काठमाडौं : अन्तराष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)मा ६१ किलो सुन प्रकरणकी प्रतिवादी अमला रोकाविरूद्ध डिफ्युजन नोटिस जारी भएको छ। नेशनल कन्ट्रोल ब्यूरो (एनसीबी) काठमाडौंले गरेको सिफारिसका आधारमा रोकाविरूद्ध इन्टरपोलले डिफ्यूजन नोटिस जारी भएको सीआईबीका प्रवक्ता नवराज अधिकारीले बताए। उनी सुनकाण्डमा मुछिएका बेल्जियम नागरिक दाबा छिरिङका श्रमतीसमेत हुन्। ठमेलस्थित होटेल भियना उनको नाममा दर्ता छ। यसअघि साउन २ गते राजस्व अनुसन्धान विभागले त्रिवि विमानस्थल भन्सार राजश्व जाँच पास गरेर बाहिरिएको ६१ किलो सुन बरामद गरेको थियो।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं : स्वतन्त्र सांसद अमरेश कुमार सिंहले अन्य जिल्लाको बजेट रोकेर प्रधानमन्त्री र अर्थमन्त्रीको जिल्लामा केन्द्रित गरिएको आरोप लगाएका छन्। आज (बुधबार) प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवन, कांग्रेस सभापति शेरबहादुर देउवाको जिल्ला डडेल्धुरा र अर्थमन्त्री प्रकाशशरण महतको जिल्ला नुवाकोटमा मात्र बजेट खनाइएको आरोप लगाएका हुन्। ‘यो सरकारले विकास निर्माण अवरुद्ध गर्न खोजेको हो? नुवाकोट, डडेल्धुरा र चितवनबाहेक ७४ जिल्लामा विकास भएको छैन, बहुवर्षीय ठेक्का रोकिएका छन्,’ सांसद सिंहले प्रश्न गरे, ‘३ जनाको मात्र हो यो देश ? नुवाकोटमा २ खर्ब भन्दा बढीको आयोजना गएको छ। तीन नेताले चलाउने हो भने संसदमा बजेट…
काठमाडौं : नेपाल र क्यानाडाबीच हुने एकदिवसीय क्रिकेट श्रृंखलाको डिशहोम ‘डिशहोम गो’मा एचडी क्वालिटीमा प्रसारण हुने भएको छ। २०२४ को फेब्रुअरी ८-१२ सम्म द्विपक्षीय श्रृंखलाका खेलहरू टियू क्रिकेट मैदानमा हुँदैछन्। क्रिकेट एसोसिएसन नेपालले आयोजना गर्न लागेको नेपाल र क्यानाडाबीचको खेल ‘एक्सन स्पोर्ट्स एचडी १’ र ‘डिशहोम गो’बाट प्रत्यक्ष प्रसारण हुने कम्पनीले जनाएकाे छ। नेपालको पहिलो र एक मात्र स्पोर्ट्स च्यानल एक्सन स्पोर्ट्सले कास्कीको पोखरामा जारी २३ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको पनि प्रत्यक्ष प्रशारण गरिरहेको छ।
काठमाडौं : बाँसबारी जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरी रिहा भएका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार बुधबार चौधरीसहित अन्य दुई जनालाई पनि रिहा गरेको हो। सोमबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले अनुसन्धानको कार्यमा सहयोग गर्नको लागि कागज गराई हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पुरा गर्न सीआईबीलाई आदेश दिएको थियो। मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ (६) बमोजिम अदालतले उक्त आदेश दिँदै प्रतिवादीहरुलाई २५ दिनसम्म नै हिरासतमा राखी अनुसन्धान गर्ने पर्ने सम्मको अवस्था नदेखिएको पनि ठहर थियो। ‘प्रतिवादीहरुको अनुसन्धान समक्षको बयान कार्य सम्पन्न भएको हुँदा केही थप बुझ्नु पर्ने, कागज…
धनगढी : कञ्चनपुरमा नियम विपरीत चलाइएको भन्दै सोमबार प्रहरीले भारतीय नम्बर प्लेटका ५८ वटा गाडी नियन्त्रणमा लियो। नेपाल भारत सिमाको नेपाल तर्फको दशगजा क्षेत्रमा पार्किङ गर्ने र नेपालमा कुनै भन्सार नतिरी यात्रु बोकेको भन्दै भारतीय नम्बर प्लेटका गाडीहरू नियन्त्रणमा लिएको थियो। कञ्चनपुर प्रहरीले नियन्त्रणमा लिएको दुई दिनपछि आज (बुधबार) भारतीय ट्याक्सी व्यवसायीहरूले बनबासा बजारमा नेपाली गाडीहरू नियन्त्रणमा लिएका छन्। उनीहरूले प्रतिशोध साध्ने मनसायले नेपाल भारत मैत्री बस अन्तर्गत सञ्चालित महाकाली यातायातको बस रोकेर बनबासा थानामा बुझाएका हुन्।
धनगढी : दार्चुलाको एक नगरपालिकामा गज्जवको संयोग जुरेको छ। संयोग पनि कस्तो भने नगरपालिकाको मेयरमा बुवा, प्रमुख प्रशासकीय अधिकृतमा छोरा र इन्जिनियरमा भतिजो कार्यरत छन्। यो गज्जवको सौभाग्य जुरेको हो, शैल्यशिखर नगरपालिकामा। नगरपालिकाको नगरप्रमुख हुन्, बिजयसिंह धामी। यहाँ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा छिमेकी पालिकामा कार्यरत पुस्करसिंह धामीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएपछि बुवा छोरा र भतिजोको सँगै काम गर्ने सौभाग्य जुरेको हो। मेयरका भतिजा योगेशसिंह धामी यही नगरपालिकाको इन्जिनियरका रुपमा कार्यरत छन्। लेखापाल पीडितकाका मेयर र दाई प्रमुख प्रशासकीय अधिकृत भएपछि नगरपालिकामा कार्यरत भतिजो इन्जिनियर योगेशसिंह धामीको भने मनपरी भएको छ। योगेशले दाई र…
धनगढी : कञ्चनपुरमा एक सय ५० किलो अवैध कुखुरा बरामद गरिएको छ। जिल्लाको बेलौरी नगरपालिका–१ फटैया नाकाबाट भारतबाट अवैध रूपमा ल्याइरहेको अवस्थामा हिजो (मंगलबार) राति कुखुरा बरामद गरिएको हो। नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी) ले १५० किलो अवैध बोईलर कुखुरा बरामद गरेको हो। बरामद गरिएको कुखुरा आवश्यक कारवाहीका लागि प्रहरी चौकी फटैया बुझाइएको छ।
चितवन : चितवनमा खाना खाने क्रममा एक जनाको घाँटीमा भात अड्केर ज्यान गएको छ। हिजो बेलुकीको खाना खाने क्रममा कालिका नगरपालिका ६, शान्ति टोलका ६८ वर्षीय आइतराम कुमालको भात अड्केर निधन भएको बताइएको छ। खाना अड्केपछि बेहोस भएका कुमाललाई तत्काल भरतपुरस्थित अस्पताल पुर्याइएको थियो। उपचारको क्रममा पौने ९ बजे उनलाई चिकित्सकहरुले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
धनगढी : गत माघ १५ गते पोखरा महानगरपालिका–१९ ले बाँदर नियन्त्रण गर्न भन्दै ‘मेरो रूख मै काट्छु’ अभियान चलाउन खोजेको थियो। तर, रूख काटेर बाँदरको समस्या हल नहुने टिप्पणी र आलोचना पछि मेयरले नै रूख नकाट्न निर्देशन दिएका थिए। फेरी बाँदरले बालीनाली खाएको भन्दै सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–३ ले निजी जग्गाका रूख काट्न सूचना निकालेको छ। फागुन महिनाभरि रूख काट्न भन्दै वडाध्यक्ष शिव कार्कीले सूचना निकालेका छन्। वडाध्यक्ष कार्कीका अनुसार, अघिल्लो साल पनि बजेट राखेर झाडी फाँड्ने अभियान चलाइएको थियो। उनले गाउँमा बाँदरको आतंक बढेको बताए। बालीनाली बाँदरले खाइदिएपछि मानिसहरूले बस्ती नै छाडेर हिँड्न थाले। मानव जोगाउनकै लागि निजी जग्गाका रूख…
कञ्चनपुरः बहुविवाह मुद्दामा फरार रहेकी एक महिला कञ्चनपुरको महेन्द्रनगर बजारबाट पक्राउ परेकी छिन्। कञ्चनपुरको भीमदत्त नगरपालिका-१० की ३२ वर्षीया देवकी टमटालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलवार दिउँसो महेन्द्रनगर बजारबाट पक्राउ गरेको हो। जिल्ला अदालत कञ्चनपुरले २०७९ भदौ २६ गते ११ महिना ११ दिन कैद सजाय र २० हजार जरिवाना तोकी फैसला सुनाएपछि उनी फरार रहेकी थिइन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले टमटालाई मंगलबार नै अदालतमा उपस्थित गराएको थियो।