Author: महेन्द्रनगर पोष्ट

धनगढी: डोटीको पूर्विचौकी गाउँपालिका– ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार मोहन थापा ४६८ मतसहित विजयी भएका छन्। आज सम्पन्न उपनिर्वाचनको नतिजामा उनका प्रतिद्वन्दी नेकपा (एमाले) का देव थापाले ३०१ मत पाएका छन्। यस्तै नेकपा (माओवादी केन्द्र) का देवीलाल थापाले २६, राष्ट्रिय स्वतन्त्र पार्टीकी जानकी खड्का कुँवर ३१ मत पाएका छन्। यस अगाडि दार्चुलाको दुहुँ गाउँपालिका-५ को उपचुनावमा पनि काङ्ग्रेसका धनसिंह कुँवर विजयी भएका थिए। यो वडामा यसअघि पनि नेपाली कांग्रेसकै उम्मेदवार विजयी भएका थिए। र, यो पनि: दार्चुला उपचुनाव: काँग्रेसका धनसिंह विजयी [मतसहित]

Read More

धनगढी: कञ्चनपुरमा भएको उपचुनावको मतगणना जारी छ। जिल्लाको भीमदत्त नगरपालिका-६ को वडाध्यक्षका लागि भएको उपचुनावको मतगणनामा नेपाली काँग्रेसका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन्। अहिलेसम्मको मत परिणाम अनुसार त्यहाँ काँग्रेसका प्रकाश चन्दले १२६ मत, एमालेबाट बहादुर चन्दले ६८, माओवादीबाट नानाराम कोलीले १६, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रामदत्त भट्ट १७, राप्रपाबाट सुशिलकुमार भट्टले ४८ मत पाएका छन्। यस्तै अन्य उम्मेदवार पनि पछि-पछि छन्। यहाँ स्वतन्त्रसहित १२ उम्मेदवार प्रतिस्पर्धामा छन्।

Read More

धनगढी: दार्चुलामा भएको उपचुनावमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन्। जिल्लाको दुहुँ गाउँपलिका-५ को वडाध्यक्षमा काँग्रेसका धनसिंह कुँवर विजयी भएका हुन्। उनी ३७६ मतसहित विजयी भएका हुन्। नेकपा एमालेका मानसिंह बडालले ३५८ मत पाए। नेकपा माओवादी केन्द्रका वीर सिह कार्कीले ९८ मत पाए। स्वतन्त्र लाल सिह कुवरले २५ मत पाए। २०७९ को निर्वाचनमा यहाँ माओवादी उम्मेदवार विजयी भएका थिए।

Read More

धनगढीः सुदूरपश्चिममा २५४ जनामा एचआइभी संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिममा यो वर्ष एक लाख ११ हजार बढीमा परीक्षण गर्दा २१८ जनामा एचआइभी संक्रमण पुष्टि भएको हो। हालसम्म प्रदेशभर १७ ठाउँबाट एचआइभी संक्रमितलाई औषधी वितरण गरिँदै आएको छ। प्रदेशभर एआरटी उपचारमा ३ हजार ७२३ जना संक्रमित रहेका छन्। सुदूरपश्चिममा आर्थिक वर्ष २०८०/८१ सम्म एचआइभी संक्रमितको अनुमानित संख्या ४ हजार २६५ रहेको छ। जसमध्ये ४ हजार ९ जनामा एचआइभी संक्रमण पत्ता लागेको छ भने उपचारको दायरमा ३ हजार ७२३ संक्रमित मात्रै आएका छन्। आर्थिक वर्ष २०८०/८१ मा २१८ जना नयाँ संक्रमित मध्ये पुरुष १२९, महिला ८५ र एक जना यौनिक अल्ससंख्यक रहेको स्वास्थ्य…

Read More

धनगढी: सुदूरपश्चिममा पाँच रिक्त पदका लागि मतदान सम्पन्न भएको छ। आइतबार बिहान ७ बजेदेखि मतदान सुरु भएकोमा बेलुका ५ बजे सकिएको प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ। कार्यालय प्रमुखका अनुसार बाजुराको स्वामीकार्तिक गाउँपालिकामा उपाध्यक्ष तथा कञ्चनपुरको भीमदत्त नगरपालिका–६, दार्चुलाको दुहु गाउँपालिका–५, डोटीको पुर्वीचौकी गाउँपालिका–६ र बझाङको सुर्मा गाउँपालिका–४ मा वडा अध्यक्ष पदका लागि मतदान भएकोमा ५७ प्रतिशत मत खसकेको छ।  स्वामीकार्तिकमा ५२ प्रतिशत मतदानबाजुराको स्वामीकर्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पदका लागि मतदान सकिएको छ। प्रदेश निर्वाचन अधिकारी भट्टका अनुसार त्यहाँ तीन हजार नौं सय तीन मत खसकेको छ। सात हजार चार सय ४० मतदाता रहेकोमा ५२ प्रतिशत मत खसकेको भट्टले जानकारी दिए।…

Read More

काठमाडौं: विभिन्न चार देशका लागि नेपाली राजदूतहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। आज शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले राजदूतहरुलाई शपथ ग्रहण गराएका थिए। शपथ ग्रहण समारोहमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालगायत सहभागी रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।  अमेरिकाका लागि लोकदर्शन रेग्मी, जर्मनका लागि डा. शैल रुपाखेती, साउदी अरबका लागि डा. नरेशविक्रम ढकाल र अष्ट्रेलियाका लागि चित्रलेखा यादव राजदूत नियुक्त भएका थिए।

Read More

धनगढी: सुदूरपश्चिममा प्रदेश सरकारको बजेट खर्च निराशाजनक देखिएको छ। चालु आर्थिक वर्ष सुरु भएको पाँच महिना बित्नै लाग्दा पनि प्रदेशको बजेट खर्च निराशाजनक देखिएको हो। आर्थिक वर्ष सुरु भएको दुई महिनापछि बजेट ल्याएको सरकारले बजेट खर्च बढाउन सकेको छैन। प्रदेश लेखा नियन्त्रण कार्यालयको तथ्यांकअनुसार मंसिर १० गतेसम्मको बजेट खर्च ९.२२ प्रतिशत छ। त्यसमध्ये पूँजीगत खर्च ६.५७ प्रतिशतमात्र छ। यो अवधिमा सरकारले तीन अर्ब ९६ लाख रुपैयाँ बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ। सरकारले चालुतर्फ एक अर्ब ७७ करोड ६४ लाख र पूँजीगततर्फ एक अर्ब २३ करोड ४२ लाख खर्च गरेको छ। चालुतर्फको खर्च १३.८१ प्रतिशत छ। सरकारले…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशमा २८ प्रतिशत मतदान भएको छ। स्थानीय तहमा रिक्त एक जना उपाध्यक्ष र चार जना वडाध्यक्षका लागि भइरहेको उपनिर्वाचनमा दिउँसो १२ बजेसम्म २८ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालय धनगढीले जनाएको छ। प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले सबै ठाउँमा शान्तिपूर्ण रुपमा मतदान जारी रहेको जानकारी दिए। उनकाअनुसार उपाध्यक्षका लागि उपनिर्वाचन भइरहेको बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा २२ प्रतिशत मतदान भएको छ। कुल सात हजार ४६० मतदाता रहेकोमा १२ बजेसम्म एक हजार ७०६ जनाले मतदान गरेका छन्। स्वामीकार्तिकमा उपाध्यक्षका लागि नेपाली कांग्रेसकी पुत्लीसरा शाही, एमालेकी सुलोचना भण्डारी बुढा र एकीकृत समाजवादी पार्टीकी जवा शाही प्रतिस्पर्धामा छन्। वडाध्यक्षका लागि मतदान…

Read More

धनगढी: कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जानकी गाउँपालिका–१ का ३५ वर्षीय बिमल डगौँरा थारु छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार लम्कीचुहा नगरपालिका–१ टीकापुर लम्की सडकखण्डमा मोटरसाइकल दुर्घटना भएको हो। शनिबार साढे १० बजे थारुले चलाएको सु.प.प्र. ०१–०११ प ४७०४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएर नालामा पल्टिएको थियो। दुर्घटनामा गम्भीर घाइते थारुको लालरत्न अस्पताल लम्कीमा उपचारको क्रममा मृत्यु भएको हो।

Read More

धनगढी: कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापकसमेत रहेका मर्निङ ग्लोरी स्कुलका सञ्चालक पृथ्वीराज भट्टले आफ्नी श्रीमतीलाई कुटेका छन्। हिजो (शनिबार) भट्टले आफ्नी पत्नी जयन्तीलाई मरणासन्न हुनेगरी कुटपिट गरेका हुन्। घरायसी विवादका क्रममा कुटपिट गरेको भन्दै भट्टविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी पनि परेको छ। यसअघि पनि बेला बेला उजुरी पर्दै आएकोमा पुनः कुटपिटको उजुरी आएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी उमेशराज जोशीले बताए। उनका अनुसार अहिले कुटपिटबाट घाइतेको धनगढीमा उपचार जारी छ। हिजो कुटपिटबाट घाइते भएपछि जयन्तीको उपचारका लागि महाकाली अस्पताल लगिएकोमा उपचार सम्भव नभएको भन्दै धनगढीस्थित सेती अस्पताल ल्याइएको थियो। उनका पतिले जयन्तीको टाउकोमा हानेको बताइएको छ। अहिले घटनाको थप…

Read More