Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीको धनगढीमा जबरजस्ती करणीमा दोषी ठहर एक जना पक्राउ परेका छन्। जबरजस्ती करणीमा जिल्ला अदालतबाट दोषी ठहर तर फरार रहेका युवकलाई पक्राउ गरिएको हो। आज (बुधबार) वडा प्रहरी कार्यालय धनगढीबाट प्रहरी निरीक्षक जनकराज ढुङ्गानाको कमाण्डमा खटिएको प्रहरी टोलीले जबरजस्ती करणीमा दोषी ठहर तर फरार भएका व्यक्तिलाई नियन्त्रणमा लिएको हो। कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का ३८ वर्षीय रामबहादुर चौधरीलाई धनगढी उपमहानगरपालिका–५ हसनपुरबाट पक्राउ गरेर जिल्ला अदालत कैलालीमा पठाइएको छ।

Read More

कञ्चनपुरः कञ्चनपुर प्रहरीले पछिल्लो समय सक्रियता बढाएको छ। भन्सार छलीदेखि फरार प्रतिवादी समाउने कार्यमा प्रहरी सक्रिय बनेको हो। कञ्चनपुर प्रहरीले हिजो र आज गरेर मात्रै दुई थान ट्याक्टरसहित झण्डै १६ लाख मुल्यको अवैध सामान नियन्त्रणमा लिएको छ। १५ लाख ९७ हजार ९३० को अवैध सामान प्रहरीले नियन्त्रणमा लिएको हो। मंगलबार इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले टोलीले बेलौरी नगरपालिका–८ बाट १४ लाख ६२ हजार मुल्यको भन्सार छलीको सामान बरामद गरेको छ। त्यस्तै अस्थायी प्रहरी पोष्ट सुकासालबाट खटिएको प्रहरी टोलीले ५४ हजार ७३० मुल्यको अवैध सामान बरामद गरेको छ। अस्थायी प्रहरी पोष्ट मझगाउँबाट खटिएको प्रहरी टोलीले पनि १० हजार र आज…

Read More

धनगढीः कैलालीबाट डडेल्धुरा जाँदै गर्दा डोटीको जोरायल गाउँपालिका–२ बुडरमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिएपछि दुर्घटना भएको छ। बुधबार भएको दुर्घटनामा श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएका छन्। ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा डडेल्धुरा जाँदै गरेका जानकी गाउँपालिका कटासेका ३६ वर्षीय रमेश विकको मृत्यु भएको हो। यस्तै उनकी श्रीमती लक्ष्मी विक घाइते छिन्। बुधवार बिहान भीमदत्त राजमार्ग अन्तरगत डडेल्धुराबाट धनगढीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०४–००१ ख ००१२ नम्बरको तेल बोक्ने खालि ट्याङ्करले सुदूरपश्चिम प्रदेश ०१–०११ प ५२१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा घाइते भएका दुवैलाई उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल ल्याइएकोमा उपचारमा क्रममा रमेशको मृत्यु भएको हो। ट्राफिक प्रहरी कार्यालय अत्तरियाका…

Read More

धनगढी: कञ्चनपुरको महेन्द्रनगरस्थित ओपेरा होटलभित्र सञ्चालित क्यासिनोले भारतबाट मदिरा तस्करी नगराएको प्रष्ट पारेको छ। क्यासिनोका प्रतिनिधि सुर्यकमल श्रेष्ठ (हिमाल) ले मदिरा तस्करी नगराएको दाबी गरेका हुन्। उनले मदिरा तस्करीमा आफ्नो कम्पनीमा कार्यरत कुनै पनि कामदारको कुनै पनि प्रकारको संलग्नता नरहेको जनाएका छन्। सो विषयमा महेन्द्रनगरपोष्टद्वारा प्रेसित समाचारलाई समेत उनले आधारविहीन भनेका छन्। तर महेन्द्रनगरपोष्टले सो विषयमा भारतीय प्रहरीको भनाई र तस्करीको मदिरासहित पक्राउ परेकाहरुको बयानसमेत समेटेर समाचार प्रकाशन गरेको थियो। जसमा भारतीय प्रहरीले भारतको खटिमाबाट महेन्द्रनगरस्थित ओपेरा होटलभित्र रहेको सिएमजी ग्यामिङ क्लब (क्यासिनो) मा मदिराको तस्करी गरेर बेचविखन हुने गरेको खुलासा गरेको थियो। तत्कालीन समयमा प्रहरीले नरेन्द्र शाह र सुर्यकमल…

Read More

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाका लागि पहल गर्ने गरेको आग्रहमा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी सकारात्मक देखिएका छन् । प्रधानमन्त्री प्रचण्ड र कतारका अमिर शेख बिच आज भएको एक्ला एक्लै वार्तामा सो विषयमा कुराकानी भएको हो । प्रधानमन्त्री प्रचण्डले जोशीको रिहाका लागि गरेको आग्रहमा अमिर शेखले आफू रिहाका लागि सकारात्मक रहेको र यसका लागि आफ्नो तर्फबाट रिहाका लागि पहल गरिने प्रतिबद्धता जनाएको प्रधानमन्त्री प्रचण्डका परराष्ट्र सल्लाहकार रूपक सापकोटाले बताए । हमास र इजरायल बिच मध्यस्थताको भूमिकामा रहेको कतारले यसअघि पनि विपिन जोशीको रिहाका लागि प्रतिबद्धता जनाएको थियो । हिजो…

Read More

धनगढी : नेपाल प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका दुईजनालाई भारतको पलिया प्रहरीले पक्राउ गरेको छ। मंगलबार भारतको पलिया खिरि थाना अन्तर्गतको प्रथम बजार कस्बाका ‘ड्रग्स किंग’ भनिने २५ वर्षीय अंकित माल्या र सिगहिया कस्बामा डेरा गरी बस्ने ३२ वर्षीय विक्की नेपाली भनिने बिक्की गुप्तालाई भारतीय प्रहरीले पक्राउ गरेको हो। उनीहरुको साथबाट ३९० ग्राम ब्राउन सुगर बरामद गरिएको भारतीय प्रहरीले जनाएको छ। ‘ड्रग्स किंग’ भनिने अंकित माल्याको साथबाट २६० ग्राम ब्राउन सुगर र विक्की गुप्ताको साथबाट १३० ग्राम ब्राउन सुगर बरामद भएको भारतको पलिया थानाले प्रेस विज्ञप्ती जारी गरि जनाएको छ। दुवैजना नेपाल प्रहरीको ‘मोस्ट वान्टेड’ कारोबारी हुन्। विक्की नेपाली भनिने…

Read More

काठमाडौँ : नेपाल र कतारबिच द्विपक्षीय सम्झौता भएको छ । प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर शेख तमिम बिन हमाद अल थानीबिचको भेटवार्तापछि आठ विषयमा सम्झौता भएको हो । प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरको उपस्थितिमा सम्झौतापत्रमा नेपालको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र कतारका कानुन मन्त्रीले हस्ताक्षर गरेको जनाएको छ । ८ मध्ये २ वटा सम्झौतापत्रमा निजी क्षेत्रबाट हस्ताक्षर भएको छ ।

Read More

काठमाडौँ : लगातार दुई दिन तोलामा ३८ सय रुपैयाँ घटेको सुनको मूल्य बुधवार पुनः ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ५ सय रुपैयाँले बढ्दै १ लाख ३६ हजार रुपैयाँ कायम भएको हो । मंगलबार छापावाला सुन प्रतितोला २७ सय रुपैयाँले घट्दै १ लाख ३५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ५ सय रुपैयाँले नै बढ्दै १ लाख ३५ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले बढ्दै १ हजार ६ सय ७० रुपैयाँमा…

Read More

सुर्खेत : करेन्ट लागेर विद्युत् प्राधिकरण सुर्खेतका एक कर्मचारीको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–३, तातापानीका अन्दाजी २८ बर्षीय विशाल केसी रहेका छन्। बराहताल गाउँपालिका–८, कुनाथरी भन्ने ठाउँमा विद्युत् मर्मत गर्ने क्रममा उनलाई मंगलबार करेन्ट लागेको थियो । विद्युत् प्राधिकरण सुर्खेतका सूचना अधिकारी बेनी नेपालीले अनुसार करेन्ट लागेर घाइते उनलाई प्रदेश अस्पताल लगिएको थियो। चिकित्सकहरुले बेलुका ८ बजेतिर उनको मृत्यु भएको घोषणा गरेका थिए ।

Read More

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारी अमिर शेख तमिम बिन हमाद अल थानीबिच भेटवार्ता भएको छ । बुधबार बिहान काठमाडौँको होटल सोल्टीमा प्रधानमन्त्री प्रचण्ड र थानीबिच वान टु वान भेटवार्ता भएको हो । प्रधानमन्त्री र थानीको वान टु वान भेटवार्तापछि दुईपक्षीय वार्ता हुने र त्यसपछि विभिन्न सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

Read More