Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: सिरहामा गाडीको ठक्करबाट सशस्त्र प्रहरीका सईको मृत्यु भएको छ। जिल्लाको बरियारपट्टी गाउँपालिका– १ मा ड्युटीमै रहेका बेला आज बिहान करिब ३ बजे सई लक्ष्मणप्रसाद यादवको मृत्यु भएको हो। उनलाई नम्बर खुल्न नसकेको चारपाङ्ग्रे गाडीले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। ठक्कर दिएर गाडी भारततर्फ भागेकाले नम्बर खुल्न सकेको छैन। मृतक यादव बीओपी बरहरीमा कार्यरत थिए। तीव्र गतिमा आएको गाडी सई यादवले रोक्न खोजेपछि उनैलाई ठक्कर दिएर भागेको र उनको घटनास्थलमै मृत्यु भएको हो।

Read More

काठमाडौं: नेपाल प्रहरीकी एआइजी किरण बज्राचार्यको अवकाश मितिमा त्रुटि भएपछि सच्च्याइएको छ। प्रहरी किताबखानाले अवकाश मितिमा त्रुटि गरेकोमा सच्च्याइएको हो। नेपाली र अङ्ग्रेजी मितिलाई रुपान्तरण गर्दा समस्या देखिएकाले अहिले त्रुटि सच्च्याइएको बज्राचार्यले जानकारी दिइन्। यस अगाडि उनलाई किताबखानाको मितिमा त्रुटि देखिएर एक महिनाअघि नै अवकाश दिन लागिएको थियो।किताबखानाले उनलाई १६ पुसमा अवकाश हुनुपर्नेमा मंसिरमै अवकाश हुने पत्र दिएको थियो। तर सो त्रुटि पछि सच्च्याइएको छ। उनको जन्म मिति ३१ डिसेम्बर हुनुपर्नेमा १ डिसेम्बर भनेर गलत विवरण परेकाले त्रुटि भएको थियो। बज्राचार्य हाल उपत्यका प्रहरी कार्यालयको प्रमुख छिन्। यसअघि उनी सिआइबी प्रमुख थिइन्। यस्तै उनीसँगै अबको एक महिनाभित्र नेपाल प्रहरीका तीन…

Read More

कञ्चनपुरः वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीलाई जिल्लाको मझगाउँ विमानस्थल पुनःनिर्माणको काम अगाडि बढाउन माग गर्दै शुक्रवार ध्यानाकर्षणपत्र बुझाइएको छ। विमानस्थल पुनःसञ्चालन समिति कञ्चनपुरका पदाधिकारीले उनलाई ध्यानाकर्षणपत्र बुझाएका हुन्। वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)का लागि वन तथा वातावरण मन्त्रालयले सहमति नदिँदा विमानस्थल पुनःनिर्माणमा ढिलाइ भरहेको भन्दै सो कार्य तत्काल अगाडि बढाउन आग्रह गरिएको कञ्चनपुर होटल व्यवसायी सङ्घका पूर्वअध्यक्ष परमानन्द भण्डारीले जानकारी दिए।  ध्यानाकर्षणपत्र बुझ्दै मन्त्री ठकुरीले निर्माण कार्यमा देखिएका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए। यसअघि उनले विमानस्थलको पुनःनिर्माण भइरहेको धावनमार्ग, एप्रोन, कार पार्किङ, नालासहितको कामको अनुगमनसमेत गरेका थिए। विसं २०२४ मा निर्माण भई विसं २०५६ सम्म विमानस्थल सञ्चालनमा रहेको थियो।…

Read More

काठमाडौं : सशस्त्र प्रहरी बलमा एक अतिरिक्त महानिरीक्षक (एआईजी) र एकजना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहितको दरबन्दी थप्ने प्रस्ताव गरिएको छ। सशस्त्र प्रहरीमा दरबन्दी थप्न सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) गर्न प्रस्ताव गरिएको हो। सशस्त्र प्रहरी बल प्रधान कार्यालयको प्रस्ताव गृह मन्त्रालयले राय सहमति लिन अर्थ मन्त्रालयमा पठाएको हो। सशस्त्रमा हाल ३७ हजारभन्दा बढी दरबन्दी छ। अर्थ मन्त्रालयको सहमति आएमा गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीको नेतृत्वको समितिले ओएण्डएम गरेर स्वीकृतिका लागी मन्त्रिपरिषद्मा पठाउनुपर्ने कानुनी व्यवस्था छ। सशस्त्र प्रहरीले करिब ६ हजार नयाँ दरबन्दी थप्नेगरी आन्तरिक गृहकार्य गरिरहेको छ। नयाँ दरबन्दी थप भएमा सिमानामा बोर्डर आउट पोस्ट (बिओपी) थप्न सकिने…

Read More

धनगढी: वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले बाजुरामा रहेको सुदूरपश्चिमको प्रमुख धार्मिक पर्यटकीय क्षेत्र बडिमालिकालाई संरक्षित क्षेत्र बनाइने बताएका छन्। आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले आगामी वर्षको कार्यक्रममा बडिमालिकालाई संरक्षित क्षेत्र बनाउने योजना रहेको बताए। यस्तै उनले कतिपय धार्मिक पर्यटकीय स्थल संरक्षणको अभावले मानव अतिक्रमणको चपेटामा परिरहेको उल्लेख गर्दै त्यस्ता क्षेत्रको पहिचान गरेर संरक्षित क्षेत्रको रुपमा संरक्षण गर्ने सरकारको तयारी रहेको जानकारी दिए। संरक्षित क्षेत्र बनाउन बडिमालिकालगायत केही अरु ठाउँको बारेमा पनि प्रारम्भीक अध्ययन भइरहेको उनले बताए।  फरक प्रसङ्गमा उनले वर्तमान सरकार २०८४ सम्मै जाने दावी गरे। उनले नेपाली काँग्रेस र नेकपा एमालेबीच भएको सहमतिअनुसार सरकारको नेतृत्व सुरुका दुई…

Read More

धनगढी: नेपाली कांग्रेसका सभापति, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी (परराष्ट्र मन्त्रीसमेत) आरजू राणा देउवाको धनगढीस्थित निवास अगाडि बम राखेको आरोपमा एक युवकलाई पक्राउ गरिएको छ। राणाको धनगढी उपमहानगरपालिका–४ बसपार्क नजिकैको घर अगाडि बम राखेको आरोपमा गौरीगंगा नगरपालिकाका दानबहादुर धामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका नेकपा (बहुमत) का एक नेताले देउवाको निवास अगाडि धामीलाई बम राख्न लगाएको बयान दिएपछि शुक्रबार पक्राउ गरिएको हो। उनी नेकपा(बहुमत) निकट भएको प्रहरीको भनाई छ तर अहिले उनी आफूलाई विप्लव निकट भएको दाबी गरिरहेको प्रहरी स्रोत बताउँछ। गत भदौमा देउवाको निवास अगाडि अज्ञात समूहले विस्फोटक वस्तु राखेको थियो।…

Read More

डडेल्धुराः डडेल्धुरामा जिप दुर्घटनामा परेर घाइते भएका एक जनाको मृत्यु भएको छ। जिल्लाको परशुराम नगरपालिका–११ सल्लेताका अन्दाजी ३० वर्षीय डम्मर धामीको मृत्यु भएको प्रहरीले जनाएको छ। मंसिर ४ गते परशुराम नगरपालिका–९ स्थित दैजी–जोगबुढा सडकखण्डको लिप्नामा लु १ ज ४५७९ नम्बरको जिप दुर्घटना भएको थियो। उक्त दुर्घटनामा ९ जना घाइते भएका थिए भने दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो। सोहि दुर्घटनामा परी गम्भीर घाइते भएका धामीको शुक्रबार उपचारका क्रममा धनगढीमा मृत्यु भएको हो।

Read More

काठमाडौं: नेपाल प्रहरीका १५५ जना प्रहरी सहायक निरीक्षक (असई) प्रहरी नायव निरीक्षक (सई) मा बढ़ुवा र पदस्थापन भएका छन्। प्रहरी महानिरीक्षकको मंगलबारको निर्णय अनुसार, जनपदतर्फका १५५ जना असईलाई सई पदमा बढुवा गरिएको हो। साथै उनहरुलाई तोकिएका दरबन्दीमा पदस्थापन गरिएको छ। यस्तै नेपाल प्रहरीका ३२ जना प्रहरी नायब निरीक्षक वरिष्ठ नायब निरीक्षकमा बढुवा भएका छन्। प्रहरी महानिरीक्षकको मंगलबारको निर्णयानुसार जनपद तर्फका ३२ जना सईलाई वरिष्ठ सईमा बढ़ुवा गरिएको हो। साथै उनीहरुको पदस्थापन समेत भएको छ। यस्तै नेपाल प्रहरीका ३१७ प्रहरी वरिष्ठ नायब निरीक्षकहरू (वरिष्ठ सई) को सरुवा भएको छ। शुक्रबारको प्रहरी अतिरिक्त महानिरीक्षकको निर्णयअनुसार वरिष्ठ सईहरुको सरुवा गरिएको हो। प्रचलित नियमअनुरूप…

Read More

धनगढी: कैलालीमा ट्रक दुर्घटना भएको छ। शनिबार बिहान पौने ५ बजे कैलालीको चुरे गाउँपालिका-५ भासु भिरबाट सु.प्र ००१ ख २५७६ नम्बरको मिनी ट्रक खसेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ट्रक भीरबाट करिब ७ सय मिटर तल खसेको अवस्थामा फेला परेको छ। ट्रक डडेलधुराबाट धनगढी आउन लागेको थियो। प्रहरीले ट्रक पूर्ण रुपमा क्षति भएको र मानवीय क्षति भने नभएको जनाएको छ। यसबारे थप विवरण आउन बाकी रहेको प्रहरीले बताएको छ।

Read More

धनगढी: डडेल्धुराको परशुराम नगरपालिकाको स्वास्थ्य केन्द्रमा कार्यरत अहेवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। उनले शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली बनाएको भन्दै मुद्दा दायर गरिएको हो। अहेव रमेश बोहराले विसं २०७७ साल भदौ ११ गतेदेखि हालसम्म नक्कली प्रमाणपत्र बुझाएर पदको लाभ लिएको अनुसन्धानबाट खुलेको छ। सोही आरोपमा अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालयले विशेष अदालतमा भ्रष्टाचार सम्बन्धि मुद्दा दायर गरेको हो। उनीमाथि भ्रष्टाचार निवारण ऐनको दफा १६ को उपदफा १ बमोजिमको कसुरमा शुक्रबार विशेष अदालत काठमाण्डौमा आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता नरहरी घिमिरेले जानकारी दिए। बोहराले कम्युनिटि मेडिसिन असिस्टेन्ट तहको झुटा तथा नक्कली प्रमाणपत्र पेस गरेको खुलेको हो। बोहरा परशुराम नगरपालिका वडा नं…

Read More