Author: महेन्द्रनगर पोष्ट

धनगढी : सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा सुरु भएको छ । भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने पर्वको आज पहिलो दिन घर–घरमा बिरुडा राखेर मनाइँदै छ । आजको दिनलाई बिरुडा पञ्चमी समेत भनिन्छ । आज ब्रतालु महिलाले घरमा ‘बिरुडा’ (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुवात गर्ने चलन छ । तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले शृङ्गारी त्यसभित्र पञ्च अन्न (मास, कलौँ, गहत, गहुँ र गुरुस) भिजाएर बिरुडा बनाउने चलन छ । बिरुडालाई गौरीको प्रसादका रुपमा लिइन्छ । गौरादेवीको पुजाआजामा पनि बिरुडाको प्रयोग गरिन्छ । पुत्रदा एकादशीको व्रत बसिसकेपछि भदौको बिरुडा पञ्चमीदेखि गौरा पर्व विधिवत् रुपमा…

Read More

काठमाडौँ : रुसी सेनामा भर्ती भई स्वदेश फर्कन इच्छुक अधिकांश नेपालीहरू आगामी कातिक–मंसिरभित्र नेपाल आइपुग्ने भएका छन्। दक्षिण एसियाली मुलुकहरू भारत र श्रीलंकाले समेत आफ्ना नागरिकहरूलाई रुसी सेनाबाट फिर्ता ल्याउन अपेक्षाकृत सफलता प्राप्त नगरेका बेला नेपालले भने फिर्ता हुन इच्छुक सबैजसो नागरिकहरूलाई फिर्ता ल्याउने सफलता प्राप्त गरेको हो। यससँगै रुसी सेनाको तर्फबाट युद्धमा ज्यान गुमाउनेहरूको संख्या पनि बढ्ने देखिएको छ। हाल चलिरहेको छानबिनबाट पुष्टि भए युद्धमा मारिने नेपालीहरूको संख्या ३ दर्जनबाट बढेर पाँच दर्जन नाघ्न सक्छ। रुस–युद्ध युद्धमा हालसम्म ३९ जना नेपालीहरू मारिएको आधिकारिक रूपमा पुष्टि भइसकेको छ। तर, पछिल्लो समय रुसले मस्कोस्थित नेपाली राजदूतावासलाई युक्रेनसँगको युद्धमा मारिएका थप २२…

Read More

काठमाडौं : भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा र प्रचण्डपुत्री रेणु दाहाल र गंगा दाहालको दिल्लीको शेराटन होटलमा भेटघाट भएको छ । उनीहरुको भेटलाई लिएर कतै राजनीतिक अर्थ त लुकेको छैन ? यस्तो प्रश्न उठ्न थालेको छ । कतिपयले आरजूसँगको प्रचण्डपुत्रीको भेटलाई कांग्रेस–एमालेको गठबन्धन फुटाउने कडीका रुपमा समेत व्याख्या गर्न भ्याएका छन् । गत शुक्रबार मेयर रेणु र उनकी कान्छी बहिनी गंगा दाहाल दिल्ली गएका थिए । तीज आउन लागेको समयमा उनीहरु छोराछोरीलाई घुमाउन नितान्त व्यक्तिगत एवं पारिवारिक भ्रमणमा निस्केका थिए । छोराछोरी घुमाउन गएका दिदी-बहिनीको बास दिल्लीको शेराटन होटलमा थियो । त्यही क्रममा भारत भ्रमणमा पुगेकी परराष्ट्रमन्त्री आरजू…

Read More

धनगढी : अछाममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको पञ्चदेवल विनायक नगरपालिका-५ लयाटी बस्ने अन्दाजी ४५ वर्षका कमल बहादुर शाहीको भिरबाट लडेर मृत्यु भएको हो । बिहीबार शाही आफ्नै खेतबारीमा काम गरी घर फर्कने क्रममा बडरुखको भिरबाट १०० मिटर तल खसेर घाइते भएका थिए । उनलाई उपचारका लागि दैलेखको राकम लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेन ल्याइएको छ ।

Read More

धनगढी : कैलालीको घोडाघोडी नगरपलिकामा मेयर उपमेयरसहितका जनप्रतिनिधि र कर्मचारीलाई कार्यालयमै थुन्न खोज्दा स्थानीयमाथि प्रहरीले धरपकड गरेको छ । शिवशक्ति सामुदायिक वनले आफ्नो क्षेत्र भवन निर्माण गर्दा नगरपालिकाले हस्पक्षेप गरेको आरोप लगाएको छ । सामुदायिक वनले नै नगरपालिका कार्यालयका लागि जग्गा दिएको थियो । अहिले नगरपालिका नजिकै आफ्नो भवन बनाउँदा नगरपालिकाले हस्तक्षेप गरेको उनीहरुको आरोप छ । आज त्यही विषयमा नगरपालिकामा छलफल बोलाइएको थियो । तर निर्माण स्थलमा निर्माण अगाडि बढाउन नदिने मेयर खडल रावतको अडान पछि वन उपभोक्ता समितिका पदाधिकारी र सदस्य आक्रोशित बनेका थिए । त्यसक्रममा उनीहरूले मेयर उपमेयरसहित जनप्रतिनिधिलाई कार्यालयमै थुनेर तालाबन्दीको प्रयास गरेका थिए । त्यसक्रममा…

Read More

धनगढीः कैलालीमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको कैलारी गाउँपालिका–३ की २८ वर्षीया सिखा चौधरी मृत अवस्थामा फेला परेकी हुन्। उनी सोही गाउँपालिका–३ स्थित सुर्मानाला खोलामा शुक्रबार मृत अवस्थामा फेला परेकी हुन्। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी : बझाङको थलारा गाउँपालिका कार्यसम्पादनमा अब्बल बन्दै गएको छ । १२ स्थानीय तह रहेको बझाङमा थलारा जिल्लामै दोस्रो बनेको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा ६२ प्रतिशत अङ्क प्राप्त गरेको थलारा जिल्लामै दोस्रो बनेको हो । आर्थिक वर्ष २०७९/०८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा हालसम्मको नतिजा अनुसार छब्बीस पाथिभेरा गाउँपालिका ६५.५० अंकसहित पहिलो, थलारा दोस्रो र ६१ अंक ल्याएको केदारस्यु गाउँपालिका तेस्रो स्थानमा छ। यस्तै जयपृथ्वी नगरपालिकाले ६०.२५ प्रतिशत अङ्क, बित्थडचिरले ५८.७५ प्रतिशत अङ्क, खप्तडछान्ना गाउँपालिकाले ५६.२५ प्रतिशत अङ्क, तलकोट गाउँपालिकाले ५६ प्रतिशत अङ्क, मष्टा गाउँपालिकाले ५१.५० प्रतिशत अङ्क, दुर्गाथली र साइपाल गाउँपालिकाले समान ४९.७५ प्रतिशत अङ्क…

Read More

धनगढी : स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा पञ्चदेवल बिनायक नगरपालिका जिल्लामा दोश्रो बनेको छ । जिल्लाको १० वटा पालिकामध्ये लिजामा साफेबगर नगरपालिका पहिलो बनेको हो । आर्थिक वर्ष २०७९/८० मा साफेबगर नगरपालिका ७७.२५ अंक ल्याएर पहिलो बन्न सफल भएको छ । ७१ अङ्क ल्याएको पन्चदेवल बिनायकले गत बर्ष भन्दा लिजामा गुणात्मक फड्को मारेको छ । पालिकाले संस्थागत सुधार , भौतिक पुर्वाधार, सामाजिक समाबेसिकरण र सहकार्य तथा समन्वयमा उत्कृष्ट अङ्क प्राप्त गएको छ । देशभरका स्थानीय तहमा संस्थागत क्षमता स्वमूल्याङ्कन (एलआईएसए– लिजा) कार्यान्वयनमा रहेको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ जारी गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन…

Read More

काठमाडौं: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका एसपी विरसिंह शाहूविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले न.४३ रिजर्भ गण हेडक्वार्टर बनबेहडा कैलालीका तत्कालीन एसपी शाहूविरूद्ध शुक्रबार अदालतमा मुद्दा दायर गरेको हो। शाहूमाथि सेवा प्रवेश र बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोप छ। प्रहरी निरीक्षक पदमा बढुवा नियुक्तिको लागि पेश गरेको बिए तहको शैक्षिक प्रमाणपत्रमा अख्तियारले अनुसन्धान गरेको थियो। शाहूले २०५९ चैत ७ गते प्रहरी निरीक्षक पदमा नियुक्त हुन डा.राममनोहर लोहिया अवैध विश्वविद्यालय फैजाबादबाट जारी भएको प्रमाणपत्र भनेर पेश गरेको अख्तियारले जनाएको छ। उक्त प्रमाणपत्र झुटो रहेको अख्तियारको दाबी छ। अख्तियारले उनलाई ६ महिनादेखि एक वर्षसम्म…

Read More

काठमाडौं : नेपाली सेनाको हेलिकोप्टर मेडिकल टिमसहित लिएर बस दुर्घटनास्थलतर्फ गएको छ। मेडिकल टिमसहितको टोली लिएर हेलिकोप्टर केहीबेर अघि दुर्घटनास्थल तर्फ गएको हो। पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस शुक्रबार तनहुँको आँबुखैरेनी गाउँपालकाको ऐना पहराबाट मर्स्याङ्दी नदीमा खसको थियो। दुर्घटनास्थलबाट १५ जना अचेत र १४ जनाको घाइते अवस्थामा उद्धार गरिएको तनहुँ प्रहरीले जनाएको छ। बसमा ४३ जना यात्रु रहेको खुलेको छ। अन्य यात्रुको भने खोजि जारी रहेको प्रहरीले जनाएको छ। उद्धारमा गोताखोरको टोलीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन्।

Read More