Author: महेन्द्रनगर पोष्ट

कैलाली : सत्ता गठबन्धनभित्र किचलो र विवादकाबीच मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले विश्वासको मत पाउने सम्भावना क्षीण हुँदै गएको छ । सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गर्दादेखि चिढिएको एमाले र नागरिक उन्मुक्ति पार्टीभित्रको आन्तरिक तिक्तकाका कारण एक महिनामै सोडारीको बहिर्गमन हुने सम्भावना बढेको हो । वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीले तत्काल नै सरकार विस्तार गरेर विश्वासको मत लिने प्रक्रियामा जाने योजना बनाएका थिए । तर, एमालेले तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेपछि मुख्यमन्त्री सोडारीलाई पहिलो गाँसमै ढुङ्गा लागेको हो । एमालेले विश्वासको मत दिने वा नदिने भन्ने विषयमा भने कुनै निर्णय गरेको छैन ।…

Read More

काठमाडौँ : मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आज  तेस्रो लगानी सम्मेलन हुँदैछ । । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने सम्मेलनमा लगानीका निम्ति रु नौ खर्ब बराबरका एक सय ५१ परियोजना प्रस्तुत गरिँदै छन् । नेपाल लगानी बोर्डका अनुसार सम्मेलनमा ५५ भन्दा बढी देशका एक हजार छ सय लगानीकर्ताले भाग लिने छन् । लगानीका निम्ति प्रस्तुत गरिने परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलनस्थलमा राखिने छन्भने १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान गरिने छ । भोलि सोमबार समापन हुने सम्मेलनको पहिलो दिन उद्घाटन सत्र र दुईवटा मुख्य सत्र हुनेछन्…

Read More

काठमाडौं : उपनिर्वाचनअन्तर्गत इलाम–२ को मतगणना गर्नका लागि बिहान ७ बजे सर्वदलीय बैठक बस्दै छ । सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनका अनुसार सबै राजनीतिक दलका उमेदवारसहित सरोकारवालालाई सर्वदलीय बैठकका लागि बोलाइएको छ । “बैठकपछि सबै प्रक्रिया पुरा गरेर मतगणना सुरु हुनेछ,” उनले भने । सर्वदलीय बैठक बसेर इलाम नगरपालिका–२ स्थित गौतबुद्ध सम्मेलन केन्द्र (सिटी हल)मा मतगणना सुरु गरिएको हो । सो सिटी हलका दुई स्थानमा मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

Read More

दार्चुलाः दार्चुलामा चट्याङ पर्दा दुई जना घाईते भएका छन्। जिल्लाको मालिकार्जुन गाउँपालिका ८ मा चट्याङ पर्दा ३५ वर्षीया महिला र ८ वर्षीय बालक घाईते भएका हुन्। घाईते दुबै जनाको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। चट्याङबाट दुई घरको वाइरिङ र मिटर बक्स जलेको प्रहरीले जनाएको छ। उक्त आगलागीबाट १ गाईसमेत मरेको र चट्याङले घरको छतमा समेत प्वाल परेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ : कप्तान रोहित पौडेलको शतकमा नेपालले वेस्ट इण्डिज ए विरुद्धको टी २० सिरिजमा विजयी सुरुवात गरेको छ। शनिबार भएको पहिलो खेलमा नेपालले वेस्ट इण्डजलाई ४ विकेटले हराएको हो। जितसँगै नेपालले पाँच खेलको सिरिजमा १–० ले अग्रता बनाएको छ। सिरिजको दोस्रो खेल भोलि आइतबार हुनेछ। वेस्ट इण्डिज ए ले दिएको २ सय ५ रनको लक्ष्य नेपालले २ बल अगावै ६ विकेटको क्षतिमा भेट्टायो। नेपालका लागि कप्तान रोहितले सर्वाधिक १ सय १२ रनको योगदान दिए। रोहितले ५४ बलमा १० चौका र ६ छक्का हाने। उनले रोहितले ४७ बलमा १० चौका र ५ छक्का मद्धतमा शतक पूरा गरे। यसअघि उनले ११ औँ…

Read More

काठमाडौं : इलाम क्षेत्र २ को मतदान सकिएको छ । मतगणना सकिएसँगै मुचुल्का उठाउने र मत पेटिका सुरक्षित तरिकाले गणना स्थलसम्म लैजाने काम भइरहेको छ । टाढा रहेका मतदान स्थलबाट राति १० बजेसम्ममा गणना स्थल इलाम बजारमा रहेको सिटी हल पुर्‍याउने तयारी भएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । मतगणनाका लागि सिटी हल तयार गरिएको छ । सिटी हलको एक कोठामा तार जारी लगाएर गणकमात्र भित्र बस्न मिल्ने बनाइएको छ । यस्तै प्रतिनिधिलाई बाहिर बस्ने ठाउँ मिलाइएको छ । मतगणना स्थलमा ११ वटा सीसी क्यामेरा जडान गरिएको छ । उनका अनुसार आज राति १० बजेसम्ममा सबैतिरको मतपेटिका…

Read More

धनगढी : बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा शनिबार भएको उपनिर्वाचनमा करिब आधा मतदाताले मतदान गरेका छन् । अपरान्ह ५ बजे सकिएको मतदानमा ३० हजार ३०० भन्दा बढीले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । केही मतदान केन्द्रबाट विवरण नआएकाले यकिन संख्या पत्ता लागेको छैन । यद्यपि प्रारम्भिक विवरणमा ४९.१२ प्रतिशतले मतदान गरेको विवरण आएको कार्यालय स्रोतको भनाइ छ । यहाँ आइतबार मात्र मतगणना गर्ने तयारी छ । विकट क्षेत्रमा रहेको सैपाल गाउँपालिकाको मतपेटिका आइतबार हेलिकप्टरबाट ल्याइनेछ । तयसपछि मात्र मतगणना हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Read More

धनगढी: बझाङमा उपनिर्वाचनका लागि गरिएको मतदान सकिएको छ। आज (शनिबार) बिहानदेखि सुरु भएको मतदान अहिले सकिएको हो। बझाङ प्रदेश सभा १ काे उपनिर्वाचनकाे मतदान शान्तिपूर्व भएको सुरक्षा निकायको दाबी छ। बझाङ प्रदेश सभा १ अन्तर्गत ९३ मतदान केन्द्र र ७४ मतदानस्थल रहेकोमा सबैमा शान्तिपूर्ण मतदान भएको हो। मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार ६१ हजार ७ सय ६८ मतदाता रहेकाे बझाङमा ३० हजार ३ सय २८ मत खसेको र साइपाल गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ बाहेक अरू वडा र स्थानीयतहका मतपेटिका मतगणनास्थल सदरमुकाम चैनपुरतर्फ ल्याउने काम थालिएको छ। साइपालबाट भने हेलिकप्टरमा मतपेटिका ल्याइने छ त्यसपछि मतगणना सुरु हुने…

Read More

धनगढी : बझाङमा सय बर्ष कटेका दुई जना जेष्ठ नागरिकले उपनिर्वाचनमा मतदान गरेका छन । जिल्लाको खप्तड छान्ना गाउँपालिका-३ मेल्तडिकी १०१ बर्षिया वृद्धा शंकमति देबि पाध्याले मतदान गरेकी छिन । यस्तै अर्की १०६ वर्षीया महिलाले पनि बिहान मतदान गरेकी थिइन्। सोही ठाउँकी मन्दरि देबि रावलले पनि मतदान गरेकी छन । उनीहरुले घरदेखि लौरो टेकेर एक घन्टा पैदल यात्रा गर्दै मतदान केन्द्र आएका थिए । उत्साहका साथ मतदान केन्द्र पुगेका थिए । 

Read More

धनगढीः बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा उपनिर्वाचनअन्तर्गत मतदान जारी छ। बिहान ७ बजेबाट सुरु मतदान साँझ ५ बजेसम्म हुने बताइएको छ। मतदान केन्द्रहरूको सुरक्षाको निम्ति नेपाली सेनाको हवाई गस्तीको प्रबन्ध पनि मिलाइएको छ। बझाङका २३ वटा मतदान केन्द्र अति संवेदनशील मानिएको छ। साइपाल गाउँपालिकाको काँडा, धुली र न्युना केन्द्रको मतपेटिका हेलिकोप्टर मार्फत् संकलन गरिने जानकारी दिइएको छ। बझाङमा एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। बझाङमा ११ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन्। बझाङमा प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनमा निधन भएपछि उपनिर्वाचन गरिएको हो।

Read More