Author: महेन्द्रनगर पोष्ट

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारमा पूर्वआर्थिक मामिला तथा योजनामन्त्री नरेश शाहीले ‘स्वाभिमान सुदूरपश्चिम अभियान’ घोषणा गरेका छन्। पिछिडिएको सुदूरपश्चिमलाई विकासको मूलधारमा ल्याउन दबाब दिने उद्देश्यले उक्त अभियान थालिएको नेकपा एकीकृत समाजवादीबाट प्रदेश सांसद शाहीले बताएका छन्। उनी एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य हुन्। ‘पिछिडिएको सुदूरपश्चिमलाई अगाडि ल्याउने दायित्व यहाँको समाजको हो। सरकारलाई दबाब दिनु पनि आवश्यक छ,’ उनले भने, ‘यस क्षेत्रको आर्थिक, भौतिक र मानवीय विकासका लागि दबाब दिने उद्देश्यले अभियान सुरु गर्ने प्रयास गरेका छौँ।’ स्रोत विभाजनमा समानुपातिक समान वितरणका लागि केन्द्र सरकारलाई दबाब दिनुपर्ने उनको भनाइ छ। केन्द्र सरकारले वितरण गर्ने बजेट कार्यक्रम, राष्ट्र बैंकको लगानी र वैदेशिक अनुदानमा सुदूरपश्चिमले प्राथमिकता पाउनुपर्ने शाहीले बताए। …

Read More

धनगढी: डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। भीमदत्त राजमार्गअन्तर्गत जिल्लाको आलिताल गाउँपालिका-१ घण्टेश्वर मन्दिर नजिक से २ त २४३१ नम्बरको ट्याक्टर नालिमा पल्टिएर ट्याक्टर चालक कैलालीको घोडाघोडी नगरपालिका-१० पहलमानपुर बस्ने ३० वर्षीय बिशाल चौधरीको मृत्यु भएको हो।ट्याक्टरको टायरमुनी च्यापिएर चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। ट्याक्टर साहुखर्कबाट गैरा आउँदै गर्दा आज बिहान दुर्घटना भएको हो।  यस्तै कैलालीमा छुट्टाछुट्टै दुर्घटनामा ६ जना घाइते भएका छन्। मोहन्याल गाउँपालिका, जोशीपुुर गाउँपालिका, घोडाघोडी नगरपालिका र धनगढी उपमहानगरपालिकामा भएका सवारी दुर्घटनामा ६ जना घाइते भएको प्रहरीले जनाएको छ। मोहन्याल गाउँपालिका–३ को फल्लेबिसौनामा २७ वर्षीय विकास सुनारले चलाएको म १ ह…

Read More

बैतडी: बैतडीको सिगास गाउँपालिकास्थित न्वाघर क्षेत्रलाई केन्द्रबिन्दु बनाएर आज बिहान ४.६ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प बिहान ७ः५४ बजे गएको हो। भूकम्पको धक्का बैतडीसँगै आसपासका जिल्लाहरूमा पनि महसुस गरिएको छ। स्थानीय बासिन्दाहरूका अनुसार केही क्षणका लागि घरहरू हल्लिएका थिए। यद्यपि, हालसम्म मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन। विगत केही दिनदेखि बझाङ, मनाङ, बाजुरा, दार्चुला र जाजरकोट लगायतका जिल्लाहरूमा भूकम्पका धक्का महसुस भइरहेका छन्। लगातार भूकम्पका कारण स्थानीयहरू त्रसित भएका छन्। विज्ञहरूले भूकम्पप्रति सचेत रहन र सम्भावित क्षतिको न्यूनीकरणका लागि पूर्वतयारी गर्न सुझाव दिएका छन्।

Read More

डडेल्धुरा: डडेल्धुरा अस्पतालले १० जना स्टाफ नर्सका लागि रोजगारी खुला गरेको छ। अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृत दरबन्दीअनुसार नयाँ पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो। अस्पतालका अनुसार मान्यताप्राप्त शिक्षण संस्थाबाट स्टाफ नर्स उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले सात दिनभित्र आवेदन दिन सक्नेछन्। आवेदनका लागि आवश्यक योग्यता तथा प्रक्रियासम्बन्धी जानकारी अस्पतालको प्रशासन शाखामा प्राप्त गर्न सकिनेछ। डडेल्धुरा अस्पताल संघीय सरकार मातहतको सुदूरपश्चिम प्रदेशको एकमात्र अस्पताल हो। यसले क्षेत्रीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। १० जना स्टाफ नर्सको नियुक्तिले अस्पतालको सेवा प्रवाह थप प्रभावकारी हुने विश्वास गरिएको छ। इच्छुक उम्मेदवारहरूलाई समयमै आवेदन दिन डडेल्धुरा अस्पतालले अनुरोध गरेको छ।

Read More

काठमाडौं: मन्त्रिपरिषद्मा सशस्त्र प्रहरीका चार डिआइजीहरुको एक वर्ष म्याद थप गर्ने प्रस्ताव गरिएको छ। सशस्त्र प्रहरी मुख्यालयले चार डिआइजीको एक वर्ष म्याद थप गर्ने व्यवस्था बमोजिम डीआईजीहरु कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्बाङ र शम्भु सुवेदीको म्याद थप्न प्रस्ताव गरिएको हाे।  सशस्त्र प्रहरी नियमावली–२०७२ अनुसार डीआईजीको पदावधि चार वर्षको हुन्छ। सरकारले चाहँदा १ वर्ष थप्न सकिने व्यवस्था छ। मन्त्रिपरिषद्बाट म्याद थप्ने निर्णय नभए उनीहरू पुस २३ मा अवकाशमा जानेछन्। कमल गिरी सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक हुन्। गणेश ठाडामगर नम्बर–३ बाहिनी बागमती प्रदेशको प्रमुख, नेम्बाङ नम्बर–४ बाहिनी गण्डकी प्रदेशको प्रमुख र सुवेदी नम्बर–१ बाहिनी कोशी प्रदेशको प्रमुखको रूपमा कार्यरत…

Read More

काठमाडौं: नेकपा एमालेबाट निष्कासनमा परेका पूर्व उपाध्यक्ष डा.भीमबहादुर रावलले नयाँ आफ्नै पार्टी खोल्ने तयारी गरेका छन्। उनले त्यसको आन्तरिक तयारी गरिरहेकोमा पर्सि पुस १७ मा पत्रकार सम्मेलन गर्दै घोषणा गरिने जनाइएको छ। एमालेको कारबाहीपछि नयाँ पार्टी खोल्नेबारे रावलले आन्तरिक छलफल गरिरहेको बुझिएको छ। एमालेमा झण्डै पाँच दशक सक्रिय रहेका रावललाई एमालेको बुधवार बसेको सचिवालय बैठकले पार्टी सदस्यता समेत नरहने गरी निष्कासन गरेको थियो।त्यसपछि उनले विभिन्न पार्टीका विद्रोही नेताहरुसँग भेट गरिरहेको बताइन्छ। रावलले विशेषगरी सुदूरपश्चिमका नेतालाई भेट गरिरहेका छन्। जसक्रममा उनले सोमबार नेपाली काँग्रेस वीपीका उपसभापति कर्ण मल्ल र एमाले छोडेका डडेलधुराका नेता सुदूरपश्चिम प्रदेशसभा सदस्य तारा जोशीलाई भेटेका छन्। मल्ल नेपाली…

Read More

डडेल्धुरा: डडेल्धुरामा ‘प्रथम सुदूरपश्चिम मेयर फोरम २०८१’ आजदेखि सुरु भएको छ। डडेल्धुराको परशुराम नगरपालिकाको आयोजनामा परशुराम धाममा दुई दिने मेयर फोरम सुरु भएको हो।  मेयर फोरमको सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले उद्धघाटन गरे। मेयर फोरममा सुदूरपश्चिम प्रदेशका उपमहानगरपालिका र नगरपालिकाका मेयर तथा गाउँपालिकाका अध्यक्षहरूको सहभागिता रहेको छ। सुदूरपश्चिम प्रदेशका अवसर र चुनौतीको विषयमा छलफल सञ्चालनका लागि मेयर फोरमको आयोजना गरिएको परशुरामका मेयर भरत बडायर जोशीले बताए।

Read More

डोटीः भिरबाट लडेर डोटीमा एक महिलाको मृत्यु भएको छ। जिल्लाको जोरायल गाउँपालिका–३ पातलमा घाँस काट्ने क्रममा भिरबाट लडेर ३९ वर्षीया भूमिसरा खड्काको सोमबार बिहान घटनास्थलमै मृत्यु हो। उनी बिहान घरनजिकैको जंगलमा घाँस काट्न गएकी थिइन्। घाँस काट्ने क्रममा तल खोलामा खसेकी थिइन्। भिरबाट खसे लगत्तै उनको मृत्यु भएको वडाअध्यक्ष नवीन ओझाले बताए। मृतकका श्रीमान, दुई छोरा र दुई छोरी छन्।

Read More

धनगढी: आज पुस १५, सुदूरपश्चिम प्रदेशमा पुसे पन्ध्र पर्व मनाइँदै छ। सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीका अनुसार पुसे पन्ध्र पर्व सुदूरपश्चिम प्रदेशको मौलिक पर्व हो।  ‘आजको रातलाई सबैभन्दा ठुलो मान्ने चलन यहाँ छ,’ उनले भने, ‘रातभर आगो बालेर जाग्राम बस्ने चलन छ। मिठा परिकार पनि खाने चलन छ। तरुल, पिँडालु, सखरखण्डलगायत कन्दमूलका साथै लाउन, बाबर, माणा, निसौसे, रोटलगायतका डोटेली खानाका परिकार खाने चलन छ।’ डा. जोशीका अनुसार डोटेली लोकसंस्कृतिमा लोक कथा, दन्त्य कथा र बातै सुन्ने तथा सुनाउने पर्वको रुपमा पनि पुसे पन्ध्र पर्वलाई लिने गरिन्छ। ‘यो पर्वमा कतै १५ हात लामो काठ जलाएर आगो ताप्ने परम्परा छ…

Read More

धनगढी: सुदूरपश्चिममा आजदेखि भुवा पर्व सुरु भएको छ। ऐतिहासिक महत्त्व रहेको भुवा पर्व प्रदेशको पहाडी जिल्लामा सुरु भएको हो। उक्त पर्व कैलालीको धनगढीमा पनि तीन दिनसम्म मनाइने भएको छ। धनगढीमा बाजुरेली सेवा समाजले भुवा पर्व मनाउन लागेको हो। भूवा पर्व धनगढी उपमहानगरपालिका–१ खुल्ला मञ्चमा मनाइने समाजका अध्यक्ष बजिरसिंह धामीले बताए। उनका अनुसार भुवा पर्वमा प्रदर्शनीसँगै प्रतियोगिता पनि आयोजना गरिएको छ। प्रतियोगितामा सुदूरपश्चिमका तराईका जिल्लामा बसोबास गर्दै आएका बाजुरा तथा बझाङका नागरिकहरूका विभिन्न समूहको बिचमा प्रतिस्पर्धा गरिने बताइएको छ। भुवाको ऐतिहासिकता हाल लोपोन्मुख अवस्थामा रहेको भुवा पर्वको ऐतिहासिक, सांस्कृतिक महत्त्व रहेको छ। बाजुरेली सेवा समाजका अध्यक्ष धामीका अनुसार भुवा प्राचीन संस्कृति…

Read More