धनगढीः सुदूरपश्चिममा २५४ जनामा एचआइभी संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिममा यो वर्ष एक लाख ११ हजार बढीमा परीक्षण गर्दा २१८ जनामा एचआइभी संक्रमण पुष्टि भएको हो।
हालसम्म प्रदेशभर १७ ठाउँबाट एचआइभी संक्रमितलाई औषधी वितरण गरिँदै आएको छ। प्रदेशभर एआरटी उपचारमा ३ हजार ७२३ जना संक्रमित रहेका छन्। सुदूरपश्चिममा आर्थिक वर्ष २०८०/८१ सम्म एचआइभी संक्रमितको अनुमानित संख्या ४ हजार २६५ रहेको छ।
जसमध्ये ४ हजार ९ जनामा एचआइभी संक्रमण पत्ता लागेको छ भने उपचारको दायरमा ३ हजार ७२३ संक्रमित मात्रै आएका छन्।
आर्थिक वर्ष २०८०/८१ मा २१८ जना नयाँ संक्रमित मध्ये पुरुष १२९, महिला ८५ र एक जना यौनिक अल्ससंख्यक रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। चालु आर्थिक वर्षमा संक्रमण पुष्टि भएकामध्ये २१४ जना मात्रै नियमित उपचारमा दर्ता भएका छन्। यो वर्ष ६४ जना संक्रमितको एड्सका कारण मृत्यु भएको छ। मृत्यु हुनेमा ४० जना पुरुष, २३ जना महिला र एक जना यौनिक अल्पसंख्यक छन्।