काठमाडौं: प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाका रथी अशोक सिग्देललाई कामु प्रधानसेनापति नियुक्तिका लागि सिफारिस गरेका छन्। शर्माले आइतबार कामु प्रधानसेनापतिका लागि सिफारिस गरेका हुन्।
हालका प्रधानसेनापति शर्मा आगामी भदौ २४ मा सैनिक सेवाबाट अनिवार्य अवकाश पाउदैछन्। सेनाको परम्पराअनुसार प्रधानसेनातिबाट अवकाश पाउनु एक महिनाअघि साउन २४ बाट उनी बिदामा बस्दैछन्।
सेनामा वरियतामा रहेका रथीलाई प्रधानसेनापति बनाउने प्रचलन छ। तर उनीविरुद्ध नागरिकता विवादसम्बन्धी रिट दरपीठ गरेपछि युवराज सफलले पुनः अर्को निवेदन हालेका छन्।
नागरिकता किर्ते आरोप लागेका सिग्देललाई भविष्यमा प्रधानसेनापति हुनबाट रोक लगाउन माग गरिएको निवेदन सर्वोच्च प्रशासनले आइतबार दरपीठ गरिदिएपछि सोमबार अर्को निवेदन परेको हो।
र, यो पनि: विवादित सिग्देल सेनाको कमाण्डर !
रथी सिग्देलको उमेर कैफियत नरहेको सेनाको दाबी