धनगढीः बाजुरा जिप दुर्घटनापछि २ जनाको मृत्यु हुँदा कञ्चनपुर शोकमग्न बनेको छ। हिजो बाजुराको मार्तडीमा दुर्घटना हुँदा शिक्षा विकास समवन्य इकाई बाजुराका प्रमुख रामदत्त भट्टकी पत्नी भीमदत्त नगरपालिका–१८ की ५२ वर्षीया राधिका भट्ट र ३१ वर्षीया शिक्षिका गायत्री पन्तको मृत्यु भएको थियो। उनीहरुको घर कञ्चनपुर हो। गायत्री भीमदत्त नगरपालिका–१० मा रहेको माई सेन्सुरियम स्कुलकी शिक्षिका हुन्। पन्तको घटनास्थलमै र भट्टको उपचारका क्रममा मृत्यु भएको थियो। यस्तै, दुर्घटनामा परेर तीन जना घाइते भएका छन्। बाजुराको गौमुल गाउँपालिकाका २५ वर्षीय रमेश धामी, कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ का ३९ वर्षीय लोकेन्द्र पन्त, र कञ्चनपुरको गुलरियाका मोहनदेव भट्ट रहेका छन्। घाइते तीनै जनाको उपचार भइरहेको प्रहरीले…
Author: महेन्द्रनगर पोष्ट
धनगढीः काठमाडौंबाट धनगढीका लागि छुटेको बस आज (सोमवार) पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–८ मगुवामा दुर्घटना भएको हो। काठमाडौँबाट धनगढी आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३६४४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ट्रकलाई जोगाउने क्रममा रुखमा ठोक्किएर दुर्घटना भएको हो। बसमा २४ जना सवार रहेकोमा दुई जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरुको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ। चालक कैलालीको गोदावरी नगरपालिका–१ का ३६ वर्षीय रामबहादुर डाँगीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौं: जापानले गैरकानुनीरुपले बसेका दुईजना नेपालीलाई निष्काशन गरेको छ। निष्काशित हुनेहरूमा नुतन गिरी र धनप्रसाद बुढा रहेका छन्। उनीहरू भिषाको म्याद सकिसकेपछि पनि लुकिछिपी जापान बस्दै आएका थिए। त्यहाँको अध्यागमनले उनीहरूलाई पक्राउ गरी थाइ एयरको जहाजबाट नेपाल फर्काएको हो। उनीहरू केही दिनअघि काठमाडौं आएका हुन्। गैरकानुनीरुपमा लुकिछिपी बसेका विदेशीहरूमाथि त्यहाँको अध्यागनले अहिले धरपकड सुरू गरेको छ।
काठमाडौं: बाँकेको कोहलपुरमा इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी धर्म भण्डारीले रोयल्टीवाला ठेकेदारसँग सेटिङ गरेको पाइएको छ। जिल्लास्थित इलाका प्रहरी कार्यालय कोहलपुर प्रमुख भण्डारीले सो क्षेत्रका खोलामा उत्खनन हुने रोयल्टी र ठेकेदारसँग सेटिङ मिलाएर आर्थिक चलखेलसमेत गरेको बताइएको हो। स्थानीय समीर बिष्ट नाम गरेका ठेकेदारसँगको मिलेमतोमा डीएसपी भण्डारीले लाइन नै लिने गरेको स्रोतले जनाएको छ। स्रोतका अनुसार डीएसपी भण्डारीकै सेटिङमा समीरले अवैध उत्खनन पनि गरिरहेका छन्। उनले उत्खनन गरेर नेपालगन्जमा लगेर राख्ने गर्दछ्न्। उनै डीएसपी भण्डारीले समीरलाई त्यहीँको स्थानीय खोला डुढुवाबाट निर्वाध रुपमा अवैध उत्खनन धन्दामा सघाइरहदा अन्य ठेकेदारलाई भने सास्ती दिने गरेका छन्। ती डीएसपीले लाइन नदिनेहरुलाई अनावश्यक हैरानी दिएर…
काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले पहिलो हार व्यहोरेको छ। आफ्नो चौथो खेलमा चितवन राइनोजले दिएको १६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १८ ओभर २ बलमा १३१ रनमा समेटियो। सुदूरपश्चिमका इशान पाण्डेले ३५ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन। सैफ अली जैबले १८, विनोद भण्डारी १०, ब्रान्डन म्याकमुलेन १३, दिलप्रित बज्याले १२, आरिफ शेखले ४, कप्तान दीपेन्द्रसिंह ऐरीले १, नरेश बुढाएरले ५, स्कट कुगेलेइनले १६ र नरेन साउदले ८ रनको योगदान दिए। बलिङमा चितवनका रिजन ढकाल, निकोल लोफ्टी–इटन, कप्तान कुशल मल्ल, र अमरसिंह रौटेलाले २–२ विकेट लिए। शोहिल तनविर र रन्जित कुमारले एक विकेटको योगदान दिए। त्यसअघि टीयु…
धनगढी: बाजुरामा भएको दुर्घटनामा थप एक महिलाको मृत्यु भएको छ। कञ्चनपुरको भीमदत्त नगरापलिका १८ कि ५२ वर्षीया राधिका भट्टकाे पनि मृत्यु भएकाे हो। यस अगाडि ३१ वर्षीया गायत्री पन्तको घटनास्थलमै मृत्यु भएको थियो। यस्तै, दुर्घटनामा परेर बाजुराको गौमुल गाउँपालिकाका २५ वर्षीय रमेश धामी, कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ का ३९ वर्षीय लोकेन्द्र पन्त र कञ्चनपुरको गुलरियाका मोहनदेव भट्ट घाइते भएका छन्। घाइतेको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ। आइततबार दिउसो सु.प.प्र. ०१–००१ च ४३१६ नम्बरको जीप बडीमालिका नगरपालिका–८ मा दुर्घटनामा परेको हो। जीप कोल्टीदेखि मार्तडी गइरहेको थियो। दुर्घटनाको कारण खुलेको छैन। र, यो पनि: बाजुरा दुर्घटना: मृतक कञ्चनपुरकी गायत्री, घाइतेहरुको परिचय खुल्यो [नामसहित]
धनगढी: बाजुरा सदरमुकाम मार्तडी स्कारपीयो जीप दुर्घटना हुँदा मृत्यु भएका एकजनाको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा ३१ वर्षीया गायत्री पन्त रहेकी छन्। उनको घर कञ्चनपुर हो। यस्तै, दुर्घटनामा परेर चार जना घाइते भएका छन्। बाजुराको गौमुल गाउँपालिकाका २५ वर्षीय रमेश धामी, कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ का ३९ वर्षीय लोकेन्द्र पन्त, भीमदत्त नगरापलिका–१८ की ५२ वर्षीया राधिका भट्ट र कञ्चनपुरको गुलरियाका मोहनदेव भट्ट घाइते भएका छन्। घाइते चारै जनाको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ। आइततबार दिउसो सु.प.प्र. ०१–००१ च ४३१६ नम्बरको जीप बडीमालिका नगरपालिका–८ मा दुर्घटनामा परेको हो। जीप कोल्टीदेखि मार्तडी गइरहेको थियो। दुर्घटनाको कारण खुलेको छैन। र यो…
काठमाडौँ: नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) केदार ढकाल अवकाशमा गएका छन्। प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा कार्यरत ढकालले मङ्सिर २१ बाट अवकाश पाएका हुन्। उनी प्रहरी महानिरीक्षक वसन्त कुँवरसँगै २०५१ चैत ५ मा प्रहरीमा प्रवेश गरेका थिए। एआईजीको ५६ वर्षे उमेर हद पुरा गरेर ढकाल अवकाशमा गएका हुन्। प्रहरी नियमावली–२०७१ अनुसार डीआईजी तथा एआईजीहरू ५६ वर्ष उमेर पुरा भएपछि अवकाशमा जान्छन्। नेपाल प्रहरीका अर्का एआईजी भीमप्रसाद ढकाल पनि यसै महिना अवकाशमा जाँदै छन्। २०५२ भदौ १९ मा प्रहरी सेवामा प्रवेश गरेका ढकाल मङ्सिर २७ मा अवकाश हुँदैछन्। उपत्यका प्रहरी कार्यालयकी प्रमुख (एआईजी) किरण बज्राचार्य पनि अर्को महिना अवकाशमा…
धनगढी: बाजुरामा गाडी दुर्घटना भएको छ। आइतबार जिल्लाको मार्तडीमा दुर्घटना भएको हो। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार सुदूरपश्चिम प्रदेश ००१–००१ च ४३१६ नम्बरको स्कारपियो सडकको माथिल्लो मोडबाट स्कारपियो गाडी तल्लो मोडमा खसेको थियो। अहिले घाइतेलाई जिल्ला अस्पताल बाजुरामा लगेर उपचार थालिएको छ। मृतक र घाइतेको नाम खुलेको छैन। स्कारपियो कोल्टीबाट मार्तडी जाने क्रममा मार्तडी नजिकै दुर्घटना भएको हो। घटनाको विस्तृत विवरण आउन बाकी छ।
काठमाडौं : भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणमा व्यापक चलखेल भएको पाइएको छ। जसमा परामर्शदाता छनोट प्रक्रियामा ‘चलखेल’ भएको पाइएको हो। जसले गर्दा भूकम्पले क्षतिग्रस्त रुकुमपूर्व र जाजरकोटका ३० वटा विद्यालय भवन निर्माण प्रक्रिया अलपत्र परेको छ। शिक्षा मन्त्रालयअन्तर्गतको केन्द्रीय कार्यान्वयन एकाइले परामर्शदाता छनोटमा ‘चलखेल र अनियमितता’ गरेको भन्दै राष्ट्रिय सतर्कता केन्द्र र दाता एसियाली विकास बैंक (एडीबी) मा उजुरी परेका छन्। उजुरीसँगै परामर्शदाता छनोट प्रक्रिया (ईओआई) अन्योलमा छ। विद्यालय भवन निर्माण कार्य अघि बढ्न सकेको छैन। भूकम्पले क्षतिग्रस्त रुकुमपूर्व र जाजरकोटका ३० वटा विद्यालय पुनर्निर्माणका लागि सरकारले १४ अर्ब २० करोड रुपैयाँ बजेटमा छुट्ट्याएको थियो। एसियाली विकास बैंक (एडीबी) को ऋण तथा…