Author: महेन्द्रनगर पोष्ट

धनगढी: सुदूरपश्चिम घर भएका नेपाली सेनाका ३ कर्मचारी गायब भएका छन्। स्रोतका अनुसार उनीहरू बिदा मागेर फिर्ता नआएको बताइएको छ। यसरी भगौडाको सूचीमा पर्नेमा दार्चुला घर भएका सिपाही रमेशसिंह खाति छन्। उनी गत वर्षको चैत २२ गते एक दिने बिदा मागेर गएकोमा फर्किएका छैनन्। उनी दार्चुलाका दलजित सिंह खातिका नाति एवं धनसिंहका छोरा हुन्। यस्तै पाँच दिन बिदामा बसेका कैलालीको लम्कीचुहा घर भएका सिपाही दिनेश भुल पनि सम्पर्कमा नआएको बुझिएको छ। कैलालीको लम्किचुहा नगरपालिका ९ का खन्टे भुलका नाति एवं गर्वेका छोरा उनी घरायसी समस्या परेको भन्दै चैत १५ गतेबाट बिदामा थिए। यता, कञ्चनपुरको कृष्णपुर नगरपालिका २ घर भएका गणेशबहादुर…

Read More

काठमाडौं : नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर १९औं ‘हेड अफ एनसिबी कन्फरेन्स’ मा सहभागिता जनाएका छन् । फ्रान्सको लियोनमा वैशाख आजदेखि १३ गतेसम्म सञ्चालन हुने १९औं ‘हेड अफ एनसिबी कन्फरेन्स’ मा डीआईजी कुँवर सहभागी भएका हुन् । हेड अफ एनसिबीमा अन्तर्राष्ट्रियस्तरमा हुने अपराधको नियन्त्रण सम्बन्धमा ‘इन्टरपोल’मा आबद्ध एक सय ९६ देशको सहभागिता रहनेछ। सहभागिताका क्रममा अन्तर्राष्ट्रियस्तरमा घटेका समसामयिक घटना, अपराध अनुसन्धानको विषय, प्रहरी कर्मचारीको क्षमता अभिवृद्धिलगायत विषयमा छलफल हुनेछ। सम्मेलनका क्रममा नेपालले भारत, चीन, जापान, मलेसियालगायतका प्रतिनिधिसँग द्विपक्षीय छलफल गर्ने कार्यक्रमसमेत रहेको छ।

Read More

धनगढीः कैलालीको धनगढीमा लागुऔषधसहित एक महिला पक्राउ परेकी छन्। धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट २० वर्षीया चेतना सेट्टी अवस्थी लागुऔषधसहित पक्राउ परेकी हुन्। आज (मंगलबार) साँझ ३६० मिलीग्रामी लागुऔषधसहित धनगढी उपमहानगरपालिका–३ बस्ने चेतनालाइ वडा प्रहरी कार्यालय धनगढीबाट प्रहरी निरीक्षक जनकराज ढुंगानाको कमाण्डमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। यस विषयमा जिल्ला प्रहरी कार्यालय कैलालीले थप अनुसन्धान गरिरहेको छ।

Read More

काठमाडौं : कर्णाली प्रदेशमा सत्तारूढ दलहरूले मन्त्रालयको भागबण्डा टुंग्याएका छन्। मंगलबार मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता यामलाल कँडेल र माओवादी केन्द्र संसदीय दलका नेता राजकुमार शर्माबीच भएको छलफलबाट मन्त्रालय भागबण्डा टुंगिएको हो। यसअघि भागबण्डामा कुरा नमिल्दा मन्त्रिपरिषद विस्तार हुन सकेको थिएन। जसले गर्दा चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका कँडेलले एक्लै मन्त्रालय सम्हालेका थिए। सहमतिअनुसार नेकपा माओवादी केन्द्रले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय लिने भएको माओवादी केन्द्र संसदीय दलले जनाएको छ। एमालेले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा योजना मन्त्रालय र…

Read More

धनगढी : बैतडीमा पासोमा परेको चितुवाको आज उद्धार गरिएको छ। सिगास गाउँपालिका–९ चुवाँ भेरिखोलामा स्थानीयले थापेको पासोमा परेको चितुवाको उद्धार गरिएको हो। डिभिजन वन कार्यालय बैतडीका प्रमुख दिलीपकुमार यादवका अनुसार राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीले पासोमा परेको चितुवाको उद्धार गरेको हो। पशु चिकित्सकले उपचार गरेपछि चितुवालाई सिगास संरक्षित वनमा छाडिएको उनले बताए। चितुवाको खुट्टामा सामान्य चोट रहेकाले उपचारपछि सिगास संरक्षित वनमा छाडिएको हो। स्थानीयले थापेको पासोमा परेको अन्दाजी दुई वर्षको चितुवालाई स्थानीयले देखेपछि प्रहरी र डिभिजन वन कार्यालयलाई खबरपछि उद्धार गरिएको हो।

Read More

काठमाडौं : कास्की जिल्लाको पोखरा महानगरपालिका–६ फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटना भएको छ। दुर्घटनामा परेका पाँच जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। अचानक आएको हावाहुरीको कारण डबल प्याडल बोट दुर्घटना भएको थियो। डुंगामा रहेका काठमाडौँ महानगरपालिका–२९ अनामनगरका ३० वर्षीय विक्रम मिकरानी, २६ वर्षीया आशिफा बानु, ५४ वर्षीया अनैजा दिल शाह, ८ वर्षीया रजिना खातुन र डेढ वर्षीया मिरा रानी फेवाताल नजिकै रहेको माछा पालन केन्द्रको जालमा अड्किएका थिए । दुर्घटना लगत्तै नं. २४ कालिका गण कास्कीबाट फेवाताल रेस्क्यु वाच टावरमा खटिएको विपद् व्यवस्थापन सहितको टोलीले उनीहरुको तत्कालै सकुशल उद्धार गरेको हो । दुर्घटनामा…

Read More

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमण पश्चात् वेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिरसँग आग्रह गरेका छन् । आफ्नो निमन्त्रणामा दुई दिने राजकीय भ्रमणमा मङ्गलबार नेपाल आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँग राष्ट्रपति भवन शीतल निवासमा भएको द्विपक्षीय भेटवार्ताका अवसरमा उनले विपिन जोशी रिहाइको विषय उठाएका उनको सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेलले आफूहरूका लागि विपिनको रिहाइ महत्वपूर्ण चासोको विषय रहेको बताउँदै रिहाइका लागि कतारका अमिरलाई पहल गरिदिन आग्रह गरेका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । गत ७ अक्टोबर २०२३ मा हमासले इजरायलमा गरेको आक्रमणका क्रममा बेपत्ता भएका…

Read More

धनगढी: नागरिक उन्मुक्ति पार्टी (नाउपा) की केन्द्रिय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आकस्मिक बैठक बोलाएकी छन्। भोलि (बुधबार) का लागि उनले पार्टीका संस्थापक केन्द्रिय सदस्यहरुको बैठक बोलाएकी हुन्। उनले समसामयिक विषयमा छलफल गर्नुपर्ने भन्दै बैठक आह्वान गरिएको जानकारी दिएकी छन्। केही समयदेखि उनको पार्टी नाउपामा संरक्षक एवं उनका पतिसमेत रहेका रेशमलाल चौधरीबीच मतभेद र विवाद चल्दै आएको छ। सरकार, पार्टीको अध्यक्ष लगायतका विषयमा बढ्दै गएको विवाद अहिले सर्वोच्च अदालतमा समेत पुगेको छ।

Read More

धनगढी: कञ्चनपुरका विपिन जोशीको उद्धार र रिहाईका लागि नेपाली काँग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य रमेश लेखकले पहल थालेका छन्। विगत सात महिनादेखि प्यालेस्टिनी लडाकु समूह हमासको नियन्त्रणमा रहेको भनिएका विपिनको रिहाइका लागि लेखकले पहल थालेका हुन्। लेखकले प्रधानमन्त्रीसहित राष्ट्रपतिलाई समेत विपिनको रिहाइका लागि आग्रह गरेका छन्। उनले विपिनका आफन्तलाई समेत लगेर पहल थालेका हुन्। उनले कतारका राष्ट्र प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आएको मौकामा पहल थालेको बताइएको छ। उनी आज नेपाल भ्रमणमा आएका छन्। उनको नेपाल भ्रमणका क्रममा विपिनको रिहाइका लागि आग्रह गर्नेसमेत जनाइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि त्यसमा चासो देखाएका छन्।…

Read More

काठमाडौं : कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा दिउँसो ३:३५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि उनी नेपाल आएका हुन् । आइतबार एसियाली देशहरूको भ्रमणमा निस्केका अमिर अल थानी मंगलबार बंगलादेशबाट नेपाल आएका हुन् । मंगलबार उनले राष्ट्रपति पौडेलसँग शीतलनिवासमा भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसपछि होटल सोल्टीमा उनका लागि राष्ट्रपतिले रात्रिभोजको आयोजना गरेका छन् । भ्रमणको दोस्रो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग द्विपक्षीय भेटवार्ता गरी उनी अपराह्न कतार फर्किने छन् ।

Read More