धनगढी: कैलालीमा विद्युत प्राधिकरणका कर्मचारीमाथि कार्यस्थलमै खुकुरी प्रहार गर्ने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोदावरी नगरपालिका–१, गेटाका २० वर्षीय मार्टेन भनिने प्रविन शाही रहेका छन्। शाहीले २२ फागुनमा नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रअन्तर्गत अत्तरिया शाखामा कार्यरत सुन्दरलाल चौधरीमाथि खुकुरी प्रहार गरेका थिए। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार शाहीलाई सोमबार गोदावरी नगरपालिकाको गेटा क्षेत्रबाट पक्राउ गरिएको हो। उनलाई अहिले इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा राखिएको छ। प्रहरीका अनुसार चौधरीमाथि कार्यालय परिसरमै आक्रमण भएको थियो। खुकुरी प्रहारबाट गम्भीर घाइते भएका चौधरीको हाल काठमाडौँको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। चौधरी नेपाल विद्युत प्राधिकरणमा फोरम्यानका…
Author: महेन्द्रनगर पोष्ट
धनगढी । कञ्चनपुरमा टेलर गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । कञ्चनपुरमा टेलर गाडीको ठक्करबाट सुन्दरको मृत्यु धनगढी: कञ्चनपुरमा टेलर गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ। सोमबार दिउँसो पुनर्वास नगरपालिका–९ “ख” गाँउको खाती चोकमा सुपप्र०२– ००१ क ५९२ नम्बरको टेलर गाडीले ठक्कर दिदा बैतडीको शिवनाथ गाउँपालिका–५ सरमाईलीका ४० वर्षीय सुन्दर सिंह साउदको मृत्यु भएको प्रहरीले जनाएको छ। पुनर्वासमा दाजुको घरमा बस्दै आएको उनको घटनास्थलमै मृत्यु भएको थियो। टेलर गाडी र चालक भिमदत्त नगरपालिका–११ भुजेला बस्न ३८ वर्षीय पिताम्बर कलौनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कञ्चनपुर: सशस्त्र प्रहरी बल, नेपाल नं. ३५ गण हेक्वा शैलेश्वरी कञ्चनपुरले भन्सार छली अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको करिब ५ लाख २० हजार ९४० रुपैयाँ बराबरको विभिन्न सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बलका मातहत कार्यालयहरूबाट खटिएको टोलीले भारतबाट चोरीपैठारी गरी नेपाल भित्र्याइएका कपडा, किराना सामान, तरकारी तथा २ वटा खसी नियन्त्रणमा लिएर कञ्चनपुर भन्सार कार्यालयमा बुझाएको छ। एसपी लोकेन्द्र भट्टका अनुसार नेपाल-भारत सीमावर्ती क्षेत्रमा अवैध तस्करी रोक्न सुरक्षाकर्मीले नियमित गस्ती गर्दै आएका छन्। यसअघि पनि कञ्चनपुरमा ठूलो परिमाणको अवैध सामान बरामद गरिसकिएको छ। सशस्त्र प्रहरीले सीमाक्षेत्रमा निगरानी थप कडा पार्ने जनाएको छ।
धनगढी: डडेल्धुराको शीर्ष साना किसान कृषि सहकारी संस्था लिमिटेडमा रकम चोरी भएको एक वर्षपछि प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सहकारीका अध्यक्ष बिरेन्द्र बिष्ट, प्रबन्धक हरिशप्रसाद भट्ट, सहायक प्रबन्धक सुमित्रा भट्ट लगायत अन्य सहकारीसँग आबद्ध व्यक्तिहरू पनि रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार प्रारम्भिक अनुसन्धानको क्रममा चोरीमा उनीहरू संलग्नता देखिएकोले थप अनुसन्धान जारी छ। गत चैत २३ मा परशुराम नगरपालिका–४ कटालस्थित उक्त सहकारीको कार्यालयबाट ११ लाख १३ हजार चोरी भएको थियो। कार्यालयको पछाडिको ढोका खोलेर नगद राखिएको लकर फुटाइ रकम चोरी भएको थियो।सीसीटीभी फुटेजको आधारमा अनुसन्धान जारी राखिएको थियो।
धनगढी: पटक-पटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएको निर्देशन कार्यान्वयन गर्ने विषयमा पहिलो पटक सुदूरपश्चिम प्रदेशमा माओवादी संसदीय दलभित्र हिजो छलफल भयो। गत वर्ष माघ १२ गते खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई संसदीय दलको नेता बनाइएपछि माओवादी संसदीय दल दुई पक्षमा विभाजित थियो। त्यसयता, एक पक्षले निरन्तर बैठक बहिष्कार गर्दै आएको थियो। अहिले संसदीय दलमा समर्थन बराबरी (५-५ सांसद) भएपछि नेतृत्व परिवर्तनको विषय झन् पेचिलो बनेको छ। आइतबार धनगढीमा माओवादीका सबै सांसदहरू छलफलका लागि बसेका थिए। तर, सांसद रमेश धामी भने अनुपस्थित रहे। छलफलका क्रममा अध्यक्ष प्रचण्डको निर्देशन कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति भए पनि संसदीय दलको नेतृत्व र…
धनगढी: नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सम्मेलन धनगढीमा सुरू भएको छ। पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरेको उक्त सम्मेलनमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, डा. शशांक कोइराला, कृष्ण सिटौला, गोपालमान श्रेष्ठ, वीरबहादुर बलायर, डिना उपाध्यायलगायतका शीर्ष नेताहरूको उपस्थिति रहेको छ। तर, सभापति पदका दाबेदार शेखर कोइराला भने सम्मेलनमा अनुपस्थित छन्। १४औं महाधिवेशनमा सभापति पदका प्रत्याशी रहेका कोइराला आगामी महाधिवेशनका लागि पनि तयारी गर्दैछन्। तर, पछिल्लो समय पार्टीका विभिन्न भेला र सम्मेलनप्रति उनी असन्तुष्ट देखिएका छन्। यसअघि पोखरा र लुम्बिनीमा आयोजित प्रशिक्षण कार्यक्रममा पनि उनी नगएका थिए। सुदूरपश्चिम सम्मेलनका लागि उनलाई औपचारिक आमन्त्रण गरिएको भए पनि सहभागी नभएको प्रदेश महामन्त्री मेघराज…
काठमाडौं: इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी अनिल ठकुरी ५ महिना नपुग्दै विवादित बनेका छन्। उनीमाथि लागुऔषध ओसारपसार, जुवा संरक्षण, अवैध लेनदेन र ढुंगा–बालुवा व्यवसायीसँग मासिक रकम असूली गरेको आरोप लागेको छ। तुलसीपुर पछिल्लो समय लागुऔषधको ट्रान्जिट बन्दै गएको छ। रुकुम र जाजरकोटबाट आउने गाँजा, चरेस र अफिम भारतसम्म निर्यात हुने गरेको छ। तर, डीएसपी ठकुरी आएपछि यहाँ लागुऔषध कारोबारी वा भरिया पक्राउ नपरेको प्रहरी स्रोत बताउँछ। यस्तै तुलसीपुरमा दशैँ–तिहारको समयमा नियमित रूपमा जुवा खेलाइने गरेको थियो। प्रहरी स्रोतका अनुसार, डीएसपी ठकुरीले जुवा खेलाउनेहरूसँग मिलेमतो गरेर पैसा लिने तर अन्तिम समयमा जुवा रोक्ने गरेका थिए। फागुन १ देखि सुरु भएको…
काठमाडौं: प्रहरी निरीक्षक(इन्सपेक्टर)गोविन्दपसाद साहले अनियमितता गर्ने गरेरको र घुस माग्ने गरेको विषय सार्वजनिक भएको छ। सिरहा गोलबजारका उनले व्यवसायी एवम् सर्वसाधारणसँग विभिन्न वहानामा रकम असुली गर्ने गरेको खुलेको हो। साहले हालै लहानका एक युवकसँग ३५ हजार नगद र उनको आइफोन १४ लिएको आरोप लागेको छ। २०८१ माघ २९ गते लहान नगरपालिकाका पंकज साह भन्ने युवाबाट ५० हजार रुपैंयाँ घुस माग गरेको समेत खबर सार्वजनिक भएको छ। प्रहरी निरीक्षक साहले पंकजलाई फोन गरेर इलाका प्रहरी कार्यालय गोलबजजारमा बोलाएर विना कारण थुनेको आरोप समेत लागेको छ। एक युवतीको तस्विर बिना अनुमति टिकटकमा अपलोड गरेको कारण ती युवतीले पंकजविरुद्ध ठाडो निवेदन दिएको तर…
धनगढी: नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवा पुनः प्रधानमन्त्री बन्नु कुनै नौलो कुरा नभएको बताएका छन्। कैलालीको धनगढीमा भइरहेको काँग्रेसको प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन्। ‘आदरणीय सभापति पाँच पटक बनिसक्नुभएको छ,’ उनले भने, ‘छैठौ पटक बन्ने कुरा ठुलो होइन। उहाँले केपी ओलीलाई, प्रचण्डलाई प्रधानमन्त्री बनाएको हामीले देखिसकेका छौं। राष्ट्रपति बनाएको पनि देखेका छौं। हुनसक्छ काँग्रेसका कसै अरुलाई पनि प्रधानमन्त्री बनाएको पनि देख्न सक्छौं।’ राजाको शासनको समयमा बोल्नसमेत नपाइएको स्मरण गर्दै महामन्त्री शर्माले त्यो व्यवस्थाप्रति कसैको पनि चासो नरहेको दाबी गरे। ‘राजाको शासनले मुख बन्द ग¥यो, लेख्न दिएन,’ उनले भने, ‘त्यो शासनले थुप्रैलाई फाँसीमा चढायो।…
धनगढी: अछाममा माटोको ढिस्कोमा पुरिएर दुई महिलाको मृत्यु भएको छ। जिल्लाको मंगलसेन नगरपालिका–८ ओलिगाउ सुतुडाकी दुई महिलाको घटनास्थलमै मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इश्वरीप्रसाद भण्डारीले २७ वर्षीय देउरुपा बोहरा र २३ बिनिता बोहराको माटो खन्ने क्रममा पुरिएर मृत्यु भएको जानकारी दिए। डीएसपी भण्डारीका अनुसार मृतक दुबै देउरानी–जेठानी हुन्। अछामसहित सुदूरपश्चिमका पहाडी जिल्लामा चैते दसौंको समयममा घरमा माटोले पोत्ने चलन छ।