Author: महेन्द्रनगर पोष्ट

धनगढी : दार्चुलाको अपी हिमाल गाउँपालिकामा चार दिन स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। धनगढीको सीपि अस्पतालले दार्चुलाको दुर्गम गाउँपालिका अपि हिमालमा चार दिन स्वास्थ्य शिविरको आयोजना गरेको हो। अस्पतालका अनुसार चैत ३० गतेदेखि वैशाख ४ गतेसम्म ६ सय ९४ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन्। अस्पतालले सञ्चालन गरेको स्वास्थ्य शिविरमा चार सय ६५ महिला र २ सय २९ पुरुषले स्वास्थ्य उपचार सेवा लिएका हुन्। अस्पतालका अनुसार चैत ३० गते पहिलो दिन अपि हिमाल गाउँपालिका–५ ओखालमा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो। उत्त क्षेत्रका ६५ महिला र ४२ पुरुषले उपचार सेवा लिएका छन्। एक सय सात जनाले पहिलो दिनको शिविरमा स्वास्थ्य उपचार…

Read More

काठमाडौं : नेपाल एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको समूह ‘ए’ को विजेता बनेको छ। सोमबार नै सेमिफाइनल पुगेको नेपालको मंगलबार समूह विजेता पक्का भएको हो। मंगलबार साउदी अरेबियालाई कतारले १५ रनले पराजित गरेसँगै नेपालले अन्तिम खेलअघि नै समूह विजेता पक्का गरेको हो। समूहको शीर्ष स्थानको नेपालको अन्तिम खेलअघि ६ अंक छ। नेपालले बुधबार साउदी अरेबियासँग खेल्दैछ। दोस्रो स्थानको कतारले सबै खेल खेल्दा ४ अंक जोडेको छ। साउदी, मलेसिया र हङकङले अन्तिम खेलअघि २(२ अंक जोडेका छन्। समूहको अन्तिम खेलमा नेपालले साउदीसँग खेल्दा मलेसियाले हङकङसँग भिड्नेछ। समूहमा कतारसहित चार टिमको दोस्रो हुने सम्भावना छ। १० टिम सहभागी कपको आयोजक ओमान…

Read More

धनगढी : नागरिक उन्मुक्ति पार्टी (नाउपा)का प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीले सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँको कदमविरुद्ध अदालत जाने बताएका छन् । मुख्यमन्त्रीमा दाबी पेश गरेका चौधरीले धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रदेश प्रमुखले संविधान विपरीत कदम चालेको भन्दै अदालत जाने बताएका हुन् । मुख्यमन्त्रीमा दाबी पेश गरेका दुवै जनाको दाबी नपुगेको भन्दै प्रदेश प्रमुख मियाँले मंगलबार संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि दुई दिनको समय दिएर पुनः आह्वान गरेका छन् । प्रदेश प्रमुखले आह्वान गरे लगत्तै कांग्रेस र नाउपाले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै निर्णय सच्याउनुपर्ने माग गरेका छन् । कामचलाउ सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश प्रमुखले चालेका…

Read More

धनगढी: नेकपा एकीकृत समाजवादीका नेता दीर्घ सोडारी सुदूरपश्चिमको मुख्यमन्त्री बन्ने सम्भावना देखिएको छ। समाजवादीका संसदीय दलका नेता सोडारीले एमाले, माओवादी केन्द्र र नाउपासहितको समर्थनमा चाडै मुख्यमन्त्रीमा दाबी गर्ने बताइएको छ। कांग्रेस संसदीय दलका नेतासमेत रहेका तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले अल्पमतमा परेर पदबाट राजीनामा दिएपछि दिएपछि प्रदेश प्रमुख नजिर मियाँले संविधानकाे धारा १६८(२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। त्यसपछि नाउपाका २ प्रदेश सभा सदस्यको मुख्यमन्त्रीमा दाबी परेकोमा आज दुबैको दाबी रद्द भएर २ दिन समय थप गरिएको छ। सुदूरपश्चिमको मुख्यमन्त्रीमा आइतबार नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीले नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा र नाउपाकै रञ्जिता…

Read More

धनगढी: सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीका लागि परेका दुवै दाबी अस्वीकृत गरेका छन्। सुदूरपश्चिमको मुख्यमन्त्रीमा आइतबार नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीले नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा र नाउपाकै रञ्जिता चौधरी पक्षका कैलाश चौधरीले एमाले र माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। तर दुई दिनपछि प्रदेश प्रमुख नजिर मियाले दुवै जनाको दाबी नपुगेको भन्दै पुन: २ दिन समय दिएर फेरि दाबी पेश गर्न दलहरूलाई आह्वान गरेका हुन्। मियाँले संविधानकाे धारा १६८ काे (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न ६ वैशाखको साँझ ५ बजेसम्म समय दिएकाे प्रदेश प्रमुखकाे कार्यालयका सूचना अधिकारी दीर्घराज भट्टले जानकारी दिए।…

Read More

धनगढी : सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी पार्टी नेकपा माओवादी केन्द्र, एमालेसहितको गठबन्धनमै फर्किएको छ। हालको सत्ता गठबन्धनका चार दलहरुबीच समाजवादीका सुदूरपश्चिम संसदीय दलका नेता दीर्घ सोडारीलाई नै मुख्यमन्त्री बनाउने सहमति भएपछि फिर्ता भएको हो। यस अगाडि समाजवादीले काङ्ग्रेससहितको समीकरणमा नाउपाका लक्ष्मण किशोर चौधरी (रेशम पक्ष) लाई समर्थन दिएकोमा समर्थन फिर्ता लिएको छ। समाजवादीका नेता दीर्घ सोडारी आफैं प्रदेश प्रुमुखको कार्यालयमा पुगेर समर्थन फिर्ता लिएका हुन्। बैशाख २ गते नेपाली काँग्रेस, समाजवादी र राप्रपाको समर्थनमा नागरिक उन्मुक्तिका लक्ष्मण किशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। काँग्रेस १८, समाजवादी ४, राप्रपा १ र आफ्ना ७ जना गरी उनले २९ जनाको समर्थन रहेको…

Read More

काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु अझै अस्वस्थ रहेको पाइएको छ । एयर क्वालिटी इन्डेक्सका अनुसार आज काठमाडौँ उपत्यकाको वायुप्रदूषण १७७ एक्यूआइ मापन गरिएको छ । आज काठमाडौँ विश्वको दोस्रो प्रदूषित सहरका रुपमा सूचीकृत रहेको छ । यसलाई स्वास्थ्यको हिसाबले अस्वस्थ मानिन्छ ।काठमाडौँ उपत्यकाको लागि वायुगुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा एक्युआईको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने उल्लेख छ । मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको छ । प्रदुषण मापनमा शुन्यदेखि ५० सम्मको एक्युआइलाई राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मको एक्युआइलाई सतर्क रहनुपर्ने रुपमा लिइन्छ । १०१ देखि १५० सम्मलाई हुनुलाई श्वाशप्रश्वास…

Read More

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १हजार ७ सय ले बढेर १ लाख ३९ हजार २०० कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ५सय ५० रुपैयाँ निर्धारण भएको छ । यसअघि हिजो छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ५ सय रुपैयाँ किनबेच भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।आज चाँदीको मुल्य पनि बढेको छ । चाँदीको मुल्य तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १७ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले…

Read More

धनगढी: बैतडीमा एक बालिकाको हाडनाताकरणीपछि हत्या भएको खुलेको छ। जिल्लाको पुर्चौडी नगरपालिका-४ रातोमाटीमा बालिकाको करणीपछि हत्या भएको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी दिपक गिरीले गत वर्षको चैत २६ गते दिउँसो घटना घटेको प्रहरी अनुसन्धानबाट खुलेको महेन्द्रनगरपोष्टलाई जानकारी दिए। उनका अनुसार दिउँसो २ बजेको समयमा ती बालिकामाथि आफ्नै काका नातापर्नेले करणी गरेका थिए। त्यसपछि २८ गते बिहान १० बजे मृतक बालिकाको लास भेटिएको थियो। प्रहरी अनुसन्धानमा देखिएअनुसार २६ गते आफ्नै घरबाट एक वर्ष अगाडि भागी विवाह गरेकी वर्ष १७ कि बालिका हराएकोमा खोज तलास थालिएको थियो। सोही क्रमामा २८ गते मृतकको लाश सोही स्थानस्थित जंगलमा फेला परेको थियो। त्यसपछि…

Read More

बझाङः बझाङमा एक जना घरको ग्यालरीमा मृत फेला परेका छन्। खप्तडछान्ना गाउँपालिका-६ पुजारीगाँउ बस्ने ५५ वर्षीय जगतबहादुर खड्का सोही ठाँउ स्थित आफ्नै भतिजा नाता पर्ने गोरखबहादुर खड्काको घरको ग्यालरीमा सोमवार दिउँसो मृत अबस्थामा फेला परेका हुन्। घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।  

Read More