Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपालले सन् २०२६ मा हुने आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार विश्वकपको एसिया छनोट २०२५ नेपालले आयोजना गर्ने जानकारी दिएको हो। नेपालले पहिलोपटक विश्वकपको एसिया क्षेत्र छनोट आयोजना गर्न लागेको हो।  एसिया छनोट प्रतियोगिता आगामी अप्रिल १३ देखि २१ सम्म हुनेछ।एसिया छनोटमा आयोजक नेपालसँगै अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) सहभागी हुनेछन्।  एसिया क्षेत्र छनोटमा विजयी टोली सन् २०२६ मा हुने आईसीसी यू–१९ विश्वकपका लागि छनोट हुनेछ। विश्वकपको एसिया क्षेत्र छनोट आयोजना गर्नु नेपाली क्रिकेटका लागि कोसेढुङ्गा हुने क्यानको दाबी छ।छनोटमा सहभागी हुने टोलीलाई स्वागत गर्न तत्पर रहेको र…

Read More

काठमाडौं : भक्तपुरको गठ्ठाघरमा भएको सवारी दुर्घटनाको छानबिन गर्न समिति बनेको छ । शुक्रबार साँझ भक्तपुरका सहायक जिल्ला अधिकारी डोरेन्द्र निरौलाको नेतृत्वमा ४ सदस्यीय छानबिन समिति बनेको हो । निरौला नेतृत्वको समितिमा भक्तपुर परिसरमा कार्यरत प्रहरी नायव उपरीक्षक राजन कार्की, यातायात व्यवस्था, सवारी चालक अनुमति पत्र राधेराधेमा कार्यरत मेकानिकल ईन्जिनियर उत्तम बस्नेत र नागरिक समाजकर्मी तुलसी हरि कोइराला सदस्य रहेका छन् । दुर्घटनाका सम्बन्धमा सरोकारवाला सबै पक्षसँग छलफल गरेर सत्यतथ्य अध्ययन गरी एक साताभित्र प्रतिवेदन पेस गर्न समितिलाई कार्यादेश दिइएको छ । गृहमन्त्री रमेश लेखकले गठ्ठाघर दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न महानिरीक्षक (आइजीपी) बसन्त कुँवरलाई निर्देशन दिएका थिए । बिहीबार दिउँसो…

Read More

धनगढी: सत्ता समीकरण फेरिएर सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दीर्घबहादुर सोडारी पदच्युत भए। त्यसपछि नयाँ मुख्यमन्त्री एमालेको समर्थनमा काङ्ग्रेसकै बन्ने कोर्स सुरु भएकोमा विभिन्न चर्चाहरु भए। अन्ततः सोडारीले राजीनामा दिएदेखि नै कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवाका भतिज प्रकाश मुख्यमन्त्री बन्ने पक्कापक्की थियो। अधिकांश प्रदेश सभा सदस्य पनि उनको पक्षमा थिए। सुदूरपश्चिमका प्रायः सभापति उनको पक्षमा बोल्न सभापतिकोमा पनि पुगेका थिए। तर, देउवा दम्पतीले आफ्नै भतिजालाई मुख्यमन्त्री बनायो भन्ने आलोचनाको डरले कमलबहादुर शाहलाई दलको नेताबाट राजीनामा गर भन्न सकेनन्। उनले दलको नेताबाट राजीनामा नगरिदिँदा पनि प्रकाशको मुख्यमन्त्री हुने बाटो खुलेन। धनगढीबाट राजीनामा गर्छु भनेर काठमाडौँ पुगेका शाहले सभापति देउवासँग…

Read More

धनगढी: कञ्चनपुरमा प्रहरीले ठूलो मात्रामा चरेस बरामद गरेको छ। लागुऔषध व्युरो शाखा कार्यालयका प्रमुख वरिष्ठ सई केशव जोशी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट सई सुशील चन्दको कमाण्डमा खटिएको टोलीले उक्त चरेस बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार टोलीले शनिबार बिहान ५ केजी चरेससहित २ जनालाई पक्राउ गरेको हो। साथै उनीहरूबाट २ थान मोबाईल पनि बरामद भएका छन्। प्रहरीका अनुसार भीमदत्त नगरपालिका-३ ब्रहमदेव हाईवे क्षेत्रबाट वडा नम्बर ६ सुकासाल बस्ने ५३ वर्षीय शिवराज भट्ट र वेदकोट नगरपालिका सिसैया बस्ने ३७ वर्षीय सुरेश सुनारलाई पक्राउ गरिएको हो। प्रहरी टोलीले गोप्य सूचनाका आधारमा शिवराजलाई शंकास्पद रुपमा पहेलो रातो जेब्रा झोला दाहिने…

Read More

धनगढी : कैलालीको गौरिगंगास्थित जनप्रिय माध्यामिक विद्यालयमा विद्यार्थी विरामी अनुपस्थित हुँदा शिक्षकले विद्यार्थीमाथि कुटपिट गर्नुका साथै अपहेलित गरेको पाइएको छ । घटना बिहिबार (साउन ३१ गते) भएको भएपनि शनिबार बाहिर आएको छ । पीडित बालकका अभिभावकले इलाका प्रहरी कार्यालय चौमालामा जाहेरी दिएपछि अहिले विद्यालय प्रशासनले सो घटनालाई ढाकछोप गर्ने प्रयास गरिरहेको जनाइएको छ । अभिभावक देवि साउँद (नाम परिवर्तन) का छोरालाई विद्यालयका शिक्षक जयबहादुर वयलकोटीले लठ्ठीले टाउँकोमा हानेका थिए भने दिपेन्द्र खडका, वयलकोटी लगायतका शिक्षकले विद्यार्थीमाथि अपहेलना गरेको जाहेरीमा उल्लेख छ । भनिएको छ –‘शिक्षक वयलकोटीले हानेको लठ्ठीले टाउकोमा चोट लागी भारतको मम्बईमा उपचार भएको छ । अझै ठिक नभएकाले…

Read More

धनगढी: कञ्चनपुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोली आएको छ। अस्ति नै महेन्द्रनगर पुगेको टोलीले वेदकोटमा भएको घटनाको छानबिन तथा अनुसन्धान थालेको बताइएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी उमेशराज जोशीका अनुसार इन्सपेक्टर सुर्य शाहीको कमाण्डमा सिआईबी टोली आएको हो। केही समय अगाडि जिल्लाको वेदकोट नगरपालिका-१० का २३ वर्षीय प्रविन डगौरा मृत फेला परेका थिए। उनी राति रोडमा मृत फेला परेकोमा उनको टाउकोमा चोट लागेको थियो। स्रोतका अनुसार त्यतिबेला उनी राति आफ्नी प्रेमीका (गर्लफ्रेन्ड) लाई भेट्न भनेर गएका थिए। सो घटनाको जिल्लास्थित प्रहरीको टिमले अनुसन्धान गरेपनी त्यसको निष्कर्ष निकाल्न सकेन। त्यसपछि सिआईबी टोली नै अनुसन्धानका लागि आएको हो। अहिले…

Read More

धनगढी : बैतडीको पाटन नगरपालिका–१० को सिद्धपुर स्वास्थ्य चौकीमा कार्यरत सबै कर्मचारीहरुलाई सरुवा गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ । बिहिबार बसेको स्वास्थ्य चौकी व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो । स्वास्थ्यकर्मीहरुले कार्यसम्पदानमा चरम लापरवाही गरेको भन्दै सबै कर्मचारीहरुलाई सरुवा गरी अन्य कर्मचारीहरुलाई यस स्वास्थ्य चौकीमा कामकाजमा पठाउन आग्रह गर्दै नगरपालिकालाई निर्णयसहितको निवेदन पेश गरेको छ । स्वास्थ्य चौकीमा काम गर्दै आएका अनमी लगायतका स्वास्थ्यकर्मीहरुले सुत्केरी हुन आएका महिलाहरुलाई सेवा नदिएको, प्रशासनिक काम सही ढंगबाट नगरेको, कर्मचारीहरु समयमा स्वास्थ्य चौकीमा उपस्थित नभएको, स्थानीय सरकारको नियम पनि नमानेको लगायतका विषय उल्लेख गर्दै कर्मचारीहरुको सरुवा गर्ने निर्णय गरिएको हो ।…

Read More

धनगढी: कञ्चनपुरमा फेरि चितुवा देखिएको छ। जिल्लाको भीमदत्त नगरपालिका-११ भुजेला क्षेत्रमा चितुवा देखिएको हो। प्रहरीले स्थानीयलाई चितुवा देखिएकोबारे खबर गरेका छन्। भुजेला क्षेत्रमा धान खेतमा चितुवा पसेको बताइएको छ। यस अगाडि दोधारा चाँदनी क्षेत्रमा बाघले एक महिलाको ज्यान लिएको थियो भने चितुवाले पनि आतंक मच्चाएको थियो।

Read More

धनगढीः कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको टीकापुर नगरपालिका–६ की ६५ वर्षीया राजकुमारी बुढाथोकीको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको हो। आफ्नै घरको धारामा नुहाउने क्रममा मोटरबाट करेन्ट लागि उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं: अछामको पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा रोक्न मेयर र उपमेयरले काठमाडौंमै डेरा बनाएका छन्। उनीहरूले १ महिनादेखि काठमाडौंमै डेरा हालेको पाइएको हो। नगरपालिकाका मेयर अम्बिका चलाउने, उपमेयर हर्कबहादुर रावल र केही कार्यपालिका सदस्य एक महिनाभन्दा बढी समयदेखि काठमाडौंमै छन्। मनसुन सक्रिय भएर बाढीपहिरोको जोखिम बढिरहेको बेला नगरपालिकाको नेतृत्व गैरजिम्मेवार बनेर काठमाडौंमा रहनु लज्जाको विषय भएको भन्दै त्यहाँ अन्य दलहरुले भने आपत्ति जनाएका छन्। एमालेसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै विरोध जनाएका हुन्। कानूनबमोजिम मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको…

Read More