काठमाडौँ : आज संघीय संसदको दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै छ । आज ११ बजे बोलाइएको प्रतिनिधि सभाको बैठकमा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ । आइतबारदेखि शुरु भएको बजेटमाथिको छलफल आज पनि जारी रहने छ । त्यस्तै आजको बैठकमा कांग्रेसका पूर्व संबिधान सभा सभासद सूर्यमान गुरुङ, पुर्व सांसद शैयद मेहराज अहमद शाह र कांग्रेसकै पूर्व राष्ट्रिय सभा सांसदखगेन्द्र राज रेग्मीको निधन भएकोमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । त्यस्तै राष्ट्रिय सभाको बैठक मंगलबार आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सक्ने…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौँ : नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पश्चिम बंगलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। हाल कोशी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ।कोशी र गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेश, बागमती,लुम्बीनी र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी, मधेश, बागमती,लुम्बीनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित…
काठमाडौं: आइसिसी ट्वान्टी–२० विश्वकपअन्तर्गत नेपालले समूह ‘डी’ को पहिलो खेलमा मंगलबार नेदरल्यान्ड्ससँग खेल्दै छ। डलासको ग्रान्ड प्रायरी स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार राति ९: १५ बजेबाट सुरु हुने छ। नेपाली टोली एक दशकपछि ट्वान्टी–२० विश्वकप फर्किएको छ। दुवै टोली जितसँगै यात्रा सुरु गर्न चाहन्छन्। यी दुई टोलीबीच हालसम्म १२ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल भइसकेका छन् र स्थिति लगभग बराबरीको छ। नेदरल्यान्ड्सले ६ खेल जितेको छ भने नेपालले पाँच खेल जितेको छ। एक खेलको नतिजा आएको छैन। सन् २०२१ को कुरा गर्ने हो भने दुई टोलीबीच ६ वटा खेल भएका छन् र दुवैले तीन–तीन खेल जितेका छन्। ट्वान्टी–२० विश्वकपमा दुवै टोली…
काठमाडौं : गृह मन्त्रालयले चार जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडिओ) को सरुवा तथा पदस्थापन गरेको छ । मन्त्रालयको गत जेठ १६ गतेको निर्णयानुसार उक्त हेरफेर भएको हो । जसअनुसार डडेल्धुराका सहायक सिडियो धर्मराज जोशीलाई कञ्चनपुर सरुवा गरिएको छ भने सिराहाका भीमराज कोइराला सुनसरी पुगेका छन् । कञ्चनपुरका अशोककुमार भण्डारी डडेल्धुरा सरुवा हुँदा सुनसरीका ओमप्रसाद भट्टराईलाई उपसचिवको रुपमा गृह मन्त्रालय ल्याइएको छ । गृहले चार उपसचिवको पनि सरुवा तथा पदस्थापन गरेको छ । जसअनुसार उपसचिव सूर्यप्रसाद उपाध्यायलाई अध्यागमन विभागको निर्देशक बनाइएको छ । उपसचिव युवराज अर्याल र कृष्णप्रसाद हुमागाईलाई सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा क्रमशः धादिङ र नुवाकोट खटाइएको…
काठमाडौं : कास्कीमा विद्यार्थीलाई कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । पोखरा महानगरपालिका ३२ स्थित युनिभर्स ईङ्लिस बोर्डिङ स्कुलमा कक्षा ५ मा अध्ययनरत ९ वर्षका एक बालकलाई कुटपिट गरेको आरोपमा सोही विद्यालयका शिक्षक सुदिप अधिकारीलाई पक्राउ गरिएको हो। पक्राउ परेका अधिकारी कास्की जिल्लाको रुपा गाउँपालिका वडा ६ स्थित खोलाको छेउमा बसोबास गर्दै आएका छन्। बालकको होमवर्क नगरेको र अक्षर नराम्रो भएको कारण देखाउँदै उनको संवेदनशील भागमा लठ्ठीले प्रहार गरी घाईते बनाएको अभियोगमा अधिकारीलाई पक्राउ गरिएको हो। बालकका अभिभावकले जाहेरी दिएपछि जिल्ला कास्कीको प्रहरी टोलीले २० गते शिक्षक अधिकारीलाई पक्राउ गरेको हो। अधिकारलाई बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६…
काठमाडौं : ६० किलो सुन तस्करी प्रकरणमा थप ९ जना समातिएका छन्। दोस्रो चरणको अनुसन्धानमा सो तस्करीमा जोडिएका केही भारतीय नागरिकसहित ९ जना समातिएका हुन्। सीआईबीका अनुसार पक्राउ परेका नौमध्ये चारजना भारतीय सुन व्यवसायी छन्।सरकारद्वारा गठित सुनको अवैध पैठारी ९तस्करी० नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा सीआईबीले दोस्रो चरणको अनुसन्धान थालेको थियो। त्यही क्रममा पक्राउ परेकाहरूमध्ये चार जान भारतीय सुन कारोबारी छन्। सुन पसलका मालिक उनीहरूलाई काठमाडौंको न्युरोडबाट पक्राउ गरिएको हो। पक्राउ पर्नेहरूमा भारत गुजरातका बैजनाथ महादत्त गोयल, प्रशान्त गणेश वजवलकर, भारत महाराष्ट्रका सिद्धार्थ भन्ने सिद्धनाथ अशेक गायकवाड, सोहीका दिनेश भन्ने धिरज दिनेश वैटे छन्। त्यस्तै सुन तस्करी प्रकरणमा पक्राउ परेका…
काठमाडौँ : नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका दुई पाइलटलाई ‘एक्टिभ ड्युटी’बाट हटाएको छ। पाइलटहरू विजय लामा र भावना पन्तलाई ‘ड्युटी’बाट हटाइएको प्राधिकरणले जनाएको छ। उडान सुरक्षा प्रावधान उल्लंघन गरेको भन्द्र प्राधिकरणले उनीहरूलाई अनुसन्धान अवधिभरिका लागि ‘गा्रउन्डेड’ गरिएको जानकारी गराएको छ। पन्त न्यारो बडी जहाज ‘एयरबस ३२०’ उडाउने क्याप्टेन हुन्। त्यस्तै, लामा वाइड बडी जहाज ‘एयरबस ३३०’ जहाज उडाउने क्याप्टेन हुन्।
काठमाडौं : जुम्लामा नेपाल प्रहरीका एक असईको भिरबाट लडेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत प्रहरी सहायक निरिक्षक (असई) दिपक पोखरेलको ड्युटीको क्रममा भीरबाट लडेर मृत्यु भएको हो। सिम्ता गाउँपालिका ६ जामुनेबजारका पोखरेल रात्री गस्तीमा थिए। सोही क्रममा बिहान चार बजेतिर भिरबाट लड्का मृत्यु भएको जनाइएको छ।
धनगढी: कञ्चनपुरकी एक युवतीको धनगढीको निसर्ग अस्पतालमा मृत्यु भएको छ। आज सोमबार (बिहान) १ बजेको समयमा कृष्णपुर नगरपालिका-२ का नरेश महराकी पत्नी २४ वर्षीया सुमित्रा महराको उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीका अनुसार उनले हिजो घरमै सल्पास सेवन गरेकी थिइन्। त्यसपछि उनलाई अस्पतालमा ल्याइएकोमा मृत्यु भएको हो। उनले सल्पास सेवन गर्नुको कारण भने खुलेको छैन। घरमा उनका २ वर्षीय छोरा छन् भने मृतकको आजै दाहसंस्कार गरिएको बताइएको छ।
धनगढी: डडेल्धुरा सदरमुकामस्थित ऐतिहासिक अमरगढी किल्लामा राष्ट्रिय विभूति बडाकाजी अमरसिंह थापाको पूर्णकदको नयाँ सालिक अनावरण गरिएको छ। सोमबार एक कार्यक्रमका बीच अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशी र नेपाली सेनाको २५ नम्बर बाहिनी कञ्चनपुरका बाहिनीपति सहायकरथी मनोज थापाले संयुक्तरूपमा बडाकाजी थापाको धातुनिर्मित सालिकको अनावरण गरेका हुन्। थापाको पुरानो सालिक हटाएर सोही ठाउँमा नयाँ सालिक राखिएको हो। यसअघि किल्लामा राखिएको सालिकको अनुहार बडाकाजी थापाको अनुहारसँग मेल नखाने धेरैले गुनासो गरेपछि नयाँ सालिक राखिएको नगरप्रमुख जोशीले बताए। उनका अनुसार थापाको गोरखा जिल्लामा रहेको सालिकजस्तै यहाँ पनि राखिएको हो। नगरपालिकाको झण्डै एक वर्षको प्रयासपछि अहिले किल्लामा नयाँ सालिक राख्न सफल भएको उनले बताए। उनले…