Author: महेन्द्रनगर पोष्ट

पोखरा :  गण्डकीमा नयाँ मुख्यमन्त्रीले आज शपथ लिँदैछन् । सर्वोच्च अदालतले कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । उक्त परमादेश अनुसार आजै साँझसम्म गण्डकीले पाण्डेलाई मुख्यमन्त्रीका रूपमा पाउने छ । तर शपथ कतिबेला गर्ने भन्ने टुङ्गो छैन । प्रदेश प्रमुख कार्यालयले सर्वोच्चको पत्र कुरेर बसेको छ । ‘माथिबाट पत्र आएको छैन । सर्वोच्चले सोमबार राति मात्रै फैसलाको संक्षिप्त पाठ सार्वजनिक गरेको थियो । तर मंगलबार सार्वजनिक बिदा भएका कारण औपचारिक पत्र आज मात्र आउने छ ।

Read More

काठमाडौँ : भारतको मिजोरमको राजधानी आइजवलमा रेमल आँधीका कारण आएको पहिरोमा परी २७ जनाको मृत्यु भएको छ । मिजोरम सरकारको सूचना तथा जनसम्पर्क विभागले यो जानकारी दिएको हो । मिजोरम सरकारको सूचना र जनसम्पर्क विभागलेभनेको छ, ‘चक्रवात रेमबाट सुरु भएको आइजवलमा पहिरोमा २७ जनाको मृत्यु भएको छ।’ पूर्वाधारमा क्षति पुगेपछि खानेपानी र बिजुलीको आपूर्ति पनि प्रभावित भएको छ । मिजोरम सीएमले राज्य विपद् कोषको लागि १५ करोड रुपैयाँ विनियोजन गरेको र पहिरोमा परी ज्यान गुमाएकाका परिवारलाई चार लाख रुपैयाँ क्षतिपूर्ति दिइने भएको छ । चक्रवाती आँधी रेमलका कारण मिजोरममा भारी वर्षा भइरहेको छ ।

Read More

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आजदेखि ‘राष्ट्रिय महिला भेला’ को आयोजना गर्दै छ । सो पार्टीका स्थायी कमिटी सदस्य तथा जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले भेलाको तयारी पूरा भएको जानकारी दिएका छन् । भेलामा पार्टीका २३ वटै जनसङ्गठनका महिला नेता, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधि, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारी, अनेरास्ववियुको तर्फबाट स्ववियुमा निर्वाचित महिला प्रतिनिधि गरी करिब पाँच हजार जनाको सहभागी हुनेछ । एमालेले २०६३ साल जेठ १६ गते आमाका नामबाट नागरिकता, राज्यका सबै तहमा एकतिहाई महिला सहभागिताको सुनिश्चितता, विभेदकारी कानुनको खारेजी र महिला हिंसाको अन्त्य गर्ने विषयलाई संसदको सङ्कल्प प्रस्तावका रूपमा पास गरेको स्मरणमा…

Read More

वीरगन्ज: वीरगन्जमा एक जना बालिकामाथि छुरा प्रहार गरिएको छ। वीरगन्ज राधेमाईस्थित विक्रम तिमल्सिनाको घरमा कोठा लिएर बस्दै आएकी पकहा मैनपुर गाउँपालिका १ की १५ वर्षीया बालिका प्रिया यादवमाथि मंगलबार राति साढे ८ बजे छुरा प्रहार भएको हो। घरबेटी तिमल्सिनाको घरअगाडि अपरिचित मानिसले यादवमाथि छुरा प्रहार गरेको प्रहरीले जनाएको छ। बालिका यादवले प्रतिकार गर्दै चिच्याउन थालेपछि छुरा प्रहार गर्ने अज्ञात व्यक्ति त्यहाँबाट भागेका थिए। छुरा प्रहार गर्ने मानिसलाई आफूले नचिनेको पीडित यादवले बताएकी छिन्। यादवमाथि कसले छुरा प्रहार गरेको खुलिनसकेको प्रहरीले जनाएको छ। छुरा प्रहारबाट सख्त घाइते यादवको वीरगन्जस्थित तराई अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे अनुसन्धान तथा आक्रमणमा संलग्नको खोजी भइरहेको…

Read More

काठमाडौं : गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेशी बुधबार हुँदैछ। अधिवक्ता अनुपम भट्टराईले दर्ता गरेको रिटमा सुनुवाइ हुन लागेको हो। लामिछानेलाई निलम्बन गर्नुपर्नेसहितको माग राखिएको रिट सोमबार अदालतमा दर्ता भएको थियो। पहिले अदालत प्रशासनले दरपीठ गरेको रिट दर्ता गर्न न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले आदेश दिएको थियो। भट्टराईको रिटमा गृहमन्त्री लामिछानेसहित महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ता दीनमणि पोखरेललाई विपक्षी बनाइएको छ। लामिछानेमाथि सहकारी ठगीमा कुनै अभियोग वा छानबिन नभएको भनी महान्यायाधिवक्ता कार्यालयले दिएको पत्र खारेजीको माग रिटमा गरिएको छ। लामिछाने पदमा रहिरहँदा छानबिनमा स्वार्थ बाझिने जिकिर रिटमा गरिएको छ। रिटमा लामिछानेले विभिन्न सहकारीका बचतकर्ताको रकम गोरखा मिडियामा ल्याएर दुरुपयोग गरेको आरोप लगाइएको छ।…

Read More

काठमाडौ : सहकारी अपचलनसम्बन्धी विषयमा विशेष संसदीय समितिमार्फत छानबिन हुने भएको छ । प्रमुख प्रतिपक्षी कांग्रेसको मागबमोजिम सातसदस्यीय समिति गठन गर्ने सहमतिसँगै सहकारी प्रकरणको संसदीय छानबिन तय भएको हो । समितिले तत्कालीन र दीर्घकालीन समस्या समाधानका लागि सुझाव र सिफारिस दिनेछ ।  मंगलबार कांग्रेस र सत्तासाझेदार दलहरूबीचको सहमतिअनुसार एमाले सांसद सूर्य थापाको संयोजकत्वमा संसदीय समिति गठन भएको छ । मंगलबारकै प्रतिनिधिसभा बैठकबाट समितिको नाम ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ र सदस्यहरूको नाम अनुमोदन भएको छ । समितिमा कांग्रेसबाट बद्री पाण्डे र ईश्वरी न्यौपाने, एमालेबाट सरिता भुसाल, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् । समितिको…

Read More

काठमाडौँ । नेपालमा स्थानीय वायुको प्रभाव सँगै देशको पूर्वी भूभागमा रेमल चक्रवातको आंशिक प्रभाव रहेको छ। सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा विगत केही दिन देखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ । आगामी केही दिन सम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार तराईका भू-भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।  ती भू-भागहरूमा ३ दिन (जेठ १६ गते देखि जेठ १८ गते) सम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । 

Read More

धनगढी : नेपाल प्रहरी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले वृक्षारोपण गर्दै गणतन्त्र दिवस मनाएको छ । आज १७औं गणतन्त्र दिवसको अवसरमा कार्यालय परिसरमा वृक्षारोपण सम्पन्न गरेको हो । वृक्षारोपण कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक दिल्लीराज बिष्टसहित अन्य प्रहरी अधिकृत र प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Read More

धनगढी : नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) कैलालीको आयोजनामा एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डको पाँचौं संस्करण आगामी असार ७ गते हुने भएको छ । वर्ष २०८० मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उच्च प्रदर्शन गरेका खेलाडी र प्रशिक्षकसहित विभिन्न आठ विधामा अवार्ड प्रदान गरिने छ । अवार्ड कार्यक्रममा उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधा समावेश गरिएको छ । उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार रुपैयाँबाट पुरस्कृत गरिने आयोजक…

Read More

धनगढी : डडेल्धुरामा लागुऔषध चरेससहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा अजयमेरु गाउँपालिका–२ चमडाका ५५ वर्षीय डम्बरसिंह बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। मंगलबार बेलुकी ५ः५० बजेको समयमा गोप्य सूचनाको आधारमा प्रहरी टोली खटि गई बोहराको घरको माथिल्लो कोठाबाट १ किलो २०० ग्राम चरेसजस्तो देखिने कालो पदार्थ बरामद गरिएको हो। पक्राउ परेका बोहरालाई जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा ल्याई थप अनुसन्धान भइरहेको जनाइएको छ।

Read More