काठमाडौं : एनसेलको शेयर बिक्री रोक्न माग गर्दै दायर गएको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ जारी रहेको छ। उक्त रिट निवेदनमाथि मङ्गलबार सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा सुनुवाइ भइरहेको छ। प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले एनसेल शेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको शेयर खरिदबिक्री भएको सांसद सिंहले रिट निवेदनमा उल्लेख गरेका थिए। यसअघि पेसी तोकिए पनि उक्त रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा पर्दै आएको थियो ।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं : ललितपुरको भैंसेपाटीस्थित निर्माणाधीन मन्त्री निवास बनाउन मजदुरहरु बस्ने गरेको टहरामा आगलागी भएको छ। आज बिहान एघार बजेतिर खाना पकाउने क्रममा आगो लागेको थियो। आगो १०/१५ मिनेटमै नियन्त्रणमा आएको ललितपुर प्रहरीले जनाएको छ ।
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलले कानुन विपरीत कुनै काम गरेको छ भने हदैसम्म कारबाही हुने बताएका छन्। राज्य व्यवस्था तथा सुशासन समितिमा एनसेल प्रकरणमको बारे जवाफ दिदैँ उनले वैदेशिक लगानी समेत रहेको एनसेलको खरिदविक्रीमा करछलिसम्बन्धमा सम्पूर्ण कागजात संकलन र अध्ययन गरिरहेको बताए। अध्ययन र छानबिन समितिको राय प्राप्त गरेपछि सरकारले आवश्यक कदम चाल्ने स्पष्ट पारे।
काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) सन् २०२४ को अक्सन आज हुँदैछ। अक्सन नेपाली समय अनुसार दिउँसो सवा एक बजे दुबईमा शुरु हुनेछ। अक्सनमा कुल तीन सय ३३ खेलाडी सहभागी हुनेछन्। त्यसमा दुई सय १४ जना भारतीय, एक सय १९ विदेशी र दुई एसोसिएट देशका खेलाडी छन्। एसोसिएट देशबाट नेदरल्यान्ड्सका पाउल भान मार्केन र नामिबियाका डेविड विजा रहेका छन्। ३० विदेशीसहित कुल ७७ खेलाडी अक्सनमा बिक्न सक्नेछन्। नेपालबाट भने अक्सन लिष्टमा कुनै पनि खेलाडी परेका छैनन्। आउँदो वर्ष हुने आईपीएलको १६ औँ संस्करणको आधिकारिक मिति तय भइसकेको छैन।
काठमाडौं: नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ। महासङ्घका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार ८०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार २५० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले घटेको छ। आज चाँदी तोलाको १४ सय ५०रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
महेन्द्रनगर : कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुई हात्ती थपिँदै छन्। तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको सो निकुञ्जमा पछिल्ला वर्षमा वन्यजन्तुको सुरक्षार्थ गरिने गस्तीका लागि हात्तीको अभाव रहेको थियो। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका अनुसार १० हात्तीको दरबन्दी रहेको शुक्लाफाँटामा हाल आठ हात्ती छन्। निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले चितवनबाट यहाँ दुई हात्ती ल्याउने विषयमा विभागबाट निर्णय भइरहेको बताए। विश्वमै दुर्लभ बाह्रसिङ्गेको प्रमुख वासस्थान रहेको शुक्लाफाँटामा ३६ पाटेबाघ, १७ गैँडालगायत चराचुरुङ्गीका साथै वन्यजन्तुको महत्त्वपूर्ण वासस्थान छ। हाल यहाँ बाघ गणना भइरहेको छ। निकुञ्जभित्र सडक सञ्जालको पहुँच नभएको र तालतलैया भएको संवेदनशील क्षेत्रमा हात्तीको सहारामा निकुञ्ज कर्मचारी एवं निकुञ्ज सुरक्षार्थ खटिएका…
बागलुङ: धेरै जागिरेहरू अवकाशपछि आराम गर्छन्। तर यहाँका एक शिक्षक ३७ वर्ष शिक्षण पेसामा बिताउँदासमेत थाकेनन्। एकहत्तर वर्षको उमेरमा उत्तिकै जोस जाँगरका साथ उनी सुन्तलाखेतीमा रमाउँदै आएका छन्। शिक्षक पेसाबाट अवकाश रहेका बागलुङ नगरपालिका–८ सिगानाका किसान अनन्तबहादुर खड्काले अवकाशपछिको समय सुन्तला खेतीमा लगाएको १० वर्ष भयो। उनले सुन्तलाखेतीबाटै वार्षिक पाँच लाख रूपैयाँ आम्दानी गर्न सफल भएका छन्। शिक्षक, प्रधानाध्यापक हुँदै स्रोत व्यक्तिबाट अवकाशप्राप्त खड्काले मासिक रु ३५ हजार पेन्सन बुझ्दै आएका छन्। आफू अहिले किसानका रूपमा सक्रिय भएको भन्दै कृषिबाट सन्तुष्ट बनेको खड्काले बताए। उनले आठ रोपनी जग्गामा लगाएको सुन्तला यसपटक चितवनका बजार पुगेको छन्। विगतका वर्षमा धादिङ र पोखराका…
रामेछाप: रामेछापमा एक शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेका छन्। लिखुतामाकोशी गाउँपालिका –७ स्थित नवदर्शन माध्यमिक विद्यालयका शिक्षक मानबहादुर सार्कीले कक्षा ९ मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको बताइएको छ। यौन दुव्र्यवहार गरेको आरोपमा निजलाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय, रामेछापका प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीका अनुसार शिक्षक सार्कीले गत मंसिर २७ गते दिउँसोको समयमा विद्यालय बाहिरको एउटा घरमा परीक्षाका लागि तयार पारिएको प्रश्नपत्र देखाउने भन्दै बोलाएका थिए। सोही क्रममा उनले छात्रामाथि यौन दुर्व्यवहार गरेका हुन्। छात्राले शिक्षक सार्कीले आफूमाथि यौन दुर्व्यहार गरेको जनाउँदै उजुरी हालेपछि अभियुक्तलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले बताएको छ।
डडेल्धुरा: डडेल्धुराको परशुराम नगरपालिकाको बजेटमाथि व्यापक हेरफेर भन्दै उत्पन्न भएको विवाद साम्य हुने भएको छ। माओवादी केन्द्रबाट निर्वाचित उपप्रमुख विमलाकुमारी बोहरासहित नगरसभाका बहुमत सदस्यहरूले ‘विशेष नगरसभा’ बोलाउन नगरप्रमुख भरत बडायर जोशीलाई असोज ४ गते माग गरेका थिए। अन्ततः नगरप्रमुख जोशी नगरसभा बोलाउन सहमत भएका छन्। नगर कार्यपालिकाको आइतबार बसेको बैठकले पुस २४ गते नगरसभा बोलाउने निर्णय गरेको छ। विवादित योजनाहरूबारे छलफल गरी संसोधनका लागि आगामी नगरसभामा पेश गर्ने र आगामी दिनमा नगरपालिकामा कुनै पनि विवाद उत्पन्न भएमा अन्तिम निर्णय लिने अधिकार नगर प्रमुख र उपप्रमुखमा रहने सहमति पनि भएको छ। नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट बनाउँदा नगर सभामासभाका…
कैलाली : सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन बस्ने सम्बन्धमा कृही तयारी भएको छैन। प्रदेश सभाको आठौँ एवं बर्खे अधिवेशन अन्त्य भएको अढाई महिना हुन लागे पनि अर्को अधिवेशनको तयारी छैन। प्रदेश सभामा सरकारले नयाँ विधेयक पनि दर्ता नगराएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ। सचिवालयका सूचना अधिकारी युवराज जैसीका अनुसार प्रदेश सभा सञ्चालनका लागि अहिलेसम्म बिजनेस पेस भएको छैन। सरकारबाट हालसम्म नयाँ विधेयक दर्ता हुन नआएको भन्दै उनले बैठक पनि निश्चित भई नसकेको जानकारी दिए। ‘हुन त अहिले नै अधिवेशन सुरु गराइहाल्ने बाध्यता सरकारलाई छैन । किनभने एउटा अधिवेशन सकिएको पाँच महिनासम्म बैठक नबस्दा पनि हुन्छ’ उनले भने। एउटा अधिवेशन…