Author: महेन्द्रनगर पोष्ट

धनगढी : बैतडीमा भुवन टमट्टाले चलाएको सुदूरपश्चिम प्रदेश ०१००१ ज १५०० नम्बरको जिप दुर्घटना भएको छ। गोठालाापानीबाट झुलाघाटतर्फ जाँदै गरेको जिप दशरथचन्द नगरपालिका–१० को बाराकोट भन्ने स्थानमा दुर्घटनामा परेको हो। उक्त दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन्। मृत्यु हुनेमा भारतको पिथौरागढकी २१ वर्षीया मीना जोशी रहेकी छन्। यस्तै दोगडाकेदार गाउँपालिका–६ की जानकी चुनारा,दशरथचन्द नगरपालिका–६ का ललीतराम टमट्टा र भारतको पिथौरागढका किसन पोहोरा गम्भीर घाइते भएका छन्। गाडीमा चालकसहित ११ जना सवार रहेका थिए। तीन जना सामान्य घाइते भएका छन् भने दुई जना सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख दीपक गिरीले बताए। घाइतेहरुको जिल्ला…

Read More

धनगढी : बैतडीको मेलौली नगरपालिकाबाट शैक्षिक भ्रमणको लागि गएको बस बर्दियामा दुर्घटनामा परेको छ। मणिलेक नमुना माविबाट शैक्षिक भ्रमणका लागि गएको ना ८ ख ६३६१ नम्बरको बस बुधवार बिहान ५ः४५ बजेतिर दुर्घटनामा परेको हो। बर्दियाको पूर्ब पश्चिम राजमार्ग अन्तर्गत ठाकुरबाबा नगरपालिका–४ मा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख तुल्सीराम अर्यालले बताए। सडक किनारमा रोकिराखेको ट्रकमा बस ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। दुर्घटनामा परी १३ जना घाईते भएका छन्। घाईते मध्ये ५ जनाको नेपालगन्जमा उपचार भईरहेको जनाएको छ। बसमा ४२ जना सवार रहेको थिए।

Read More

धनगढी: कञ्चनपुरमा तालमा डुबेर युवक बेपत्ता भएका छन्। शुक्लाफाँटा नगरपालिका–८ को बतासे झर्नाको तालमा डुबेर २१ वर्षीय सरोज टमाटा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ। तालमा नुहाउने क्रममा डुबेर उनी डुबेको इलाका प्रहरी कार्यालय झलारीले बताएको छ। तालमा शव फेला नपरेको र खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी : कैलालीमा मिनी ट्रक दुर्घटना हुँँदा धनगढीका एक जनाको मृत्यु भएको छ। जिल्लाको भजनी नगरपालिका–७ चर्रामा से १ ख १६२७ नम्बरको मिटी ट्रक दुर्घटना भएको हो। मिनी ट्रक अनियन्त्रित भएर गम्भीर घाइते भएका धनगढी–७ मनेराका ५५ वर्षीय जुगाराम चौधरीको मृत्यु भएको छ। उनको सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। मिनी ट्रकमा सवार एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र भजनी र दुई जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार हुँदैछ। मिनी ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Read More

धनगढीः बझाङमा ७० वर्षीया ठुलीआमाको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्लाको बुङ्गल नगरपालिका–११ तल्लो मौरेबाँजका ३६ वर्षीय हरजितबहादुर पातलीले ठुलीआमा कलुली देवी पातलीको हत्या गरेका हुन्। उनले मङ्गलवार राति मापदक पदार्थ सेवन गरेर ठुलीआमा नता पर्ने कलुलीदेवीलाई कुटपिट गरेका थिए। उनको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले बताएको छ। अस्थायी प्रहरी पोस्ट पुतलीलेक र जिल्ला प्रहरी कार्यालय, बझाङको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गर्दैछ।

Read More

काठमाडौं : मादक पदार्थ सेवन (मापसे) लगायत ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई स्वंयसेवकको रूपमा सडकमा खटाइएको छ। गृहमन्त्री रवि लामिछानेले घोषणा गरेको मापसे गरी सवारी चलाएर प्रकाउ परेकालाई ट्राफिक व्‍यवस्थापनका लागि स्वयंसेवकका रुपमा खटाउने निर्णय आजैदेखि कार्यान्वयनमा ल्याइएको हो। गृहमन्त्री लामिछानेले गणतन्त्र दिवसका दिन जेठ १५ गते सामाजिक सञ्जालमा ट्राफिक प्रहरीले महिनावारीका चार दिन सडकमा ड्युटी गर्न नपर्ने बताएका थिए । गृहमन्त्रीले यस्तो पोस्ट गरेको भोलिपल्ट देखि नै यो नियम कार्यान्वयनमा आएको छ। ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा परेकाहरूलाई बुधबारदेखि काठमाडौंका विभिन्न चोकमा ड्युटी गरिरहेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ट्राफिक नियम उल्लंघन गरी सवारीसाधन चलाउने व्यक्तिहरूलाई स्वयंमसेवकको रूपमा…

Read More

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकामा मेयरको कार्यकक्षमै वडाध्यक्षहरु बिच हातपात भएको छ । मंगलबार मेयर गोपाल हमालको कार्यकक्षमा वडाध्यक्षहरु बिच लफडा भएको हो । वडा नम्बर ६ का वडाध्यक्ष भागिराम चौधरीले आफुमाथि मेयरको कार्यकक्षमै आक्रमण गरेको दाबि गरेका छन् । उनले आफुलाई वडाध्यक्ष सन्तोष मुडभरी र गजेन्द्र शाहीले आक्रमण गरेको बताएका छन् । मेयर हमालको कार्यकक्षमा चलिरहेको बैठ्कमा आफुलाई अपशब्द प्रयोग गर्दै आक्रमण गरेको उनको दाबि छ । चौधरीले आफुमाथि आक्रमण हुदाँ वडाध्यक्ष शेर बहादुर महरा र रामलाल चौधरीले बचाएपछि बाहिर भागेर ज्यान जोगाएको बताए । यस्तै वडाध्यक्षहरु सन्तोष मुडभरी, गजेन्द्र शाही र प्रेम भण्डारीले वडा नम्बर १८ का वडाध्यक्ष…

Read More

धनगढी : कैलालीमा अत्यधिक गर्मी बढेको छ। कैलालीकोे तापक्रम मङ्गलवार ४२ डिग्री सेल्सियस मापन गरिएको हो । महाकाली वेसिन फिल्ड कार्यालय, अत्तरियाका अनुसार मङ्गलवार कैलालीको अधिकतम तापक्रम ४२ डिग्री पुगेको छ । न्यूनतम तापक्रम २९ दशमलव ५ डिग्री मापन गरिएको छ । जेठ ५ गते कैलालीको तापक्रम ४२ दशमलव १ डिग्री पुगेको थियो। गत जेठ ५ गतेको न्यूनतम तापक्रम २७ डिग्री मापन गरिएको छ । गत शनिवार कैलालीको तापक्रम ४१ डिग्री मापन गरिएको छ। शनिवार कैलालीको न्यूनतम तापक्रम २७ दशमलव ४ डिग्री मापन गरिएको थियो । पश्चिमी तराईका भू–भागहरूमा अत्यधिक गर्मी बढेको हो। तीन दिनसम्म अझै गर्मी हुने अनुमान गरिएको…

Read More

धनगढी : कैलालीको धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा एक नवजात शिशुको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका–७ की सारदा भट्टको नवजात शिशुको सेती अस्पतालमा मृत्यु भएको हो। भट्टलाई सेती प्रादेशिक अस्पतालमा मङ्गलवार साढे ८ बजे राति भर्ना गरिएको थियो। भट्टले शल्यक्रिया बिना छोरालाई जन्म दिइकी थिइन्। तर, राति पौने १ बजे उनको छोराको मृत्यु भएको अस्पतालले बताएको थियो। आफन्तहरूले अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीको लापरबाहीका कारण शिशुको मृत्यु भएको आरोप लगाएका छन्। बच्चाको स्वास्थ्य अवस्था राम्रो छ भनेको १० मिनेटमा मृत्युको खबर दिएको भट्टका आफन्तले बताएका छन्। अस्पतालमा सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ। तर, अस्पतालले शिशुको मृत्यु हुनुको कारण खुलाएको…

Read More

धनगढीः कैलालीमा दुई जना मृत अवस्थामा फेला परेका छन्। मंगलबार जिल्लाको टीकापुर नगरपालिका–९ मोहना नदी किनारमा जमेको पानीमा भजनी नगरपालिका–१ गोदामका १९ वर्षीय एकेन्द्र बोहरा मृत अवस्थामा फेला परेका हुन्। त्यस्तै डोटीको बोगटान नगरपालिका–७ घर भई हाल धनगढी उपमहानगरपालिका–६ जाली बस्ने ४० वर्षीय घनश्याम बम मृत पनि अवस्थामा फेला परेका छन्। बेहोस अवस्थामा फेला परेका घनश्यामको निसर्ग अस्पताल धनगढीमा मृत्यु भएको हो।

Read More