डडेल्धुरा : महाकाली करिडोर भएर डडेल्धुरादेखि कञ्चनपुरसम्म आवतजावत गर्न सकिने भएको छ । कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुराको सिमल्टासम्म ट्याक खोल्ने काम सम्पन्न भएसंगै करिडोरको डडेल्धुरा–कञ्चनपुर खण्डमा मोटर चलेको हो । करिडोरअन्तर्गत ब्रह्मदेवदेखि डडेल्धुराको करालीसम्म १५ किलोमिटर ट्याक खोल्ने जिम्मा दिवा/शनिदेव जेभीले पाएको थियो । ०७८ असार २८ गते ठेक्का सम्झौता भएकोमा सोमबार ट्याक खोल्ने काम सम्पन्न भएपछि मोटर चलेको हो । महाकाली करिडोरका योजना प्रमुख लक्ष्मणदत्त जोशीले १५ किलोमिटर ट्याक खोल्ने काम सम्पन्न भएसंगै अब ब्रह्मदेवदेखि डडेल्धुराको सिमल्टासम्म ३८ किलोमिटर सडकमा मोटर चलेको जानकारी दिए । उनका अनुसार महाकाली करिडोरअन्तर्गत डडेल्धुरामा मात्रै अझै ३१ किलोमिटर ट्याक खोल्न बाँकी छ । ‘भागेश्वर गाउँपालिका…
Author: महेन्द्रनगर पोष्ट
कञ्चनपुर : कञ्चनपुरको लालझाडी गाउँपालिका–४ दोदा नदीमा आठ वर्ष अघि पक्की पुल निर्माण थालिएको हो । यस अवधिमा पुलका तीन पिलर मात्रै ठडिएका छन् । विसं २०७२ पुस २६ गते तीन वर्षभित्र सक्नेगरी लुम्बिनी राजेन्द्र कुमार श्रेष्ठ जेभी कम्पनीसँग पक्की पुल निर्माणको सम्झौता भएको थियो । त्यसपछि पटक–पटक म्याद थप हुँदा पनि अहिलेसम्म पुल निर्माणले गति लिन सकेको छैन । तीन पिलर पनि मापदण्ड विपरित निर्माण गरिएको पाइएपछि पुलको डिजाइन नै फेरिएको छ । “पुलको कामले गति लिएको छैन । निर्माण कम्पनीलाई बारम्बार ताकेता गर्दैआएका छौँ”, सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर तारानाथ सिग्देलले भने । विसं २०७८ साउनमा…
काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी पहाडी भूभागमा आंशिक बदली रही तराई भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति भने…
काठमाडौं : लोकसेवा आयोगले ठूलो संख्यामा शाखा अधिकृतमा दरखास्त माग गरेको छ। आयोगले आज सूचना जारी गर्दै विभिन्न पदमा खुला तथा समावेशी गरी २ सय ६२ शाखा अधिकृतको माग गरेको हो। सबैभन्दा धरै परराष्ट्र, प्रशासन र लेखा परीक्षणमा मागिएको छ।
धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १४ बहुलियामा दुर्घटना भएको छ। जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार बहुलियामा मङ्गलवार अटो र मोटरसाइकल आपसमा ठोकिएका हुन्। प्रहरीका अनुसार कैलारी गाउँपालिका वडा नम्बर ९ का सञ्जु चौधरीले चलाएको से २ प २५७१ नम्बरको मोटरसाइकल र धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का अमर विकले चलाएको सुदूरपश्चिम प्रदेश ०२–००१ ह १८३१ नम्बरको अटो ठोकिएका हुन्। दुर्घटनामा ६९ वर्षीया कल्पन्ना परियार घाइते भएकी छन्। उनको धनगढीस्थित सेती अस्पतालमा उपचार भईरहेको छ ।
भक्तपुर : नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वउद्योगमन्त्री सोमप्रसाद पाण्डेले एनसेल प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिएका छन् । रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको सञ्चार-संवाद कार्यक्रममा उनले एनसेललाई अब राष्ट्रियकरण गर्नुपर्ने बताए । पूर्व मन्त्री पाण्डेले भने, “डेढ खर्बको लागत रहेको एनसेल कम्पनीको शेयर खरिद बिक्रीको रकम रु. ६ अर्ब मात्रै हुनुले त्यहाँ गलत भएको तथ्य उजागर भएको छ, सरकारी अभिलेख हेर्दा पनि एनसेलले रु. छ अर्ब मुनाफाको अंश विदेश लगेको देखिन्छ, यस्तो अवस्थामा ठूलो रकम कर छलेको सहजै अनुमान गर्न सकिन्छ छानबिन समितिले निष्पक्ष छानबिन त्यसलाई राष्ट्रियकरण गरिनुपर्छ ।” फरक सन्दर्भमा नेता पाण्डेले मेलम्चीको पानी काठमाडौँ बासीलाई…
महेन्द्रनगर : मानव बेचबिखन तथा ओसार पसारका बिरुद्धमा काम गर्दै आएको एक संस्थालाई जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बन्द गर्न निर्देशन गरेको छ । कञ्चनपुरको गड्डाचौकीमा हेल्प डेस्क स्थापना गरेर महिला तथा बालबालिकाको हकहित एवं मानव बेचबिखन तथा ओसार पसारको बिरुद्धमा काम गर्दै आएको थ्री एन्जल नेपाल नामक संस्थालाई मापदण्ड अनुसार नरहेको भन्दै जिल्ला पशासन कार्यालय कञ्चनपुरले तत्काल बन्द गर्न निर्देशन गरेको हो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीको नेतृत्वमा एसपी कमल थापा सहितको टोलीले अनुगमन गर्दा थ्री एन्जल नेपाल, गड्डाचौकीको आश्रयस्थल मापदण्ड अनुरुप नरहेको हुँदा प्रशासनले तत्काल बन्द गर्न निर्देशन गरेको हो । मापदण्ड पुर्याएर अर्को आश्रयस्थल बनाएमा…
ओखलढुंगा : मध्यपहाडी संकल्प यात्राका क्रममा ओखलढुंगाका दुई माओवादी नेता नेकपा एमालेमा प्रवेश गरेका छन् । मंगलबार कोशी प्रदेश प्रवेश गरेको एमालेको संकल्प यात्राको क्रममा ओखलढुंगाको हर्कपुरमा आयोजित जनसभाबाट उनीहरु पार्टी प्रवेश गरेका हुन् । प्रवेश गर्नेमा लिखु गाउँपालिका- २ का वडाध्यक्ष उम्मेदवार युवा नेता शिवराम खड्का र अनेरास्ववियु क्रान्तिकारीका जिल्ला उपाध्यक्ष सुरेश खड्का छन् । उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टीका र माला लगाएर पार्टीमा प्रवेश गराएका हुन् ।
धनगढी: बैतडीको सुर्नया गाउँपालिका-३ मा एक महिलाको हत्या गरिएको छ। सुर्नया गाउँपालिका-३ को बिजुल भन्ने ठाउँका अन्दाजी २९ वर्षीय तेजबहादुर चन्दले सोही ठाउँकी ५६ वर्षीया हरिना बिष्टको बीभत्स हत्या गरेका हुन्। प्रहरीका अनुसार मानसिक सन्तुलन ठीक नभएका चन्दले बिष्टको घरमै गएर मंगलबार दिउँसो धारिलो हतियार प्रयोग बीभत्स हत्या गरेका हुन्। घरमा महिला एक्लै भएको मौका छोपेका चन्दले ती महिलालाई लखेटेका थिए। त्यसपछि ती महिला घरभित्र पसेकी थिइन्। चन्दले सब्बलको प्रयोग गरी ढोका फोडेर भित्रै गई सब्बल र हसिया प्रयोग गरी हत्या गरको स्थानीय भुवन भट्टले जानकारी दिए। चन्दले २ बाख्रा पनि काटिदिएको उनले बताए।आरोपित चन्द अहिले पक्राउ परेको जिल्ला प्रहरी…
धनगढी : कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को मंगलबार सम्पन्न दुई खेलमा शुक्लाफाँटा ब्ल्याकबक्स फाउन्डेसन र धनगढी क्रिकेट एकेडेमी विजयी भएका छन् । शुक्लाफाँटाले कैलाली जिल्ला क्रिकेट क्लबलाई तथा धनगढीले शारदा सेकेण्डरी स्कुललाई पराजित गर्यो । आज सम्पन्न पहिलो खेलमा शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसनले कैलाली जिल्ला क्रिकेट क्लबलाई ९० रनले पराजित गर्यो । समुह चरणमा सबै ३ खेल खेल्दा २ जित र १ हार बेहोरेको शुक्लाफांटाले समुह एु बाट सेमीफाइनल सम्भावना जिवितै राखेको छ । दुवै खेल जितेको धनगढी स्पोर्ट्स क्लब अन्तिम खेलमा खप्तड इन्डोरसंग पराजित भएको खण्डमा शुक्लाफांटा र धनगढी मध्ये नेट रन रेटमा अघि हुने टिम…