थी घाइते भएका छन्। खहरे हुँदै डुम्रिसेको तालखर्कतर्फ जाने क्रममा प्रदेश १–०१–००१ त ९०६९ नम्बरको ट्रयाक्टर सडकबाट करिब १५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कमल लुङ्गेलीले जानकारी दिए। दुर्घटनामा परी याङ्वरक–४ का नौ वर्षीय मानस तामाङको घटनास्थलमै ज्यान गएको हो। उनी स्थानीय सिद्धेश्वरी माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत थिए। दुर्घटनामा सोही विद्यालयमा अध्ययनरत ८ विद्यार्थी घाइते भएका छन्। घाइते सबैलाई जिल्ला अस्पताल पाँचथर लगिएको छ। दुर्घटनापछि चालक फरार रहेका छन्। उनको खोजी भइरहेको…

Read More

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर तथा घातक रोग लागेर उपचाररतबाहेक सामुदायिक विद्यालयका सबै शिक्षकको काज फिर्ता गर्ने निर्णय गरेको छ। सचिवस्तरीय निर्णयबाट सबै शिक्षकहरूको काज सरूवा फिर्ता गर्ने निर्णय गरिएको शिक्षा मन्त्रालयले जनाएको छ। शिक्षकहरूलाई आवश्यकता नभएका निकायहरूमा काजमा राखिएको र त्यसले अध्ययन–अध्यापनमा समस्या पारेको गुनासो आएपछि शिक्षामन्त्री सुमना श्रेष्ठले घातक रोग लागेकाबाहेक सबै काज फिर्ता गर्ने निर्णय गरी यथाशीघ्र कार्यान्वयन गर्न निर्देशन दिएकी थिइन्। मन्त्रालयले शिक्षकलाई राजनीतिक दलको सदस्यता त्याग्न निर्देशन दिइसकेको छ।

Read More

काठमाडौं : नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेम्वाङले आज सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहलमा शपथ ग्रहण गरेका हुन् । उनलाई सभामुख देवराज घिमिरेले शपथ खुवाउँदै प्रतिनिधि सभा सदस्यको लोगो लगाइदिएका छन् । १५ वैशाखमा भएको उपनिर्वाचनबाट नेकपा एमालेका उम्मेदवार नेम्वाङ प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका थिए ।

Read More