Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : नेपाल नेत्रज्योति सङ्घले अमेरिकास्थित ह्याल्पिङ ह्यान्ड हेल्थ एजुकेसन सस्थाको आर्थिक सहयोगमा काठमाडौँ उपत्यकामा कार्यरत ट्राफिक प्रहरीका लागि चस्मा (सन ग्लास) हस्तान्तरण गरेको छ । कार्यक्षेत्रमा खटिने ट्राफिक प्रहरीलाई धुवाँ, धुलो तथा घामको समस्याबाट जोगाउन सङ्घले उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई दुई हजार चस्मा हस्तान्तरण गरेको हो । आज यहाँ आयोजित कार्यक्रममा सङ्घका अध्यक्ष प्रा डा.चेतराज पन्त र ह्याल्पिङ ह्यान्ड हेल्थ एजुकेसनका अध्यक्ष नारायण श्रेष्ठले संयुक्तरुपमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) पोषराज पोखरेललाई ती चस्मा हस्तान्तरण गरे । सो अवसरमा सङ्घका अध्यक्ष पन्तले बढी समय धुवाँ, धुलो र प्रत्यक्ष प्रकाशका किरणमा सेवा गर्नुपर्ने ट्राफिक प्रहरीका…

Read More

काठमाडौं : अमेरिकी दूतावासले प्रेस स्वतन्त्रता सुनिश्चित गर्नेबारे सरकार र जनताले सार्थक संवाद गर्नेछन् भन्ने आशा रहेको जनाएको छ। बुधबार दूतावासले सामाजिक सञ्जालमा यो टिप्पणी गरेको हो। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको पृष्ठभूमिमा अमेरिकी दूतावासको यो अर्थपूर्ण भनाइ आएको हो। उसले अमेरिकाका लागि प्रेस स्वतन्त्रता, जवाफदेही र पारदर्शिता मार्गदर्शक सिद्धान्तहरू रहेको जनाएको छ। ‘अझ परिपूर्ण मुलुक बन्ने दिशामा आफ्नो प्रयास जारी राख्दै गर्दा अमेरिकाका निम्ति प्रेस स्वतन्त्रता, जबाफदेही र पारदर्शिता मार्गदर्शक सिद्धान्तहरू हुन्। कठिन संघर्ष पश्चात् प्राप्त लोकतन्त्रलाई आकार दिने कार्यलाई नेपालले जारी राख्दै गर्दा सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार र…

Read More

काठमाडौं : सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता डा.दिनमणि पोखरेलविरुद्ध पेश भएको रिट निवेदन दर्ता गर्न आफ्नो प्रशासनलाई आदेश दिएको छ । न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले गृहमन्त्री र महान्यायाधिवक्ता विरुद्ध अधिवक्ता अनुपम भट्टराईले पेश गरेको रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने आदेश (दरपीठ आदेश) खारेज गरेको हो । सर्वोच्च अदालतको यो आदेशपछि अधिवक्ता भट्टराईले सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन दर्ता हुने भएको छ । यसअघि सर्वोच्च अदालत प्रशासनले निवेदन दर्ता गर्न अस्वीकार गरेको थियो । अधिवक्ता अनुपम भट्टराईले महान्यायाधिवक्ता कार्यालयबाट गृहमन्त्री रवि लामिछानेको नाममा जारी भएको पत्रको वैधतामाथि प्रश्न उठाई सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका…

Read More

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोपमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  अस्वाभाविक जीवनशैलीका साथै  आर्जनसमेत देखिएको भन्दै आयोगले बुधवार अर्को मुद्दा दायर गरेको हो । अख्तियारले पौडेलमाथि ६२ करोड रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरी सिंगापुर र अमेरिकामा समेत रकम लुकाएको दाबी अभियोगपत्रमा गरेको छ।  सुरक्षण मुद्रण केन्द्रमा भ्रष्टाचार भएको भन्दै मंगलबार मात्रै विशेष अदालतले उनलाई भ्रष्टाचारी ठहर गर्दै २ वर्ष कैद सजाय सुनाएको थियो । विशेष अदालतले उनीमाथि २५ करोड ४७ लाख बिगो असुल्नुपर्ने र त्यति नै रकम जरिवाना गर्नुपर्ने फैसला गरेको थियो…

Read More

काठमाडौं : विश्वकप खेल्न अमेरिका जान लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ । सन्दीपले बुधबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई भिसा नदिएको जानकारी गराएका छन् । अमेरिका र वेष्टइन्डिजमा हुने टी-२० विश्वकप क्रिकेटका लागि अरु नेपाली खेलाडी अमेरिका पुगिसकेका छन् । बलात्कार मुद्दामा सफाइ पाएपछि नेपाल क्रिकेट संघले उनलाई नेपाली टिममा समावेश गरेको थियो । तर अमेरिकाले भिसा नदिएपछि सन्दीप नेपालमै रोकिएका छन् ।

Read More

बैतडी । बैतडीमा एक महिलाको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका—६ पौडीकी ६८ वर्षीया बेलु बिष्टको मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए। केही दिन अघि घर नजिकै लडेकी बिष्टलाई मंगलवार असहज भएपछि उपचारका लागि पाटनस्थित एक पोलिक्लिनिकमा ल्याइएको थियो । उपचारपछि घर फर्कने क्रममा एक्कासी बेहोस भएर बाटोमा ढलेकी बिष्टको सोही ठाउँमा मृत्यु भएको प्रहरी निरीक्षक केसीले बताए। घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले बताए ।

Read More

बाजुरा :  बाजुरामा एक महिलाको हत्या भएको छ । जिल्लाको बडीमालिका नगरपालिका–६ कोर्धकी ४५ वर्षीया धौली बडुवाल मृत फेला परेकी प्रहरीले बताएको छ । कोर्ध गाउँबाट २ घण्टा टाढा रहेको बुढाकोर्ध लेकमा गाईवस्तु हेर्न गोठमा बस्दै आएकी उनलाई सोमबार विहान आफन्तले मृत अवस्थामा फेला पारेका थिए । धौलीको टाउको र अनुहारमा गम्भीर चोट देखिएको र उनी बस्ने गोठको ढोका नजिकै रगत पनि देखिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डीएसपी दिलिपकुमार गिरीले बताए । प्रारम्भिक अनुसन्धानमा कुटपीटबाट धौलीको हत्या भएको देखिएको प्रहरीले जनाएको छ । प्रहरीले ३ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । मृतक धौलीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल…

Read More

काठमाडौँ : कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा जिल्ला अदालतमा पेश गरिएको छ ।  मंगलबार पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाले बुधबार अदालतमा पेश गरेको हो ।  उनीमाथि म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाउने या के गर्ने भन्नेबारे न्यायाधीश चुडामणि खड्काको इजलासमा सुनुवाइ सकिएपछि टुंगो लाग्नेछ । अदालतले म्याद थप गरेमा उनी हिरासतमा रहनेछन् भने अस्विकार गरेमा रिहा हुनेछन् ।  दोहोरो नागरिकता प्रकरणमा उनलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय धनुषामा परेको जाहेरीको आधारमा पक्राउ गरेको हो ।

Read More

कैलाली : कैलालीमा यो वर्ष आलु उत्पादन बढेको छ। यो बर्ष ६ प्रतिशतले उत्पादन बढेको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्ष चार हजार ५१२ हेक्टर क्षेत्रफलमा आलुखेती गरिएकामा ६७ हजार ७६० मेट्रिक टन आलु उत्पादन भएको केन्द्रका सूचना अधिकारी श्यामराज जोशीले बताए । उनका अनुसार यो वर्ष चार हजार ५८० हेक्टर क्षेत्रफलमा आलुखेती गरिएकामा ७२ हजार १३० मेट्रिक टन  उत्पादन भएको छ। गत वर्षको तुलनामा यो वर्ष चार हजार ३७० मेट्रिक टन बढी आलु उत्पादन भएको तथा ६८ हेक्टर क्षेत्रफल वृद्धि भएको उनले जानकारी दिए। उनले यो वर्ष थोरै क्षेत्रफल पनि बढेको , आलु उत्पादनमा मौसमले पनि प्रभाव पारेको र…

Read More

काठमाडौं : नेपाली भूमिमा हिँड्न मिल्ने बाटो नहुँदा सुदूरपश्चिम प्रदेशको दार्चुलाको व्यास गाउँपालिकास्थित वडा नम्बर १ मा पर्ने छाङरु र टिंकर पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहँदै आएको छ। दुई वटा छिमेकी देश भारत र चीनसँग सीमा जोडिएका नेपालका दुई गाउँ पुग्ने गोरेटो बाटो विग्रिएको एक दशक हुनलाग्दा पनि मानिस हिँड्न मिल्नेगरि मर्मत हुन सकेको छैन। पालिका केन्द्रबाट वडा नम्बर १ अर्थात् छाङरु र टिंकर जान स्थानीयले भारतको बाटो प्रयोग गर्दै आएका छन्।  छाङरु र टिंकर करिव तीन किलोमिटर वरपर छन्। तर, पालिका केन्द्रबाट छाङरु र टिंकरसम्मको दूरी करिव ४० किलोमिटर रहेको पालिकाका सूचना प्रविधि अधिकृत शिवराज बडूले बताए…

Read More