Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताएकी छन्। जोशीका बुबा महानन्द जोशी र उनको परिवारका सदस्यहरुलाई मन्त्री आरजुले सो जानकारी दिएकी हुन्। विपिन जोशीका बुबासहित परिवारका सदस्यहरुले आज परराष्ट्रमन्त्री डा राणालाई उनको कार्यकक्षमा भेटेर विपिनको रिहाइका लागि पहल गरिदिन अपिल गरेका थिए। उक्त भेटमा मन्त्री आरजुले जोशी हमास समूहको नियन्त्रणमा सुरक्षित रहेको जानकारी आफूले पाएको बताइन्। इजरायलमा भएको आक्रमणपछि विपिन जोशीसहित नियन्त्रणमा लिइएका सबैलाई हमास समूहले सुरक्षित राखेको जानकारी प्राप्त गरेको र उनको सकुशल रिहाइका लागि परराष्ट्र मन्त्रालयले सक्दो प्रयास गरिरहेको जानकारी आरजुले दिइन्। उनले भनिन्,…

Read More

धनगढी : कैलालीको टिकापुरमा खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन् । सोमबार टिकापुर नगरपालिका ९ का २२ वर्षीय दिपेश आउजीलाई प्रहरी २ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय टिकापुरको अपराध अनुसन्धान शाखाले खग्रौला चेक पोष्ट नजिक सडक खण्डमा आउजीलाई शंका लागि चेकजाँच गर्दा उक्त लागु औषध फेला परेको हो। पक्राउपछि दिपेश आउजीलाई इलाका प्रहरी कार्यालय टिकापुरको हिरासतमा राखेर थप अनुसन्धान गरिँदै छ।

Read More

काठमाडौं: प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाका रथी अशोक सिग्देललाई कामु प्रधानसेनापति नियुक्तिका लागि सिफारिस गरेका छन्। शर्माले आइतबार कामु प्रधानसेनापतिका लागि सिफारिस गरेका हुन्। हालका प्रधानसेनापति शर्मा आगामी भदौ २४ मा सैनिक सेवाबाट अनिवार्य अवकाश पाउदैछन्। सेनाको परम्पराअनुसार प्रधानसेनातिबाट अवकाश पाउनु एक महिनाअघि साउन २४ बाट उनी बिदामा बस्दैछन्। सेनामा वरियतामा रहेका रथीलाई प्रधानसेनापति बनाउने प्रचलन छ। तर उनीविरुद्ध नागरिकता विवादसम्बन्धी रिट दरपीठ गरेपछि युवराज सफलले पुनः अर्को निवेदन हालेका छन्। नागरिकता किर्ते आरोप लागेका सिग्देललाई भविष्यमा प्रधानसेनापति हुनबाट रोक लगाउन माग गरिएको निवेदन सर्वोच्च प्रशासनले आइतबार दरपीठ गरिदिएपछि सोमबार अर्को निवेदन परेको हो। र, यो पनि: विवादित सिग्देल सेनाको…

Read More

काठमाडाैं- पाेखरामा वडा प्रहरी कार्यालय बैदामको गाडीले चौतारीमा ठक्कर दिएकाे छ। गएराति पोखरा महानगरपालिका–६, लेकसाइडको शान्ति पाटन चोकस्थित चाैताराेमा ठोकिएको हाे। ठक्करपछि वडा कार्यालयले प्रयोग गर्दै आएको ग १ झ ५५१ नम्बरको  गाडीमा क्षति भएकाे थियाे। सिमेन्टेड डिभाइडरमा ठोक्किएपछि गाडीले  डिभाइडरसमेत भत्काएकाे स्थानीयले बताएका छन्।  गाडीका चालक र गाडीमा सवार प्रहरीले मद्यपान गरेको हुन सक्ने प्रत्यक्षदर्शीले अनुमान गरेका छन्। दुर्घटनापछि प्रहरीले रातारात क्रेन बोलाएर गाडी वडा प्रहरी कार्यालय बैदाम लगेको स्थानीयले बताएका छन्।

Read More

काठमाडौं: सहकारीको बचत ठगीबारे छानबिन गर्न गठित समितिले विदेशमा रहेका १८ जनालाई झिकाउन गृहमन्त्री रमेश लेखक नाम उपलब्ध गराएको छ। सिंहदरबारस्थित संघीय संसद सचिवालयको भवनमा बसेको बैठकले गृहमन्त्री लेखकलाई विदेशमा रहेका १८ जनालाई स्वदेश ल्याउन भन्दै नाम उपलब्ध गराएको हो। सूर्यदर्शन, सहारा, स्वर्णलक्ष्मी, हाम्रो नयाँ कृषि, सुप्रिम र समनता जस्ता सहकारीको बचत दुरूपयोगका सम्बन्धमा सहकारीका पदाधिकारी विदेशमा रहेको भनी गुनासो प्राप्त भएकाले उनीहरूको नाम गृहमन्त्रीलाई बुझाइएको समितिका संयोजक सूर्य थापाले बताए। समितिको बैठकमा सभापति थापाले विदेशमा लुकेर बसेका सहकारीका पदाधिकारीलाई नेपाल ल्याउनका लागि पहल थाल्न गृहमन्त्री लेखकलाई निर्देशन दिए। गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसमेत सहभागी रहेको बैठकमा सभापति…

Read More

धनगढीः कैलालीको गोदावरीमा स्कुल बस दुर्घटना भएको छ। आज (सोमबार) जिल्लाको गोदावरी नगरपालिका–९ बल्मी नजिकै स्कुल बस दुर्घटना भएको हो। गोदावरी नगरपालिका–८ मा रहेको दुर्गाज्योती इङ्लिस बोर्डिङ्ग स्कुलको से ०१००१ ख २१८२ नम्बरको बस दुर्घटनामा परेको हो। बसमा २७ जना विद्यार्थी सवार थिए। बसमा सवार १५ वर्षीय विप्लब खड्का, १४ वर्षीय प्रकाश रावत र १६ वर्षीय रोशन नेपाली घाइते भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख गंगाबहादुर थापाले बताए। घाइते तीनै जनाको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको छ। बसका चालक ३५ वर्षीय सैतुराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारण भने खुलेको छैन्। बसको अगाडी र दायाँबायाँको भागमा क्षति पुगेको छ।…

Read More

काठमाडौं : सहकारीको बचत रकम दुरुपयोगबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले गृहमन्त्री रमेश लेखकसँग छलफल गरेको छ । सोमबार बसेको समितिको बैठकले गृहमन्त्री लेखक, गृहसचिव एकनारायण अर्याल र आईजीपी बसन्तबहादुर कुँवरसँग छलफल गरेको हो । छलफलमा समितिले सहकारीको रकम हिनामिना र अपचलनमा संलग्न भएर विदेशमा रहेकाहरूलाई स्वदेश फर्काउन गृहमन्त्री लेखकलाई निर्देशन दिएको छ । समितिले देशबाहिर फरार भएका १८ जनालाई स्वदेश फर्काउने व्यवस्था गर्न आग्रह गरेको छ । बैठकले सहारा, सूर्यदर्शन लगायतका सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेका जीबी राईलाई तत्काल स्वदेश फर्काउन निर्देशन दिएको छ ।त्यस्तै,सूर्यदर्शनका ज्ञानबहादुर बम्जन, थानबहादुर राई, भुपेन्द्र राई, सानोपाइलाका तस्विरन खातुन र अश्रफ…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशमा प्रतिपक्ष दलहरूले दिउँसै बत्ती बालेर सरकारको खोजी गरेका छन् । आज २ बजेको लागि प्रदेश सभा बैठक आह्वान गरिएको थियो ।तर, सरकारको तर्फबाट कुनै पनि मन्त्री उपस्थित नभएपछि आज बैठक नै नबसी स्थगित भएको छ । बाढी पहिरोबाट ठुलो क्षति भएको र त्यहि विषयमा प्रदेश प्रमुखसँग आग्रह गरेर आह्वान गरिएको विशेष अधिवेशनमा पनि सरकार उपस्थित नभएको भन्दै प्रतिपक्ष दलहरू आक्रोशित भएका हुन् । कांग्रेस ,एमाले र नागरिक उन्मुक्ति पार्टीले संसद् स्थगित भए लगत्तै प्रदेश सभा परिसरमै मोबाइलको बत्ती बालेर सरकारको खोजी गरेको जनाए । मुख्यमन्त्री दीर्घ सोडारीलाई नैतिकताको आधारमा राजीनामा दिन समेत उनले आग्रह गरेका थिए…

Read More

काठमाडौँ : पण्डित पुष्कर खतिवडा पक्राउ परेका छन् । पुराना दलका नेताहरु विरुद्ध यमराजको यज्ञ लगाएको कसुरमा प्रहरीले उनलाई पक्राउ गरेको हो । केही बेर अघि सामाजिक सञ्जालमा खतिवडाले आफू पक्राउ परेको जानकारी दिएका छन् । झापा स्थाई घर भएका पण्डितले काठमाडौँमा अनुष्ठान गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको हो । पण्डित खतिवडाले पनि आफू पक्राउ परेको बताए । ‘यमराजको पूजा गरेर यो देशलाई खाडलमा हाल्नेका विरुद्ध अनुष्ठान गर्दै थिएँ, मलाई प्रहरीले पक्राउ गर्यो,’ उनले भने ।

Read More

धनगढी: कैलालीमा एक स्कुल बस दुर्घटना भएको छ। जिल्लाको गोदावरी नगरपालिका– ९ बल्मी नजिकै स्कुल बस दुर्घटना भएको हो। पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका-८ मा रहेको दुर्गाज्योती ईङ्लिस बोर्डिगं स्कुलको से ०१००१ ख २१८२ नम्बरको स्कुल बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बस दुर्घटनामा विद्यार्थीहरु घाइते भएका छन्। तर यसबारे विस्तृत विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगाबहादुर थापाले बताए। तर प्रारम्भिक रिपोर्टअनुसार बसमा सवार विप्लब खड्का र प्रकाश रावत घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि पदमा अस्पतालमा ल्याइएको छ। बसमा २७ विद्यार्थी सवार रहेका थिए ।

Read More