Author: महेन्द्रनगर पोष्ट

धनगढी: सुदूरपश्चिम प्रदेशसभा सदस्यबाट इन्दिरा गिरीलाई हटाउने नागरिक उन्मुक्ति पार्टीको निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।प्रकाशमानसिंह राउतको एकल इजलासले गिरीले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गरेको हो। नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई कारबाही गरेको पत्र प्रदेशसभा सचिवालयमा पठाएपछि उनी पदमुक्त भएकी थिईन्। स्पष्टीकरण सोध्दा पनि जवाफ नदिएको आरोप लगाउँदै श्रेष्ठले कारबाही गरकी थिइन्। गिरी पदमुक्त भएको सूचना चैत २६ गते टाँस गरिएको थियो। गिरीले प्रदेश सभा सचिवालयसमेत ५ जनाविरूद्ध चैत ३० गते रिट दायर गरेकी थिइन्। 

Read More

धनगढी: डडेल्धुरामा दुर्घटनामा परेर घाईते भएका विक्रम (बिक्की) ऐरको मृत्यु भएको छ। जिल्लाको अजयमेरु गाउँपालिका- २ घर भएर हाल अमरगढी–५ बस्ने २६ वर्षीय ऐरको दुर्घटनापछि मृत्यु भएको हो। गत चैत २० गते दिउँसो महेन्द्रनगरबाट डडेल्धुरातर्फ गइरहेको ट्रकले अमरगढी–१ ढुनढुनेतर्फ जाँदै गरेका उनलाई ठक्कर दिएको थियोे। दुर्घटनापछि घाइते भएका उनलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको थियो। तर, अस्पतालले अर्को दिन रेफर गरेपछि उनको उपचार धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार थालिएको थियो। तर आज उपचाररत उनको मृत्यु भएको बताइएको छ। मायामेट्रोका चिकित्सकले टाउकोमा रगत जमेकै कारण विक्रमको मृत्यु भएको बताएका छन्। मृतकका बुवासहित घरमा आमा र एक दाई छन्। विवाहित विक्रमका एक छोरा…

Read More

कञ्चनपुरः कञ्चनपुरमा गहुँ चुट्ने थ्रेसर मेसिनमा च्यापिएर एक महिलाको मृत्यु भएको छ। जिल्लाको भीमदत्त नगरपालिका–९ की ४२ वर्षीया कौशादेवि जोशीको थ्रेसरमा च्यापिएर मृत्यु भएको हो। जोशीको गहुँ चुट्नेबेला (आज) थ्रेसरमा च्यापिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) कै २ सांसदले दाबी प्रस्तुत गरेका छन्। प्रहिलो लटमा लक्ष्मण किशोर चौधरीले दाबी पेश गरेका छन् भने दोस्रो लटमा कैलास चौधरीले दाबी प्रस्तुत गरेका छन्। लक्ष्मणले नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, नाउपा (रेशम चौधरी पक्ष) संसदीय दलका नेता घनश्याम चौधरी र एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीको हस्ताक्षरसहित केही बेरअघि प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए। केन्द्रमा एमाले-माओवादी गठबन्धनमा रहेर दुई मन्त्री पाएको एकीकृत समाजवादी कांग्रेसतिर लागेपछि सुदूरपश्चिमको सत्ता राजनीति थप पेचिलो बनेको छ। केन्द्रको निर्देशनविपरित समाजवादीका नेताहरुले लक्ष्मण किशोरलाई समर्थन दिएको र अध्यक्ष माधव नेपालले…

Read More

धनगढी: सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई गृह जिल्ला डोटीमा नागरिक अभिनन्दन गरिएको छ। पारिवारिक भेटघाटका क्रममा डोटी आएका प्रधानन्यायाधीश श्रेष्ठलाई नागरिक अभिनन्दनसहित सम्मान गरिएको हो। लामो समयदेखि न्याय क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएबापत उच्च सम्मानका साथ उनलाई वैशाख २ गते सदरमुकाम सिलगढीमा नागरिक अभिनन्दन गरिएको हो। दिपायल सिलगढी नगरपालिकाका प्रमुख विजयसिंह खड्काले नागरिक अभिनन्दन गरिएको जनाए। उनले प्रधानन्यायाधीश श्रेष्ठ नेपालको इतिहासमै डोटीबाट पहिलोपटक प्रधानन्यायाधीश जस्तो गरिमामय पदमा पुगेको बताए। प्रधान न्यायाधीश श्रेष्ठलाई शैलेश्वरी मन्दिरको प्राङ्गणमा स्थानीय बाजागाजाका साथ डोटेली सांस्कृतिक कार्यक्रमसहित अभिनन्दन गरिएको हो। विसं २०१६ असोज २० गते कैलालीमा जन्मेका श्रेष्ठको पुख्र्यौली घर डोटीको सिलगढी बजारमा हो। शाखा अधिकृतका रूपमा…

Read More

धनगढी: नेपाल प्रहरीका इन्सपेक्टरबाट हालै बढुवा भएका डीएसपीहरुलाई फुली लगाइएको छ। आज (आइतबार) प्रहरीका चिफले नयाँ डीएसपीहरुलाई फुली लगाइदिएका हुन्। प्रहरी प्रधान कार्यालयले आज एक कार्यक्रमका बीच प्रहरी नायव उपरीक्षक (डीएसपी) पदमा बढुवा भएका प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरिएको जनाएको छ। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर तथा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले उनीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका हुन्। यो डीएसपी बढुवामा चलखेल भएको भन्दै गृहमन्त्री रवि लामिछानेसमेत विवादमा तानिएका थिए। उनलाई अब्बल अधिकृतलाई छुटाएर पोलिटिकली पावरफुलहरुलाई बढुवा गराएको आरोप लागेको थियो।

Read More

महेन्द्रनगर: उत्तराखण्डको प्रसिद्ध नानकमत्ता गुरुद्वाराका प्रमुख बाबा तरसेम सिंहलाई मार्न सुटर उपलब्ध गराउने थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ। उद्यमसिंह नगर प्रहरीले डेरा कार सेवाका प्रमुख जथेदार बाबा तरसेम सिंहको हत्याकाण्डमा संलग्न सुल्तान सिंहलाई हरियाणा र षड्यन्त्रकारी मध्येका सतनाम सिंहलाई पनि पक्राउ गरेको जनाएको छ। यस अगाडि गोली हानी मार्ने एक सुटर अमरजीत सिंहको इन्कान्टर गरिएको थियो। उनका अर्का सहयोगी फरार छन्। अहिले एसटीएफ र प्रहरी उनको खोजीमा जुटेका छन्। हालै नानकमत्तामा तरसेम सिंहको मोटरसाइकलमा आएका दुई बन्दुकधारीले गोली हानी हत्या गरेका थिए। यस्तै प्रहरीले सो घटनामा अन्य आधा दर्जन बढी योजनाकार र सहयोगीलाई पनि पक्राउ गरेको छ। प्रहरीले…

Read More

काठमाडौं : बलिउड कलाकार सलमान खानकाे घर बाहिर गाेली चलेकाे छ। मुम्बई प्रहरीका अनुसार आइतबार बिहान करिब ५ बजे बान्द्रा‍स्थित खानको घर बाहिर दुई अज्ञात व्यक्तिले गोली चलाएको जनाएकाे छ। घटनापछि मुम्बई प्रहरीको अपराध शाखा घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ। समाचार एजेन्सी एएनआईका अनुसार मुम्बई पुलिसले तीन राउण्ड फायरिङ भएको जानकारी पाएको थियो। सलमान खानको घरबाहिर प्रहरी र फोरेन्सिक विभागको टोली उपस्थित छ। गोली प्रहार भएको ठाउँमा चिन्ह लगाइएको छ। सलमान खानलाई ज्यान मार्ने धम्की बारम्बार आइरहेकाे छ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशमा रन्जिता श्रेष्ठको पार्टी नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री पाउने भएको छ। आज बालुवाटारमा भएको शीर्ष नेताबीचको छलफलमा आफ्नो पार्टीलाई मुख्यमन्त्री दिने औपचारिक सहमति भएको नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले जानकारी दिइन्। बैठकमा माओवादी माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रहेका थिए। सुदूरपश्चिम प्रदेशमा आज सरकार गठनका लागि दाबी पेश गर्ने अन्तिम दिन हो। आजै नाउपासहितको गठबन्धनले मुख्यमन्त्रीमा दाबी गर्ने जनाइएको छ। नाउपामा कैलाश चौधरीलाई मुख्यमन्त्रीमा अघि सारिने अध्यक्ष श्रेष्ठले जानकारी दिइन्। आजै उनी धनगढी आउने र साँझसम्म मुख्यमन्त्रीमा दाबी पेश गरिने छ। कांग्रेस संसदीय दलका नेतासमेत रहेका तत्कालीन मुख्यमन्त्री…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि आज दाबी पेश गरिसक्नुपर्ने छ। दाबी पेशका लागि दिइएको समय सीमा आज आइतबार सकिदैछ। कांग्रेस संसदीय दलका नेतासमेत रहेका तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले अल्पमतमा परेर पदबाट राजीनामा दिएपछि दिएपछि प्रदेश प्रमुख नजिर मियाँले संविधानकाे धारा १६८(२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। प्रदेश प्रमुखले सरकारमा दाबी पेश गर्न दिएकाे समय आइतबार साँझ ५ बजे सकिने भएपनि अहिलेसम्म कसैले पनि दाबी गरेका छैनन्। सत्ता समीकरण फेरिएपछि सुदूरपश्चिममा निर्णायक भूमिकामा पुगेकाे नाउपालाई मुख्यमन्त्री दिने नयाँ गठबन्धनमा सहमति भइसकेको छ। तर नाउपाभित्र मुख्यमन्त्रीका रूपमा कसलाई अघि बढाउने भन्ने विषयमा विवाद हुँदा ढिलाइ भएकाे छ।…

Read More