Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : सहकारीको बचत रकम दुरुपयोगबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले गृहमन्त्री रमेश लेखकसहित गृहसचिव र प्रहरी प्रमुखसँग छलफल गरिएको छ। समितिको सोमबार बिहान बसेको बैठकमा गृहमन्त्री लेखकसहित गृहसचिव एकनारायण अर्याल, आइजीपी बसन्तबहादुर कुँवरसँग छलफल गरिएको हो। विशेष समितिले सहकारी बचत रकम दुरूपयोग सम्बन्धी छानबिन गर्न विभिन्न निकायका पदाधिकारीसँग छलफल गर्दै आएको छ। यसअघि आइतबार बसेको बैठकले विभिन्न राजनीतिक दलहरूसँग सुझाव लिएको थियो । तीन महिनाको समय पाएर गठन भएको संसदीय समितिले सरोकारवालासँगको छलफल अन्तिम चरणमा पुर्‍याएको छ । गोरखा मिडियामा लगानी गरेका सूर्यदर्शन, सुप्रिमलगायत सहकारीको अवस्था बुझ्न र पीडितको कुरा सुन्न समितिका सदस्यहरू पोखरा र बुटवल जाने तयारी…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशमा अहिले विशेष अधिवेशन चलिरहेको छ । ४ गते प्रदेश प्रमुख नजिर मियाँसमक्ष २१ जना सांसदहरूले विपद्का विषयमा सरकारलाई निर्देशन दिन आवश्यक रहेको भन्दै अधिवेशन आह्वान गर्न लिखित आग्रह गरेका थिए । उनीहरूले संघीय, स्थानीय तहको सरकार र सरोकारवाला निकायहरूसँग समन्वय ,सहकार्य र कार्यान्वयनको सवालमा समेत वर्तमान प्रदेश सरकार मूकदर्शक भई बसिरहेको र प्रदेशसभा बैठकलाई समेत अन्त्य गरी जिम्मेवारीबाट पन्छिएको हुँदा अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष लिखित आग्रह गरेका थिए । संसद् अन्त्य भएकै भोलिपल्ट प्रदेश प्रमुख मियाँले ८ गते दिउँसो २ बजेको लागि बैठक आह्वान गरे । तर, सरकारले उक्त बैठकको औचित्य नरहेको भन्दै कुनै पनि…

Read More

धनगढी : कञ्चनपुरमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत कृष्णपुर नगरपालिका–५ चिनी मिल नजिकै पूर्वतर्फ गइरहेको सुपप्र ०१००९प ३७७७ नम्बरको मोटरसाईकलले ठक्कर दिदै पैदल यात्री ५६ वर्षीय हेमराज चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । चौधरी कृष्णपुर नगरपालिका– ६ का स्थानीय बासिन्दा हुन् । आइतबार साँझ मोटरसाईकलको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । दुर्घटनामा चालक कृष्णपुर नगरपालिका–७ कालियापुर बस्ने ३१ वर्षीय राजकुमार राना गम्भीर घाइते भएका छन् । उनको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ भने पछाडी सवार रानाकी बहिनी…

Read More

काठमाडौं: नेपाल प्रहरीका चिफ (आइजी) वसन्त बहादुर कुँवरविरुद्ध नेपाल प्रहरीकै पूर्व प्रहरी उपरीक्षक (एसपी) (अवकाशप्राप्त) आभूषण तिम्सिनाले फायर खोलेका छन्। बेलाबखत प्रहरी, प्रहरीका प्रमुख र प्रहरी तथा गृहका समेत बेथितिबारे चर्को आलोचना गर्दै आएका तिम्सिनाले पुनः एकपटक आइजीविरुद्ध फायर खोलेका हुन्। उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै वर्तमान आइजीलाई निकै कमजोर र लाचार छेपारोको संज्ञा दिएका छन्। यस्तै उनले विभिन्न समयका पूर्व आइजी र प्रहरीभित्र मूल्याकंन नहुने समस्या पनि उजागर गरेका छन्। यस्तै अहिले निकै चर्चामा रहेको डिआइजी डा. मनोज केसीको प्रकरणमा पनि उनले सुक्ष्म टिप्पणी गरेका छन्। तिम्सिना उनै पूर्व प्रहरी हुन्, जसले बढुवाका लागि चाकडी नगर्ने भन्दै…

Read More

काठमाडौं: हाल नेपाल प्रहरीमा २ नायव महानिरीक्षक (डिआइजी) पद रिक्त छ। यस्तै यस अगाडि एक एआईजी पद पनि रिक्त रहेकोमा डिआईजी रामदत्त जोशी बढुवा सिफारिस भैसकेका छन्। उनले केही दिनमै एआईजीको फुली लगाउने कार्यक्रमसमेत छ। प्रहरी मुख्यालयका अनुसार अहिले रिक्त रहेका २ डिआईजीका लागि तीव्र प्रतिस्पर्धा देखिएको छ। जसमा दुई पदका लागि दर्जन बढी एसएसपीहरु दौडधुप गरिरहेका छन्। स्रोतका अनुसार अहिलेको बढुवामा हालका आइजीपीको ब्याचमेटदेखि २०५४ को टोलीसम्म प्रतिस्पर्धामा छ। जहाँ एसएसपी गणेश चन्द, दिल्लीराज बिष्ट, ध्रुवराज राउत, भोलाबहादुर रावल, सिद्धिविक्रम शाह, सुशील सिंह राठौर, उमा प्रसाद चतुर्वेदी, जीवन कुमार श्रेष्ठ, दिनेश आचार्यहरुसहितका प्रतिस्पर्धी देखिएका छन्। हालै नयाँ गृहमन्त्रीको रुपमा…

Read More

काठमाडौँ: सुदूरपश्चिम प्रदेश सभाकी सदस्य इन्दिरा गिरीलाई नागरिक उन्मुक्ति पार्टीले गरेको कारबाहीविरुद्ध सर्वोच्च अदालतले फैसला गरेको छ। यस अगाडि न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म कारबाहीको निर्णय कार्यान्वयन नगर्न भन्दै अन्तरिम आदेश जारी गरेको थियो। तर आज सर्वोच्चले उनको पद व्युत्याएको हो। सर्वोच्च स्रोतले गिरीको कारबाहीको विपक्षमा फैसला गरेको जनाएको छ। यस अगाडि गिरीलाई नाउपाले प्रदेश सभाको सदस्यबाट फिर्ता बोलाउने निर्णय गरेको थियो। श्रीमान्–श्रीमतीसमेत रहेका नाउपाका संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबिचको मतभेद तथा आपसी शक्ति सङ्घर्षको सिकार बम्दै समानुपातिक सांसद गिरी कारबाहीमा परेकी थिइन्। सांसद गिरीको कारबाहीबारे सुदूरपश्चिमका सभामुखले पनि कुनै अध्ययन नै…

Read More

काठमाडौँ : श्रीलंकाले महिला एसिया कप २०२४ को उपाधि जितेर इतिहास रचेको छ। आइतबार (जुलाई २८) भएको फाइनल खेलमा भारतलाई ८ विकेटले हराउँदै श्रीलंकाले पहिलोपटक महिला एसिया कपको उपाधि जितेको हो। श्रीलंकाका लागि कप्तान चमारी अटापट्टुले ६१ र हर्षिता समरविक्रमाले ६९ रन बनाए। दुवैले ८७ रनको साझेदारी पनि गरे। दाम्बुलामा भारतले टस जितेर पहिले ब्याटिङ रोजेको थियो। टोलीले २० ओभरमा २ विकेट गुमाएर १६५ रन बनायो। स्मृति मन्धानाले अर्धशतक बनाइन्। जेमिमाह रोड्रिग्जले २९ र ऋचा घोषले ३० रन बनाइन्। श्रीलंकाकी कविशा दिल्हारीले २ विकेट लिइन्। श्रीलंकाले १९ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। टोलीकी कविशा दिल्हारीले ३० रन बनाएपछि…

Read More

काठमाडौं : पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएका छन् । आइतबार न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ९ महिना कैद र ६९ लाख १५ हजार जरिवानाको सजाय सुनाएको हो । जोशीलाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेपनि सर्वोच्चले बिगो र कैद सजाय घटाएको छ । यसअघि विशेष अदालत उनलाई गैरकानूनी रुपमा सम्पत्तिआर्जन गरी भ्रष्टाचार गरेको ठहर सहित डेढ वर्ष कैद र २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो । यही मुद्दामा ताराराज पाण्डे र बासुदेव पन्तले सफाइ पाएका सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले…

Read More

धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई सत्ता पक्षकै सांसदले संसद् छलेको आरोप लगाएका छन् । आज आइतबार बसेको प्रदेशसभाको विशेष अधिवेशनको दोस्रो बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका सांसद शिवसिंह ओलीले सरकारले संसद् छलिरहेको बताएका हुन् । सांसद ओलीले भने, ‘सरकार के का लागि ? सत्ता के का लागि ? यहाँ सयौँको सङ्ख्यामा नागरिकहरू बाढी र पहिरोबाट प्रभावित छन् । धनजनको क्षति भएको छ । सुदूरपश्चिममा मैले भन्नैपर्छ, सुदूरपश्चिमको अवस्थाबारे सरकारले सार्वजनिक गर्नुपर्थ्यो । तर मलाई अचम्म लागिरहेको छ, किन यहाँका मुख्यमन्त्री, मन्त्रीहरू संसद छलिरहेका छन् ? जनताप्रति उत्तरदायी सरकार हुनुपर्छ भन्ने तर प्रदेश सभाप्रति उत्तरदायी नहुने सरकारलाई जनताप्रति उत्तरदायी छ…

Read More

धनगढी : नेपाली प्रहरीले कैलालीको गोदावरी र गौरीगंगा क्षेत्रबाट भन्सार छली गरिएका विभिन्न सामग्री बरामद गरेको छ। बरामद गरिएको सामग्रीको अनुमानित मूल्य १० लाख ६० हजार चार सय बराबरका रहेका छन् । प्रहरी टोलीले मिति श्रावण ११ गते गोदावरी नगरपालिका-४ मा राति ९ बजे विभिन्न सामग्रीहरू फेला पारेको थियो। बरामद भएका सामानहरुमा लेडिज कुर्ता, मोटर पार्टस, र हार्डवेयर सामग्रीहरू रहेका छन्, जसको अनुमानित मूल्य ४ लाख ६४ हजार पाँच सय रहेको छ। त्यस्तै, श्रावण १३ गते गौरीगंगा नगरपालिका-३ कुचैनीबाट अनुमानित मूल्य ५ लाख ८७ हजार पाँच सयका कपडाजन्य सामग्रीहरू बरामद गरेको छ । यस्तै आइतबार दिउँसो गोदावरी नगरपालिका-१ महेन्द्रनगर रोडमा…

Read More