Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेतक/सचेतकबीचको छलफल सुरु भएको छ । सभामुखले आजै यसअघि विपक्षी दलका प्रमुख सचेतक/सचेतकसँग छलफल गरेका थिए । “विपक्षी दलका प्रमुख सचेतक/सचेतकसँगको छलफलपछि सभामुखले अहिले सबै दलका प्रमुख सचेतकसँग छलफल गरिरहनुभएको छ,” सभामुखको सचिवालयले भन्यो । सभामुख र दलका सचेतकहरू छलफल गरिरहेकाले बिहान ११ बजेका निम्ति बोलाइएको संसद बैठक बस्न ढिलाइ भएको छ ।

Read More

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संसद्मा विकसित भइरहेका घटनाक्रमहरू सुखद नरहेको बताएका छन्। मंगलवार धनुषामा समाजवादी प्रेस संगठन नेपालको पत्रकार सम्मेलनका क्रममा बोल्दै उनले सत्ता सहकार्यलाई अघि बढाउने कुरामा सबै सत्ता घटक सदस्यहरूमा विश्वास, सहयोग र समझदारी बनाएर अघि बढ्ने आफूहरूको काम हुने बताए। उनले संसद्को​ गतिरोध हटाउने कुरामा वार्ता र संवादको माध्यमबाट अघि बढ्नुपर्ने बताए। अध्यक्ष नेपालले कुनै पनि पार्टीहरू नफुटुन् भन्ने आफूहरूको चाहना रहेको बताए।

Read More

कञ्चनपुरः जुवातास मुद्दामा फरार रहेका कञ्चनपुरका २ जना पक्राउ परेका छन्। जुवातास मुद्दामा २७५ जरिवाना ठहर भएका बेदकोट नगरपालिका–३ का ३० वर्षीय मोहन खड्का र १७५ जरिवाना ठहर भएका सोही ठाउँ बस्ने ४२ वर्षीय तारा दत्त जोशी पक्राउ परेका हुन्।  जिल्ला अदालत कञ्चनपुरको फैसलाले जुवातास मुद्दामा जरिवाना ठहर गरेपछि फरार रहेका दुबै जनालाई सोमवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। 

Read More

काठमाडौं : काठमाडौंको थलीमा एक जना पुरुषको शव फेला परेको छ । अन्दाजी ३५ वर्षीय पुरुषको शव पहिचान नभएको प्रहरीले जनाएको छ । थलीको उकालोमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुग्दा कालो कपडाले मुख छोपेको र रगत बगिरहेको देखिएको छ । घटनास्थलमा ब्लेडसमेत फेला परेको छ । शंकास्पद अवस्थामा शव फेला परेको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । घटनास्थलमा प्रहरी टोली पुगेर मुचुल्का उठाउने लगायतका काम गरिरहेको छ ।

Read More

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।  प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउने, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने सम्भावित कार्यसूची छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्ने, सभामुख घिमिरेले राष्ट्रपतिबाट संसद्को दुवै सदनको संयुक्त बैठकलाई जेठ १ गते गरेको सम्बोधनका लागि धन्यवाद ज्ञापन गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण…

Read More

काठमाडौं : प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले हालै पदोन्नति भएका ९ जना प्राविधिक प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक कुँवरले उनीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् । नेपाल सरकार उपप्रधानमन्त्री एवम् गृहमन्त्रीस्तरको २०८१ जेठ ६ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी उपरीक्षकबाट प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक पदमा १ जना तथा नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८१ जेठ ६ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षक पदमा ९ जना गरी जम्मा १० जना प्रहरी अधिकृतहरू पदोन्नति भएका छन् । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक…

Read More

काठमाडौं : भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित आठ जना रहेका कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । उनले भने, “पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरी गर्दै गर्दा (सिसि क्यामेरामा हेर्दा) कोषका कर्मचारी परियारसहित आठ जनालाई पक्राउ गरी छानबिनका लागि अहिले प्रहरी वृत्त गौशाला पठाइएको छ ।” परियार पशुपतिमा बाजा बजोउने कर्मचारी रहेको र पक्राउ परेका उनले कोषकै केही पदाधिकारीले भेटी चोरी गर्न लगाएको बयान दिएको प्रवक्ता अधिकारीले बताए ।

Read More

धनगढी : कैलालीमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । सोमबार दिउँसो हावाहुरी, असिना पानी र चट्याङ पर्दा घोडाघोडी नगरपालिका-९ की १५ वर्षिया बालिका ममता बिकको मृत्यु भएको हो । कालिका माध्यामिक विद्यालयको कक्षा ८ मा अध्ययरत ममता स्थानिय पसलबाट नुन लिएर घर जदैगर्दा चट्याङ लागेको थियो ।

Read More

काठमाडौं : दुई व्यक्तिको हत्यासँगै श्रृंखलाबद्ध चोरी, डकैतीमा संलग्न रहेको आरोप लागेका एक व्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । सखुवा प्रसौनाी गाउँपालिका–५, बलुवाका ७२ वर्षीय प्रेम गिरीलाई प्रहरीले आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, पर्साका एसपी कुमोध ढुंगेलले बताए । उनका अनुसार, गिरी २२ असोज २०६५ मा जिल्ला प्रशासन कार्यालयका पर्साका तत्कालीन शाखा अधिकृत मोहनप्रसाद मैनालीको गोली हानी भएको हत्यामा संलग्न थिए । त्यस्तै, १२ भदौ २०५७ मा मध्यराति पर्साको तत्कालीन विन्दवासिनी गाविस–४ बस्ने ३० वर्षीय देवेन्द्र यादवको घरमा भएको डकैतीमा पनि उनी संलग्न थिए । त्यसक्रममा उनीसहितको समूहले गोली हानेर देवेन्द्रप्रसाद यादवको हत्या गरेको थियो । १९ फागुन…

Read More

धनगढी: धनगढीकी लेडी डा. प्रसन्ना शाहको आत्महत्या दुरुत्साहन मुद्दामा जेल गएका डाक्टर जेलमुक्त भएका छन्। डाक्टर सन्दीप भट्टराई हिजो (आइतबार) जेलमुक्त भएका हुन्। कैलालीका जेलर दिपक पाण्डेले भट्टराई कैद भुक्तान सकेर हिजो रिहा भएको महेन्द्रनगरपोष्टलाई जानकारी दिए। उनका अनुसार उनले अदालतले तोकेको कैद भुक्तान गरेपछि छुटेका हुन्। भट्टराईलाई जिल्ला र उच्च अदालतको आदेशले कारागार चलान गरिएको थियो। गत वर्षको जेठ ४ गते धनगढीमा डा. प्रसन्ना मृत भेटिएको घटनामा उनका प्रेमी भनिएका भट्टराईलाई कारागार चलान गरिएकाे थियो। धनगढीको मायामेट्रो अस्पतालमा कार्यरत २६ वर्षीया डा. प्रसन्ना आफ्नै घरकाे काेठामा मृत भेटिएकी थिइन्। त्यसपछि प्रेमी भनिएका भट्टराई र अर्का एकजना पूर्व प्रेमीविरुद्ध आत्महत्या…

Read More