Author: महेन्द्रनगर पोष्ट

डोटीः भिरबाट लडेर डोटीमा एक महिलाको मृत्यु भएको छ। जिल्लाको जोरायल गाउँपालिका–३ पातलमा घाँस काट्ने क्रममा भिरबाट लडेर ३९ वर्षीया भूमिसरा खड्काको सोमबार बिहान घटनास्थलमै मृत्यु हो। उनी बिहान घरनजिकैको जंगलमा घाँस काट्न गएकी थिइन्। घाँस काट्ने क्रममा तल खोलामा खसेकी थिइन्। भिरबाट खसे लगत्तै उनको मृत्यु भएको वडाअध्यक्ष नवीन ओझाले बताए। मृतकका श्रीमान, दुई छोरा र दुई छोरी छन्।

Read More

धनगढी: आज पुस १५, सुदूरपश्चिम प्रदेशमा पुसे पन्ध्र पर्व मनाइँदै छ। सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीका अनुसार पुसे पन्ध्र पर्व सुदूरपश्चिम प्रदेशको मौलिक पर्व हो।  ‘आजको रातलाई सबैभन्दा ठुलो मान्ने चलन यहाँ छ,’ उनले भने, ‘रातभर आगो बालेर जाग्राम बस्ने चलन छ। मिठा परिकार पनि खाने चलन छ। तरुल, पिँडालु, सखरखण्डलगायत कन्दमूलका साथै लाउन, बाबर, माणा, निसौसे, रोटलगायतका डोटेली खानाका परिकार खाने चलन छ।’ डा. जोशीका अनुसार डोटेली लोकसंस्कृतिमा लोक कथा, दन्त्य कथा र बातै सुन्ने तथा सुनाउने पर्वको रुपमा पनि पुसे पन्ध्र पर्वलाई लिने गरिन्छ। ‘यो पर्वमा कतै १५ हात लामो काठ जलाएर आगो ताप्ने परम्परा छ…

Read More

धनगढी: सुदूरपश्चिममा आजदेखि भुवा पर्व सुरु भएको छ। ऐतिहासिक महत्त्व रहेको भुवा पर्व प्रदेशको पहाडी जिल्लामा सुरु भएको हो। उक्त पर्व कैलालीको धनगढीमा पनि तीन दिनसम्म मनाइने भएको छ। धनगढीमा बाजुरेली सेवा समाजले भुवा पर्व मनाउन लागेको हो। भूवा पर्व धनगढी उपमहानगरपालिका–१ खुल्ला मञ्चमा मनाइने समाजका अध्यक्ष बजिरसिंह धामीले बताए। उनका अनुसार भुवा पर्वमा प्रदर्शनीसँगै प्रतियोगिता पनि आयोजना गरिएको छ। प्रतियोगितामा सुदूरपश्चिमका तराईका जिल्लामा बसोबास गर्दै आएका बाजुरा तथा बझाङका नागरिकहरूका विभिन्न समूहको बिचमा प्रतिस्पर्धा गरिने बताइएको छ। भुवाको ऐतिहासिकता हाल लोपोन्मुख अवस्थामा रहेको भुवा पर्वको ऐतिहासिक, सांस्कृतिक महत्त्व रहेको छ। बाजुरेली सेवा समाजका अध्यक्ष धामीका अनुसार भुवा प्राचीन संस्कृति…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक गणेश चन्दले आइतबार (हिजो) जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढी लगायत कैलाली मातहत ट्राफिक तथा अन्य कार्यालयको निरीक्षण भ्रमण सम्पन्न गरेका छन्। यस अगाडि उनले पहाडी जिल्लाको अनुगमन गरेका थिए। त्यसपछि हिजो भ्रमणको क्रममा उनले कैलालीका कार्यालय भवन, ब्यारेक, क्वाटर गार्ड, मेस, हिरासत कक्षलगायत संरचनाहरूको निरीक्षण गर्नुका साथै त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरूसँग प्रत्यक्ष संवाद गरे। जसक्रममा जिल्ला प्रहरी कार्यालय कैलालीमा आयोजित कार्यक्रममा प्रमुख चन्दले अपराध अनुसन्धान तथा नियन्त्रण कार्यमा कुनै पनि प्रकारको प्रभावमा नपरी व्यावसायिक निष्ठाका साथ कार्य गर्न निर्देशन दिएका थिए। यस्तै चन्दले सिमावर्ती अपराध र तस्करी…

Read More

काठमाडौं: बारामा नेपाल प्रहरीका कार्यालय सहयोगीको गोली हानी हत्या गरेको आरोपमा ३ जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय, सिमरामा दरबन्दी भई हाल विमानस्थल सुरक्षा गार्ड सिमरामा कार्यरत प्रहरी कार्यालय सहयोगी राजकुमार रुम्बाको हत्या भएको हो।  उनको शव पुस ६ गते कारभित्र फेला परेको थियो। बाराको जितपुरसिमरा उपमहानगरपालिका–११, बकुलियाबाट रमौली लोसन्डा जाने सडकखण्डमा बागमती प्रदेश ०१–०२८ च ७६१६ नम्बरको विद्युतीय कारभित्र रुम्बाको शव फेला परेको थियो। चालक बस्ने सिटमा शव रहेको सूचना पाएपछि प्रहरीले अनुसन्धान गर्दा उक्त शव जितपुरसिमरा उपमहानगरपालिका–१ घर भई प्रहरीमै कार्यरत व्यक्तिको रहेको खुलेको थियो। शव पोस्टमार्टमका क्रममा टाउकोमा गोली फेला परेको थियो। उक्त कार राष्ट्रिय अनुसन्धान विभागका अधिकृत (इन्सपेक्टर)…

Read More

काठमाडौं: नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) मा उमेर हद लगाउनुपर्ने प्रस्तावको पक्षमा बहुमत देखिएको छ। अखिल क्रान्तिकारीमा उमेर हद लागू गर्ने कि नगर्ने भनेर शनिबार गरिएको मतदानमा उमेर हद लगाउनुपर्ने पक्ष विजय भएको निर्वाचन समितिले जनाएको छ। आइतबार राति सार्वजनिक नतिजाअनुसार, १ हजार ७८९ मत खसेकामा ९०० मत ३२ वर्षको उमेरहद लगाउने पक्षमा परेको छ। उमेर हद नलगाउने पक्षमा ९७९ मत परेको छ। २१ मतको अन्तरले उमेर हद लगाउने प्रस्तावको जित भएको निर्वाचन समितिले जनाएको छ। १० मत बदर भएका छन्। कुल मतदाता भने २ हजार ३९८ थिए। निर्वाचन समितिले दोसो चरणको केन्द्रीय समितिको पदाधिकारी. केन्द्रीय सदस्य तथा आयोगका पदाधिकारीहरूको निर्वाचन…

Read More

काठमाडौँ: प्रहरी प्रधान कार्यालयले केही डीएसपी र इन्स्पेक्टरहरूको काज सरुवा गरेको छ। उपत्यकाका केही प्रमुख वृत्तका नेतृत्व फेरिएसँगै अन्य इलाका प्रहरी कार्यालयहरूमा पनि अधिकृतहरूको जिम्मेवारी हेरफेर गरिएको छ। स्रोतका अनुसार मालदार एक आकर्षक पोष्टिङ मानिने सोह्रखुट्टे वृत्तमा सिआइबीमा कार्यरत डीएसपी जागेश्वर भण्डारीलाई सरुवा गरिएको छ। उनी नेपाली काङ्ग्रेसका नेताको सिफारिसमा त्यहाँ पुगेको बताइन्छ। सोह्रखुट्टे क्षेत्रमा क्लब तथा रात्री व्यवसायको हब भएकाले प्रहरीले आकर्षक पोष्टिङ मान्ने गरेका छन्। यसअघि सोह्रखुट्टे वृत्तमा डीएसपी सत्यनारायण थापा कार्यरत थिए, जसको एक वर्षे अवधि पूरा भएको थियो। त्यस्तै, सिंहदरबार वृत्तमा डीएसपी वेद बहादुर पौडेललाई खटाइएको छ, जहाँ यसअघि डीएसपी चक्रबहादुर शाह कार्यरत थिए। अन्य स्थानमा…

Read More

धनगढी: दुर्घटनामा मृत्यु भएका जनस्वास्थ्य निरीक्षक धर्मराज खत्रीको सम्झनामा पुस १६ गते बाजुराको बडीमालिका नगरपालिकामा शोक बिदा दिइएको छ। कैलालीको धनगढीमा बिहीबार मोटरसाइकल दुर्घटना हुँदा बडीमालिका नगरपालिका–७ का खत्रीको मृत्यु भएको थियो।  उनी बडीमालिका नगरपालिकाकै मार्तडी स्वास्थ्य चौकीका प्रमुख थिए। बडीमालिका नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै दुर्घटनामा ज्यान गुमाएका खत्रीको सम्झनामा पुस १६ गते पालिकाभर शोक बिदा दिएको जनाएको छ। नगरपालिकाले स्वास्थ्यकर्मी खत्रीको निधनले नगरपालिका परिवार अत्यन्तै दुखी र स्तब्ध भएको उल्लेख गरेको छ।

Read More

धनगढी: बैतडीमा निस्सासिएर एकजनाको मृत्यु भएको छ। कैलालीको कैलारी गाउँपालिका–६ का ३७ बर्षीय पुनाराम थारुको निस्सासिएर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले शनिबार राति कोइला बालेर कोठामा सुतेका थारु बिहान अचेत अवस्थामा फेला परेका थिए।  उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएकोमा थारुलाई चिकित्सकले मृत घोषणा गरेका हुन्। मृतक थारुको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमै राखिएको छ। यस्तै बाजुरामा एक जना मृत अवस्थामा फेला परेका छन्। जिल्लाको बुढीगंगा नगरपालिका–१० मालिका बजारका ६० वर्षीय दलबहादुर साउँद घर नजिकै रहेको खोलामा आइतबार मृत अवस्थामा फेला परेका हुन्। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको…

Read More

धनगढी: अछाममा मरेको कुखुराको मासु खाएका एक किशोरको मृत्यु भएको छ। जिल्लाको कमलबजार नगरपालिका–३ बयलाका १५ वर्षीय कमल बिकको मृत्यु भएको हो। ‘शुक्रबार राति मरेको कुखुराको मासु खाएर बिरामी भएका बिकको आइतबार घरमै मृत्यु भएको हो,’ जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरीप्रसाद भण्डारीले भने, ‘चिकित्सकले प्रारम्भिक जाँचमा फूड प्वाइजनिङ भएको बताउनुभएको छ। पोष्टमार्टमका लागि शव जिल्ला अस्पतालमा राखेका छौं।’  डीएसपी भण्डारीका अनुसार सोही कुखुराको मासु खाएर अन्य तीन जना बिरामी परेका छन्। मृतककी हजुरआमा ७० वर्षीय नाम बिक, १४ वर्षीय बहिनी सीता बिक र ९ वर्षीय भाई विकास बिक बिरामी भएका छन्। उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको…

Read More