धनगढी : १५ वर्षपछि घर फर्किएका युवकको घर फेला पार्न प्रहरीलाई कठिन भएको छ। दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १५ भरतपुर घर बताउने १८ वर्षीय दीपक चौधरीको घर र अभिभावक प्रहरीले तीन दिनदेखि खोजिरहेको छ। प्रहरीले उनको तस्बिरसहित सूचना पनि जारी गरेको थियो। तर अझै पनि उनको घर र परिवार फेला नपरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले जानकारी दिए।भारतीय प्रहरीले दीपकलाई कैलाली प्रहरीको जिम्मा लगाएको थियो। कैलाली प्रहरीले उनलाई दाङ पठाएको हो। ‘उहाँ सोमबार दाङ आउनु भएको हो,’ डिएसपी मल्लले भने, ‘उहाँले भनेका ठाउँहरूमा हामीले तीन दिन घुमाउँदा पनि उहाँको घर तथा अभिभावक पत्ता लगाउन सकेका छैनौं।’ उनी सानो…
Author: महेन्द्रनगर पोष्ट
धनगढी : यो वर्षको ‘भ्यालेन्टाइन डे’ आउन अझै ६ दिन बाँकी छ । पश्चिमा संस्कृतिअनुसार फेब्रुअरी १४ का दिन प्रणय दिवस मनाइन्छ । पछिल्लो समय विशेषगरी युवा पुस्तामा निकै लोकप्रिय बन्दै गएको यो दिवस विश्वका अधिकांश मुलुकमा मनाइन्छ । टीन एजरले प्रेम प्रस्ताव राख्ने भनिएको सो दिन विवाहित जोडीले प्रेम साटासाट गर्ने चलन छ । सोही क्रममा मुलुककै पहिलो मीस नेपाल रुवी राणाले श्रीमानसँग चुम्बन गरेको फोटो सामाजिक सञ्जालमा सेयर गरेकी छन् । चुम्बनको फोटोसँगै अंग्रेजीमा लेखिएको छ, ‘भ्यालेन्टाइन इन धमाका एड्भान्स । नो म्याटर हाउ पुअर मेन्टालिटी रियाक्टस बट वी आर इन लभ अल्वेज एण्ड अल्वेज ।’
धनगढी : सशस्त्र प्रहरीले एकै पटक १०० जना एसपीको सरुवा गरेको छ। सशस्त्र प्रहरी बलको हेडक्वार्टर हलचोकले एकै पटक वरिष्ठ अधिकृतहरूको सरुवा गरेको हो। सशस्त्र प्रहरीका आईजीपी राजु अर्यालले आज सरुवा निर्णय गरेका हुन्।
धनगढी : सशस्त्र प्रहरी बलका चार जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को काज सरूवा गरिएको छ। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुधबार मन्त्रीस्तरीय निर्णयगर्दै उनीहरूको काज सरूवा गरेको बलले जनाएको छ ।
धनगढीः टीकापुरको ललिता निवास भनेर चर्चित जग्गा घोटाला प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । बिहीबार अख्तियारले कैलालीको टीकापुरस्थित ३० बिघा सरकारी जग्गा घोटाला प्रकरणमा विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । अख्तियारले तत्कालीन टीकापुर विकास समितिका अध्यक्ष नेत्र प्रसाद जोशी, ललित ताम्राकार र धीजराज रेग्मीसमेत २४९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारका प्रवक्ता नरहरि घिमिरेले तत्कालीन अध्यक्षलगायत पदाधिकारीहरूको मिलेमतोमा नक्कली रसिद बनाइ समितिका पदाधिकारी एवं कर्मचारीहरूको संलग्नतामा नगर विकास समितिको प्लट घडेरी आफन्तलगायत संघरसंस्थालाई उपलब्ध गराएको पुष्टि भएकाले समितिका तत्कालीन अध्यक्ष जोशीसहित २४९ जनाविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जानकारी…
धनगढी : एक दिवसीय क्रिकेटमा नेपालले क्यानडामाथि ७ रनको रोमाञ्चक जित हात पारेको छ । जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७.५ ओभरमा २१७ रनमा अल आउट भयो । नेपाललाई जिताउन रोहितकुमार पौडेलले ४ विकेट लिए । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै १० विकेट गुमाएर २२४ रन बनाएको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ६२ रन बनाए । ५८ बल खेलेका उनले ९ चौका र १ छक्का हानेका थिए । आरिफ शेखले ३८ रन बनाए । सोमपाल कामी २७ रनमा आउट भए ।
डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिकाका एम्बुलेन्सले यात्रु ओसारेको पाइएको छ। बिरामीलाई सहज होस् भन्ने उद्देश्यले गाउँपालिकाबाट सञ्चालन भएका २ एम्बुलेन्सले विद्यार्थी बोकेको पाइएपछि जिल्ला ट्राफिक कार्यालय डडेल्धुराले नियन्त्रणमा लिएको हो। एक सुत्केरीलाई छाडेर विद्यार्थी बोक्न थालेपछि उनका आफन्तले प्रहरीलाई खबर गरेका थिए। उक्त खबर पाएपछि ट्राफिक प्रहरीले एम्बुलेन्स नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। नियन्त्रणमा लिइएका एम्बुलेन्स चालकलाई सम्झाईबुझाइ गरेपछि छाडिएको छ। भोलिदेखि डडेल्धुरा सदरमुकाममा हुने राष्ट्रिपति रनिङ शिल्डमा सहभागी हुने विद्यार्थीलाई बोकेका एम्बुलेन्स भागेश्वर गाउँपालिकाको बगरकोटभन्दा माथिबाट नियन्त्रणमा लिइएका थिए। यस विषयमा अजयमेरु गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत जितेन्द्रप्रसाद ओझाको भनाई भने फरक छ। उनले गाउँपालिकामा कुनै सुत्केरी…
मकवानपुर : मकवानपुरमा छोरीलाई निर्घात कुटपिट गरेको आरोपमा पक्राउ परेका बुवा धरौटी बुझाएर रिहा भएका छन्। जिल्ला अदालत मकवानपुरले महोत्तरी एकडाँडा गाउँपालिका–३ घर भई हेटौँडा उपमहानगरपालिका–५ सिँचाइ टोल बस्ने २७ वर्षीय रामजी मण्डललाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो। गएको पुस २१ गते मण्डलले चार वर्षीया छोरीलाई पढाउने क्रममा कुटपिट गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए। मण्डलले छोरीलाई पेन्सिलले मुख र शरीरका विभिन्न भागमा घोचेर घाइते बनाएका थिए । घाइते छोरीलाई हेटौँडा अस्पतालमा उपचार गरी घर लगिएको छ। बालिकालाई कुटपिट गर्ने मण्डललाई प्रहरीले पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखेको थियो ।…
धनगढी : कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरियाका ४२ वर्षीय श्याम देउवाको मृत्यु प्रकरणमा पक्राउ परेका ६ जना छुटेका छन्। सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने भन्दै फाइल फिर्ता गर्दैै नियन्त्रणमा रहेकाहरुलाई हाजिरी जमानीमा छाड्न निर्देशन दिएपछि उनीहरु छुटेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदिप चन्दले देउवाको मृत्यु घटनामा अनुसन्धानका लागि नियन्त्रणमा लिइएकाहरु हाजिरी जमानीमा छुटेको बताए। उनका अनुसार सरकारी वकिलको कार्यालयले आइतबार फाइल फिर्ता पठाउँदै छाड्न निर्देशन दिएको थियो। सोहीअनुसार गोदावरी नगरपालिका–१ का २७ वर्षीय विनोद शाह, गोदावरी–६ बस्ने २४ वर्षका प्रकाश ओली, वडा नम्बर १ बस्ने २५ वर्षीय उमेश बडेला, २८ वर्षीय यज्ञ बिक, कृष्णपुर…
धनगढीः कैलालीमा दुई मोटरसाईकल एकआपसमा ठोक्किँदा चार जना घाइते भएका छन्। जिल्लाको घोडाघोडी नगरपालिका–४ मा दुई मोटरसाईकल एकआपसमा ठोक्किएका हुन्। पश्चिमबाट पूर्वतर्फ जादै गरेकोे घोडाघोडी नगरपालिका १ बस्ने २९ वर्षीय प्रकाश बिनाडीले चलाएको से७प ४२१९ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आइरहेको घोडाघोडी नगरपालिका–१० का ३१ वर्षीय दिपेन्द्र कठायतले चलाएको प्रदेश ०३०२०–१२ प ५६३६ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किदा दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। घाइते हुनेमा दुबै मोटरसाइकल चालक र प्रकाशको पछाडी सवार ४० वर्षीया राधिका पाण्डे र दिपेन्द्रको पछाडी सवार २८ वर्षीय असोक सुनार रहेका छन्। घाइते चारै जनाको घोडाघोडी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप…