कैलाली: ‘बदनाम भएर के बाच्नु, सरी दिदी ममी’ भन्दै ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेकी शिक्षिका राजेश्वरी डडालका प्रेमी जगदिश कोट्टारीलाई चार वर्ष कैद सजाय सुनाइएको छ। धनगढीको दिपेन्द्र प्रहरी स्कुलकी शिक्षिका डडालको आत्माहत्या दुरुत्साहन सम्बन्धी मुद्दामा जिल्ला अदालत कैलालीले उनका प्रेमी कोट्टारीलाई चार वर्ष कैद सजाय हुने फैसला गरेको हो। जिल्ला अदालतका न्यायाधिश प्रदीपकुमार उपाध्यायको इजलाशले २६ माघमा फैसला गर्दै कोट्टारीलाई चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाएको श्रेस्तेदार मानबहादुर बिष्टले जानकारी दिए। मृतकका परिवारलाई अभियुक्तबाट एक लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश समेत दिइएको उनले बताए। दार्चुलाको मार्मा गाउँपालिका–६ सितोली घर भएकी राजेश्वरी धनगढीको दिपेन्द्र प्रहरी…
Author: महेन्द्रनगर पोष्ट
धनगढी : कैलालीको एक विद्यालयमा शिक्षिकाबीच कुटाकुट भएको छ। जिल्लाको मोहन्याल गाउँपालिका- ७ कुहिनेको अरनिको आधारभुत विद्यालयमा शिक्षिकाबीच कुटाकुट भएको हो। विद्यालयकी प्रावि स्थाई दरबन्दीकी शिक्षिका देवकी जोशी र बालविकास शिक्षिका रिता बिष्टबीच कुटाकुट भएको हो। माघ २६ गते शुक्रबार विद्यालय समयमा दुबै शिक्षिकाबीच कुटाकुट भएको विद्यालयका प्राधानाध्यापक लोकराज धमलाले जानकारी दिए। बिष्टले आफ्नो औला काटेको जोशीले आरोप लगाइन्। जोशी अहिले आफूलाई असुरक्षा भएको भन्दै प्रअलाई जानकारी गराई धनगढी घरमा बसेको बताएकी छन्। विद्यालय व्यवस्थापन समितिले दुबे पक्षलाई छलफल गराईविवाद मिलाउन माघ २९ गते बैठक राखिएको समितिकी अध्यक्ष हस्तनाकुमारी माँझीले बताइन्। तर, उपस्थित नभएपछि बैठक स्थगित भएको उनको भनाइ छ।
धनगढी : सर्वोच्च अदालतले ‘जनयुद्ध दिवस’मा बिदा दिने सरकारको निर्णय खारेज गर्दा पनि कैलालीको एक वडा कार्यालयले आज कार्यालय बन्द गरेको छ। कैलाली गौरीगङ्गा नगरपालिका- ९ का वडाध्यक्ष राजकुमार थारूले एक विज्ञप्ति जारी आज बिदा रहेको जानकारी दिएका हुन्। उनले आज साँझ ७ बजे दीप प्रज्वलन गरेर जनयुद्ध दिवस मनाउने र आज वडा कार्यालय बन्द रहने जानकारी गराइएको दिएका हुन्। वडाध्यक्ष थारू माओवादी केन्द्रबाट निर्वाचित हुन्।गौरीगङ्गा नगरपालिकाका मेयर देवीदत्त कँडेल पनि माओवादीबाट निर्वाचित हुन्। नगरपालिकाले भने स्थानीय बिदा दिएको छैन्। तर, सोही नगरपालिकाको वडा कार्यालयले भने जनयुद्ध दिवस मनाउने र कार्यालय बन्द हुने सूचना जारी गरेको हो। हिजो कैलालीकै मोहन्याल…
काठमाडौं : गायिका एलिना चौहानको स्वर रहेको गीत ‘कट्टा हानिदिन्छु’ विरुद्ध उजुरी परेको छ। आफ्नो गीतबाट चोरी भएको दाबी गर्दै गायक विश्वराम कार्कीले नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा उजुरी दर्ता गराएका हुन्। कार्कीले आफ्नो गीत हुबहु कपी गरेर नेत्र अर्यालको शब्दमा ओबी रायमाझी युट्युब च्यानलबाट ल्याएको उजुरीमा उल्लेख छ। गायक कार्कीले आफ्नो गीत कपी गर्नेलाई प्रचलित कानुन अनुसार कारबाहीको गर्न माग गरेका छन्। उजुरीको विषयमा प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयले आज दुवै पक्षलाई छलफलमा बोलाएको बुझिएको छ।
धनगढीः कञ्चनपुरमा विद्युतीय अपराधको आरोपमा थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको भीमदत्त नगरपालिक-१८ का कर्णबहादुर चन्द र भीमदत्त नगरपालिका- १६ का दशरथ धानुकलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूलाई सोमवार अनुसन्धानका लागि पक्राउ गरिएको कञ्चनपुर प्रहरीले बताएको छ। चन्द पूर्व प्रहरी हवल्दार हुन्। उनलाई कमेन्ट् गरेको आधारमा पक्राउ गरिएको बुझिएको छ। कञ्चनपुर प्रहरीले शनिवार पत्रकार ऐश्वर्य कुँवर र पुष्कर भट्टलाई समेत पक्राउ गरेको थियो। उनीहरूले जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा प्रहरीका अपराधीक क्रियाकलापका बिरुद्ध समाचार तथा सामाजिक सञ्जालहरूमा विभिन्न आरोपहरू लगाएका थिए। उनीहरूका विरुद्ध कञ्चनपुर प्रहरीले विद्युतीय अपराधमा मुद्दा दर्ता गरेको छ।
काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३०० रुपैयाँले घटेको हो। महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख १७ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो। त्यसै गरी, आज चाँदीको मूल्य भने स्थिर रहेकाे छ।आज चाँदी ताेलाकाे १३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी सोमबार पनि साेहि मूल्यमा काराेबार भएकाे थियाे।
झापा : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका झापा जिल्ला सचिव प्रविण मिश्रलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ। इटहरीस्थित खनारबाट उनलाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीको अनुसार पक्राउ परेको उनलाई प्रहरीले न्यायिक हिरासतमा राखेर अनुसन्धान अगाडी बढाइरहेको छ। उनको साथबाट डेटोनेटर ७ वटा, विष्फोटक पदार्थ बनाउन प्रयोग गरिने समानहरु समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
जनकपुरधाम : सूचना प्रविधिको युग। त्यसैमा कम्प्युटर इन्जिनियरिङमा स्नातक अर्थात् ‘बिटेक’ गरिसकेको युवा। यस्तो युवाले के गरिरहेका होलान्, कल्पना गर्नुहोस् त ? सोही विषयमा स्नातकोत्तर अध्ययनको तयारीमा जुटेका, रोजेखोजेको कार्यालयमा सफ्टवेयर बनाइरहेका, बहुचर्चित विधा आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सेक्युरिटीलगायत काममा नयाँ–नयाँ प्रयोग गर्न अभ्यस्त। त्यसै नभए पनि आफ्नो सीप र कला प्रयोग गरेर जीवनयापन गरिरहेका त पक्कै होलान् ! हरेकको मानसपटलमा यस्तै चित्र बन्छन्। तर धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१० देवीचोक निवासी कम्प्युटर इन्जिनियर राजेश कर्णको दिनचर्या भने हामीले कल्पना गरेभन्दा भिन्न छ। कम्प्युटरका पाटपुर्जा र थरिथरि सफ्टवेर बनाउन किबोर्ड चलाउनुपर्ने उहाँका हात यतिखेर स्वादिलो चियाका लागि चियापत्ती,पानी र चिनी अड्कल्दै छन्। जनकपुरधाम–२…
एजेन्सी : कतारमा जासुसी गरेको आरोपमा मृत्युदण्डको सजाय पाएका भारतीय नौसेनाका ८ पूर्व कर्मचारीहरु स्वदेश फर्किएका छन् । उनीहरुलाई कतारले रिहा गरेको छ । नयाँ दिल्लीको कूटनीतिक हस्तक्षेपपछि दोहाले भारतीय नौसेनाका पूर्व कर्मचारीको मृत्युदण्डको सजायलाई रोकेर जेलमा राखेको थियो । तर, कतारका अमिरको आदेशमा भारतीयलाई रिहा गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरु सोमबार बिहान दिल्ली विमानस्थलमा अवतरण गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि आठ भारतीयलाई मृत्युदण्ड दिइएको थियो । पुनरावेदनपछि मृत्युदण्डको सजाय ५ देखि २५ वर्षसम्म कैदमा परिणत भएको थियो । दोस्रो पुनरावेदनको सुनुवाई चलिरहेको बेला कतारका अमिरको आदेशमा उनीहरूलाई रिहा गरिएको हो । रिहा लगत्तै उनीहरु स्वदेश…
काठमाडौँ : नेपालमा पहिलोपटक समलिङ्गी लेस्बियन जोडीको विवाह दर्ता भएको छ । सर्वोच्च अदालतको आदेश अनुसार बर्दियाको बढैयाताल गाउँपालिका वडा नं २ को कार्यालयले समलिङ्गी महिला जोडीको विवाह दर्ता गरेको हो । पाँच वर्षदेखि समलिङ्गी सम्बन्धमा रहेका बढैयाताल वडा नं २ निवासी अन्जुदेवी श्रेष्ठ (दीप्ति) र बाँके कोहलपुर नगरपालिका वडा नम्बर ५ बस्ने सुप्रिता गुरुङ्गको जोडीले कानुनी रूपमा विवाह दर्ताको प्रमाणपत्र लिएका छन् । स्थानीय पञ्जीकाधिकारी एवं वडा सचिव दीपक नेपालीले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको प्राविधिक शाखाबाट दिएको जानकारी अनुसार विवाह दर्ता गरिएको बताए। ‘दर्ता गर्ने र प्रमाणपत्रमा अस्थायी विवाह दर्ता लेखेर जारी गर्न पञ्जीकरण विभागको प्राविधिक शाखाबाट जानकारी…